Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » गाँजर भित्र लुकेका फाइदाका बारेमा थाहाँ पाउनुहोस् !

गाँजर भित्र लुकेका फाइदाका बारेमा थाहाँ पाउनुहोस् !

काँच्चै खाएपनि, पकाएर खाएपनि, अचार बनाएर खाएपनि गाँजर नेपालीमाझ लोकप्रिय छ। यो जति लोकप्रिय छ, स्वास्थ्यका लागि उति नै लाभदायी पनि छ। गाँजर ५ हजार वर्षअघि फेला परेको विश्वास गरिएको छ। एउटा अचम्मको तथ्य के छ भने पहिले गाँजर अहिलेको जस्तो सुन्तला रंगको हुँदैनथ्यो। पहिला रातो, कालो, पहेंलो, सेता र बैजनी रंगको हुन्थ्यो। गाँजर पहिला अफगानिस्तानमा खेती गर्ने गरिन्थ्यो, जुन बैजनी रंगको हुन्थ्यो। चम्किलो सुन्तला रंगको गाँजर भने मध्यकालमा डचहरुले विकसित गरेको ऐतिहासिक तथ्य छ।

गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ। यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ। यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ। यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ।

रतन्धो हुनबाट बचाउछ: गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ। यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ। यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटार्याक्टजस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत पु¥याउछ। यसले रतन्धो हुनबाट समेत बचाउछ। एक अनुसन्धानले बेटा क्यारोटिनको उपभोगले म्याकुलर डिजेनेरेशन हुनबाट ४० प्रतिशतले बचाउछ।

मुटुको रक्षा गर्छ: गाँजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व पाइन्छन्, जसले मुटुको कवचको काम गर्छ। अध्ययनहरुबाट गाँजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन्। उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त गाँजरमा अल्फाक्यारोटिन र ल्युटन पाइन्छन्। यसले खराब कोलस्टेरोललाई पनि हटाउछ। यहीकारण हृदयाघात हुने सम्भावना पनि रहँदैंन।

क्यान्सर लाग्नबाट बचाउछ:
 गाँजर खानाले फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउछ। गाँजरमा भएको पोलि-अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वका कारण यस्तो भएको हो। यी तत्वले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ।


रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ:
 गाँजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ। गाँजरको नियमित सेवनले शरीरमा कवचको जस्तै काम गर्छ।


दाँतका लागि लाभदायी: यसले दाँतका लागि टुथब्रस र टुथपेष्टजस्तै काम गर्छ। गिजा बलियो बनाउछ र थुप्रै मात्रामा र्याल उत्पादनमा सहयोग गर्छ, यस्तो र्यालले दाँतमा एसिड उत्पादन र सडनबाट उत्पादनबाट हुने ब्याक्टेरिया हटाउन अल्कालाइनको काम गर्छ। गाँजरमा हुने खनिज तत्वले मुख र दाँतको सडनका लागि जिम्मेवार किटाणुलाई मार्न सहयोग गर्छ।

शरीर शुद्द पार्छ: गाँजरमा पाइने भिटामिन एले कलेजोलाई शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ। यसले कलेजोमा भएको चिल्लो पदार्थ र पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ।

बुढोपन रोक्छ: 
यसमा भएको बेटा क्यारोटिनले एन्टिअक्सिडेन्टको काम गर्छ, जसले शरीरका कोषहरुको क्षति हुनबाट बचाउछ। जसले गर्दा मानिस चाँडै बुढो हुँदैंन।


महिलाको महिनावारीमा लाभदायी: गाँजरको जुस महिलाका लागि निकै लाभदायी हुन्छ। यसमा भएको फाइटोएस्ट्रोजनले महिनावारीमा हुने पीडाबाट मुक्ति दिलाउछ र बढी रक्तस्राव हुनबाट जोगाउछ। यसले महिनावारीसंबन्धी अन्य समस्या पनि हटाउछ।

गर्भधारणको बेला सहयोगी: गर्भधारणका बेला गाँजर खानाले गर्भको बच्चाको विकासमा सहयोग पुग्छ र गर्भ तुहिने सम्भावना पछि घट्छ। गाँजरको नियमित सेवनले महिलाको दुध उत्पादनमा सहयोग पुग्छ र दुधको गुणस्तरलाई पनि बढाउछ।

हड्डी मजबूत पार्छ: गाँजरमा हुने क्याल्सियमले महिला तथा केटाकेटीको हड्डीको विकासमा सहयोग गर्छ।

पाचन प्रणालीमा सुधार ल्याउछ: गाँजर फाइबरको महत्वपूर्ण स्रोत हो। यसले खाना राम्रोसंग पच्न मद्दत गरी दिसालाई नियमित बनाउछ। कब्जियत हटाउछ।


ब्लड सुगर नियमित गर्छ:
 गाँजरमा उच्चमात्रामा पाइने क्यारोटेनोइड्सले ब्लड सुगरलाई नियमित पार्छ। यसमा पाइने अल्कालाइन तत्वले रगतलाई शुद्ध पार्छ र शरीरमा एसिड अल्कालाइनको दरलाई सन्तुलित राख्छ। यसमा पाइने पोटासियमले सोडियमलाई सन्तुलनमा राख्छ। शरीरमा सोडियमकोमात्रा धेरैभयो भने हाइपरटेन्सन र उच्च रक्तचाप निम्तने भएकाले सोडियमकोमात्रा नियन्त्रणमा राख्नु अति आवश्यक हुन्छ।


छाला चम्किलो पार्छ:
 भिटामिन सि र एन्टिअक्सिडेन्टयुक्त हुने भएकाले गाँजरको नियमित सेवनले छालालाई स्वस्थ र चम्किलो पार्छ। छाला चम्काउन गाजरको पेष्टमा मह मिसाइ फेस मास्कका रुपमा प्रयोग गर्न सकिन्छ। यस्तै, गाँजरको जुसले छालामा भएका धब्बाहरु हटाउन मद्दत गर्छ। यसले सूर्यको किरणबाट प्राप्त हुने खतरनाक तत्वबाट छालालाई बचाउछ।


कपालका लागि लाभदायी: गाँजरको सेवनले कपालको वृद्धि गर्नुका साथै बाक्लो बनाउछ। भिटामिन ए हुने भएकाले गाँजरको सेवनले कपाल झर्नबाट समेत बचाउछ। दिनहु गाँजरको सेवनले कपाल स्वस्थ राख्न मद्दत गर्छ।
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger