Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » कोलेस्ट्रोलबाट छुटकारा पाउन एभोकाडोखाने तरिका सिक्क्नु होस ।

कोलेस्ट्रोलबाट छुटकारा पाउन एभोकाडोखाने तरिका सिक्क्नु होस ।

उसो त सबैलाई एभोकाडोको स्वाद मननपर्न सक्छ । तर एक दिनमा एउटा एभोकाडो खानेगरेमा कोलेस्ट्रोल आपसेआप हराएर जान्छ । पेन्सिलभानियाँ स्टेट यूनिभर्सिटीले उमेर समूह २१ देखी ७० का ४५ मोटाघाटा मानिसहरुमा एक अनुसन्धान गरेको थियो ।
 सहभागीहरुलाई तीन बिभिन्न समूहमा बिभाजन गरिएको थियो र प्रत्येक समूहलाई कोलेस्ट्रोल नियन्त्रणका लागि बेग्लाबेग्लै खुराकको ब्यवस्था गरिएको थिाये । पहिलो ग्रुपका सहभागीहरुलाई थोरै चिल्लो भएको खुराक (लो फ्याट डायट), दोस्रो समूहलाई मध्यम खालको चिल्लो खुराक (मोडरेट फ्याट डायट) र तेस्रो समूहका सहभागीहरुलार्ई एभोकाडोमा उपलब्धहुने खोराक अर्थात एभोकाडो उपलब्ध गराईएको थियो । 



यी तिन खोराक अर्थात डाईटहरु धेरै प्रकारले एकआपसमा फरक थिए । अनुसन्धानले एक आश्चर्यजनक परिनाम देखायो । प्रत्येक खुराक अर्थात डायटले कोलस्ट्रोलको राम्रो परिणाम देखायो तर एभोकाडो सहितको डायटले सबैभन्दा राम्रो परिणाम देखायो । 



 अर्थात एभोकाडो सहितको डायटले प्रत्येक डेसिलिटरमा १३.५ मिलिग्रामका दरले कोलोस्ट्रोल घटाएको देखियो जबकि मध्यम खालको चिल्लो युक्त डायटले प्रत्येक डेसिलिटरमा ८.३ किलोग्रामका दरले कोलोस्ट्रोल घटाएको देखायो । यस्तै लो फ्याट डायटले प्रत्येक डेसिलिटरमा ७.४ मिलिग्रामका दरले कोलोस्ट्रोल घटाएको देखायो । यस्तो फाइदाजनक फल एभोकाडो प्रसस्त मात्रामा खानुहोस् र कोलोस्ट्रोलबाट छुटकारा पाउनुहोस् ।
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger