Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » कोरियनसंग विवाह गरेर आउने नेपाली चेलीहरु बास्तबिकता

कोरियनसंग विवाह गरेर आउने नेपाली चेलीहरु बास्तबिकता



कोरियन नागरिकसंग विवाह गरेर आउने नेपाली चेलीहरुको यकिन तथ्यांक नेपाली दुतावाससँग छैन । १२ सयभन्दा बढी नेपाली चेलीहरु कोरियन नागरिकसँग विवाह गरेर कोरिया आएको अनुमान गरिन्छ । पछिल्लो चरणमा इपिएस प्रणालीमार्फत् कोरिया आउनेको संख्या बढेसँगै विवाह गरेर कोरिया आउनेको संख्या घटेको छ । उसो त भिसा नवीकरणमा न्याय मन्त्रालयको कडाइ गरेपछि म्यारिज भिसा लिनेहरुको संख्या घटेको भन्ने तथ्यांक पनि बाहिर आएको छ ।
सरसर्ती हेर्दा दुई थरी मनस्थिति बोकेर कोरियन नागरिकसंग विहे गर्नेहरु देखिए । शर्मिला गुरुङ ( नाम परिवर्तन) ले आफूभन्दा दोब्बर उमेरको कोरियन ना
गरिकसँग बिहे गरेर कोरिया आईन् । उनी कोरिया आउनुको उद्देश्य एउटै थियो, मनग्गे पैसा कमाउने र सुखी जीवन जिउने । विवाह केवल नाटक मात्र हो भन्ने सोचाई राखेर विवाह गरिन् । उता म्यारिज ब्युरोको दलालले पनि पैसाको प्रलोभनमा कोरिया छिर्नको निम्ति मात्र विवाहको नाटक रच्ने हो । कोरिया पुगेपछि आफ्नो–आफ्नो बाटो लाग्ने हो भनेर बताई दियो तर कोरिया आईपुगेपछि वास्तविकता अर्कै भइदियो । कोरियन लोग्नेले पनि पैसा खर्च गरेर दुलही ल्याएको हुन्छ । उसले पनि पैसा खर्च गरेर ल्याए पछि दुलहीकी रुपमा बसोस बन्ने चाहन्छ तर नेपाली चेलीले पनि उल्टै म्यारिज ब्युरोको दलाललाई पैसा तिरेर आएको हुन्छिन् । उनीलाई पनि पैसा कमाएर त्यो पैसा फिर्ता गर्ने जिम्मेवारी हुन्छ । त्यसैले गर्दा पछि आन्तरिक कलह बढ्न जान्छ ।
त्यसमा पनि विदेशी बुहारी, कोरियनहरुसँग भाषा, संस्कृति, रिती रिवाज मिल्दैन । त्यसपछि उनीहरु घरेलु हिंसाको चपेटामा पर्छन् । शर्मिलाको मुद्दामा त्यहि लागु भयो । एक बच्चाकी आमा बनिसकेकी उनलाई महिनाभरि कम्पनिमा काम गरेको तलब सबै लोग्नेले नै राखीदिने गरेको र बेला–बेलामा कुटपिट गर्ने र गाली गजौल गरेको दुखेसो पोखिन् ।
एक दशकअघि कोरियन नागरिकसंग विवाह गरेर आएकी बाला राईको आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘जसले चिने–जानेको कोरियन नागरिकसँग विहे गरेर आएका छन्, ति नेपाली चेलीहरुको स्थिति धेरै जसोको राम्रो नै छ । कतिपयले भने आफ्नै कारणले दुस्ख पाएका छन् ।’ कतिपय कोरियन पनि खराब छन् । हरेक ठाउँमा मान्छे असल मात्र पनि हुँदैनन र खराब मात्र पनि हुदैनन् । एकदुई जना खराब भए भन्दैमा सबै खराब छन भन्न नमिल्ने उनी बताउँछिन् । ‘हो, कोरियनहरु अलि रिसाहा स्वभावका हुन्छन्, तर आफू राम्रो गरिबसे उनीहरुले पनि राम्रो गर्छन्,’ उनी भन्छिन् ।
कोरियनसँग विवाह गरेर आएका केही नेपाली केटीहरु आफ्नै कारणले दुःख पाएका सुनाउँदै फेरि थपिन्, ‘कतिपय युवतीहरु कोरिया छिर्नको लागि मात्र विवाह गरेका हुन्छन् । आधुनिक जीवनशैली, गगनचुम्बी सोचाई र पैसाको मोहमा परेर नेपाली युवती कोरियाप्रति मोहित भइ म्यारिज ब्युरोलाई रकम तिरेर विवाह भिसामा कोरिया आएका हुन्छन् ।’ कोरिया आएर पैसा कमाउने, मोजमस्तीको जिन्दगी जिउने सपना बोकेका युवतीहरु कोरिया आएपछि भाग्न खोज्ने, आफ्नै स्वदेशी पुरुषसँंग सम्बन्ध बढाउने प्रयासमा लाग्ने गरेको उनले बताइन् । त्यसपछि श्रीमानले थाहा पाएर कुटने गाली गर्ने गरेको घटना देख्न र सुन्नमा आउने गरेको सुनाइन् ।
nepali korean
’महिला लागि महिला’ संस्थाकी संस्थापक अध्यक्ष कोपिला राईको अनुभव पनि बाला राईको भनाईसंग मेल खान्छ । उनीले पनि कोरियन नागरिकसंग विहे गरेर आउन चाहनेलाई विकसित र धनी देशका मान्छेहरु भन्दैमा सबै धनी र असल नहुने हुँदा विवाह गर्नुभन्दा पहिले कोरियन भाषा, संस्कृति, रहन सहनको बारेमा राम्ररी बुझेर र म कोरिया पैसा कमाउन होइन, विवाह गरेर जादैछु भने मनस्थिति बनाएर आएमा खासै समस्या नपर्ने सुझाए ।
यसबारे दुतावासमा बुझ्न खोज्दा एक कर्मचारीले पहिले जस्तो कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु घरेलु हिँसा र अत्याचारमा परेका घटना घटेको बताउँदै बरु अहिले कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु बालबच्चा छोडेर स्वदेशी केटाहरुसंग भागेर लिभिङ टुगेदरमा बस्नेको संख्या बढेको बताए । यसैगरी नेपाली चेली समाज कोरिया’ की अध्यक्ष मञ्जु गुरुङका अनुसार कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु मध्ये दुःख पाउनेको संख्याभन्दा सुखद दाम्पत्य जीवन जिउनेको संख्या बदि भएको बताईन ।
यसर्थ, मिडियामा आए जस्तो कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु सबैको स्थिति नाजुक छैन । जसले कोरियन भाषा पदेर कोरियाको सस्कृति रहन सहन बुझेर आफूले विवाह गर्ने केटाको बारेमा राम्ररी बुझेर साच्चिकै विवाह गरेर कोरिया आएकाहरुले सुखद दाम्पत्य जीवन यापन गरेको देखिन्छ । जसले आफुभन्दा दोब्बर, तेब्बर उमेरको कोरियन नागरिकसंग विवाह गरेर पैसा कमाउने, मोज मस्तीको जीवन जिउने अभिलाषाले कोरिया आएका छन्, उनीहरुले घरेलु हिँसा र अत्याचारमा परेर दुःख पाएको देखिन्छ ।
अहिले इपिएसबाट कोरिया आएका मजदुरहरुलाई समस्या पर्दा सम्पर्क राख्नको लागि खोलिएका माईग्रेन्ट सेन्टरहरुमा भाषा अनुवाद र परामर्शको लागि काम गर्ने अधिकांश कर्मचारी कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु कार्यरत छन् ।
 
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger