Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » सरकारले अस्थायी बास निर्माणका लागि १५ हजार रुपैयाँ एक साताभित्र उपलब्ध गराउदै छ

सरकारले अस्थायी बास निर्माणका लागि १५ हजार रुपैयाँ एक साताभित्र उपलब्ध गराउदै छ

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले भूकम्पबाट घरबारविहीन बनेका नागरिकलाई अस्थायी बास निर्माणका लागि १५ हजार रुपैयाँ एक साताभित्र उपलब्ध गराइसक्ने बताएका छन्।
नेपाली कांग्रेसले गठन गरेको उपसभापति रामचन्द्र पौडेल नेतृत्वको समन्वय समितिसँग गौतमले अस्थायी घर निर्माणका लागि एक साताभित्र सबै गाउँमा रकम पुग्ने बताएका हुन्।
भेटमा सहभागी कांग्रेस सभासद रामहरि खतिवडाका अनुसार एमाले वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री गौतमले भूकम्पका कारण बस्नै नहुने गरी घर भत्केका सबैलाई तत्काल रकम उपलब्ध गराउन निर्देशन दिइसकेको बताएका थिए।
मन्त्रिपरिषद बैठकले भूकम्पपीडित परिवारलाई तत्काल अस्थायी घर निर्माणका लागि १५ हजार दिने निर्णय गरेको हो। भूकम्पबाट भत्केका घरलाई बस्न हुने र नहुने गरी दुई भागमा वर्गीकरण गरेको जानकारी दिँदै गौतमले बस्न नहुनेले रकम पाउने बताए।
कांग्रेस उपसभापति पौडेलले सरकारले दिने भनिएको रकम अझै गाउँ नगएको भन्दै गृहमन्त्रीको ध्यान खिचेका थिए। उनले राहत वितरणमा एमालेकरण भएको भक्तपुरसहितका जिल्लाबाट गुनासो आएको जनाउँदै पार्टी नभएर प्रभाव र क्षतिका आधारमा राहत बाँड्न पनि आग्रह गरेका थिए।
जवाफमा गृहमन्त्री गौतमले लोकप्रियताका लागि उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरमा जथाभावी राहत वितरण गरेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीलाई रोक्न निर्देशन दिएको स्पष्ट पारेका थिए।
उपप्रधानमन्त्री गौतमले भूकम्पका कारण घर गुमाएका नागरिकमध्ये १ लाखलाई भुटानी शरणार्थी र माओवादी पूर्वलडाकुको शिविरमा पुनःस्थापना गर्ने तयारीमा सरकार जुटेको जानकारी गराएका थिए। भूकम्पपछि बर्खाको समयमा आउन सक्ने बाढीपहिरो लगायतका प्रकोपलाई ध्यानमा राखेर सरकारले पाँच लाख त्रिपाल सञ्चित गरेको सुनाएका थिए। उनले बाढीपहिरोको उच्च जोखिम रहेको सुनाउँदै जोखिममा रहेका नदीकिनाराका बस्तीलाई पनि सुरक्षित स्थानमा सार्ने तयारी पनि भइरहेको बताए।
देशका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका विभिन्न व्यक्तिले नेपालका भूकम्पपीडितलाई सहयोगका लागि रकम संकलन गरेको खबर आइरहेको भन्दै कांग्रेस नेतृत्व टोलीले सबै विवरण सार्वजनीक गर्न आग्रह गरेको छ।

Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger