Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » glass bridge china सिशाको ठुलो आकासे पुल

glass bridge china सिशाको ठुलो आकासे पुल

      जेठ २५, चीनमा अब आकाशमा हिँड्न सकिने भएको छ । पारदर्शी शिशाबाट बनाइएको एउटा शिशाको पुलमा हिँड्दा मानिसलार्इ आकाशमै रहेको महसुस हुने बताइएको छ । 
डेलीमेलका अनुसार पूर्वी चीनको के सिनियुझाई नेशनल जिओपार्कमा पारदर्शी शिशबाट निर्मित दुर्इ पहाडबीचको यो शिशाको पुल नेपाली झोलुङ्गे पुलकै शैलीमा बनाइएको छ ।
पारदर्शी शिशाले बनेको यो पुलमा थरीथरीका संगीतसमेत सुनाउने व्यवस्था गरिएको छ । यसै महिनाबाट यो पुल सञ्चालमा आइसकेको छ। शिशाले बनेको १९ फिट फराकिलो यो पुलमा एक पटकमा ८ सय जना मानिस थेग्न सक्ने बताइएको छ ।
अग्लो र हेर्दे डरलाग्दा दुर्इ पहाडबीच जमीनबाट एक हजार चार सय १० फिटमाथिको यो पुल बनाउन शिशामात्रै प्रयोग गरिएको छ । पारदर्शी भएकाले त्यहाँमाथिबाट हिँड्नेलार्इ आफू आकाशमा हिँडेको अनुभूति हुन्छ । शिशाको दोहोरो दोहोरो तहको प्रयोग गरि बनाइएको यो पुल ५९९ फिट लामो रहेको छ ।
यो पुलमा हिँड्दा हिँड्दै संगीतको नयाँ धुन बनाउन सक्ने सुविधा पनि छ । तर यसको विशेषता भनेको निरन्तर बजिरहने संगीतको धुन हो । चीनमा यस्ता अन्य पुल पनि रहेका छन् । चीनले बनाएको शिशाको यो पुल विश्वकै लामो र अग्लो हो ।
पुल पारदर्शी भएकाले यहाँ हिँड्ने धेरै मानिसहरु डराउने गरेका छन् । डराएकै कारण मानिसहरु बीचबाट निहिँडी रेलिङ समाउने गरेका छन्  डरकै कारण मानिसहरु यो पुलमा बिस्तारी हिँड्ने गरेका छन् । यो पुलमा हिँड्दा अधिकांश मानिस डराउँछन् ।
यो पुल कुनै सुरक्षा व्यवस्था नराखी २१ जना मानिसले यो पुल तयार पारेका हुन् । यो पुल बनाउनका लागि ती मदुरलार्इ प्रतिव्यक्ति दिनको ४०० युआन ज्याला दिइएको थियो ।


Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger