Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » Saudi Arabia घर बिदाबाट समयमा नफर्के ३ वर्ष सम्म प्रतिबन्ध

Saudi Arabia घर बिदाबाट समयमा नफर्के ३ वर्ष सम्म प्रतिबन्ध

काठमाडौ/साउदी अरब सरकारले घर बिदामा गएका आप्रवासी कामदारहरू भिसामा उल्लिखित समयावधिमै नफर्के तीन वर्षसम्म आउन नपाउने नियम लागु गरेको छ ।

साउदी सरकारको जवाजतले सार्वजनिक गरेको सो नियमअनुसार कार्यरत कम्पनीबाट घर बिदामा गएका आप्रवासी कामदारहरूले भिसामा तोकिएकै समयभित्र फर्कनुपर्नेछ। आप्रवासी कामदारमा आधारित साउदी अरबका विकास निर्माण र व्यापार व्यवसायमा श्रमिकहरूको कमी हुन नदिन तथा श्रम बजारलाई स्थायित्व दिन भन्दै गत बुधबारबाट सरकारले सो नियम लागु गरेको जवाजतका मोहम्मद विन अब्दुल अजिज अल सादले बताएका छन्।

यहाँका कम्पनीहरूले आप्रवासी कामदारहरूलाई सामान्यतया आकस्मिक २१ र हरेक २ वर्षमा ६० दिनको बिदा दिने गरेका छन्। बिदाका लागि उनीहरूले पुनः प्रवेश अनुमतिसहितको भिसा जारी गर्दा अधिकतम ६ महिनाको समयावधि दिने गरेका छन्।

कम्पनीहरूले कामदारका लागि विशेष गरेर चाँडै फर्किऊन् भनेर बिदाको अवधिभन्दा केही दिन बढी मात्रै भएको भिसा जारी गर्ने गर्दछन्। यो नयाँ नियमअनुसार कामदारले कुनै कारणवश भिसाको अवधिभन्दा बढी बस्नु परे आफ्नो रोजगार गुमाउनुका साथै साउदी अरबमा ३ वर्षसम्म आउन पाउँदैनन्।

यसअघि भिसा अवधि सकिए पनि अकमा ९आवास अनुमति० को म्याद रहेसम्म पुनः भिसा जारी गरेर कामदारहरू आफ्नो काममा फर्कन पाउने व्यवस्था थियो। नयाँ नियमले आप्रवासी कामदारहरूलाई सम्झौता अवधिसम्म एउटै कम्पनीमा काम गर्न बाध्य बनाएको छ।

त्यसैगरी सम्झौता अवधि सकिएपछि पनि सम्झौता भंग नगरी बिदामा गएका बखत कम्पनी परिवर्तन गरेर समेत तीन वर्षसम्म साउदी अरबमा आउन पाउने छैनन्। साउदी अरबको कुल जनसंख्या ३ करोड ८ लाख मध्ये ३३ प्रतिशत आप्रवासी कामदारको रहेको छ। उनीहरू निजी तथा सार्वजनिक क्षेत्रमा कार्यरत छन्। पछिल्लो तथ्यांकअनुसार साउदी अरब नेपालीहरूको वैदेशिक रोजगारका लागि दोस्रो गन्तव्य मुलुक हो। साउदी अरबमा लगभग ६ लाख नेपाली आप्रवासी कामदारका रूपमा रहेका छन्।

Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger