Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » राहतको जस्ता अर्थमन्त्रीका भतिजबाट दुरुपयोगको प्रयाश

राहतको जस्ता अर्थमन्त्रीका भतिजबाट दुरुपयोगको प्रयाश

नुवाकोट, १७ जेठ । भूकम्पपीडितलाई वितरण गर्न नुवाकोट पुर्याएको जस्ता नेपाली काग्रेसका नेताले दुरुपयोग गर्न लागेको भन्दै स्थानीयले बिरोध स्वरुप नियन्त्रणमा लिएका छन् ।
नेपाल इन्भेष्टमेण्ट बैंकको छाप भएको जस्ता नुवाकोटका तीन गाविसमा वितरण गर्न भनेर लगिएपनि दुरुपयोग गर्न खोजेएको भन्दै स्थानीयले नियन्त्रणमा लिएका हुन् । जिल्लाको कबिलास, भदु्रटार र महाकाली गाविसमा भूकम्पपीडित विपन्न परिवारलाई वितरण गर्न भनेर लगिएको तीन सय बण्डल जस्ता वितरण नै नगरी काठमाडौं फर्काउन थालेपछि नियन्त्रणमा लिएको राप्रपा नेता जनकराज बताए ।
बैंकले राहत स्वरुप भूकम्पपीडितलाई वितरण गर्न पठाएको मध्ये ७० बण्डल जस्ता नेपाली काग्र्रेस नुवाकोटका सचिव रमेश महतको घरमा राखिएको र बाँकी जस्ता पुनः काठमाडौं फर्काइरहेको समयमा थानसिंहको छहरेमा स्थानीयले अबरोध पुर्याएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रंहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
शुक्रबार साँझ काठमाडौ फर्काउन लागिएको राहतको जस्ता पीडित परिवारलाई नबाँडेकाले नियन्त्रणमा लिन बाध्य भएको नेकपा माओवादीका जिल्ला नेता तथा स्थानीय प्रकाश डंगोलले बताए ।
विभिन्न गाविसका तीन सय भन्दा बढी स्थानीयले राहतको लागि आएको जस्ता वास्तविक पीडितलाई नै वितरण गर्नुपर्ने माग राखेर नियन्त्रणमा लिएपछि प्रहरीले जस्ता बोको ट्रकलाई कडा सुरक्षा दिएको छ ।
दुई दिन अगाडी नै नुवाकोट पुर्याइएको जस्ता अर्थ मन्त्री डाक्टर रामशरण महतको भतिज तथा नेपाली काग्रेस नुवाकोट सचिव रमेश महतले वितरण नै नगरी ७० बण्डल जस्ता घरमा नै राखेर बाँकी काठमाडौ नै फिर्ता पठाएको स्थानीयको आरोप छ ।
राहतको जस्ता दुरुपयोग भएको सम्बन्धमा बुझ्न खोज्दा महत भने सम्पर्कमा नै आउन चाहेनन् । राहतको जस्ता बोकेको बा.३ ख ३८४४ नम्बरका ट्रक चालक निरज भण्डारीका अनुसार जस्तालाई काठमाडौंको कोटेश्वर पुर्याएपछि २५ हजार रुपैयाँ भाडा दिने सहमतिका जस्ता काठमाडौं नै फिर्ता लैजान थालिएको हो ।
बैंकले पठाएको जस्ता कुन स्थानमा वितरण गर्न भनेर ल्याइएको जिल्ला दैवी प्रकोप उद्धार समितिलाई जानकारी नभएको समितिका संयोजक तथा नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए ।
राहतको जस्ता दुरुपयोग गर्ने काग्रेस जिल्ला सचिव रमेश महत अर्थमन्त्री डा.रामशरण महतको भतिज हुन् । महत मार्फत भूकम्पपीडितलाई वितरण गर्न जस्ता उपलब्ध गराउने नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ता तिर्थबहादुर पाण्डे अर्थमन्त्री महतका सम्धी हुन् ।
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger