Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » खुसिको खबर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा काम अन्तिम चरणमा

खुसिको खबर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा काम अन्तिम चरणमा

      गत माघबाट निर्माण सुरु गरिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्य काम गर्नुपुर्व आवश्यक पर्ने सहायक पूर्वाधार निर्माणका काम अन्तिम चरणमा पुगेको छ ।
आयोजना अगाडि बढाउन विमानस्थल निर्माण क्षेत्रमा आवश्यक आयोजना र ठेकेदार कम्पनी बस्ने भवन, गुणस्तर प्रयोगशाला, कंक्रिट मिक्सिङ प्लान्ट राख्ने काम लगभग पूरा हुन लागेका छन् ।
यसबाहेक अर्को महत्वपूर्ण ठानिएको घाँघरा नदी डाईभर्सन गर्ने काम पनि सँगसँगै अगाडि बढाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका उपनिर्देशक ओम शर्माका अनुसार डिजिटल प्रविधिको कंक्रिट मिक्सिङ प्लाण्टको निर्माण भइसकेको छ ।
यो त्यस्तो प्लाण्ट हो, जसले ढलानको लागि पानी, बालुवा, गिट्टी र सिमेण्टको मात्रालाई मिक्सिङ गर्दा कम्प्युटर प्रविधिमार्फत एकनास र मापदण्ड बमोजिम बनाउने छ । यसबाट थोरै समयमा धेरै र गुणस्तरयुक्त ढलानको लागि मिक्सिङ तयार हुने छ ।
त्यस्तै प्रयोगशालाको काम पनि लगभग सकिएर त्यहींबाट काम सुरु गर्ने तयारी भइरहेको छ । हाल निर्माण स्थलमा प्रयोगशाला नभएका कारण बालुवा, सिमेण्ट लगायत ढलान र कंक्रिट निर्माणका लागि आवश्यक कच्चा पदार्थको गुणस्तर सडक डिभिजन बुटवल र पुल्चोक इन्जिनियरङि कलेज काठमाडौंको ल्याबमा परीक्षण गरिएको छ ।
आयोजना र ठेकेदारले आफू बस्न बनाएको भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । ’ठेक्काको काम अगाडि बढाउन आवश्यक पर्ने पुर्व पूर्वाधार निर्माणको लागि कम्तिमा तीन महिना समय लाग्ने अनुमान गरिएको थियो, हाल कामको प्रगति हेर्दा सन्तोषजनकै छ,’ आयोजनाका उपनिर्र्देशक शर्माले भन्नुभयो ।
यी काम ठेकेदारले आयोजनाबाट लिएको ठेक्का मोविलाईजेसन रकमबाट गरिरहेको छ । ठेक्काको २० प्रतिशत रकम आयोजनाले मोविलाईजेसनका लागि ठेकेदारलाई अग्रिम दिनुपर्ने प्रावधान छ ।



त्यही प्रावधानका आधारमा विमानस्थल निर्माणको ठेक्का पाएको चाइनिज कम्पनी नर्थ वेस्टलाई नियम अनुसार धरौटी राखेर ७ दशमलव ५ प्रतिशत रकम भुक्तानी दिइएको आयोजनाका उपनिर्देशक शर्माले बताउनुभयो । ’यसबाहेक ठेकेदारले पाउने नियमित भुक्तानी हाल काम भइरहेको घाघरा नदी फर्काउने काम सकिएपछि पाउने छ । यो नै आयोजनाबाट ठेकेदारले पाउने पहिलो किस्ता हुनेछ,’ शर्माले भन्नुभयो ।
वर्षात् अगावै सम्पन्न गर्ने लक्ष्य लिइएको घाघरा नदी फर्काउने कामको लागि हाल माटो पाट्ने काम ८० प्रतिशतभन्दा बढी सकिएको छ । नदीको सुरुको भाग र बीचमा गरी करिब ३ सय मिटर मात्र माटो पाट्ने काम बाँकी छ । बीचमा बाटो परेकाले त्यसलाई सिफ्ट गरेपछि र सुरुको भागमा भित्रको काम सकिएपछि पाटिने छ । हाल डाईभर्सन गरेर नदी लैजाने भागतर्फ कंक्रिट ब्लक लगाउने र ढलान गर्ने काम भइरहेको छ ।
यो काम सकिएपछि सुरुको भागको माटो पाटेर नदी फर्काइने छ । नदी फर्काई पानी बगाउन बनाइने नयाँ खोलामा अहिले बग्ने पानीभन्दा दोब्बर बढी बग्न सक्ने क्षमताको हुनेछ भने दुबैतर्फ भित्तामा पानीले नकाटोस् भनेर सिमेन्ट कंक्रिटको प्लास्टर र सतहमा पनि कंक्रिटको ढलाई हुनेछ । आयोजनाका अनुसार यो काम वर्षात पूर्व नै सकिने छ । घाघरा नदी फर्काउने काम सकिएपछि रन वे र अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको काम हुने छ ।
यसको लागि आवश्यक कच्चा पदार्थ जोहो गर्ने काम अहिलेदेखि भइरहेको शर्माले बताउनुभयो । २०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्न चीनको नर्थ वेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार र्दुइ सय २७ रूपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अन्तर्राष्ट्रय विमानस्थलको निर्माण सुरु भएको हो ।
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger