Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » मेक्सिकोमा टोर्नेडो आँधीमा परी १३ जनाको मृत्यु

मेक्सिकोमा टोर्नेडो आँधीमा परी १३ जनाको मृत्यु

काठमाडौं, जेष्ठ १२ । मेक्सिकोमा आएको शक्तिशाली समुद्री आँधीमा परी १३ जनाको मृत्यु भएको छ ।

भुँमरी पर्दै आएको आँधीबाट उत्तरी मेक्सिकोको सीमावर्ती सहर सिउदाद अकुना बढी प्रभावमा परेको हो । आँधीबाट सयौं घर ध्वस्त भएका छन् । आँधी प्रभावित टेक्ससमा दर्जनौं मानिस बेपत्ता भएका छन् ।

कार र भवनहरु कामै नलाग्ने गरी क्षतिग्रस्त भएका छन्। सयौं घाइतेको अस्पतालमा उपचार भइरहेको छ । धेरै बालबालिको गाडीमा च्यापिएर मृत्यु भएको जनाइएको छ । 
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger