Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » मैदानमा ढलेका अर्जेन्टिनी फुटबल खेलाडीको मृत्यु (भिडियो)

मैदानमा ढलेका अर्जेन्टिनी फुटबल खेलाडीको मृत्यु (भिडियो)

ब्युनस अायर्स- खेल्दा खेल्दै मैदानमा ढलेका अर्जेन्टिनाका रक्षक क्रिस्टेन गोमेजको निधन भएको छ। अर्जेन्टिनी दोस्रो श्रेणीको क्लब बोका युनिडोसविरूद्ध अाइतबार अधा घन्टा खेलेपछि २७ वर्षे गोमेज मैदानमा अचानक ढलेका थिए।'हामीले उनलाइ बचाउन कोसिस गर्यों तर अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भयाे', घरेलु टोली बोका युडिनेसका चिकित्सक मिगुएल डोर्रेले भने। मे १४ मा इमानुयल अर्टेगाको निधनपछि अर्जेन्टिनामा यसै हप्ता मात्र खेल सुरू भएको थियो। २१ वर्षे अर्टेगाको मैदानको पर्खालमा टाउको ठोक्किएपछि अस्पताल भर्ना गरिएको थियो। कोमामा रहेका उनको अन्तत: निधन भएको थियो। गोमेज मैदानमा ढलेपछि टोलीका साथीहरूले टिसर्ट खोलेर सहयोगका लागि अपिल गरेका थिए।
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger