Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » रसुवा केन्द्र बनाएर ५ म्याग्निच्युडको भूकम्प, आजमात्रै पाँच धक्का

रसुवा केन्द्र बनाएर ५ म्याग्निच्युडको भूकम्प, आजमात्रै पाँच धक्का

काठमाडौँ : वैशाख १२ को विनाशकारी भूकम्पको एक महिना पुगेको दिन राति १० बजेर ५२ मिनेटमा रसुवा केन्द्र बनाएर ५ म्याग्निच्युडको परकम्प रेकर्ड भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
रसुवा भूकम्प अति प्रभावित जिल्लामा पर्छ। तर यो जिल्ला केन्द्र बनाएर पछिल्लो पटक वैशाख ३१ गते मात्रै परकम्प भएको थियो।
मंगलबार ४ म्याग्निच्युडमाथिका थप चार परकम्प रेकर्ड भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति आठ बजे ललितपुर र काभ्रेको सिमा वरपर केन्द्र बनाएर ४.३ म्याग्निच्युडको आएको हो।
यसबाहेक बाँकी तीन वटा परकम्पको केन्द्रबिन्दु दोलखा थियो। वैशाख १२ को भूकम्पको परकम्पका रुपमा वैशाख २९ गतेको शक्तिशाली भूकम्पको केन्द्र दोलखा थियो। त्यसयता दोलखा केन्द्रबिन्दु बनाई कयौँ पटक साना ठूला परकम्प भइरहेका छन्।
आजको पहिलो परकम्प दिउँसो २ बजेर ११ मिनेटमा ४.३ म्याग्निच्युडको थियो। त्यसैगरी साँझ ५ बजेर ४८ मिनेट र ६ बजेर ३९ मिनेटमा ४.१ म्याग्निच्युडको परकम्प भएको थियो।
यो एक महिनामा साना ठूला गरी ३० हजार भन्दा बढी परकम्पहरु गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 'सेकेण्ड सेकेण्ड, मिनेट मिनेटमा गएको छ, त्यसैले काउण्ट गरिसकेको छैन' केन्द्रका प्राविधिक अधिकृत उमेशप्रसाद गौतमले भने ' एउटै भूकम्पमा पनि ओभरल्याप भएर परकम्पहरु गएका हुन्छन्, हामी भोलिसम्म सबै काउण्ट गरिसक्छौं।'
एक महिनामा ४ रेक्टर स्केलभन्दा माथिका २ सय ६० भन्दा बढी परकम्पहरु गएको छ। ती परकम्पमध्ये ५ देखि ६ रेक्टर स्केलसम्मका ३७
वटा र ६ देखि ७ रेक्टर स्केलका ४ वटा छन्।
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger