Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं : प्रथम एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा मंगलबार नेपालले आकर्षक खेल देखाउँदै आयोजक बंगलादेशलाई ३-२सेटमा हराएको छ। नेपालले खेल १५-२५, २५-२१,२३-२५,२५-१६,१५-११ले जितेको थियो।
 
जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ। समूह 'बी'अन्तर्गतको अन्तिम खेलमा नेपालले सानदार खेलको नमूना प्रदर्शन गरेको थियो। समूहको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ३-१ को सेटमा हराएको थियो। दोस्रो खेलमा नेपाल माल्दिभ्ससँग ३-१ को सेटमा पछि परेको थियो।
 
जेठ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरेका छन्। एसियाली १२ राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपको पहिलो चरणमा नेपालले सात राष्ट्रसँग प्रारम्भिक छनोट खेल्नुपर्नेछ।
 
 प्रारम्भिक छनोटका लागि आयोजक बंगलादेशसहित नेपाल, अफगानिस्तान, माल्दिभ्स, तुर्कमिनिस्तान, किर्गिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गरेका छन्।
 
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह 'बी'मा नेपाल, किर्गिस्तान, माल्दिभ्स र बंगलादेश थिए। समूह विजेता दुई र एक उपविजेता टोली दोस्रो चरणमा पुग्नेछन्। 
 
दोस्रो चरणमा प्रवेश गर्ने टोलीले इरान, भारत, पाकिस्तान, काजकिस्तान र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछन्। पाँच राष्ट्रलाई प्रदर्शनका आधारमा सोझै फाइनल चरणका लागि छनोट गरिएको हो।
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger