Home »
News
» ४० वर्ष झोला बोकेर एक वर्षअघि मात्र एमाले त्यागेका वीरबहादुर लामा
४० वर्ष झोला बोकेर एक वर्षअघि मात्र एमाले त्यागेका वीरबहादुर लामा
२१ जेठ – नेकपा एमालेका लागि ४० वर्ष झोला बोकेर एक वर्षअघि मात्र एमाले त्यागेका वीरबहादुर लामाले पार्टी छोड्नु पर्दा अत्यन्त दुःख लागेको बताए । पुराना घरका अभिभावकले आफ्नो कुरा गम्भीरतापूर्वक सुनिदिए आफैँ रगतपसिना सिञ्चेर बनाएको घर फर्कन कुनै गाह्रो नभएको उनी बताउँछन् । चार दशकसम्म रगतपसिना बगाएको पार्टीमा आफू जस्तो ‘सोझो’लाई टिक्नै नदिएकाले बाहिरिएको बताए ।
आफ्नो पूरा जीवन नै बिताएको घरबाट निस्कँदा दुःख लागेको बताउँदै लामाले गृह जिल्ला मकवानपुरमा रहेका पार्टीका विभिन्न नेताका अलगअलग गुटले पनि पार्टी छाड्न बाध्य बनाएको गुनासो गरे । ‘म जिल्लाको पार्टीइन्चार्ज तर मलाई नै जिल्ला कमिटीको बैठकमा प्रवेश नदिने ?उनले थपे, ‘प्रमुख अतिथि आइसकेपछि मात्र सहभागी हुन नसकोस् भन्ने नियतले कार्यक्रममा खबर गर्ने तरिका साथीहरुले अपनाउदै लगे ।’
लामाले भने, ‘कोही केपीका, कोहीझलनाथका त कोही माधवका दास थिए । तिनीहरु सिंगो पार्टीका क्याडर थिएनन्, जसले हामी जस्तो साँचो रुपमा पार्टीको मात्र हित चाहने नेतालाई देखिसहेनन् र जबर्जस्त अन्त धकेलेर भिरबाटै लडाउन खोजे । ’
0 comments:
Post a Comment