Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » taplejung landslide ताप्लेजुङमा भिषण पहिरो भिडिओ सहित हेर्नुहोस

taplejung landslide ताप्लेजुङमा भिषण पहिरो भिडिओ सहित हेर्नुहोस

           
जेष्ठ २८, ताप्लेजुङमा बुधबार साँझदेखि परेको अविरल वर्षासँगै विभिन्न गाउँमा गएको पहिरोले पुरिएर २१ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ३६ जना वेपत्ता भएका छन् ।  पहिरोमा ज्यान गुमाउने यी हुन् पहिरोमा परी ज्यान गुमाउनेमध्ये २१ जनाको शव भेटिएको छ । मृतकहरुमा खोक्लिङ-७ का १३ वर्षीय सबिन मादेन, खोक्लिङ-५ का १८ वर्षीया मनकुमारी लामघाते, सोही स्थानका १२ वर्षीय बसन्त रसाईली, लिङतेप-३ की ३१ वर्षीया मनमाया लिम्बु र लिङ्तेप-७ का ४२ वर्षीय भिमबहादुर केदेम लिम्बु रहेका छन् ।  त्यसैगरी सोही स्थान कि ३ वर्षीया चमेली केदेम लिम्बू, लिङतेप-५ का उमेर नखुलेका सन्तमान लिम्बू, लिवाङ-३ का उमेर नखुलेका भक्तजन लिम्बू, लिवाङ-३ की उमेर नखुलेकी मनमाया लिम्बू, लिवाङ-३ की उमेर नखुलेकी पञ्चमाया लिम्बू र लिवाङ-३ का उमेर नखुलेका शैलेन्द्र लिम्बू रहेका छन् । पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसार लिवाङ-३ की उमेर नखुलेकी चितमाया लिम्बू, लिवाङ-३ बस्ने लक्ष्मीमाया लिम्बू, सान्थाक्रा-३ का ७२ वर्षीय अमरध्वज लिम्बू, सोही स्थान बस्ने १० वर्षीय बिरुन चोङवाङ रहेका छन् । त्यसैगरी थुकिम्बा-४ का १० वर्षीय बिरु लिम्बू, सान्थाक्रा-३ का ७५ वर्षीय फेर्नेमा कान्छा, थिङलाबु-६ की उमेर नखुलेकी मनकुमारी लिम्बू, सोही स्थान बस्ने ७५ वर्षीय रिन्जी शेर्पा, २७ वर्षीया रनु लिम्बु र ७ वर्षीया सिता लिम्बु रहेका छन्। पहिरोमा परी घाइते भएकाहरु पहिरोमा परेर खोक्लिङ-७ बस्ने ९ वर्षीय पुजन आङसाङ्बो, सोही स्थान बस्ने २२ वर्षीय बलबहादुर कामी, लिङतेप-७ बस्ने ४२ वर्षीया टंकमाया लिम्बू, लिबाङ-५ बस्ने ३० वर्षीय मदन लिम्बू र सोही गाविस-३ बस्ने १९ वर्षीय रोहित लिम्बू रहेका छन् । त्यसैगरी लिवाङ-१ बस्ने ३० वर्षीया सुकमाया थाम्सोहाङ, सोही गाविस-५ बस्ने ६५ वर्षीय रुद्र लिम्बू, र वडा १ बस्ने ८ वर्षीय अर्जुन लिम्बू गम्भीर घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम ल्याइएको छ ।
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger