Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » मलेसियाबाट आएको एयर एसियाको विमानमा एक नेपालीको मृत्यु

मलेसियाबाट आएको एयर एसियाको विमानमा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलमा मलेसिया पुगेका एक नेपालीको घर फर्किने क्रममा जहाजमै वेहोस भएर मृत्यु भएको छ ।
नेपाल प्रहरी केन्द्रीय समाचार शाखाले दिएको जानकारी अनुसार एयर एसियाको उडानबाट नेपाल फर्किन लागेका सिट नम्बर ३५ मा बसेका मलेसियाको कोलालम्पुरबाट काठमाडौं आएका प्युठान राम्दी–१ का ३७ वर्षीय गोविन्दबहादुर रोकामगरको मंगलबार मृत्यु भएको हो ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरेपश्चात उनलाई सिटमै प्रहरीले मृत अवस्थामा फेला पारेका थियो । उनका आफन्तलाई प्रहरीले खबर गरी शव राखिएको काठमाडौं मेडिकल कलेजमा पठाएको छ ।
प्रहरीको प्रारम्भिक सोधपुछमा जहाजमै वेहोस भएर मृत्यु भएको खुलेको छ । के कारण मृत्यु भन्ने अझै पुष्टि हुन सकेको छैन् । काठमाडौं मेडिकल कलेजमा उनको पोष्टमार्टम भइरहेको छ । त्यसपछि मात्रै कारण थाहा हुने प्रहरीले जनाएको छ
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger