Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.

नेपालमा जन्मिएका बालक दलाई लामाद्धारा दीक्षित, निङमा बौद्ध परम्पराको प्रमुख बने

Sunday, July 26, 2015

काठमाडौं, श्रावण १० - तिब्बती आध्यात्मिक गुरु दलाई लामाले आफ्ना दिवंगत गुरु ट्रल्सिक रिम्पोछेको अवतारको रुपमा अनुमोदन गरेका नेपालमा जन्मिएका बालक ङवाङ तेन्जिन चोकीलाई तिब्बेतियन निङमा बौद्ध परम्पराअनुसार दीक्षित गरेका छन् ।

भगवान गौतमबुद्धले पहिलो पटक धर्मदेशना गरेको दिन धर्मचक्र प्रवर्तन दिवसको अवसरमा बालक तेन्जिनलाई गुरु दलाई लामाले भारतको धर्मशालामा दीक्षित गरेका हुन् ।

दलाई लामाले बालकको कपाल खौरेर गोप्य कालचक्रतन्त्र विधिबाट दीक्षित गराइएको स्रोतले जनाएको छ । धर्मशालामा लामागुरुहरुबाट त्रिरत्नलगायतका बौद्ध पाठ गरेका थिए ।

सन् २०१३ जुलाई २५ मा नेपालमा जन्मिएका बालक ङवाङ अब तिब्बतको सबैभन्दा पुरानो निङमा बौद्ध परम्पराको प्रमुख बनेका छन् । निग्मा बौद्ध परम्पराका प्रमुख गुरु टुलसिक रिम्पोछेको ४ वर्षअघि नेपालको सोलुखुम्बुमा  दिवंगत भएकोमा उनको पुनर्जन्मको रुपमा बालक ङवाङलाई मान्यता दिइएको हो ।

काठमाडौंका बाबु छोइलिङ टुल्कु ङवाल र आमा पाइलुङ छेवाङ डोल्माको कोखबाट जन्मिएका बालक ङवाङ दलाई लामाका धर्मगुरु र निग्मा बौद्ध परम्पराका प्रमुख गुरुको रुपमा रहनेछन् ।

बालक ङवाङ पछि सोलुखुम्बुको सबैभन्दा ठूलो थुप्तेन छोइलिङ गुम्बामा बस्ने जनाइएको छ । श्रावण ८ इमेज खबरमा प्रकासित भएको थियो






Continue Reading | comments

Racing

SOUQ.com

watch and calendar

Template Updates

Picture

Powered by Blogger.

Slider

Sample Text

Text Widget

Archive

Contact Us

Name

Email *

Message *

Páginas

Popular Posts

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger