Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.

मह र कागती तातो पानीमा मिसाएर पिउदा सरिरलाई फाइदै फाइदा

Saturday, May 30, 2015

१. पाचन सुधार्छ पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन मद्दत गर्छ ।
 २. कब्जियत हटाउँछ तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्ट । यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।
 ३. लिम्फेटिक सिस्टमको सफाईमा सहयोगी लिम्फेटिक सिस्टममा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ । कब्जियत, सुत्न समस्या, उच्च या न्युन रक्तचाप, तनाव र मानसिक स्वास्थ्यमा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ, जसबाट प्रतिरक्षा प्रणालीमा पनि सुधार हुन्छ ।
 ४. मुख स्वास्थ्यमा सुधार एसिडिक प्रकृतिको कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ) पनि हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रुपमा हटाउँछ ।
 ५. मूत्रबद्र्धक रुपमा कार्य गर्छ महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्रल (शरीरबाट पानी बाहिरनिकाल्ने तत्व) को रुपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान साबित हुन्छ ।
 ६. इनर्जी लेबल बढाउँछ मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।
 ७. तौल घटाउन उपयोगी मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।
 ८. पोषक तत्व र भिटामिनले भरपूर मह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ ।
 ९ . रोग प्रतिरोधी क्षमता मजबूत हुन्छ यसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ ।

Continue Reading | comments

भुकाम्पीय दृष्टिले काठमाडौँको कुन कुन ठाउँ अति खतरा छ हेरौ।

महाभूकम्पको असर
काठमाडौ, जेष्ठ १६ - महाभूकम्प र त्यसपछिका सयौं पराकम्पनको थर्काइका कारण काठमाडौंका विभिन्न स्थानको जमिन तरलीकरण (लिक्विफ्याक्सन) भएको तथ्य सार्वजनिक भएको छ।

महाभूकम्पकै हल्लाइले जमिन तरलीकरण भएपछि बोझ थेग्न नसकेर कयौं घरहरू दलदलभित्र धस्सिएको विशेषज्ञहरूले बताएका छन्। बाक्लो बस्ती भएको क्षेत्रमा भने तरलीकरणको समस्या देखिएको छैन।

‘थर्काइले जमिन तरलीकरण भएपछि कतिपय घर र तलाहरू जमिनभित्र धस्सिए,’ त्रिवि भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. मेघराज धितालले शुक्रबार कान्तिपुरलाई भने, ‘हल्लाइले कतिपय ठाउँमा मूल फुटेको देखियो, प्रेसरले केही स्थानमा बालुवा र साना कण बाहिर निस्किएका छन्।’

काठमाडौंमा बालाजु, माछापोखरी, नयाँ बसपार्क, गोंगबु, गोलढुंगालगायत क्षेत्रमा तरलीकरणकै कारण घर जमिनभित्र धस्सिएको धितालले बताए। ती स्थानमा कतिपय घर जमिनभित्र धस्सिएका छन् भने धेरै घर ढल्किएका छन्। जमिन तरलीकरण भएको क्षेत्र बसोबासका हिसाबले जोखिमयुक्त मानिन्छ। त्यस्तो जमिन जुनसुकै बेला पनि धस्सिन वा भासिन सक्ने भन्दै विज्ञहरूले सतर्कता अपनाउन चेतावनी दिएका छन्।

भूगर्भविद्हरूका अनुसार ठूला भूकम्पपछि जमिन तरलीकरण हुने समस्या अत्यधिक हुन्छ। खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक डा. सोमनाथ सापकोटाका अनुसार १९९० सालको भूकम्पपछि पनि काठमाडौंको जमिन ‘लिक्विफ्याक्सन’ भएको थियो।



प्रा.डा. धितालका अनुसार दलदल भएको, विगतमा पानी धेरै समय जमेको, माटाले पुरेर उठाइएको जमिनमा तरलीकरणको समस्या बढी हुन्छ। गोंगबु, माछापोखरी, नयाँ बसपार्क क्षेत्र त्यस्तै प्रकृतिको जमिन हो। त्यस्तो जमिनमा बनेका संरचनामा ठूलो धक्का थेग्न सक्ने क्षमता कम हुन्छ। भूकम्पको कम्पन थेग्न नसकेकै कारण त्यस्तो जमिनमा निर्मित संरचना धस्सिएको भूगर्भविद्हरूको भनाइ छ।

राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ भूगर्भविद् डा.विशालनाथ उप्रेतीले पनि उपत्यकाका विभिन्न स्थानको जमिन तरलीकरण भएको पाइएको बताए। ‘भक्तपुरको खरीपाटी, ललितपुरको खुमलटारलगायतका क्षेत्रको खेतमा पानी र बालुवा निस्किएको छ,’ डा.उप्रेतीले भने, ‘त्यो तरलीकरण हो, मानवीय बस्तीभित्रै चाहिँ त्यस्तो समस्या भेटिएको छैन।’ तरलीकरणको अवस्था थाहा पाउन विस्तृत अध्ययन आवश्यक रहेको उनले बताए।

१२ गतेको भूकम्पमा कम्पनको मात्रा कम भएकाले तरलीकरणको समस्या अनुमान गरिएभन्दा न्यून भएको डा. उप्रेतीको विश्लेषण छ। उनले भने, ‘जति धेरै बेर भूकम्पले हल्लाउँछ, त्यत्तिकै बढी लिक्विफ्याक्सनको सम्भावना हुन्छ।’

महानगरपालिका र जाइकाले १९९८ देखि २००० सम्म गरेको एक अध्ययनले काठमाडौंका विभिन्न स्थान तरलीकरणको उच्च जोखिममा रहेको निष्कर्ष निकालेको थियो। डा.धितालका अनुसार नदी किनारका बस्ती तरलीकरणको उच्च जोखिममा हुन्छन्। उनले बल्खु, धोबीखोला, मनोहरा, विष्णुमती, वाग्मती, गुह्येश्वरीलगायत क्षेत्र तरलीकरणको जोखिममा रहेको जनाए।

कहीं मूल फुटे, कहीं सुकेमहाभूकम्पको कम्पनका कारण काठमाडौंको चन्द्रागिरिसहित अन्य जलाधारक्षेत्रमा पानीका मूल देखिएको डा. धितालले बताए। केही स्थानमा भने मूल सुकेका पनि छन्। काठमाडौंका केही क्षेत्रमा कुवा, इनार सुकेको पाइएको छ। ‘पानीको मूल देखिने र सुक्ने दुवै कारण भूकम्पको कम्पन नै हो,’ धितालले भने।

Continue Reading | comments

मेस्सी र नेईमारको गोलले बार्सिलोनालाई कोपा डेल रे को उपाधि -

       
     लियोनन मेस्सीले उत्कृष्ट प्रदर्शन सँगै २ गोल गरेपछि बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।  प्रतियोगिता अन्तर्गत शनिबार राती भएको खेलमा एथ्लेटिको विल्वाओलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले यस सिजन लगातार दोश्रो उपाधी जितेको छ । केही दिन अघि मात्र स्पेनिस लालिगको उपाधि जितेको बार्सिलोनका लागि २० औ मिनेटमा लियोनन मेस्सीले गोलको खाता खोलेका थिए । ३६ औं मिनेटमा नेयमर ले गोल गर्दै बार्सिलोनको अग्रता दोब्बर पारे ।पहिलो हाफमा २–० ले पछि परेको विल्वाओले दोश्रो हाफमा भने केही सुधारीएको खेल प्रदर्शन गर्यो । दोश्रो हाफको २९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोश्रो तथा टोलीका लागि तेश्रो गोल गरे । ३–० पछि परेको विल्वाआका लागि दोश्रो हाफको ३४ औ मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बार्सिलोना सँगको गोल अन्तर केही कम गरेपनि त्यसपछि कुनै गोल हुन सकेन र खेल बार्सिलोनाले जित्यो । यो सँगै बार्सिलोनाले स्पेनिस कोपा डेल रेको उपाधी २७ औं पटक जितेको छ । यस सिजनको ला लिगाको उपाधी जितिसकेको बार्सिलोनाले अर्को हप्ता च्याम्पियन्स लिगको उपाधिका लागि इटालियन क्लब युभेन्टसको सामना गर्दैछ । कोपा डेल रे मा २ गोल गरेसँगै मेस्सीले यस सिजन आफ्नो गोल संख्या ५८ पुर्याएका छन् । उनी भन्दा अघि रियलका क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डोले ६१ गोल गरेका छन् । अब मेस्सीले यस सिजन च्याम्पियन्स लिगको फाइनल खेल्न बाँकी नै छ । 
Continue Reading | comments

जापानमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ

१६ जेस्ठ ,जापानको  चिचिसिमा  टापुमा इस्थानिय समय अनुसार पाँच बजेर १० मिनेट जादाँ ,अत्यन्तै शक्तिशाली  भूकम्प गएको छ।अमेरिकी जियोलोजिकल सर्वेका अनुसार ६९६ किलो मिटर तल ८.५ रेक्टरको एवम् टोक्योबाट ५४० मिटर  माइल टाढा समुन्द्रलाई केन्द्र बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गएको छ।
  
               सञ्चारमाध्यमका अनुसार भुकम्पले के कति क्षती गर्‍यो त्यसबारेमा भने अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। 

Continue Reading | comments

Manisha Koirala, Actor in TOUGH Talk with Dil Bhusan Pathak - 142


Continue Reading | comments

राहतको जस्ता अर्थमन्त्रीका भतिजबाट दुरुपयोगको प्रयाश

नुवाकोट, १७ जेठ । भूकम्पपीडितलाई वितरण गर्न नुवाकोट पुर्याएको जस्ता नेपाली काग्रेसका नेताले दुरुपयोग गर्न लागेको भन्दै स्थानीयले बिरोध स्वरुप नियन्त्रणमा लिएका छन् ।
नेपाल इन्भेष्टमेण्ट बैंकको छाप भएको जस्ता नुवाकोटका तीन गाविसमा वितरण गर्न भनेर लगिएपनि दुरुपयोग गर्न खोजेएको भन्दै स्थानीयले नियन्त्रणमा लिएका हुन् । जिल्लाको कबिलास, भदु्रटार र महाकाली गाविसमा भूकम्पपीडित विपन्न परिवारलाई वितरण गर्न भनेर लगिएको तीन सय बण्डल जस्ता वितरण नै नगरी काठमाडौं फर्काउन थालेपछि नियन्त्रणमा लिएको राप्रपा नेता जनकराज बताए ।
बैंकले राहत स्वरुप भूकम्पपीडितलाई वितरण गर्न पठाएको मध्ये ७० बण्डल जस्ता नेपाली काग्र्रेस नुवाकोटका सचिव रमेश महतको घरमा राखिएको र बाँकी जस्ता पुनः काठमाडौं फर्काइरहेको समयमा थानसिंहको छहरेमा स्थानीयले अबरोध पुर्याएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रंहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
शुक्रबार साँझ काठमाडौ फर्काउन लागिएको राहतको जस्ता पीडित परिवारलाई नबाँडेकाले नियन्त्रणमा लिन बाध्य भएको नेकपा माओवादीका जिल्ला नेता तथा स्थानीय प्रकाश डंगोलले बताए ।
विभिन्न गाविसका तीन सय भन्दा बढी स्थानीयले राहतको लागि आएको जस्ता वास्तविक पीडितलाई नै वितरण गर्नुपर्ने माग राखेर नियन्त्रणमा लिएपछि प्रहरीले जस्ता बोको ट्रकलाई कडा सुरक्षा दिएको छ ।
दुई दिन अगाडी नै नुवाकोट पुर्याइएको जस्ता अर्थ मन्त्री डाक्टर रामशरण महतको भतिज तथा नेपाली काग्रेस नुवाकोट सचिव रमेश महतले वितरण नै नगरी ७० बण्डल जस्ता घरमा नै राखेर बाँकी काठमाडौ नै फिर्ता पठाएको स्थानीयको आरोप छ ।
राहतको जस्ता दुरुपयोग भएको सम्बन्धमा बुझ्न खोज्दा महत भने सम्पर्कमा नै आउन चाहेनन् । राहतको जस्ता बोकेको बा.३ ख ३८४४ नम्बरका ट्रक चालक निरज भण्डारीका अनुसार जस्तालाई काठमाडौंको कोटेश्वर पुर्याएपछि २५ हजार रुपैयाँ भाडा दिने सहमतिका जस्ता काठमाडौं नै फिर्ता लैजान थालिएको हो ।
बैंकले पठाएको जस्ता कुन स्थानमा वितरण गर्न भनेर ल्याइएको जिल्ला दैवी प्रकोप उद्धार समितिलाई जानकारी नभएको समितिका संयोजक तथा नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए ।
राहतको जस्ता दुरुपयोग गर्ने काग्रेस जिल्ला सचिव रमेश महत अर्थमन्त्री डा.रामशरण महतको भतिज हुन् । महत मार्फत भूकम्पपीडितलाई वितरण गर्न जस्ता उपलब्ध गराउने नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ता तिर्थबहादुर पाण्डे अर्थमन्त्री महतका सम्धी हुन् ।
Continue Reading | comments

भत्किएका घर बनाइदिने परोपकारी मनहरू

विनाशकारी भूकम्पका कारण करिब ४ लाख घर पूर्ण रूपमा ध्वस्त भए। त्यति नै संख्यामा घरहरू क्षतिग्रस्त पनि भएका छन्। यस्तो महाविपत्तिका बेला पीडितहरूका निम्ति कतिपय मानिस परोपकारी बनेर निस्किएका छन्। विभिन्न माध्यममार्फत सहयोग जुटाउँदै पीडितहरूका लागि घर निर्माण गरिदिन कतिपय परोपकारी व्यक्तिले काम सुरु गरेका छन्। सबै पीडित नेपालीलाई एउटै वर्गमा समाहित गराई प्रभावित क्षेत्रमा पुगेर घर बनाइदिन केही परोपकारी व्यक्तिले सहयोगको घोषणा गरिसकेका छन् भने केहीले काम नै थालिसकेका छन्। त्यस्ता केही प्रतिनिधि पात्रहरू :





गगन थापा, युवा नेता

भूकम्पले हजारौं घर ध्वस्त भएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सभासद गगन थापाले एउटा नौलो अभियान सुरु गरे। त्रिपालको अभाव खेपिरहेका भूकम्पपीडितहरूका निम्ति उनले केही अस्थायी घर बनाउने काम नुवाकोटको कुमरीबाट प्रारम्भ गरेका छन्। ‘हामीले यो सानो अभियान सुरु गरेका हौं,’ थापाले भने– ‘अन्य साथीहरूले पनि यस्तै सहयोग गर्न सके पीडितहरूलाई केही राहत मिल्नेछ।’ विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा इन्जिनियरिङका विद्यार्थीहरूसहित नुवाकोट पुगेको सय जनाको टोलीले कुमरीमा ४८ वटा अस्थायी घर बनाइसकेको छ। थापाको टिमले धादिङ र काठमाडौंको बुढानीलकण्ठमा पनि घर निर्माण गरिरहेको छ।



विनोद चौधरी,

चौधरी फाउन्डेसन


चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भूकम्पबाट घरबास गुमाएकाका निम्ति २५ करोड रकम विनियोजन गरेर उदार भाव प्रकट गरेका छन्। घर गुमाएका पीडितहरूका निम्ति चौधरीकै अगुवाइमा प्रभावित क्षेत्रमा १ हजार ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने तयारी भैरहेको छ। त्यसबाहेक अन्य ९ हजार घरका निम्ति विभिन्न संघ–संस्थासँग सहकार्य गर्ने घोषणा चौधरी फाउन्डेसनले गरिसकेको छ। फाउन्डेसनले ६ महिनाभित्र ती सबै १० हजार घर निर्माण गरिसक्ने बताएको छ।



करिश्मा मानन्धर, अभिनेत्री

अभिनेत्री करिश्मा मानन्धरलगायत अन्य कलाकारहरूको समूह पनि यतिबेला भूकम्पपीडितहरूका निम्ति घर निर्माणमा जुटेको छ। उक्त समूहले काठमाडौं नजिकैको धर्मस्थलीको ७५ वटै घर ध्वस्त भएको चौगाउँमा स्थायी घर निर्माण अभियान थालेको छ। भारतको परमशक्ति पीठ नामक संस्थाको सहयोगमा नेपाल सेवा समिति स्थापना गरेर स्थायी घर बनाउन थालिएको हो। यो अभियानअन्तर्गत स्थानीयहरूको श्रमदान तथा ५० हजार रुपैयाँ नगद अनुदानमा १० वर्षसम्म टिक्ने घरहरूको निर्माण गरिने छ।



शेष लाओस राई, विद्यार्थी नेता

नेविसंघका केन्द्रीय सदस्य लाओस राईले आफ्नै अगुवाइमा नुवाकोटका २३ गाविसमा घर निर्माण अभियान सुरु गरेका छन्। टिम नेपाल कन्सल्टेन्सी एन्ड रिसर्च सेन्टर नामक कम्पनी, ३० जना इन्जिनियरिङका विद्यार्थीलगायत स्थानीयवासीको सहभागितामा ती घरहरू निर्माण थालिएको हो। राईले पहिलो चरणमा दोलखाका अति प्रभावित गाउँहरूमा घर निर्माण अभियानका लागि अध्ययन सुरु भएको बताएका छन्। राईले पहिलो चरणमा १ सय घर बनाइदिने घोषणा गरेका छन्।



प्रदीप पौडेल, कांग्रेस नेता

कांग्रेस नेता प्रदीप पौडेलले पनि गोरखाको विकट गाउँ पालुङटारमा ५० वटा घर निर्माण गराएका छन्। अस्थायी किसिमले बनाइएका ती घर निर्माणका लागि पौडेल काठमाडौबाट प्राविधिकसहित १ सय जना युवाहरूको समूहसहित प्रभावित क्षेत्रमा पुगेका थिए। ‘हाम्रो सानो अभियान मात्र हो, यस्तो अभियानले अरूलाई उत्साहित गराओस् र सहयोगी भावनाको विकास गर्न सहयोग पुगोस् भन्ने मात्र हो’, पौडेलले बताए। पौडेलका अनुसार धादिङ, सिन्धुपाल्चोक र दोलखालगायतका जिल्लाका १० वटा गाउँहरूमा समेत ५०/५० वटा गरी ५ सय घर बनाउने योजना रहेको छ। यो अभियानअन्तर्गत घरबास गुमाएका परिवारका निम्ति जस्तापाता, बाँस र घरेलु सामग्रीको सहायतामा अस्थायी घर निर्माण गरिने छ।



शेष घले,

अध्यक्ष, गैरआवासीय नेपाली संघ


 गैरआवासीय नेपालीहरूको संगठनका अध्यक्ष शेष घलेको अगुवाइमा अतिप्रभावित क्षेत्रमा १ हजारवटा घर निर्माण गरिने योजना बनाइएको छ। आठवटा जिल्लामा बनाउन लागिएको त्यस्ता घरका लागि ३५ करोड रुपैयाँ बजेट छुट्टयाएको छ। त्यसका लागि गैरआवासीय नेपालीहरूको संगठनले अध्यक्ष शेष घलेको नेतृत्वमा विज्ञ, इन्जिनियर र स्वयंसेवीहरू परिचालन गरेर आवश्यक अध्ययन सुरु गरिसकेको छ।



सुजाता कोइराला,

जीपी कोइराला फाउन्डेसन


भूकम्प लगत्तै कांग्रेस नेतृ सुजाता कोइरालाले देशभरका ११ जिल्लाका ११ वटा गाउँ विकास समितिलाई पुनर्निर्माण गर्ने घोषणा गरेर नौलो अभियानको थालनी गरिन्। जीपी कोइराला फाउन्डेसनको अगुवाइमा उनले भूकम्पबाट प्रभावित ११ वटा गाविसका मानिसहरूलाई राहतस्वरूप घर निर्माणसहित अन्य सार्वजनिक भौतिक संरचनाहरूको समेत निर्माण गर्ने घोषणा गरेकी छिन्।



महेश बस्नेत, एमाले नेता

उद्योगमन्त्री तथा एमालेका युवा नेता महेश बस्नेतले ३ लाख रुपैयाँ लगानी गरेर भक्तपुरमा अस्थायी घर निर्माणको अभियान थालेका छन्। यो अभियानअन्तर्गत भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकाअन्तर्गतका भूकम्पपीडित गाउँहरूमा ६५ वटा घर निर्माण भैसकेका सकेका छन्। अभियान अन्तर्गत बस्नेतले भक्तपुरमा १ हजारवटा घर निर्माण गर्ने योजना अघि सारेका छन्।



ज्याक मा, चिनियाँ अर्बपति

उद्योगपति विनोद चौधरीको अनुरोधमा विश्वचर्चित ई–कमर्स साइट अलिबाबाका संस्थापक एवं चिनियाँ अर्बपति ज्याक माले नेपालका भूकम्पपीडितहरूका लागि घर निर्माण गरिदिने भएका छन्। ज्याक माले १ हजार घर निर्माण गर्न आवश्यक रकम उपलब्ध गराउनुका साथै १० जना प्राविधिक तथा संस्थाका प्रतिनिधिहरू चीनबाट पठाइदिने बताएका छन्।



निर्मल श्रेष्ठ/सुरज गुरुङ

हङकङ, चीन र मकाउमा बसोबास गरिरहेका नेपालीहरूबाट संकलन गरिएको आर्थिक सहयोगले हङकङमा व्यवसाय गर्दै आएका सुरज गुरुङ र पत्रकारिता गरिरहेका निर्मल श्रेष्ठको अगुवाइमा घर, विद्यालय र बालउद्यान निर्माणको अभियान अन्तिम चरणमा पुगेको छ । सिन्धुपाल्चोकको कर्थली–७ पोखरेमा घर, विद्यालय र बालउद्यान निर्माणको अभियानलाई श्रेष्ठ र युवा व्यवसायी गुरुङले नेतृत्व गरिरहेका छन् । पोखरेका ४० दलित परिवारका लागि अस्थायी घर र बालबालिकाका लागि बालउद्यानको निर्माण भैरहेको छ ।
Continue Reading | comments

हरियो खुर्सानी खानुहोस् ,थाहा पाउनस् यसका फाइदै फाइदा

Friday, May 29, 2015

कहिलेकाँही कडा र तिखो खाना पनि स्वस्थकर हुने गर्दछ । औषधी धेरैजसो कडा नै हुने गर्दछ तर त्यसको फाइदा निकै मिठो हुने गर्दछ । हामीमध्ये धेरैजनाले खाना खाने बेलामा पिरो खानेकुरालाई पाखा लगाउने गर्दछौँ । तर के तपाईंलाई थाहा छ ? खानामा कम्तीमा दुईवटा हरियो खुर्सानी खाने गर्नाले क्यान्सर जस्तो भयानक रोगबाट बचाउन सक्छ । हरियो खुर्सानीले प्राकृतिक रुपमा नै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ जसले क्यान्सर जस्तो रोगबाट बचाउने गर्दछ ।



मोटोपन कम गर्छः

यदि तपाईं खानेकुरामा निकै सोच्ने गर्नुहुन्छ र सधैँ कम क्यालरीको खाना खानुहुन्छ भने तपाईंको लागि हरियो खुर्सानी राम्रो विकल्प हुनसक्छ । हरियो खुर्सानीमा क्यालरी हुँदैन त्यसकारण यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने हरियो खुर्सानी तपाईंको लागि निकै लाभदायक हुन्छ ।

क्यान्सरः

पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना धेरै हुने गर्दछ । एक शोधका अनुसार खानामा हरियो खुर्सानी खाँदा प्रोस्टेट क्यान्सरबाट बचाउने गर्दछ । हरियो खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले क्यान्सरको जोखिमलाई क मगर्ने गर्दछ ।

जवान राख्छः

हरियो खुर्सानीमा भिटामिन इ को मात्रा निकै धेरै हुने भएका कारण यसमा प्राकृतिक तेल हुने गर्दछ जसले छालालाई नरम बनाइराख्न मद्दत गर्दछ । यसले तपाईंको छालालाई सधैँ जवान र चम्किलो बनाइराख्न मद्दत गर्दछ ।

छालाको संक्रमणः

यदि तपाईंको छाला निकै नै संवेदनशील छ र तपाईंलाई संक्रमणको समस्या भइरहन्छ भने हरियो खुर्सानीले तपाईंलाई राहत प्रदान गर्नेछ । हरियोृ खुर्सानीको एन्टिब्याटरियल तत्वले तपाईंको छालालाई संक्रमणबाट बचाउनेछ ।

मधुमेहः

हरियो खुर्सानीले रगतमा सुगर लेभललाई पनि कन्ट्रोल गर्ने गर्दछ जसले मधुमेहको खतरा लगभग शून्य हुने गर्दछ । हरियो खुर्सानीमा पाइने फाइबरले खानालाई छिट्टै पचाउन मद्दत पनि गर्दछ ।

बलियो हड्डीः

महिलाहरुका लागि हरियो खुर्सानी उनीहरुको हतियार हुन सक्छ । यसमा भरपूर मात्रामा आइरन पाइने गर्दछ जसले हड्डीलाई बलियो बनाउने गर्दछ र रगतलाई पनि बढाउने गर्दछ ।

इम्युनिटी पावरः

हरियो खुर्सानीमा भिटामिन सि हुने गर्दछ जसले शरिरमा भिटामिन सिको पूर्तिका साथै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ ।


Continue Reading | comments

केराबाट हुने फाईदै फाईदा

सानोतिनो रोगब्याधिले सताउने बित्तिकै पनि हामी अस्पतालको दैलो ढकढक्याउछौँ । कागजभरी लेखिएको औषधिको लिस्ट निम्ट्याइसकेपनि कहिलेकाहिँ उपलब्धि हात लाग्दैन । केरा त्यस्तो फल हो, जसले औषधिको समेत काम गरिरहेको हुन्छ । किन खाने त केरा ?

तनाव हटाउन

अहिले तनाव मानव जीवनको एउटा हिस्सा नै भइसकेको छ । मानसिक रुपमा विचलित भइरहेको समयमा सेरोटिन नामक तत्वको कमी हुन्छ । केरामा ट्रिप्टोफेन अधिक मात्रामा पाइन्छ, जुन सेरोटिनमा बदलिएर दिमागलाई फ्रेस र एकाग्र बनाउन मद्दत  गर्छ ।

कब्जियतको उपचार

कब्जियतको उपचार धेरै तरिकाले गरिन्छ, तरपनि कहिलेकाहिँ ती तरिकाले धोका दिन सक्छन् ।  केरा यस्तो चिज हो जुन सहज र भरपर्दाे उपचारको तरिका हो । केरामा फाइबर पाइन्छ, जसले पाचन प्रक्रिया मजबुत बनाउँछ । ग्याँष्ट्रिकका बिरामीका लागि पनि केरा प्रभावशाली मानिन्छ ।

एसिडिटी घटाउन

एसिडिटीका कारण धेरै औषधिको सेवन गर्ने गरेको पाइन्छ । तर, केरा खाएर त्यो समस्या समाधान गर्न सकिन्छ भन्ने जानकारी धेरैलाई हुँदैन । एसिडिटीबाट जोगाउने धेरै तत्व केरामा हुन्छ र अल्सरबाट समेत जोगिन केराको सेवन नियमित गर्न जरुरी हुन्छ ।

रक्तचाप नियन्त्रण

रक्तचाप अहिले धेरैले झेलिरहेको समस्या मध्यको एक हो । केरामा पोटासियमको मात्रा धेरै हुन्छ र सोडियमको मात्रा थोरै हुन्छ । जसका कारणले केराले रक्तचाप नियन्त्रण गर्न सक्छ ।

कमजोरीलाई ऊर्जा

कमजोरीका कारण औषधि खाने धेरै हुन्छन् । तर, केरा खाएर ऊर्जावान हुने बाटो कमैले रोज्छन् । केरा ऊर्जाको त्यस्तो स्रोत हो, जसमा औसत  १ सय ५ क्यालोरीको मात्रा हुन्छ । ब्यायाम गर्नेबित्तिकै केरा खाने हो भाने शरीरमा ग्लुकोजमा मात्रा बढाएर ऊर्जा प्रदान गर्छ ।

अनुहार चम्काउन

अनुहारको छालामा आउने समस्याबाट मुक्ति पाउन सजिलो छैन । तर, केराको नियमित सेवनले अनुहारमा चमक ल्याउन सक्छ । किनभने यसमा छाला चम्काउने एक प्रकारको तत्व हुन्छ ।
Continue Reading | comments

भूकम्पका कारण नुवाकोटका बस्तीहरू रित्तिए

Thursday, May 28, 2015

१४ जेठ, नुवाकोट । विनाशकारी भूकम्पका कारण नुवाकोट बस्तीहरू अत्यास लाग्ने बनेका छन् । तीसभन्दा बढी घना मानवबस्ती भूकम्पका कारण चिराचिरा भएका छन् ।
आफ्नै जमिनमा धाँजा फाट्न थालेपछि स्थानीय त्रसित छन् । नुवाकोट जिल्लाको घ्याङफेदी, उर्लेनी, किम्ताङ, भाल्चे, नर्जामण्डप, काहुले, मनकामना, खरानीटार, दुईपिपल, फिकुरी, सुन्दरादेवी, जिलिङ, कुमरी, गाउँखर्क, साल्मेलगायत गाउँ विकास समितिका बस्ती रहेका जमिन चर्केका छन् ।
किम्ताङ, कुमरी, घ्याङफेदी, फिकुरी, भाल्चे, साल्मे, नर्जामण्डपका केही वडाका बासिन्दा विस्थापितसमेत भएका छन् । घ्याङफेदी गाविसबाट झन्डै २०० जना विस्थापित भइसकेका छन् । भूकम्पबाट ८५ जनाले ज्यान गुमाएको त्यस गाविसका ७०० घर पूर्णरुपमा ध्वस्त भएका छन् ।
१४ जनाको मृत्यु भएको नर्जामण्डपका केही वडाका नागरिक आफ्नो थातथलो छाडेर हिँडेका छन् । यसरी आफ्नो गाउँठाउँ छाड्नेहरु छिमेकी गाविसमा गएर बसेका छन् । उनीहरुको बसोबास त्रिपालमुनि हुँदैआएको छ ।
नुवाकोटको किम्ताङ र घ्याङफेदी गाविसलाई पूरै सार्नुपर्ने अवस्था आएको छ भने फिकुरीका केही वडामा बसोबासको सम्भावना नै नभएको बताइएको छ । यस्तै, नर्जामण्डपका वडा नं ३, ५ र ९ मा बस्न लायकको जमिन नरहेको बताइएको छ ।
घ्याङफेदी गाविसको नेगी, बिसाङ, मलुङ, सेलेलो, च्याम्दुङ, कोङगङ, ओप्राका सयौं स्थानीय विस्थापित भएको कर्मजित तामाङले जानकारी दिए । सेलेलो गाउँका २५, बिसाङका नौ, मलुङका सात, च्याम्दुङका १५ र कोङगङ ओप्राका ५३ परिवार विस्थापित भएका छन् ।
नेगी गाउँका ५६ परिवार विस्थापित भएर समुन्द्रटारको दुप्चेश्वर उच्च माविमा पाल टाँगेर बसिरहेका छन् । ओप्रा र कोङगङ गाउँका ५३ परिवार गाउँ छाडेर नजिकैको ध्याबाचौरमा आश्रय लिएर बसेका गाविसका प्राविधिक सहायक जीवन तिमिल्सिनाले जानकारी दिए ।
यस्तै,जमिन चिरिएसँगै आएको पहिरोबाट नर्जामण्डपको वडा नं ५ को आलडाँडाका ३५ र  नं ९ को स्याङलेका ३१ परिवार विस्थापित भएका छन् । विस्थापित भएका नागरिक छिमेकी गाविसमा आश्रय लिएर बसिरहेका छन् । वडा नं ३ का विस्थापित १४ घर अहिले जङ्गलतिर बास बस्न गएको सामाजिक परिचालक रामचन्द्र खनालले जानकारी दिनुभयो ।
भूकम्पका कारण पहाड चर्किएका र जमिनमा धाँजा फाट्न थालेपछि स्थानीयको बास असुरक्षित भएकाले सरकारी निकायले विज्ञको टोली अध्ययनका लागि गाउँगाउँमा खटाएको छ । यसरी खटिआएको टोलीसँग परामर्श गरेरमात्रै बसोबासको ठाउँ रोज्न पनि आग्रह गरिएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले असुरक्षित मानिएका स्थानमा बसोबास नगर्न र सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छन् ।

Continue Reading | comments

Rojgar Ka kura with Jay Tamang earthquake relife distributors in Nuwakot nepal


Continue Reading | comments

नेपाली कथानक चलचित्र - हिफाजत :: Watch video



Continue Reading | comments

नजिकबाट चट्य़ाङ्ग हेरौ .


Continue Reading | comments

गाँजर भित्र लुकेका फाइदाका बारेमा थाहाँ पाउनुहोस् !

काँच्चै खाएपनि, पकाएर खाएपनि, अचार बनाएर खाएपनि गाँजर नेपालीमाझ लोकप्रिय छ। यो जति लोकप्रिय छ, स्वास्थ्यका लागि उति नै लाभदायी पनि छ। गाँजर ५ हजार वर्षअघि फेला परेको विश्वास गरिएको छ। एउटा अचम्मको तथ्य के छ भने पहिले गाँजर अहिलेको जस्तो सुन्तला रंगको हुँदैनथ्यो। पहिला रातो, कालो, पहेंलो, सेता र बैजनी रंगको हुन्थ्यो। गाँजर पहिला अफगानिस्तानमा खेती गर्ने गरिन्थ्यो, जुन बैजनी रंगको हुन्थ्यो। चम्किलो सुन्तला रंगको गाँजर भने मध्यकालमा डचहरुले विकसित गरेको ऐतिहासिक तथ्य छ।

गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ। यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ। यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ। यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ।

रतन्धो हुनबाट बचाउछ: गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ। यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ। यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटार्याक्टजस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत पु¥याउछ। यसले रतन्धो हुनबाट समेत बचाउछ। एक अनुसन्धानले बेटा क्यारोटिनको उपभोगले म्याकुलर डिजेनेरेशन हुनबाट ४० प्रतिशतले बचाउछ।

मुटुको रक्षा गर्छ: गाँजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व पाइन्छन्, जसले मुटुको कवचको काम गर्छ। अध्ययनहरुबाट गाँजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन्। उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त गाँजरमा अल्फाक्यारोटिन र ल्युटन पाइन्छन्। यसले खराब कोलस्टेरोललाई पनि हटाउछ। यहीकारण हृदयाघात हुने सम्भावना पनि रहँदैंन।

क्यान्सर लाग्नबाट बचाउछ:
 गाँजर खानाले फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउछ। गाँजरमा भएको पोलि-अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वका कारण यस्तो भएको हो। यी तत्वले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ।


रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ:
 गाँजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ। गाँजरको नियमित सेवनले शरीरमा कवचको जस्तै काम गर्छ।


दाँतका लागि लाभदायी: यसले दाँतका लागि टुथब्रस र टुथपेष्टजस्तै काम गर्छ। गिजा बलियो बनाउछ र थुप्रै मात्रामा र्याल उत्पादनमा सहयोग गर्छ, यस्तो र्यालले दाँतमा एसिड उत्पादन र सडनबाट उत्पादनबाट हुने ब्याक्टेरिया हटाउन अल्कालाइनको काम गर्छ। गाँजरमा हुने खनिज तत्वले मुख र दाँतको सडनका लागि जिम्मेवार किटाणुलाई मार्न सहयोग गर्छ।

शरीर शुद्द पार्छ: गाँजरमा पाइने भिटामिन एले कलेजोलाई शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ। यसले कलेजोमा भएको चिल्लो पदार्थ र पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ।

बुढोपन रोक्छ: 
यसमा भएको बेटा क्यारोटिनले एन्टिअक्सिडेन्टको काम गर्छ, जसले शरीरका कोषहरुको क्षति हुनबाट बचाउछ। जसले गर्दा मानिस चाँडै बुढो हुँदैंन।


महिलाको महिनावारीमा लाभदायी: गाँजरको जुस महिलाका लागि निकै लाभदायी हुन्छ। यसमा भएको फाइटोएस्ट्रोजनले महिनावारीमा हुने पीडाबाट मुक्ति दिलाउछ र बढी रक्तस्राव हुनबाट जोगाउछ। यसले महिनावारीसंबन्धी अन्य समस्या पनि हटाउछ।

गर्भधारणको बेला सहयोगी: गर्भधारणका बेला गाँजर खानाले गर्भको बच्चाको विकासमा सहयोग पुग्छ र गर्भ तुहिने सम्भावना पछि घट्छ। गाँजरको नियमित सेवनले महिलाको दुध उत्पादनमा सहयोग पुग्छ र दुधको गुणस्तरलाई पनि बढाउछ।

हड्डी मजबूत पार्छ: गाँजरमा हुने क्याल्सियमले महिला तथा केटाकेटीको हड्डीको विकासमा सहयोग गर्छ।

पाचन प्रणालीमा सुधार ल्याउछ: गाँजर फाइबरको महत्वपूर्ण स्रोत हो। यसले खाना राम्रोसंग पच्न मद्दत गरी दिसालाई नियमित बनाउछ। कब्जियत हटाउछ।


ब्लड सुगर नियमित गर्छ:
 गाँजरमा उच्चमात्रामा पाइने क्यारोटेनोइड्सले ब्लड सुगरलाई नियमित पार्छ। यसमा पाइने अल्कालाइन तत्वले रगतलाई शुद्ध पार्छ र शरीरमा एसिड अल्कालाइनको दरलाई सन्तुलित राख्छ। यसमा पाइने पोटासियमले सोडियमलाई सन्तुलनमा राख्छ। शरीरमा सोडियमकोमात्रा धेरैभयो भने हाइपरटेन्सन र उच्च रक्तचाप निम्तने भएकाले सोडियमकोमात्रा नियन्त्रणमा राख्नु अति आवश्यक हुन्छ।


छाला चम्किलो पार्छ:
 भिटामिन सि र एन्टिअक्सिडेन्टयुक्त हुने भएकाले गाँजरको नियमित सेवनले छालालाई स्वस्थ र चम्किलो पार्छ। छाला चम्काउन गाजरको पेष्टमा मह मिसाइ फेस मास्कका रुपमा प्रयोग गर्न सकिन्छ। यस्तै, गाँजरको जुसले छालामा भएका धब्बाहरु हटाउन मद्दत गर्छ। यसले सूर्यको किरणबाट प्राप्त हुने खतरनाक तत्वबाट छालालाई बचाउछ।


कपालका लागि लाभदायी: गाँजरको सेवनले कपालको वृद्धि गर्नुका साथै बाक्लो बनाउछ। भिटामिन ए हुने भएकाले गाँजरको सेवनले कपाल झर्नबाट समेत बचाउछ। दिनहु गाँजरको सेवनले कपाल स्वस्थ राख्न मद्दत गर्छ।
Continue Reading | comments

काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुखमा तामाङ

काठमाडौं, जेष्ठ १४ - काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुखमा सहसचिव रुद्रसिंह तामाङ नियुक्त भएका छन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तीन दिनअघि कार्यकारी प्रमुख पूर्णभक्त तण्डुकारलाई फिर्ता बोलाएपछि तामाङलाई पठाइएको हो । उनी यसअघि धादिङ र नुवाकोटमा स्थानीय विकास अधिकारी थिए ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेका उनलाई मन्त्रिस्तरीय निर्णयबाट कार्यकारी प्रमुख बनाइएको हो । उनी बौद्धदर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिको कार्यकारी निर्देशक थिए ।
निजामति सेवा प्रमुखअघि तामाङ पत्रकारितामा थिए ।
Continue Reading | comments

महाभूकम्पको एक महिनाः के–के भयो ? एक डकुमेन्ट्री (भिडियोसहित)

महाभूकम्पको एक महिनाः के–के भयो ? एक डकुमेन्ट्री (भिडियोसहित)काठमाडौं, जेष्ठ १२ । विनाशकारी भूकम्प गएको एक महिना पूरा भएको छ ।वैशाख १२ गते घन्टाघरको घडीमा सुइले ११ बजेर ५६ मिनेट के चुमेको थियो, त्यति नै बेला गोरखाको बारपाकमा भूकम्पले दिएको एक धक्काले वर्तमान नेपालको आकृति नै चकनाचूर बनाइदियो ।७ दशमलव ६ म्याग्निच्यूडको मूल भूकम्प र चार म्याग्निच्यूडमाथिका २६७ ओटा पराकम्पनले ३९ जिल्ला प्रत्यक्ष प्रभावित बनेका छन् भने १४ जिल्ला त खन्डहरमै परिणत भएका छन् ।
Continue Reading | comments

अमेरिकी राष्ट्रपति ओबामाले यसकारण बनाए नेपाली चेलीलाई सल्लाहकार

Wednesday, May 27, 2015

– विजय थापा
वाशिंगटन डिसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बराक ओबामाले नेपाली मुलकी अमेरिकी चेलीलाई सल्लाहकारमा नियुक्त गरेका छन् ।
एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति ओबामाले नेपाली चेली सञ्जिता प्रधानलाई सल्लाहकार समितिको सदस्यमा नियुक्त गरेका हुन् ।
सल्लाहकारमा नियुत्त, भएपछि नेपाली मुलकी चेली सञ्जिताले प्रथम पटक अन्तर्वार्ता दिदै आफूले प्रारम्भिक स्तरबाट नै काम गर्दै यहाँ सम्म पुगेको बताईन् ।
कडा मेहनत, परिश्रमको साथै काममा दत्तचित्त भै काम गर्ने भएकोले राष्ट्रपति ओबामाको सल्लाहकार समितिको सदस्यमा नियुक्त हुन् पाएकोमा आफुलाई हर्ष लागेको बताएकी छिन् ।
‘अमेरिका यस्तो देश हो जहाँ मेहनत गरे जो पनि जहाँ पनि पुग्न सकिने रहेछ’ भन्दै आफु यो पदमा पुगेकोमा सबै नेपालीलाई गर्व हुनु स्वाभाविक हो भनिन ।
राष्ट्रपति ओबामाले सल्लाहकार समितिमा १९ जनालाई नियुक्त गर्नु भएको छ र त्यो १९ जनामा आफू पनि परेको हु । नियुक्त भएका सबै जना कोहि स्वास्थ्य तथा ब्यापार क्षेत्रका बिज्ञ छन् भने कोहि लामो समयदेखि समाज सेवामा समर्पित रहेका समाजसेवी पनि छन् ।
प्रधानले अगाडि भनिन् आफु धेरै बर्ष सम्म भुटानी पुनर्स्थापनमा काम गरेको र यस्को बिज्ञको आधारमा त्यो समितिमा आफू सबैभन्दा कनिष्ठ भएकोले आफुलाई यसमा उहाँहाहरुले नियुक्त गर्नु भएको बताईन् ।
उनले कुराकानीको क्रममा आफू सहि समयमा सहि आवाज उठाउनुपर्छ भन्ने सिद्धान्त बोकेर हिँड्ने महिला हु । आफुले गरिब दुखी, ओझेलमा परेका र सतहभित्र लुकेर बसेको समुदायको पक्षमा वकालत गर्दै आई रहेको छु । भनिन् ।
white-house-1
आवाज उठाउन नसक्ने समुदाय प्रति वकालत गर्न नडराउने, अन्याय सहन नसक्ने र आवाजलाई बुलन्द पार्ने काममा तल्लिन छु । हामी एसियनहरुमा सबै भन्दा ज्यादा भाषाको पनि समस्या जस्तो देखिएको मैले अनुभूति गरेको छु । र, सबैले यो महसुस गरेका छन् भन्ने लागेको छ ।
भाषा आएन भने हाम्रो आवश्यकताको पहिचान गर्न गाह्रो हुन्छ भन्दै आफुले यीनै क्षेत्रमा समस्याको पहिचान गर्दै ठाउँमा बहस गरेको छु । यस्ता धेरै कुराको प्रेरणाको श्रोत आफ्ना पिताबाट प्राप्त गरेको हु । प्रधानले भनिन् ।
आफ्नो नियुक्त बारेमा नेपाली समुदायमा अझ पनि केहि भ्रम जस्तो लागेकोले आफुले प्रथम पटक दिएको अन्तर्वार्तामा प्रष्ट राख्न चाहेको बताउँदै आफ्नो नियुक्ति भनेको एक प्रकारको अवैतनिक जस्तै हो । स्वयम् सेवक रुपमा काम गर्नु पर्ने हुन्छ ।
आफू जुन स्थानमा पुग्न सफल भएको छु त्यो मेरो परिवारको समर्थन र सहयोग नभएको भए यहाँ सम्म पुग्ने थिइन् भन्दै परिवार प्रति आभार प्रकट संचार माध्यमबाट दिन चाहन्छु भनिन् ।
एसियनहरुको समस्या के हो ? त्यसमा म सहयोग गर्न सक्छु । म अहम भूमिका निर्वाह गर्न सक्छु । कुराहरु राख्न सक्छु । तर धेरैले पत्राचार गर्दै मेरो नियुक्तिको प्रवृति नबुझेर सवाल, सल्लाह, सुझाब र प्रश्नहरु प्राप्त गरिरहेको जानकारी गराईन ।
कुराकानीको क्रममा आफु यहाँ सम्म पुग्छु भन्ने नलागेको र आफू नै आश्चर्यमा परेको बताईन् । आफू मानव अधिकारको लागि काम गरि रहेको बताउँदै जुन काम विवाद रहित हुन्छ । आफ्नो कामको ब्याख्या गर्दै मेरो काम भनेको तटस्थ हुनुपर्छ ।
जुन पदमा मलाई नियुक्त गरिएको छ, त्यो आयोगको बैठक सुरु भै सकेको छ । आफू सहभागी हुँदा नौलो नलागेको बताउँदै आफुले राज्य स्तरमा यसरी नै काम गर्ने गरेको बताईन । आयोवा राज्यमा स्थानीय स्तरमा आयोगमा उनीहरुसंगै काम गरेको छु भनिन ।
प्रधानले अगाडि भनिन् एसिया प्यासिफिक आइसल्याण्डरको लागि मेरो नियुक्ति हो । मेरो काम अमेरिकामा भएका सबै एसियन समुदायसंग काम गर्ने हो । आफुले नियम अनुगमन गर्नेमा ध्यान पुर्याउनु पर्ने हुन्छ भन्दै नयाँ नियुक्तिको काममा सहज र सरल रुपमा जिम्मेबार निभाई रहेको बताईन ।
white-house
यसको साथै अमेरिका भरि रहेका नेपाली समुदायका मुद्दा, टेमपोररी प्रोटेकटेड स्टाटस (अस्थायी सुरक्षित हैसियत) स्वास्थ्य, बिदेशी सम्पति परिवहन आदि ईत्यादी बिषय तथा समस्यामा म नेपाली समुदायसंग काम गर्न चाहेको बताईन ।
आफू काम नै गरेर माथि पुगेको संस्मरण गराउदै आफुले अमेरिकामा बस्ने नेपालीहरुको खाका (प्रोफ़ाइल) लेख्ने प्रयास गरि रहेको जानकारी गराईन् ।
अन्तरवार्ताकै क्रममा ज्यादा प्रचार तथा प्रसारमा रुचि नराख्ने संजिता प्रधानले आफ्नो पुर्खौली घर कोशी अञ्चल, जिल्ला संखुवासभा चैनपुर घर भएको बताइन् । उनले सुनसरी जिल्लाको धरानको बिजयपुर उच्च माध्यमिक बिद्यालयमा अध्ययन गरेकी बताईन् ।
भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजीकी बिद्यार्थी प्रधान अमेरिका पुगेपछि सामाजिक काम तथा शरणार्थी ब्यवस्थापनमा सक्रिय रहँदै आएकी छिन् ।
उनी नेपाली समुदायको ईतिहासमा राष्ट्रपति द्वारा सल्लाहकार समितिको सदस्यमा नियुक्त हुने पहिलो नेपाली मुलकी महिला बनेकी छिन् ।
Continue Reading | comments

गौतमबुद्धको मावली गाउँमा नयाँ वस्तु फेला...भिडियो हेर्नुहोस

       भगवान् गौतम बुद्धको मावलीस्थल कोलिया राज्यको नवलपरासीको पण्डितपुरमा चौथो चरणको उत्खननका क्रममा फेला परेका प्राचीन बहुमूल्य वस्तु सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरेको छ ।
नवलपरासीको बन्जरिया–९ स्थित पण्डितपुरलाई प्राचीन महत्व बोकेको कोलिया गणराज्यको राजधानी भएको थप पुष्टिका लागि पुरातत्व विभागको प्राविधिक टोलीले करिब १५ दिन उत्खनन कार्य गरी भेटाइएको प्राचीन वस्तुलाई पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
हाल पण्डितपुरको ६० बिगाहा जग्गामा फैलिएको कोलियो गणराज्यको उत्खनन गर्दा मौर्यकालीन खाल्टो, मानव मूर्ति, पशु मूर्ति, टेराकोटा (टिसी), टिसी विट, माटोको चरा, कार्ने लियन बिड, स्टोन विड, रेडवे, एनविपी वेयर, ग्रेवयर, रुपटायल, इँटाहरुलगायत प्राचीन वस्तु फेला परेका छन् । मौर्यकालमा बनेको इनारको पनि फेला परेको पुरातत्व विभागका पुरातत्व अधिकृत भास्कर ज्ञवालीले जानकारी दिनुभयो । उत्खननमा फेला परेको वस्तुले यसको सम्बन्ध रामग्राम स्तुपबाट रहेको पुष्टि हुने खालको प्राचीन वस्तुहरु फेला परिसकेको टोलीले जनाएको छ ।
पत्रकार सम्मेलनमा सभासद् वैजनाथ चौधरी, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गुणनिधि तिवारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीम बहादुर थापा क्षेत्री, पुरातत्व विद तारानन्द मिश्र, भास्कर ज्ञवाली, गाविस सचिव काशीराम ज्ञवाली, पत्रकार महासङ्घका केन्द्रीय सदस्य बेचु गौडलगायतले पण्डितपुर, देवदह, तिलौराकोट र रामग्राम स्तुपको व्यापक प्रचार प्रसार र संरक्षण हुन आवश्यक भएको बताउनुभयो । रासस

Continue Reading | comments

ब्ल्याक टी’ पिउनुका आश्चर्यजनक फाइदाहरु

कालो चिया अर्थात् ब्ल्याक टी संसारभर नै उपभोग हुन्छ। कुनै देशमा चिनीजस्ता गुलियो पदार्थ हालेर पिउने चलन छ भने कुनै देशमा केही पनि नहाली सादा रुपमै पिइन्छ। चिनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउछन् भने भारत, नेपाललगायतका देशमा चिनी राखिन्छ। केही मानिसले भने अदुवा, कागती, तुल्सी राखेर चिया पिउछन्।

कालो चियामा पोलिफेनाइल नामक एन्टिअक्सिडेन्ट बढीमात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि न्यून मात्रामा पाइन्छ। बोस्टन स्कुल अफ मेडिसिनका अनुसार ब्ल्याक टीले रक्तनलीमा हुने अवरोधलाई सामान्य बनाउछ, जसका कारण स्ट्रोक हुने खतरा पनि कम हुन्छ। ब्ल्याक टीको उपयोगिताका बारेमा जानीराखौँ : 

-मुटु जोगाउँछ
मुटु रोगीहरुले नियमित रुपमा कालो चिया पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउन मद्दत गर्छ। यसले गर्दा कालो चिया सेवन गर्नेहरुमा कार्डियोभास्कुलर डिजिज लाग्ने सम्भावना कम हुन्छ।

-डाइरिया रोक्छ
कालो चियामा भएको क्षारीय गुणका कारण पेटसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ। त्यसैले डाइरियापीडितहरुलाई सकेसम्म कालो चिया खाने सल्लाह दिइन्छ।

-दम
तातो झोलपदार्थले प्रायजसो दमका रोगीहरुलाई आराम दिन्छ। यसले दमका रोगीहरुलाई श्वासप्रश्वास राम्रोसंग गर्न सहयोग गर्छ।

-पाचन समस्या हटाउँछ
यसमा पाइने विभिन्न रसायनहरुले पाचन प्रणालीमा सकारात्मक असर गर्छन्। यसले पाचन प्रणालीमा भएका समस्या हटाउँन मद्दत गर्छन्।

-कोलेस्टेरोल घटाउँन मद्दत गर्छ
अमेरिकन हर्ट एशोसियसनले गरेको अनुसन्धानमा जसले नियमित रुपमा कालो चिया सेवन गर्छ, उसमा खराब कोलेस्टेरोल घटेको पाइएको थियो। यो खराब कोलेस्टेरोल हृदयाघातको मुख्य कारण मानिन्छ।

-स्तन क्यान्सर हुन दिँदैंन
ब्ल्याक या र ग्रिन जुन खालको चिया सेवन गरेपनि त्यसले स्तन क्यान्सर हुनबाट बचाउँछ। चियाले महिलाको महिनावारीको चक्रभर ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ। यस्तै, कालो चियामा भएको थेप्लाभिनले शरीरमा हुने कोषको असामान्य वृद्धिलाई नष्ट गर्छ।
Continue Reading | comments

५० लाख किलो चामल खै?

काठमाडौं-भूकम्प प्रभावितका लागि बंगलादेशले पठाएको १० हजार मेटि्रक टन (१ करोड केजी) चामलमध्ये ५ हजार मेटि्रक टन (५० लाख केजी) बीचैमा गायब भएको छ। भूकम्प प्रभावित जिल्लामा राहतस्वरुप बाँड्न ल्याइएको चामल कहाँ पुग्यो, कसैलाई पत्तो छैन। बंगलादेशी चामल सरकारको केन्द्रीय तथ्यांकमै भेटिँदैन।
विदेशबाट आएका राहत सामग्रीको केन्द्रीय तथ्यांक तयार पार्ने जिम्मेवारी पाएको गृह मन्त्रालयले त झन् बंगलादेशबाट जेठ १२ सम्म ५० हजार क्विन्टल (५० लाख केजी) चामल मात्र नेपाल भित्रिएको दाबी गरेको छ।
‘राहतस्वरुप विदेशी राष्ट्रले पठाएका सामग्री नेपाल भित्रिनेबित्तिकै रेकर्ड हामीकहाँ आउँछ। अहिलेसम्म बंगलादेशबाट ५० हजार क्विन्टल चामल नेपाल भित्रिएको तथ्यांक हामीसँग छ,' गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले नागरिकसँग भने।

नेपालमा वैशाख १२ गते गएको ७.६ म्याग्निच्युड स्केलको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि वैशाख २१ गते बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले नेपाललाई तत्काल १० हजार मेटि्रक टन चामल दिने निर्णय गरेको थियो।
नेपालका भूकम्प प्रभावितका लागि भनी बंगलादेशले पठाएको १० हजार मेटि्रक टन चामल दुई साताअघि नै नेपाल भित्रिएको थियो। सडक मार्ग हुँदै चामल बोकेका कन्टेनर नेपाल भित्रिएका थिए। बंगलाबन्ध, फूलबारी, पानीट्यांकी हुँदै ५ सय २१ वटा ट्रकमा १० हजार मेटि्रक टन चामल काँकडभिट्टा नाकाबाट नेपाल भित्रिएको थियो।
बंगलादेशबाट १० हजार मेटि्रक टन चामल भित्रिएको होइन र? भन्ने नागरिकको जिज्ञासामा गृह प्रवक्ता ढकालले अनभिज्ञता प्रकट गर्दै भने, ‘एकपटक आपूर्ति मन्त्रालयलाई सोध्नुस् न!'

काठमाडौंस्थित बंगलादेश दूतावासका अनुसार राहतको पहिलो खेप वैशाख २३ गते नेपाल भित्रिएको थियो भने अन्तिम खेप जेठ १ गते। सबै चामल झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापालाई हस्तान्तरण गरिएको थियो। नेपाललाई चामल हस्तान्तरण गर्न काठमाडौंस्थित बंगलादेशी दूतावासका कर्मचारी बारीकुल इस्लाम आफैं झापा पुगेका थिए।
नेपालले बुझेपछि उक्त परिमाणको चामल झापा, बिर्तामोड र चन्द्रगढीस्थित नेपाल खाद्य संस्थानको गोदाममा राखिएको थियो।
‘बंगलादेशले पठाएको १० हजार मेटि्रक टन चामल हामीले बुझेका छौं। ती चामल खाद्य संस्थानको झापास्थित बिर्तामोड र चन्द्रगढी गोदाममा राखेका छौं। गृहको सूचीमा किन थोरै चामल देखियो, त्यो खुलाउने काम गृहको हो, मलाई थाहा भएन,' वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता शम्भु घिमिरेले जानकारी दिए, ‘माग र आवश्यकता हेरेर भूकम्प प्रभावित क्षेत्रमा ती चामल पठाउने कार्य भइरहेको छ।'
खाद्य संस्थानको बिर्तामोड शाखाप्रमुख मार्कण्डेयप्रसाद जैसवालका अनुसार हालसम्म त्यहाँबाट बंगलादेशले पठाएको चामलमध्ये ३१ हजार ५ सय क्विन्टल (३१ लाख ५० हजार केजी) मात्र भूकम्प प्रभावित विभिन्न जिल्ला पठाइसकिएको छ।
बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठले बंगलादेशले दिएको चामल ३ खेपमा नेपाल पठाइएको थियो। अन्तिम खेप चामल नेपाल भित्रिँदा आफू पनि सँगै झापा पुगेको उनले टेलिफोनबाट नागरिकलाई बताए। ‘दुई साताअघि चामलको अन्तिम खेप नेपाल भित्रँदा मसँगै त्यहाँ पुगेको थिएँ। ३ हजार मेटि्रक टन चामल भूकम्प प्रभावित जिल्लामा वितरण भइसकेको जानकारी हामीलाई दिइएको थियो,' राजदूत श्रेष्ठले भने।
आपूर्ति मन्त्रालयले बंगलादेशबाट प्राप्त १० हजार मेटि्रक टन चामलको सम्पूर्ण जानकारी गृहलाई गराएको बताएको छ तर गृहले भने त्यस्तो जानकारी आफूलाई प्राप्त नभएको जनायो। आपूर्ति मन्त्रालयले उपलब्ध गराएको तथ्यांक नै आफूहरुले सार्वजनिक गरेको गृह प्रवक्ताले बताए। बंगलादेशले पठाएको १० हजार मेटि्रक टनमध्ये आधा ५० लाख केजी चामलको विषयमा गृह अनभिज्ञ छ।
गृह मन्त्रालयका अनुसार हालसम्म ५ राष्ट्रले मात्र नेपालका भूकम्प प्रभावितका लागि राहत सामग्रीमा चामल पठाएका छन्। भूकम्प प्रभावितका लागि चामल पठाउने राष्ट्रमा बंगलादेश, भारत, पाकिस्तान, थाइल्यान्ड र बहराइन छन्।
गृहको केन्द्रीय तथ्यांकअनुसार बंगलादेशले ५० हजार क्विन्टल, भारतले ३ हजार ८७ क्विन्टल, पाकिस्तानले २ सय ३ क्विन्टल, थाइल्यान्डले २ सय ७ क्विन्टल र बहराइनले ३७ क्विन्टल गरी कुल ५३ हजार ५ सय ३४ क्विन्टल चामल नेपाल भित्रिएको छ। यसबाहेक, पाँच मेटि्रक टन गृहको तथ्यांंकले देखाएको छैन।

यसैबीच, बंगलादेशस्थित नेपाली दूतावासले त्यहाँ नेपाल पठाइएका बिभिन्न राहत सामग्री के कति कुन जिल्ला तथा स्थानमा वितरण भए त्यसको विवरण परराष्ट्र मन्त्रालय मार्फत मागेको भए पनि विवरण प्राप्त गर्न सकेको छैन। ‘बंगलादेश सरकार र त्यहाँक संघसंस्थाले उपलब्ध गराएका राहत सामग्रीको कहाँ कहाँ वितरण भए भन्ने जानकारी दूतावासले हामीसँग मागेको छ। हामीले झापा जिल्लासँग जानकारी मागेका छौं, तर पाएका छैनौं। आफूले दिएको सामान कहाँ गएछ भन्ने जानकारी उनीहरुलाई उपलब्ध गराउन सके विश्वास बढ्छ र थप राहत ल्याउन पनि सहज हुन्थ्यो,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो।

कुन देशबाट कति?

बंगलादेश ५० हजार क्विन्टल
भारत ३ हजार ८७ क्विन्टल
पाकिस्तान २ सय ३ क्विन्टल
थाइल्यान्ड २ सय ७ क्विन्टल
बहराइन ३७ क्विन्टल
स्रोत : गृह मन्त्रालय
-
Continue Reading | comments

लसुन नियमित प्रयोग गर्नुपर्ने १५ कारण यस्ता…

लसुन प्राय हामीले तरकारी पकाउँदा प्रयोग गर्ने गर्छौ तर यसका स्वास्थ्यसम्बन्धी धेरै गुणबाट हामीमध्ये
सायद थोरै मात्रै जानकार छौ ।

लसुन तरकारीमा प्रयोग गर्नका लागी मात्र उपयुक्त नभइ औषधीका रूपमा  समेत निकै उपयोगी मानिन्छ
। लसुनका केही उपयोगिताका बारेमा जानीराखे भविष्यमा तपाईलाई समेत फाइदाजनक हुन सक्छ भने
अहिले आफूमा रहेका समस्याबाट बच्नका लागी समेत यो सामग्री उपयोगी हुन सक्छ ।

जानीराखौँ लसुनका केही उपयोगिता…

१. गानो गएमा: लसुन पिसेर वा एक केस्रा लसुन तातो पानीसित खाएमा गानो गएको अवस्थामा फाइदा गर्छ ।

२. विषम ज्वरोमा: बिग्रेको ज्वरोमा लसुन घिऊ वा तेलमा डढाएर त्यो घिउ वा तेल पिए लाभ गर्दछ ।
३. मुटुको रोगमा: यस रोगमा घिऊमा फुराएको लसुन एक-दुई केस्रा भात खान लाग्दा भातैमा मुछेर खाने गरे लाभ गर्छ ।

४. शरिर सुनिएकोमा: लसुन हालेर पकाएको तेलम मालिस र एक-दुई केस्रा बिहान खाली पेटमा खाने गरेमा सुनिएको कम हुन्छ ।

५. पेट दुखेमा: लसुनको रस दश थोपादेखी तीस थोपासम्म खाए लाभ हुन्छ तर एकै पल्ट तीस थोपा नखाएर क्रमश बढाएर लैजानु राम्रो हुन्छ ।

६. बाजीकरणमा: एक डल्लो लसुन छोडाएर कुट्ने र मिश्री या धिऊमा पकाएर खाए उत्तेजना र बलविर्य बढ्छ ।

७. स्वप्नदोषमा: एक केस्रा काँचो लसुन चपाउनुपर्छ । यसले स्वप्नदोष ठिक हुन्छ र कामोत्तेजना बढ्छ ।

८. भित्री चोटमा: नदेखिने चोटमा लसुनको रसमा नून मिलाएर मालिस गरे तथा दुखेको स्थानमा रूवा वा लुगाको पट्टी राखेर बाँधिदिए लाभ
गर्दछ ।

९. वीर्य बृद्दीमा: लसुनको केस्रा छोडाएर घीऊमा रातो पारेर भुट्ने तर कालो पारेर भने डढाउनइ दुधमा खीर पकाएर एक महिना जति िनहुँ खाए
विर्य बढ्छ । नपुंसकता हराउँछ र यसले गठिया वात पनि निको पार्छ ।

१०. कपाल दुखेमा: दुवै कनपारामा लसुन पिसेर लगाए एकैछिनमा कपाल दुखेको आराम हुन्छ ।

११. बिच्छीको विषमा: लसुन र अमचुर सुकाएको आँपको धुलोसँग मिलाएर खान दिए विषको प्रभाव नष्ट हुन्छ 
१२. जिब्रो सुनिएमा: लसुन पिसेर जिब्रोमा लेप लगाए लाभ हुन्छ ।

१३: घाऊ धुन: पानिमा कुटेका लसुन मिसएर घाऊ धोए लाभ गर्दछ ।

१४: कान दुखेमा: लसुनको पातको रस वा लसुन तेलमा डढाएर त्यो तेल कानमा हाले लाभ गर्छ ।

१५ भोक नलागेमा: बासी मुखमा (बिहान उठ्ने बित्तिकै अरू केही नगरी) एक पोटी लसुन पानीसित निले भोक लाग्दछ, तथा खाएको पाचन समेत
हुन्छ ।

Continue Reading | comments

ऋण लिएको एक वर्षसम्म सावाँ ब्याज तिर्नु नपर्ने

१४ जेठ, काठमाडौ । नेपाल राष्ट्र बैंकले यसअघि सर्वजनिक गरेको खाकामा थोरै मात्र संशोधन गरेर ‘भूकम्पप्रभावित घरपरिवारलाई आवासीय घर पुनर्निर्माणका लागि प्रदान गरिने ‘पुनर्कर्जा कार्यविधि २०७२’ जारी गरेको छ ।

गत वैशाख १२ र त्यसपछि आएका भूकम्पका कारण आवासविहिन भएका परिवारलाई सहुलियत ब्याजदरमा आवास कर्जा उपलब्ध गराउन केन्द्रीय बैंकले उक्त कार्यविधि ल्याएको हो । ऋण लिएको एक वर्षसम्म ऋणीले बैंक तथा वित्तीय संस्थालाई सावाँ ब्याजको कुनै किस्ता तिर्नु नपर्ने सुविधा कार्यविधिले दिएको अभियान दैनिकमा खबर छ ।
‘शुरुको एक वर्ष ग्रेस अवधि हुने गरी यस्तो कर्जाको न्यूनतम अवधि ५ वर्ष अर अधिकतम १० वर्षको हुनेछ,’ कार्यविधिमा उल्लेख छ ।
पहिलो वर्ष तिर्न नपर्ने भए पनि यस अवधिको ब्याज त्यसपछिका वर्षमा किता तिर्दा समावेश हुने राष्ट्र बैंकले जनाएको छ ।

Continue Reading | comments

विहीबार विहानै चार वटा भूकम्पको धक्का महशुस



         काठमाडौँ, १४ जेष्ठ - विहीबार विहानै चार रेक्टर भन्दा माथि र पाँच रेक्टर भन्दा मूनीका चार वटा भूकम्पको धक्का महशुस गरिएको छ। विहान ५ः२९ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टर स्किेलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

त्यस्तै 
५ः१२ मा काठमाडौँलाई केन्द्रविन्दु बनाएर ४ रेक्टरको, ३ः४० मा पनि गोरखा र धादिङलाई केन्द्रविन्दु बनाएर ४ रेक्टरको,  ३ः७ मा गोरखा र धादिङलाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्किेलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

मापन केन्द्रका अनुसार वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्किेलको भूकम्प गएयता सानासाना भूकम्पको धक्का महशुस भैरहेको छ। त्यस्ता भूकम्पको धक्का महशुस भैरहने भएकाले त्यसबाट नआत्तिन र सचेत रहन विज्ञको सुझाव छ।                               राष्ट्रिय भूकम्प मापन केन्द्रको तालिका 

Continue Reading | comments

दादबाट छुटकारा पाउन ५ अचुक प्राक्रितिक घरेलु उपचार

दादमा एक चिकित्सकिय अवस्था हो जसले छालामा  असर पुर्याउँछ । साना बच्चाबच्ची तथा केटाकेटीमा यो समस्या प्रायजसो देखिन्छ । यद्धपि, चिकित्सकहरुका अनुसार, यो समस्या अधबैशे तथा उमेर पुगेका मानिसहरुमा पनि देखिन्छ ।

यो रोग शरीरको केही निश्चित भागमा देखा पर्छ । हुनत एगजिमालाई यसको आकार, प्रकार र रुपअनुसार बेग्ला बेग्लै नामाकरण गरिएको छ । तर पनि दाद तथा एगजिमा भनेको एउटा चिलाउने रोग हो ।

एगजिमा तथा दाद लागेको स्थानमा स्वभाविक रुपमा चिलाउने गर्छ । कुनैकुनै बेला यसले त आजितै पार्छ र यसलाई नचिलाए सम्म मन शान्तै हुँदैन । नियमित चिलाउने गरेमा यो सुनिने र रगत समेत आउने गर्छ । यो खुला घाउ त्यसपछि संक्रमण र सुनिन्छ । आज हामीले जानकारी गराउन लागेको प्राक्रितिक उपचारले एगजिमालाई सहजै पराजित गर्छ भन्ने विश्वास अनुसन्धानले देखाइसकेको छ । 

आवश्यक सरदाम:

१. नरिवलको तेल
विशेषज्ञहरुका अनुसार, नरिवलको तेलमा एन्टीमाइक्रोबायल, एन्टीओक्सीडन्ड, एन्टीबाकटेरियल र एन्टीफंगल गुण भएकाले एगजिमा रोकथाममा यसले अचुक भुमिका खेल्छ । एगजिमा भएको ठाउँमा नरिवलको तेल दल्नुहोस् र हल्का मसाज गर्नुहोस् । यो प्रक्रिया दिनको ३(४ पटक दोहोर्याउँनहोस् ।

२. एलोभेरा
एलोभेरा एगजिमा रोगमा अति उत्तम ओखती हो । एलोभेराको जेल घाउ भएको ठाउँमा दल्नुहोस् र यसलाई कही घण्टाका लागि त्यसै छाडी दिनुहोस् ।

३. हरियो चिया
हरियो चियामा विषादी नाषक गुण प्रयाप्त मात्रामा पाइने भएकोले यो पउिने गर्नाले एगजिमा सँचो भएर जान्छ ।

४. मह
बैज्ञानिकहरुका अनुसार, महमा एक प्रकारको एन्टीसेप्टीक गुण हुन्छ । दुई चम्चा माहुरीको मह र दुई चम्चा जैतुनको तेललाई एउटा सानो ससप्यानमा राखेर मिसाउनुस् । अव यो मिश्रणलाई एगजीमा भएको ठाउँमा दल्नुस्। यसो गर्नाले एगजीमा का कारणबाट हुने रातो र टाटे दाग सहजै हराएर जान्छ ।  

५. हाडेबदामको पात
हाडेबदामको केही पातलाई पिन्नुस् । अव यसलाई थोरै पानीमा खन्याउनुस् र पेस्ट तयार पार्नुहोस् । ओखती तयार भयो । अव यो ओखती एगजीमा भएको ठाउँमा दल्नुहोस् । यसले घाउलाई निको पार्छ ।
Continue Reading | comments

Racing

SOUQ.com

watch and calendar

Template Updates

Picture

Powered by Blogger.

Slider

Sample Text

Text Widget

Archive

Blog Archive

Contact Us

Name

Email *

Message *

Páginas

Popular Posts

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger