Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.

women's world cup 2015 विश्वकप महिला फुटबल प्रतियोगिता क्यानाडमा सुरु

Saturday, June 6, 2015

जेष्ठ २४ । विश्वकप महिला फुटबल प्रतियोगिता क्यानाडमा सुरु भएको छ । उद्घाटन खेलमा घरेलु टोली क्यानडाले चीनलाई १-० ले पराजित गरेको छ ।

बराबरीको संघारमा पुगेको खेलको ईन्जुरी समयमा क्यानाडाकी क्रिष्टिन सिङ्क्लेरले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै आयोजक क्यानाडालई पहिलो जित दिलाएकी हुन् ।

खेल हेर्न रंगशालामा ५३ हजार दर्शक उपस्थित थिए । क्यानाडामा कुनैपनि फुटबल खेल हेर्न यती धेरै दर्शक उपस्थित भएको यो पहिलो अवसर हो ।

दोस्रो खेलमा नेदरल्याण्ड्सले न्युजिल्याण्डलाई १-० ले हराएको छ । महिला विश्वकप फुटबलमा यसपटक २४ टोली सहभागि छन् ।

समुह ए मा क्यानाडा, नेदरल्याण्ड्स, चीन र न्युजिल्याण्ड, समुह बी मा आईभोरी कोष्ट, जर्मनी, नर्वे र थाईल्याण्ड, समुह सी मा क्यामरुन, ईक्वेडर, जापान र स्विट्जरल्याण्ड, समुह डी मा अष्ट्रेलिया, नाईजेरिया, स्विडेन र अमेरिका, समुह ई मा ब्राजिल, कोष्टारिका, दक्षिण कोरिया र स्पेन तथा समुह एफ मा कोलम्बिया, इंग्लण्ड, फ्रान्स र मेक्सिको रहेका छन् ।


Continue Reading | comments

Barcelona win Champoins leaue बार्सिलोनाले युभेन्टसलाई ३-१ ले हरायो

        जेस्ठ २४ ,बर्लिन-बार्सिलोनाले युभेन्टसलाई ३-१ को गोल अन्तरले पराजित गर्दै पाँचौं पटक च्याम्पियन्स लिगको उपाधी जितेको छ। शनिबार बर्लिनस्थित ओलम्पिक रंगाशालामा भएको खेलमा बार्सिलोनाका लियोनल मेसी, लुइस स्वारेज र नेयमारको एक/एक गोल गर्दै टोलीलाई यो सिजनमा तेस्रो उपाधी जिताएका हुन्।
       ७० हजारभन्दा बढी दर्शकमाझ भएका खेलमा युभेन्ट्सका स्टाइकर अल्भरा मोरन्टाले एक गोल गरेका थिए। बार्सिलोनाले यसअघि पनि चार पटक उपाधि जितेर इतिहास रचिसकेको छ। पेप ग्वार्डिओलाको नेतृत्वमा बार्सिलोनाले सन् २००८/०९ को सिजनमा तेहेरो उपाधि जितेको थियो। फुटबलमा त्यस्तो इतिहास थोरै क्लबले मात्र रचेका छन्। बार्सिलोना बाहेकमात्र ६ क्लबले त्यो सफलता पाएका छन्।
सबैभन्दा पहिले १९६७ मा सेल्टिकले एकै सिजनमा तीन उपाधि जितेको थियो। सेल्टिकको त्यो टोलीलाई लिस्बन लायनको नामले पनि चिनिन्छ।
                 त्यसयता अयाक्स (१९७२), पिएसभी आइन्डहोभन (१९८८), म्यानचेस्टर युनाइटेड (१९९९), इन्टर मिलान (२०१०) र बायर्न म्युनिख (२०१३) ले एकै सिजन तीन उपाधि भित्याएका थिए।

Continue Reading | comments

China cruise disaster नदीमा पल्टेको जहाजलार्इ क्रेनको सहायताले सिधा बनाइए




एजेन्सी : चीनको याङ्गत्से नदीमा जहाज डूब्दा भएको दुर्घटनामा परेर चार सय बढीको ज्यान गएको छ । ४ सय ५६ यात्रु बोकेको जहाज सोमबार डुब्दा त्यसमा सवार १४ जनलार्इ मात्र जीवितै बचाउन सकिएको थियो ।

सोमबार नदीमा जहाज डुब्दा मारिनेको संख्या अहिलेसम्म ३ सय ९६ पुगेको छ । उनीहरुको शव नदीबाट निकाल्ने क्रम जारी छ । नदीमा पल्टेको यो जहाजलार्इ क्रेनको सहायताले शुक्रबार सिधा बनाइएको छ ।

अधिकारीका अनुसार अब कुनै पनि मानिसक जीवित रहने सम्भावना एकदमै कम छ । जहाजमा रहेका ४५६ यात्रु र चालक दलका सदस्यमध्ये केबल १४ जनालार्इ मात्र बचाउन सकिएको हो ।

नदीमा जहाजसँगै डुबेका एक सय बढी यात्रु अहिले पनि वेपत्ता छन् । उद्धारकर्मीले जब क्रेनको मद्धतमा जहाजलार्इ सिधा बनाए तब जहाजभित्र अड्केका सयौ शव नदीमा खस्न पुगे ।

चीनको समाचार एजेन्सी सिन्हवाले अधिकारीलार्इ उधृत गर्दै जनाए अनुसार जहाजभित्र अब कुनै पनि यात्रु जीवितै भेट्ने सम्भावना छैन । दुर्घटनामा मारिएका व्यक्तिका आफन्तले पदर्शन गरेपछि राष्ट्रपति सि जिनपिङ्गले यो मामिलाको विस्तृत जाँच गर्न आदेश दिएका छन् ।

दुर्घटनास्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ । यात्रीका परिवार र पत्रकारहरुले घटनाबारे सरकारले कुनै सूचना नदिएको आरोप लगाएका छन् । जहाज डुब्नुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैना । दुर्घटनामा बाँचेका यात्रुले नदीमा आएको तुफानका कारण जहाज पल्टेको बयान दिएका छन् ।

जहाजका कप्तान र प्रमुख इन्जिनियरले भने आफ्नो ज्यान बचाउन सफल भएका  छन् । उनलार्इ त्यहाँस्थित प्रहरीले तत्कालै हिरासतमा लिएको छ ।

दुर्घटनामा परेको यो जहाजको दुर्इ वर्षअघि सुरक्षानियम उल्लङ्घन गरेको अभियोगजमा जाँच गरिएको थियो ।  चीनमा यसअघि सन् १९९९ यस्तै जहाज दुर्घटनामा परेको थियो ।

त्यो बेला सेनडोङ्ग प्रान्तमा एक जहाजमा आगोलागी हुँदा समुद्रामा डुबेको थियो । त्यो दुर्घटनामा करिब २८० जना यात्रु मारिएका थिए ।

Continue Reading | comments (1)

Young boy suicide @ Trisuli River, Mugling मोटरसाइकलमा आएर त्रिशुलीमा हामफाले


Continue Reading | comments (1)

माटो मुनी सेतो आलु फल्छ र माटो माथि गोलभेडा

बेलायतमा एउटा निकै अचम्मको बोटको विकास गरिएको छ । एउटा त्यस्तो बोट जसमा माटो मुनी सेतो आलु फल्छ र माटो माथि गोलभेडा फल्छ । यति सुन्दा तपाईंलाई अचम्म लागेको होला । तर ‘टमट्याटो’ नाम दिइएको यो बोटलाई शत प्रतिशत प्राकृतिक भनिएको छ जसको आनुवंशिकमा कुनै पनि संशोधन नगरिएको बताएको छ ।

बेलायतको इप्सविचको सफोल्कमा अवस्थित ‘थम्प्सन एण्ड मोर्गन’ नामक फर्ममा उक्त विचित्रको बोटको विकास गरिएको हो । केहि वर्ष पहिले यस्तै प्रकारको बोटको विकास गरिएता पनि यसबाट निस्कने स्वादका कारण यिनीहरु त्यति सफल हुन सकेका थिएनन् तर टमट्याटो व्यवसायिक सम्भावनाको हिसाबले निकै राम्रो मानिएको छ ।
थोम्पसन र मोर्गनका डाइरेक्टर पल ह्यानसर्डका अनुसार टमट्याटो विगत १० वर्षको मेहेनतको फल हो । उनका अनुसार उनले सबैभन्दा पहिले यो बोट विकास गर्ने बिचार १५ वर्ष अगाडि नै गरिसकेका थिए । उनी भन्छन्, ‘जब म १५ वर्ष पहिले अमेरिकाको एक बगैँचामा घुम्न गएको थिएँ कसैले ठट्टा गर्नका लागि गोलभेडाको बोट मुनी आलु रोपिदिएका थिए । त्यतिबेलादेखि नै मेले सोचिसकेको थिएँ कि एउटै जातमा पर्ने यी दुबैलाई एउटै बनाउन सायद सम्भव छ । ’ त्यतिबेलादेखि नै उनले यसको लागि काम गरिरहेका थिए र अहिले लाग्छ उनी यसमा सफल भएका छन् ।

उनी थप्छन्, यसलाई सफल बनाउन निकै गाह्रो थियो किनभने गोलभेडा र आलुका डाँठ एउटै मोटाईको हुनु आवश्यक थियो । तर थुप्रै प्रयास, असफलता र कलम बाँध्ने विशेषज्ञहरुको सहयोगले यसलाई सफल बनाउन सकिएको छ । ’(एजेन्सी)
Continue Reading | comments

कागती पानी पिउनुको मुख्य फाइदा हरू

भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीले समेत यस भिटामिनबाट फाइदा लिन सक्छन् । मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ता डा. मार्क मोयाड भन्नुहुन्छ, रगतमा भिटामिन ‘सी’को उच्च मात्राले समग्र स्वास्थ्यका लागि आवश्यक पोषण पुगेको सूचक हुनसक्छ । विशेषगरी, बिहान खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ ।
1. भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ ।
2. कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।
3. पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्याक्टेरियल गुण देखाउँछ ।
4. बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ ।
5. कागती पानीले पाचनमा सहयोग पुग्छ ।
6. कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ ।
7. कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।
8. रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ ।
9. मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।
10. कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ ।
11. एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ ।
12. कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।
13. हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । एजेन्सी

Continue Reading | comments

नेपालीले बिना VISA जना मिल्ने 38 देसको नाम लिस्ट

38 Countries You Can Visit Without Visa As A Citizen Of  Nepal

Bolivia    : Visa on arrival -90 days
Burundi   : i Visa on arrival – 30 days; obtainable at Bujumbura International Airport
Cambodia: Visa on arrival – 30 days
Cape Verde: Visa on arrival
Comoros: Visa on arrival
Djibouti: Visa on arrival
Dominica: Visa not required – 21 days
Gambia: Visa not required – 90 days
Guinea-Bissau: Visa on arrival – 90 days
Haiti: Visa not required – 3 months
India: Freedom of movement; Nepalese citizens may live and work freely in India under the 1950 Indo-Nepal Treaty of Peace and Friendship.
Kenya: Visa on arrival – 90 days
Laos Visa: on arrival – 30 days
Madagascar: Visa on arrival – 90 days
Malawi: Visa not required – 90 days
Maldives: Visa on arrival – 30 days
Mali: Visa on arrival
Mauritania: Visa on arrival

Mauritius: Visa not required – 90 days
Mexico: Visa required – 180 days
Micronesia: Visa not required – 30 days
Mozambique: Visa on arrival – 30 days
Myanmar: eVisa – 28 days. eVisa holders must arrive via Yangon, Nay Pyi Taw or Mandalay airports.
Pakistan: Visa not required – 1 month
Palau: Visa on arrival – 30 days
Philippines: Visa not required – 30 days
Saint Vincent and the Grenadines: Visa not required – 30 days
Samoa: Entry Permit on arrival – 60 days
Serbia: Visa required -Visa free for a maximum stay of 90 days for valid visa holders or residents of the European Union member states and the United States.
Seychelles: Visitor’s Permit on arrival – 1 month
Singapore: Visa on arrival – 30 days
Somalia: Visa required -Visa on arrival for 30 days, provided an invitation letter issued by the sponsor has been submitted
to the Airport Immigration Department at least 2 days before arrival.
Sri Lanka: Electronic Travel Authorization – 30 days; must hold return or onward ticket
Tanzania: Visa on arrival – 3 months
Timor-Leste: Visa on arrival – 30 days
Togo : Visa on arrival – 7 days
Tuvalu: Visa on arrival – 1 month
Uganda: Visa on arrival

Continue Reading | comments

भारतमा वाइवाइ चाउचाउको विक्री वितरणमा रोक

म्यागीको आगोले अरु चाउचाउलाई पनि सल्काएको छ । तामिलनाडु सरकारले शुक्रबार म्यागीसहित तीन अरु चाउचाउको विक्री वितरणमा रोक लगाएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । सरकारले तीन महिनाका लागि म्यागी, वाइवाइ एक्सप्रेस, स्मीथ एन्ड जोन्स मसला

स्थानीय सरकारले तीन वटै चाउचाउमा आवश्यकताभन्दा वढी अजिना मोटो र शिशा भेटेपपछि तीन महिनाका लागि विक्री वितरणमा रोक लगाएको हो । नेपालको चौधरी ग्रुपले वाइवाइ उत्पादन गर्छ । नेपालसहित वाइवाइको भारतमा पनि उत्पादन कारखाना छ ।

चाउचाउको विक्री वितरणमा रोक लगाएको हो ।
Continue Reading | comments

मनाङ मस्र्याङ्दी क्लबले बिहीबार नुवाकोटका भूकम्प पीडितलाई राहत सामग्री वितरण

फुटबल र सामाजिक कार्यमा संलग्न लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले बिहीबार नुवाकोटका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ । मनाङले नुवाकोटको मनकामना गाविसस्थित वडा नम्वर २ र ३ का भूकम्प पीडितहरु
भूकम्पमा परी यो क्षेत्रमा १० जनाको मृत्यु भएको थियो । विनाशकरी भूकम्पले चेतखोर स्थित दाछुलिङ गुम्वा पुर्णरुपमा ध्वस्त भएको छ । राहत वितरण कार्यक्रममा पोखरा मनाङ गुम्वाका प्रमुख खेम्पो रिम्पोचेले ध्वस्त दाछुलिङ गुम्वाको पुनःनिर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । मनाङका कोषाध्यक्ष दोर्जे गुरुङले खेलकुदका साथै सामाजिक सेवामा लागेको मनाङले विनाशकारी भूकम्पपछि उद्दार, राहत र पुननिर्माणमा सक्रिय भएको बताए । उनले मनाङका अन्य पदाधिकारी लमजुङ र गोरखामा राहत वितरण कार्यमै सक्रिय रहेको बताए ।
गुरुङ मनाङले अन्य प्रभावित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, दोलखा लगायत प्रभावित जिल्लामा पनि आवश्यक राहत सामग्री सहयोग गर्ने बताए । मनाङको राहत सामग्री पाएपछि दाछुलिङ गुम्वाका अध्यक्ष कविराज गुरुङले राहतले चेतखोरका बासिन्दाको दुःखमा मल्हम लगाउन सहयोग पुगेको प्रतिक्रिया दिए ।
मनाङले भुकम्पपछि गोरखाको वारपार्कका १४ सय घरधुरीलाई सात लाख नगद प्रदान गरेको थियो । यसैगरी गोरखाकै लाप्राकमा पाँचलाख, गोरखाको गुम्दा, केरुम्जा, काशीगाँउ, मान्वु धादिङको रि, सिम्ला, सिन्धुपाल्चोक, रामेछापको खुम्वुकास्थली, लमजुङको कोल्की, भाचोक र चिती गाविसका घरधुरीलाई त्रिपाल र खाद्यान्न सामग्री प्रदान गरेको मनाङ मस्र्याङ्दी क्लबका कोषाध्यक्ष गुरुङले जानकारी दिए ।

लाई जस्ता, त्रिपाल, औषधी, खाद्य सामग्री वितरण गरेको हो । मनाङले भूकम्पबाट अति प्रभावित वडा नम्बर तीनको चेतखोर र दुईको तामाङ बस्तीका एकसय ६० घर धुरीलाई एकएक बन्डल जस्ता समेत उपलब्ध गराएको थियो। पीडित परिवारलाई मनाङका कोषाध्यक्ष दोर्जे गुरुङ लगायतका पदाधिकारीले राहत सामग्री हस्तान्तरण गरेका थिए । भूकम्पबाट मनकामना गाविसका चेतखोर र तामाङ बस्तीमा गरी लुईसय ५० घरमा पूर्ण क्षति पुर्याएको छ ।
Continue Reading | comments

भूकम्पप्रतिरोधी घरका डिजाइन तयार

जेस्ठ २३,सरकारले १० प्रकारका भूकम्पप्रतिरोधी घरका डिजाइन तयार पारेको छ। सहरी विकास तथा भवन निर्माण विभागले देशका जुनसुकै क्षेत्र तथा भूबनोटमा बनाउन सकिने गरी परम्परागत तथा आधुनिक १० थरी प्रविधि सर्वसाधारणमा लैजान लागेको हो।

विभागले तयार पारेको डिजाइनसहित प्राविधिक पक्ष सहरी विकास मन्त्रालयले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ। यो प्रविधि र डिजाइन अनुमोदन

विभागले न्यूनतम चार लाख ७१ हजारदेखि २० लाख रुपैयाँसम्मको लागतमा बनाउन मिल्ने घरका डिजाइन तयार गरेको हो। डिजाइनभन्दा प्रविधिमा केन्द्रित रही नमुना बनाइएकाले भूकम्प प्रतिरोधी घर बनाउन तोकिएअनुसारका कच्चापदार्थ तथा निर्माण सामग्रीको प्रयोग अनिवार्य हुने विभागले उल्लेख गरेको छ।

घरका अधिकांश डिजाइन र प्रविधि ग्रामीण क्षेत्रलाई केन्द्रित गरिएका छन्। विभागले दिएको प्राविधिक पक्ष पालना गरेमा गाउँमा तीन तलासम्मका घर बनाउँदा इन्जिनियरको सहयोग नलिए पनि हुन्छ। विभागका अनुसार त्यसभन्दा अग्ला भवन बनाउन अनिवार्य रूपमा इन्जिनियरले नक्सा, डिजाइन तयार पार्नुसाथै माटो परीक्षणसमेत अनिवार्य गर्नुपर्नेछ।

अहिले तयार पारिएका घरको डिजाइन र प्रविधि स्वीकृत भएपछि डकर्मी, सिकर्मी तथा ठेकेदारलाई तालिम दिने योजना पनि सँगसँगै कार्यान्वयन गर्ने सहरी विकास मन्त्रालयले जनाएको छ।

गाउँका जनताले आफ्नो आर्थिक क्षमताअनुसार घर बनाउनुपर्ने भएकाले न्यूनतम लागतमा सजिलै उपलब्ध हुनसक्ने प्रविधिलाई सरकारले जोड दिएको हो।

गाउँमा धेरैको माटो परीक्षण गराएर घर बनाउन सक्ने क्षमता नहुने भएकाले जुनसुकै किसिमका माटोमा पनि टिक्न सक्ने प्रविधि तथा निर्माण सामग्रीको संयोजन गरिएको विभागले जानकारी दिएको छ।

माटो परीक्षण गर्न एक लाख रुपैयाँभन्दा बढी खर्च हुने भएकाले गाउँका अधिकांश व्यक्तिको आर्थिक क्षमताले भ्याउँदैन। सहरी विभाग तथा भवन निर्माण विभागका उपमहानिर्देशक राजुमान मानन्धरले गाउँका जनताको आर्थिक क्षमता तथा सहजै उपलब्ध हुनसक्ने सामग्रीसमेतलाई ध्यान दिएर भूकम्प प्रतिरोधात्मक प्रविधिका घर बनाउन आवश्यक रहेको बताए।

'व्यक्तिको आर्थिक अवस्था, जग्गाको किसिम, सांस्कृतिक पक्षलाई समेत ध्यान दिनुपर्ने भएकाले सोहीअनुसारका घरका नमुना र प्रविधि तयार पारिएको हो', उनले भने। सहरी विकास मन्त्रालयले प्रस्तावित प्रविधि र डिजाइन स्वीकृत गरेपछि सोहीअनुसार नक्सा पास गरी घर बनाउने बाटो खुला हुनेछ।

भूकम्पले घर ध्वस्त भएका व्यक्ति तथा परिवारलाई दुई प्रतिशत ब्याजदरमा ऋण दिने भएकाले मन्त्रालयले केही दिनभित्रै प्रस्तावित प्रविधिलाई स्वीकृति दिने तयारी गरेको छ। असार १० मा हुने दाता सम्मेलनमा घरका डिजाइन तथा प्रयोग हुने प्रविधिका नमुना देखाउने सरकारको योजना छ।

डिजाइनभन्दा प्रविधिमा केन्द्रित रही नमुना बनाइएकाले भूकम्प प्रतिरोधी घर बनाउन तोकिएअनुसारका कच्चापदार्थ तथा निर्माण सामग्रीको प्रयोग अनिवार्य हुन्छ।
भएपछि घर बनाउनेले यीमध्ये एक प्रविधि अनिवार्य रूपमा लागू गर्नुपर्नेछ।
Continue Reading | comments

बार्सिलोना र युभेन्टस बीचको खेल नेपाली समय राति १२:३० बजे शुरु

Friday, June 5, 2015

काठमाडौं, जेष्ठ २३ । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिका लागि आज स्पेनिस लिग च्याम्पीयन बार्सिलोना र इटालीयन लिग च्याम्पीयन युभेन्टस भिड्दै छन् ।

यो सिजन उत्कृष्ट फर्ममा रहेका यि दुई टिमबीचको बहुप्रतिक्षित फाईनल खेल जर्मनीको बर्लिनमा नेपाली समय अनुसार राति साँढे १२ बजे शुरु हुने छ ।:३०

जारी सिजनमा युभेन्टसले सिरि ए र ईटालिएन कपको उपाधि जितेको छ भने बार्सिलोनाले ला लिगा र कोपा डेल रे को उपाधि जितेको छ । दुबै टोली सिजनको किर्तिमानी तेस्रो उपाधिको खोजीमा छन् ।

बार्सिलोनाले पछिल्लो समय सन् २००९ मा प्रशिक्षक पेपे ग्वार्डियोलाको कार्यकालमा यस्तो कीर्तिमानी उपलब्धी हासिल गरेको थियो ।

पहिलो पटक बार्सिलोना सम्हाल्न आएको प्रशिक्षक लुइस एन्रीके अहिले यही सफलता दोर्‍याउने दाउमा छन् ।

तर सेमिफाइनलमा डिफेन्डीङ च्याम्पीयन रियाल मड्रिड जस्तो बलियो प्रतिद्वन्द्वी पन्छाउदै १२ बर्षपछि फाईनल पुगेको युभेन्टस बार्सिलोनाको लागी सजिलो भने पक्कै हुने छैन ।

बार्सिलोनाले भने सेमिफाईलनमा बार्यन म्युनिखलाई पराजित गरेको थियो ।

७ पटक च्याम्पीयन्स लिगको फाईनल
खेलेको युभेन्टसले दुई पटक प्रतियोगिताको उपाधि जितेको छ भने समान ७ पटक नै फाईनलमा पुगेको बार्सिलोनाले भने ४ पटक उपाधि माथि कब्जा जमाएको छ ।
Continue Reading | comments

भूकम्प पिडितका लागी २ प्रतिशत व्याजदरमा ऋण पाउन असम्भव जतिकै

२२ जेठ, काठमाडौं । सहुलियत अर्थात् २ प्रतिशत व्याजदरमा भूकम्पले भत्किएको घर बनाउनका लागि ऋण माग्न बैंक जानुअघि तपाईले केही कुरा जान्नैपर्ने हुन्छ । नत्र तपाईले बैंकसम्म धाउने दुख मात्रै पाउनुहुनेछ ।

पहिलो कुरा, तपाईले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट २ प्रतिशत व्याजदरमा ऋण पाउनुहुन्न । दोस्रो, कम्तिमा साउनको दोस्रो सातासम्म तपाईलाई घर बनाउन कुनै बैंकले ऋण दिँदैनन् ।

तपाईलाई लाग्न सक्छ, भूकम्पले भत्काएका घर बनाउन राष्ट्र बैंकले उपत्यकामा २५ लाखसम्म र उपत्यका बाहिर १५ लाख रुपैयाँसम्म बढीमा १० वर्षका लागि २ प्रतिशत व्याजदरमा ऋण दिन बैंकहरुलाई निर्देशन  दिइसकेकाले बैंकले तत्काल ऋण दिन्छन् । तर, वास्तविकता त्यस्तो छैन ।

तपाईको यो सोचाइ सही नै भए पनि सरकारी निकायको नीतिगत अष्पस्टता र ढीलासुस्तीका कारण ‘हात्ती आयो, हात्ती आयो फुस्स’ जस्तै भएको छ ।

तपाईले भत्किएको घर बनाउन बैंकको ऋण पर्खिनुभन्दा पनि असार/साउनको पानी छेक्ने बलियो टहरो बनाउनु नै बुद्धिमत्तापूर्ण हुनसक्छ ।

हालसम्म प्राप्त तथ्यांक अनुसार करिब पाँच लाख घरहरु बस्नै नहुने अवस्थामा छन् । यो आर्थिक वर्ष तपाईको घरको नक्सा पास नै हुँदैन । त्यसैले, नक्सा पास नभएको घरलाई कुनै पनि बैंकले ऋण दिादैनन् भन्ने कुरा तपाईले जान्नै पर्छ ।

जबसम्म सरकारले नयाा घरको नक्सा पास फुकुवा गर्दैन, तबसम्म घर बनाउनका लागि बैंकमा ऋण माग्न नगए हुन्छ । (यो पनि पढ्नुहोस-बैंकरको प्रश्न : गभर्नर सा’प नक्सा पास नभएका घरलाई कसरी ऋण दिउँ ?

राष्ट्र बैंकले सहुलियत दरमा ऋण उपलब्ध गराउने घोषणा गरेको केही दिनपछि नै सरकारले यो आर्थिक वर्ष कुनैपनि घरको नक्सा पास नगर्ने निर्णय गरिसकेको छ ।

किन पाईादैन २ प्रतिशतमा ?

बैंकहरुले ऋणीसाग राष्ट्र बैंकले भनेअनुसार अर्थात् २ प्रतिशतमात्रै व्याज लिए पनि ग्राहकले त्यसबाहेक केही अतिरिक्त शुल्क व्यहोर्नु पर्नेछ । यद्यपि यस्तो कर्जामा बैंकहरुले सेवा शुल्कलगायतका शुल्क भने लिन पाउने छैनन् । तर, बीमाबापत लाग्ने शुल्क, धितोको मुल्यांकन गर्दा लाग्ने शुल्क, कर्जा सूचना र कर्जा सुरक्षण गर्दा लाग्ने शुल्क भने ऋणीले नै व्यहोर्नुपर्ने हुन्छ ।

यी शुल्कहरु जोड्दा तपाईले २ प्रतिशतमा पाउने भनेको ऋणको व्याजदर कम्तिमा ३ देखि बढीमा ४ प्रतिशतसम्म पर्न आउने बैंकरहरु बताउाछन् ।
सहुलियत व्याजदरसम्बन्धी कार्यविधिमा बीमा नगरिएको घरमा ऋण नदिने उल्लेख छ । त्यसैले सहुलियत दरको ऋण लिन तपाईले अनिवार्यरुपमा घरको बीमा गर्नैपर्ने हुन्छ ।

ऋण पाउन के-के गर्नुपर्छ ?

पहिलो कुरा त सहुलियत दरको ऋण लिन भूकम्पका कारण तपाईको घर बस्नै नहुनेगरी क्षतिग्रस्त भएको भनी सरकारी निकाय (गाविस/नगरपालिका)ले प्रमाणित गरेको हुनुपर्छ । त्यसपछि मात्रै तपाई सहुलियत दरको ऋणका लागि बैंकमा आवेदन दिन योग्य हुनुहुन्छ ।

दोस्रो, ऋण लिनका लागि तपाईसाग अनिवार्यरुपमा धितो (घर वा जग्गा) हुनुपर्छ । २५ लाख रुपैयाँ ऋण लिने हो भने तपाईसँग कम्तिमा बैंकका प्रतिनिधिले गरेको ५० देखि ६० लाख रुपैयाा मूल्यांकन गरेको धितो हुनुपर्छ । किनभने बैंकहरुले धितो मूल्यांकनको ४० देखि ५० प्रतिशत मात्रै ऋण दिन्छन् ।
त्यति मूल्य पर्ने जग्गा हुादा मात्रै तपाईले ऋण पाउनुहुन्न । ऋण तिर्न सक्ने गरीको आम्दानीको स्रोत पनि बैंकले खोज्छ । त्यसका लागि कि तपाईसाग जागिर हुनुपर्छ, कि त व्यापार व्यवसाय । कृषिबाट पनि चित्तबुझ्दो आम्दानी देखाउन सक्नुभयो भने तपाईलाई बैंकले ऋण दिन्छन् । नभए बैंकबाट खाली हात फर्किनुपर्ने हुन्छ ।

भूकम्प पीडितलाई दिइने आवासीय कर्जा भूकम्प पीडित भएकै कारणमात्रै नपाइने राष्ट्र बैंकका प्रवक्ता डा. मीनबहादुर श्रेष्ठ बताउाछन् ।
‘सामान्य अवस्थामा बैंकबाट ऋण लिन योग्य कागजात भएकाहरुले सहुलियत दरमा ऋण पाउने मात्रै हुन् ।’ श्रेष्ठले भने ।

ऋणको दुरुपयोग गरे सुकुम्बासी र जेल

घर बनाउन भनेर लिएको ऋण जग्गा वा घडेरी किन्न, व्यापार-व्यवसाय गर्नलगायतमा खर्च गर्नुभयो भने तपाईले कर्जा दुरुपयोग गरेको अभियोगमा बैंकिङ कसूर अन्तर्गत जेल साजाय भोग्नुपर्ने हुन्छ । धितो राखेको जग्गा बैंकले लिलामी गर्छ र तपाई सुकुम्बासीसमेत हुन सक्नुहुन्छ । त्यसैले ऋण तिर्न सक्ने हैसियत छ भने मात्रै सहुलियत दरको ऋण लिनुहोस् ।

यो ऋण मिनाहा नहुने राष्ट्र बैंकका प्रवक्ता श्रेष्ठ बताउाछन् । ‘सहुलियत दरमा पाएको ऋण हो पनि मिनाहा पनि हुनसक्छ भनेर ऋणको दुरुपयोग भयो बैंकिङ कसूर ऐन अन्तर्गत जेलसम्म जानुपर्ने हुन्छ ।’ उनले भने- त्यसैले होसियार भएर ऋण लिनुहोला ।

सहुलित ऋणमा के-के सुविधा ?

भूकम्प पीडितलाई सहुलियत दरमा आवासिय ऋण दिन राष्ट्र बैंकले बैंकहरुलाई शून्य ब्याजदरमा एक वर्षका लागि पुनःकर्जा दिन्छ । र, बढीमा १० वर्षसम्म वाषिर्करुपमा पुनःकर्जाको नवीकरण हुन्छ । बैंकले तपाईको ऋण हरेक वर्ष नवीकरण गर्नेछन् ।

यस्तो ऋण लिएको एक वर्षसम्म तपाईले किस्ता तथा व्याज तिर्नुपर्ने छैन । तर, दोस्रो वर्षदेखि भने नियमितरुपमा किस्ता तिर्नुपर्छ । ऋणीले तोकिएको अवधि अगावै ऋण तिरे बैंकले अतिरिक्त शुल्क लिन पाउने छैन ।
Continue Reading | comments (1)

थाइराइड रोग र एसबाट बच्ने उपाएहरु

आजभोलीको तनावग्रस्त र भागदौडको जीवनमा थाइराईड समस्या बढीरहेको छ । यो समस्या महिला पुरुष दुवैमा देखिए पनि विशेष गरी महिलामा बढी देखिन्छ । आजभोलि त थाइराईडको समस्याले साना उमेरका महिलालाई पनि सताएको देखिन्छ । अध्ययनका अनुसार १०० जनामा ८० महिलालाई थाइराईको समस्या हुन्छ ।
        हाम्रो घाँटीको अगाडीको भागमा थाइराइड ग्रन्थी हुन्छ । जसले थाइराइड हर्मोन नामक हर्मोन उत्पादन गर्छ । सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापला
ई नियन्त्रण गर्छ । तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन् । तथ्यांकले लाखौं मानिस थाइराईडले प्रभावित भएको देखाउँछ । तर समस्या के छ भने धेरैलाई आफूलाई थाइराईड भएको पत्तै पाउँदैनन् । यदि थोरै खाना खाँने गर्दा पनि वजन बढिरहेको छ, साना साना कुराले पनि तनाव दिईरहेको , सन्तान प्राप्तिको लागि समस्या छ र पटक पटक गर्भतुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ
         दोषी

थाइराइड ग्रन्थी घाँटीको अघिल्तिर हुन्छ । खप्परमा दिमागभन्दा तल रहेको पिटुयुटरी ग्रन्थीले थाइराइडलाई नियन्त्रण गर्छ । पिट्युटरीले रगतमा थाइराइड हर्मोनको स्तर मापन गर्छ र थाइराइड स्टिमुलेटिङ हर्मोन टीएसएच निकाल्छ । यस हर्मोनले थाइराइडलाई थाइरोक्सिन टीफोर र ट्रिलिडोथायोरिन टीथ्री हर्मोन उत्पादन गर्न सहयोग गर्छ । थाइराइडलाई टीथ्री र टीफोर हर्मोन उत्पादन गर्न आयोडिनको आवश्यकता पर्छ । तर आयोडिनको मात्रा धेरै वा थोरै हुँदा थाइराइड मलफंक्शन हुने डाक्टर नुपुर क्रिशन बताउँछन् ।

गलगाँड के हो ?

आयोडिन र सिलेनियम खानामा पर्याप्त भएन भने गलगाँड उत्पन्न हुन्छ । शरिरमा आयोडिनको कमी हुँदा गलगाँड निस्कन्छ । थाइराइडले शक्ति परिचालन गर्न थाइरोक्सिन हर्मोन पैदा गर्छ । केटाकेटीको शारीरिक वृद्धि र विकासको लागि थाइराक्सिनको ज्यादै आवश्यकता हुन्छ । कुनै किसिमको विकृति नभई राम्रो बच्चा जन्माउन र आमाको दुध आउनको लागि पनि यो हर्मोनको ठूलो महत्व हुन्छ । हाम्रो दैनिक आहारमा आयोडिनको कमी हुंदै गयो भने थाइरोक्सिन हर्माेन सही ढंगबाट उत्पादन हुन सक्दैन, जसले गर्दा रगतमा यसको परिमाण कम हुँदै जान्छ । अनि यो हर्मोन बढी पैदा गर्नका लागि थाइराइड ग्रन्थीले धेरै परिश्रम गर्नुपर्छ, फलस्वरुप ग्रन्थी फुलेर आउँछ, यसलाई गलगाँड भनिन्छ ।

थाइराइड हुनबाट बच्न कस्तो डाइट लिने ?

हाइपोथाइरोडिजम भएकालाई भर्जिन नरिवलको तेल लाभदायक हुन्छ । यसमा चेन फ्याटी एशिड हुन्छ जसले मेटाबोलेटिज्मलाई बढाएर वजन घटाउन मद्दत गर्छ ।

    १. कृत्रिम चीनीको प्रयोगबाट बच्ने
    २. बदाम लगायतका चिल्ला ड्राइफुट नखाने, धुमपानबाट बच्ने र पोषणका औषधीहरु नखाने
    ३. आवश्यक मात्रामा आयोडिन र भिटामिन ए को सेवन गर्ने । एक वयस्क व्यक्तिका लागि १ सय ५० माइक्रोग्राम आयोडिन प्रतिदिन लिन आवश्यक छ ।
    ४. बन्दा, काउली, ब्रोकोली जस्ता तरकारीबाट बनेका काँचो सलाद नखाने । यी तरकारीमा पाइने गोट्रोजेन्स नामको तत्वले थाइराइडलाई प्रभाव पार्छ । बरु पकाएर खानाले खासै असर गर्दैन ।
    ५. सामुदि«क माछा प्रशस्त खाने । त्यस्तै हरियो पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाउन सकिन्छ ।
    ६. अण्डा, पहेलो पाकेको फलफूल र हरिखा सागसब्जीले भिटामिन एको मात्र परिपूर्ति गर्छ ।
    ७. गर्भवती महिलालाई प्रतिदिन २ सय २० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने हुनाले यसमा विशेष विचार पु¥याउने ।
         थाइराइडले आजभोलि कम उमेरका महिलालाई पनि सताउँछ । इण्डोक्रिनोलोजिष्ट डा. अल्तामास साइखले १५ – २० वर्ष उमेर समूहका महिलामा पनि थाइराइड देखिएको बताउँछन् । यो उमेर समूहका महिलाले पनि उमेरअनुसारको वजन, थकान र सुन्निने समस्यालाई मध्यनजर गरेर थाइराइडको समस्या पत्ता लगाउन सक्छन् ।

बाँझोपन

थाइराइडका कारण बाँझोपनको समस्या पनि आउन सक्छ । थाइराइडले पुरुषमा यौनइच्छामा कमी र वीर्यमा कमी देखिन्छ भने महिलामा अण्डा उत्पादन गर्नमा कठिनाई र छिटो रजनोवृत्ति हुन सक्छ ।

थाइराइडका लक्षण

    अस्वाभाविक वजन बढ्नु
    गलगाँड आउनु
    तनाव
    छिटो छिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव
    कपाल झर्नु
    छाला फुस्रो हुनु
    मुटुको गति सुस्त हुनु
    चाँडो थकाई लाग्नु
    मुड छिनछिनमा परिवर्तन भईरहनु र कमजोर स्मरणक्षमता
    चिसो लाग्नु
    र आवाजमा भारीपन बढ्नु
    (एजेन्सीको सहयोगमा)
Continue Reading | comments (1)

नेपालमा छायांकित हलिउड फिल्म ‘एभरेस्ट’को ट्रेलर सार्वजनिक

नेपालमा छायांकन गरिएको हलिउड फिल्म ‘एभरेस्ट’को ट्रेलर सार्वजनिक भएको छ। बा

एभरेस्टमा १९९६ मा सगरमाथा आरोहण गर्ने क्रममा ज्यान गुमाएका अमेरिकीहरुको कथालाई समेटिएको छ। ट्रेलरमा काठमाणडाै लगायत सगरमाथा क्षेत्रका दृश्यहरु समेटीएको छ। युनिभर्सले पिक्चर्सले निर्माण गरेको यो फिल्म सेप्टेम्बर १८ मा रिलिज हुदैछ।

ल्टासुर कोर्माकुरले निर्देशन गरेको फिल्ममा चर्चित कलाकारहरु जेसन क्लार्क, जोस ब्रोलिन, जोन हक्स, रोविन राइट, साम वार्थिङ्टनको अभिनय रहेकाे छ ।
Continue Reading | comments

म्यागी चाउचाउको आयात तथा बिक्रीमा प्रतिबन्ध

Thursday, June 4, 2015

काठमाडौं, जेष्ठ २१ । नेपाल सरकारले म्यागी चाउचाउको आयात तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

भारतीय कम्पनी ‘नेस्ले इन्डिया’ले उत्पादन गर्ने म्यागी चाउचाउमा मानव स्वास्थ्यलाई असर गर्ने अखाद्य पदार्थ भेटिएको समाचार भारतमा सार्वजनिक भएपछि नेपालले पनि प्रतिबन्ध लगाएको हो ।

खाद्य तथा गुण नियन्त्रण विभागले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै विहीबारकै मितिदेखि लागू हुने गरी म्यागी चाउचाउको आयात तथा बिक्रीमा प्रतिबन्ध लगाइएको जनाएको हो । विभागले म्यागी चाउचाउ नखानसमेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

उक्त चाउचाउमा सिसाको मात्रा मापदन्डभन्दा बढी पाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सो चाउचाउको गुणस्तर परीक्षण गर्न बजारबाट नमूना संकलन गरिरहेको पनि विभागले जनाएको छ ।

Continue Reading | comments

धराहरासँगै नढलेको एउटा सपना

भूकम्पसम्बन्धी एउटा गीत हेर्दै गर्दा त्यसको भिडियोमा घुमाइएको एउटा तस्बिरले मथिंगल घुमाएको थियो । किनभने, त्यो तस्बिरमा भत्किएको धरहराबाट उद्धार गर्दै गरिएकी एउटी किशोरीको टिसर्टमा लेखिएको थियो, 'ड्रिम द वल्र्ड'


जब म धरहरा नजिकैबाट सुन्धारामै रहेको अफिसतिर गइरहेको हुन्थेँ, त्यही तस्बिर नाच्थ्यो आँखामा । लाग्थ्यो, धरहराको रेलिङमुनि एउटी युवती किचिएकी थिइनन्, यो संसारसँग जोडिएको एउटा जीवनको ठूलो सपना किचिएको थियो । लाऊँ–लाऊँ खाऊँ–खाऊँ भन्ने उमेरकी एउटी युवतीले देखेका हजार सपना धरहरासँगै भग्नावशेष भएका थिए ।

धरहरा ढल्यो । बाँकी छ– बूढो रूख हुरीले भाँचिदिएपछि देखिने ठुटोजस्तो मात्रै । तर, ढल्दा यो आफू मात्रै ढलेन, धेरै जीवन ढाल्यो । त्यही तस्बिरकी युवतीका जस्तै थुप्रैका सपनासमेत आफूसँगै ढालेर गयो । धरहराले आफूसँगै बिलिन गर्न नसेकका धेरै जीवनका कथा आए, तस्बिर छापिए । ती युवतीको तस्बिरसँग अनुहार दाँजेर हेरेँ । अहँ, कुनैसँग मिलेन । निष्कर्षमा पुगिसकेको थिएँ, संसार देख्ने त्यो जीवनको सपना अब जिउँदो छैन ।

केही दिनअघि मित्र अनिल न्यौपाने र मेरो नर्भिक हस्पिटलका अध्यक्ष वसन्त चौधरीसँग भेट भएको थियो । उनले भनेका थिए, 'धरहराबाट खसेर बाँचेकी एक बहिनीको आधुनिक उपकरणद्वारा उपचार भइरहेको छ ।' त्यो अत्याधुनिक उपकरणसहित उपचार गरिरहेका डाक्टर प्रविन नेपाललाई भेटेर त्यसबारे जानकारी लिएँ । उपचार पद्धति सोधेँ । त्यो उपकरण नेपालमै पहिलोपल्ट प्रयोग भइरहेकी युवतीलाई भेट्न डा. नेपालको पछिपछि वार्डतिर लागेँ ।

'धरहराबाट खसेर नयाँ जीवन पाएकी प्रशंसा श्रेष्ठ,' दाहिने खुट्टामा त्यही उपकरण जोडेर राखिएकी एउटा युवतीलाई देखाउँदै डा. नेपालले भने । अनुहार कतै देख्या जस्तो लाग्यो । दिमागमा धरहराबाट गुज्रिँदा आउने तस्बिर आएन ।

मैले ती १७ वर्षीया किशोरी प्रशंसाको स्वास्थ्य अवस्थाबारे बुझेँ । उनले आफू निको भइरहेको बताइन् । अपरेसन गरिएको खुट्टातिर हेर्दै डाक्टर प्रविनतिर हेरिन् र मुस्कुराइन् । त्यो मुस्कानले सायद आफू तंग्रिदै जानुको कारण डा. प्रविन भएको बताउँदै थियो ।

'चाँडै ठीक हुन्छे अब, नयाँ मेसिन राखेर उपचार गरेको भन्दै हुनहुन्छ डाक्टर,' उनकी आमा पशुपति श्रेष्ठले जानकारी गराइन् । मैले प्रशंसालाई भनेँ, 'थाहा छ ? नेपालमै पहिलोपल्ट यो उपकरण तपाईंका लागि प्रयोग भयो नि ।' उनले तुरुन्तै जवाफ दिइन्, 'नयाँ हो भन्ने था'छ, पहिलोपल्ट भन्ने थाहा थे'न ।'

प्रशंसासँग कुरा गर्दैगर्दा उनकी आमाले मोबाइलमा रहेको तस्बिर देखाइन् । त्यो तस्बिरले दोस्रोपल्ट मेरो मथिंगल हल्लाएको थियो । म त त्यो तस्बिरसँग पहिल्यै परिचित थिएँ ।
Pramila 02
डाक्टरहरू भन्छन्– बिरामीलाई सक्दो भयावह क्षण नसम्झाएको राम्रो । किनभने, 'पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर' हुन सक्छ । त्यो दिनबारे सोध्ने कि नसोध्ने ? म सोच्न सकिरहेको थिइनँ । प्रशंसाले मुख खोलिन्, 'हामी रेलिङमा उभिएर काठमाडौँ नियालिरहेका थियौँ । जोडले हल्लिएपछि यही रेलिङ (तस्बिरमा जुन रेलिङले उनलाई किचिरहेको देखिन्थ्यो) समातेर बसेकी थिएँ । त्यसपछि केही था'छैन ।'

उद्धारकर्ताले उनको उद्धार गरेर नर्भिक हस्पिटल पु¥याए । अरूले हेर्दा उनी होसमा आएकी देखिन्थिन् । उनले आमाको नम्बर दिएर फोन गर्न लगाइन् । तर, उनी होसमा थिइनन् । भनिन्, 'अपरेसनअघि के के गरेँ, के बोलेँ ? केही थाहा छैन । ममीको नम्बर पनि दिए जस्तो लाग्छ, खै ।' ठ्याक्कै एक हप्तापछि उनले आफू फरक अवस्थामा रहेको महसुस गरेकी हुन् ।

'मैले सम्झिँदा पहिले धरहराको रेलिङमा थिएँ, पछि हस्पिटलको बेडमा पाएँ आफूलाई,' उनले भनिन् । उनले लगाएको टिसर्टमा भएको शब्द 'ड्रिम' नै भएको छ अहिले उनको जिन्दगी । उनको संसार देख्ने सपना धरहराले आफूसँगै बिलिन गर्न सकेन । अब यो संसारका लागि उनको सपना छ– 'नर्स भएर बिरामीको सेवामा लाग्ने ।'

स्याङ्जाबाट काठमाडौँ पढ्न आएकी हुन् प्रशंसा । स्याङ्जाबाटै उनकी ठूलीआमाकी छोरी काठमाडौँ आएकी थिइन् । कहिल्यै धरहरा नचढेकी उनले शनिवार घुमाउन त्यहाँ पु¥याएकी थिइन् । उनीहरू धरहराको टुप्पोमा पुगेर काठमाडौँ हेर्दै थिए । उनकी दिदीले आफूले आकाश चुमेको प्रतिक्रिया दिँदै थिइन्, रूख हल्लिएझैँ हल्लिन थाल्यो धरहरा । प्रशंसा उभिन सकिनन्, रेलिङ समातेर दिदीकै आडमा थचक्क बसिन् । त्यसपछिका सात दिन उनको जीवनबाट गायब भयो । भन्छिन्, 'ती सात दिन कसरी बिते, केही थाहा छैन ।'

आशावादी आमा
प्रशंसाकी आमा पशुपति धोबीघाटस्थित कोठमामै थिइन् । भूकम्प आयो । आफू सम्हालिइन् र छोरीहरू धरहरा चढ्न गएको सम्झिइन् । एकछिनमै त धरहरा ढलेको खबर उनको कानसम्म आइपुग्यो । त्यसपछि गइरहेका झड्काको पर्वाह नगरी हिँडिन् धरहरातिर । प्रहरीले 'असुरक्षित एरिया' भन्दै उनलाई दशरथ रंगशालाबाट भित्र पस्न दिएन । उनले आफ्ना छोरीहरू धरहरामा भएको अनुनय गरिन् । तर, उनले भित्र छिर्न पाइनन् । त्यसपछि उनी वीर अस्पताल पुगिन् । यत्रतत्र लाश थिए । तर, उनको नजर लाशमा परेन, घाइतेहरू एक–एक गर्दै हेरिन् । भन्छिन्, 'मलाई लाश हेर्न मन लागेन, मेरो मनले छोरी सकुशल छे भनिरह्यो ।' विभिन्न अस्पताल पुगेर घाइते हेरिन्, बेलुकासम्म कतै थिइनन् प्रशंसा । अँध्यारो भएपछि उही फोन गर्ने प्रयास गर्दै घर पुगिन् ।

रातभरि प्रयास गरिन्, फोन लागेन । मोबाइलको ब्याट्री सकियो । बिजुली थिएन । भन्छिन्, 'लागिरह्यो, छोरी कुन बेला टुप्लुक्क आएर ममी भन्ली ।' कतै घाइते भएर बसेकोसम्म कल्पना गरिन् तर कहिल्यै अपसकुन कल्पना गरिनन् । भोलि बिहान मोबाइल चार्जमा राखेर खोल्नेबित्तिकै एउटा फोन आयो । वार्डमै रहेका बिरामी कुरुवाले प्रशंसाले दिएको नम्बर डायल गरेका थिए । उनले भने, 'प्रशंसा घाइते भएर अस्पतालमा छिन् ।' छोरी जीवित रहेको उनको सपना सही भयो ।

संसार टेक्ने सपना
धरहराबाट खसेर पनि संसार फेरि देख्न पाएकी छिन् उनले । तर, त्यो रेलिङले उनको संसार टेक्ने सपनामा झन्डै आँधी ल्याइदिएको थियो । दाहिने खुट्टाको हड्डी भाँच्चिएको छ । पराकम्पन, बिरामीको चापले गर्दा तुरुन्तै नर्भिकमा अपरेसन हुन सकेन । उनलाई बाहिर अर्कै अस्पतालमा लगियो । तर, त्यहाँ पनि अवस्था त्यस्तै थियो । अनुहारमा समेत चोट लागेका कारण चाँडो अपरेसन गर्न स्किनका डाक्टर डा. सुमित सिंह आफैँले प्रशंसालाई नर्भिक हस्पिटल पु¥याए । प्रशंसा अर्काेपल्ट भाग्यमानी ठहरिन् । उनले उपचारका लागि अत्याधुनिक उपकरण पाइन् । भूकम्पपछि वसन्त चौधरी फाउन्डेसनको सहकार्यमा मोबाइल इन्टरनेसनल सर्जिकल टिम (मिस्ट) सिंगापुरबाट आएको थियो । सँगै ल्याएको थियो, हड्डी भाँच्चिएपछि तन्दुरुस्त पार्ने अत्याधुनिक उपकरण 'ट्रेलर स्पाइनल फ्रेम' । नर्भिक हस्पिटल, वसन्त चौधरी फाउन्डेसन र मिस्टको सहकार्यमा उनको संसार टेक्ने सपना पूरा हुँदै छ । एउटै उपकरणको १२ हजार डलर पर्ने छवटा उपकरण प्रयोग गरेर प्रशंसालाई तन्दुरुस्त बनाइँदै छ ।

'यदि त्यो मेसिन नभएको के हुन सक्थ्यो ?'
उपचारको नेतृत्व गरिरहेका डा. प्रविन भन्छन्, 'हड्डी नराम्ररी भाँच्चिएकाले खुट्टा छोटो हुने सम्भावना धेरै थियो । खोच्याएर हिँड्ने अवस्था आउँथ्यो ।'

अबको एक डेढ महिनामै प्रशंसा हिँड्न सक्नेछिन्– सरासर नयाँ जीवनको बाटोमा । पूरा भएको छ, संसार देख्ने सपना । पूरा हुँदै छ, उसैगरी संंसार टेक्ने उनको सपना ।

शुक्रवार साप्ताहिकबाट
Continue Reading | comments

६ जिल्लाका ५० गाविस खाली गराउन विज्ञले सरकारलाई सिफारिस




२२ जेठ, काठमाडौं । भूकम्पपछि पहिरोको उच्च जोखिममा रहेका ६ जिल्लाका ५० गाविस खाली गराउन विज्ञले सरकारलाई सिफारिस गरेका छन् । स्थलगत निरीक्षणपछि खानी तथा भूगर्भ विभागका अधिकारीहरुले करिब २० हजार परिवारलाई स्थानान्तरण गर्न सिफारिस गरेका हुन् ।
विभागले मंगलबार गृहमन्त्रालयमा बुझाएको प्रतिवेदनमा ६ जिल्लाका ५० गाविसका २० हजार परिवारलाई अन्यन्त्र पुनवार्सको व्यवस्था गर्नुपर्ने उल्लेख छ । विभागले भूकम्पले धेरै असर पारेका गोरखा, धादिङ, नुवाकोट, रसुवा,  सिन्धुपाल्चोक र दोलखाको निरीक्षण गरेको नयाँ पत्रिकामा खबर छ ।
गोरखाका १३, धादिङका ६, नुवाकोटका चार, रसुवाका १४, सिन्धुपाल्चोकका सात तथा दोलखाका ६ गाविका बासिन्दालाई स्थानान्तरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । श्रोत अनलाइन खबर ।
Continue Reading | comments

Funny video Mad Bull



Mad bulls
Mad bullsmusic: Beatport: https://pro.beatport.com/track/ky-ky-original-mix/4210355iTunes: https://itunes.apple.com/ru/album/ky-ky/id616630214?i=616630466Google Play: https://goo.gl/DQcR76Amazon: http://goo.gl/f9pdyW
Posted by Syntheticsax Mikhail Morozov on Saturday, 23 May 2015
Continue Reading | comments

जापानमा सुनामी र भुइचालो जादा खिएको भिडिओ


Continue Reading | comments

मुस्ताङमा युरेनियम पत्ता लाग्यो



युरेनियम मिसिएको माटो र ढुंगाबाट युरेनियम छानेर ‘एल्लो केक’ निर्माण गर्न र त्यसलाई विदेश निर्यात गर्न सकिन्छ । एल्लो केकको मूल्य विदेशी बजारमा प्रति केजी १५०–२३० डलर छ । आणविक हतियार र चिकित्साविज्ञानमा समेत प्रयोग हुने शुद्ध युरेनियम एक ग्रामको मूल्य डेढ करोड रुपैयाँभन्दा बढी पर्छ ।

औद्योगिक विकास गरिरहेका छिमेकी भारत र चीन युरेनियमको सम्भावित बजार हुन सक्छ । आणविक ऊर्जा उत्पादनका लागि भारतले संसारकै ठूलो भण्डार रहेको अष्ट्रेलियासँग युरेनियम किन्ने गरेको छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । उर्जा उत्पादन अथवा आणविक बम युरेनियमबिना बन्न सक्दैन । युरेनियम विद्युत उत्पादनको मुख्य स्रोत पनि बन्दै गएको छ ।


युरेनियम र यसको महत्व

सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु युरेनियमको २३८ परमाणविक धार हुने हुन्छ र लगातार ऊर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ । विशेषज्ञहरु युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् ।

यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ । युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम २३८ र युरेनियम २३५ । प्राकृतिक रुपमा युरेनियम २३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम २३५ बनाइन्छ ।

एक किलो युरेनियम २३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किलो युरेनियम २३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ । ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ ।

अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारकि वेबसाइट एनबीएल डट डीओई डट जीओभीका अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई ‘युरेनियम २३५’ भनिन्छ, को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करिब १८ करोड रुपैयाँ) पर्छ । यस आधारमा एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करबि १८ अर्ब रुपैयाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो ।

युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन । ऊर्जाको अत्यन्त शक्तिशाली स्रोत युरेनियमबाट विद्युत् उत्पादन हुन्छ । विभिन्न पश्चिमेली देश युरेनियमबाट उत्पादित विद्युत्मा निर्भर छन् ।

केही साताअघि मात्रै भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा सम्भवत: विश्वकै ठूलो परमाणु भण्डार फेला परेको थियो । १ लाख ५० हजार टन परमाणु भएको अनुमान गरिएको उक्त भण्डार पत्ता लगाउन ४ वर्ष लागेको थियो । युरेनियमको सदुपयोग भयो भने भौतिक जीवनका लागि अभिन्न मित्र बन्न सक्छ । दुरुपयोग गरियो भने यसले संसारका सबै प्राणीलाई नष्ट गर्न पनि सक्छ ।

सन् १९४५ युरेनियम २३५ बाट निमिर्त ‘लिटिल ब्वाय’ र युरेनियम २३८ बाट परिमार्जित गरी बनाइएको ‘फ्याट म्यान’ नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइँदा करिब ७५ हजार मानिस मारिए भने ५० हजार भवनहरु ध्वस्त भएका थिए ।

नेपालमा युरेनियम पाईने ठाउँहरु

हेटौँडा बजार अनि त्यहाँबाट ४५ किलोमिटर पूर्वतिर मकवानपुरको तीनभंगाले गाउँमा सन् १९९० मा खानी तथा भूगर्भ विभागले पहिलोपटक युरेनियमको खानी रहेको तथ्य पत्ता लगाएको थियो । तथ्यांकमा तीनभंगाले कालोपानी खोला आसपास क्षेत्रमा करिब १५ हजार टन युरेनियमको खानी भण्डार छ, जसलाई उत्खनन गरी प्रशोधन गर्दा कम्तीमा ३५ टन शुद्ध युरेनियम निकाल्न सकिने प्रारम्भिक अनुमान छ

खानी विभागको अन्वेषणअनुसार शिवालिक क्षेत्रमा पर्ने सिन्धुलीको बुका खोला, मकवानपुरको चिरुवा खोला, चाँदे खोला, तीनभंगाले–कालोपानी खोला, चितवनको मरदार खोला तथा पाँपा खोला आसपासमा युरेनियमको सम्भावना छ । यीमध्ये मकवानपुर–धियाल गाविस–३ को तीनभंगाले–कालोपानी क्षेत्र सबैभन्दा बढी रेडियोधर्मी विकिरण उत्पन्न भइरहेको क्षेत्र हो ।

खानी विभागले ‘गामा रे स्पेक्ट्रोस्कोपी मिटर’को सहायताले तीनभंगाले क्षेत्रमा २४ वर्षअघि गरेको परीक्षणमा २७ हजार ४ सय ५ कुल विकिरण काउन्ट प्रतिसकेन्ड (सीपीएस) देखिएको थियो, जबकि औसत जमिनमा एक सयदेखि १ सय ५० सीपीएस मात्र विकिरण प्रभाव देखिन्छ । विभागको आफ्नै अध्ययनले पनि मकवानपुर, सिन्धुली, बैतडी, बझाङ, बाजुरा र काठमाडौंका २४ ठाउँमा युरेनियम रहेको संकेत दिएको थियो ।

मकवानपुरको तीन भङगाले, सिन्धुलीको बुका खोला र काठमाडौंको शिवपुरीमा अर ठाउँमा भन्दा बढी युरेनियम हुनसक्ने विभागको अनुमान छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रति युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ । विशेषज्ञहरुका भनाइमा विकिरण उत्पन्न गर्ने धातु जस्तै युरेनियम, थोरयिम र फस्फोरस हुन सक्ने प्रवल सम्भावना हुन्छ । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था (आईएईए)को मापन अनुसार जमिनमा सात सय सीपीएसजति युरोनियमको विकिरण भएमा खानी उत्खनन योग्य मानिन्छ ।

नेपालको युरेनियम: विदेशी चासो

केही वर्षअघि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले एक भारतीय वैज्ञानिकलाई उद्धृत गर्दै माथिल्लो मुस्ताङमा युरेनियमको ठूलो भण्डार रहेको बताएका थिए । श्रेष्ठका अनुसार, ती भारतीय वैज्ञानिकले दशकअघि नै प्रयोगशाला परीक्षण गर्दा त्यो क्षेत्रको चट्टानमा रेडियोधर्मी विकिरण फेला पारेका थिए ।

रेडियोधर्मी विकिरण हुनु भनेको युरेनियम रहेको संकेत हो । नेपालमा युरेनियमको खोजी गर्ने प्रारम्भिक आधार एउटै थियो– भारत तथा पाकिस्तानको शिवालिक क्षेत्रमा युरेनियम उत्खनन भइरहेको छ भने नेपालमा किन नहुने ? खासमा युरेनियम पाइने चट्टान ‘युरेनिफेस रक’को नेपालमा पनि उपलब्धता नै यसको अध्ययनको प्रमुख कडी थियो । त्यसपछिको अध्ययनका क्रममा विभिन्न स्थानमा छिटपुट युरेनियमको सम्भावना भएको निष्कर्ष निकालियो ।

सन् १९८५ मा खानी तथा भूगर्भ विभागले भूगर्भविद् रामनगिना यादवको अगुवाइमा पूर्वी, मध्य तथा पश्चिम नेपालको चुरे पर्वत शृंखला तथा तराईका केही फाँटमा युरेनियमको प्रारम्भिक अध्ययन गरियो । सन् १९८७ मा खानी विभागका भूगर्भविद् कृष्णप्रसाद काफ्लेको नेतृत्वमा युरेनियमको खोजी पुन: सुरु भयो । काफ्लेको टिमले कमला नदीबाट सुरु गरी बागमती नदीसम्मको भागमा अनुसन्धान गर्‍यो । सन् १९८८ मा काफ्लेको टोली मकवानपुरस्थित तीनभंगाले तथा चाँदी खोलाका केही भागमा अत्यधिक रेडियोधर्मी विकिरण रेकर्ड गर्न सफल भयो ।

स्नातकोत्तर तहको शोधपत्रका लागि सन् १९९४ मा विनिल अर्याल, जो अहिले त्रिभुवन विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन्, ले तीनभंगाले–कालोखोलाको युरेनियम मिश्रति चट्टानका टुक्राबारे ‘गामा–रे स्पेक्ट्रोस्कोपी’ प्रविधि अनुरप विस्तृत अध्ययन गरे । उनले एक लाख कणमा ३ हजार ६ सय ३६ कण युरेनियम भएको चट्टान फेला पारे । यसबाहेक विभिन्न समयमा विभिन्न प्रकारले नेपालमा विदेशीहरद्वारा युरेनियम अन्वेषण हुँदै आएको छ ।

जस्तो कि, सन् १९७५ मा अमेरिकाका कोनाक्का र पोल्यान्डका जोन मेकीको संयुक्त टोलीले लाङटाङ हिमाल आरोहण गरेको थियो । उनीहरु आरोहण सकेर देश फर्केपछि मात्र थाहा भयो कि त्यस आरोहण टोलीले लाङटाङ क्षेत्रकै रेडियोधर्मी विकिरणको अध्ययन गरेको रहेछ । २३ ,२७ फेबुरअरी १९९६ मा भारतको पन्जाब राज्यको पटियालास्थित पन्जाब विश्वविद्यालयमा ‘रेडियसन फिजिक्स’ को राष्ट्रिय सम्मेलनमा नेपालको चुरे शृंखलामा युरेनियमको राम्रै सम्भावना रहेको र त्यसको उत्खननबाट हुन सक्ने प्रभावबारेमा भाभा आणविक केन्द्रका वैज्ञानिकहरुले छलफल गरेका थिए। त्यही वर्ष एक अमेरिकी जर्नलमा नेपालमा युरोनियम भण्डार रहेको अनुसन्धानात्मक लेख प्रकाशित भएपछि खानी विभाग र नेपाली वैज्ञानिकहरमाझ निकै चर्चा भएको थियो ।

विसं २०५४ मा तत्कालीन विज्ञान तथा प्रविधिमन्त्री मिर्जादिलसाद वेगले भाभा आणविक केन्द्रसँग सम्बद्ध एनएस शर्मालाई अति लुप्त खनिजको अध्ययन गर्न इजाजत दिएका थिए । खासमा शर्माचाहिँ डडेल्धुरामा माउन्टेन बोर्डिङ स्कुलको प्रिन्सिपल भएर चार वर्षसम्म बैतडी, बझाङ क्षेत्रको अध्ययन गरेका थिए । यद्यपी उनले गरेको विस्तृत रिपोर्ट नेपाल सरकारसमक्ष पेस गरिएन । मिर्जा ०५५ मा मारिइसके भने शर्माचाहिँ माओवादी द्वन्द्वका बेलामा भारततिरै फर्किए । सुरक्षा स्रोतहरु वेगको हत्यालाई युरेनियम तस्करीसँग पनि जोडेर हेर्नुपर्ने बताउँछन् ।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था

आईएईएका अनुसार विश्वका ३१ मुलुकमा ४ सय ३७ आणविक भट्टी सञ्चालित छन् । १५ मुलुकमा ६८ नयाँ भट्टी निर्माणाधीन छन् । सन् १९८६ को रुसमा भएको चेर्नोविल आणविक दुर्घटना र सन् २०११ को जापानमा भएको फुकुसिमा दुर्घटनाका कारण विश्वभर आणविक भट्टी बन्द गर्नुपर्ने बहस भइरहेको छ ।

तथापि, यो निर्माण गर्ने क्रम झन् बढ्दो छ, जसको मूल कच्चा पदार्थ नै युरेनियम हो । त्यसैले पनि युरोनियमको खपत दिनानुदिन बढिरहेको छ । त्यही भएरै शक्ति सम्पन्न राष्ट्रहरु अप्रत्यक्ष रुपमा नेपालका विभिन्न परियोजनामार्फत नेपालका युरेनियममा चासो देखाइरहेका छन् । अमेरिकाको ऊर्जा मन्त्रालय अन्तर्गत जीटीआरआई परियोजनाले पनि नेपालको युरेनियममा निकै चासो देखाइरहेको देखिन्छ । त्यस्तै दक्षिण कोरियाको कोरियन इन्स्च्युतट अफ जिओ–साइन्स एन्ड मिनरल्स रिसोर्सेस नामक संस्थाले युरेनियमलगायत लुप्त ऊर्जाजन्य खानी अन्वेषणका लागि नेपालको खानी विभागसँग सहकार्य गर्ने औपचारकि प्रस्तावसमेत पठाएको छ ।

खानी विभागका उपमहानिर्देशक रहमान भन्छन्, ‘कोरयिनको अन्वेषण सहकार्य प्रस्ताव सही हो तर त्यसबारेमा ठोस निर्णय भइसकेको भने छैन ।’ दुई वर्षयता नेपालको युरेनियम अन्वेषणमा राष्ट्र संघीय निकाय अन्तर्राष्ट्रिय परमाण्ुा ऊर्जा संस्था (आईएईए)ले विशेष चासो देखाइरहेको छ । सन् २००८ मा नेपाल आईएईएको सदस्य भएकाले पनि उसले युरेनियम र रेडियोधर्मी विकिरणसँग सम्बन्धित विभिन्न निकायलाई सहयोग गर्न सन् २०१२–२०१५ सम्म सम्पन्न हुने गरी ६१ लाख अमेरिकी डलर (करबि ५३ करोड रुपियाँ)को परियोजना दिएको छ ।

यद्यपि, त्यस परियोजनामा उल्लेख्य प्रगति भइरहेको चाहिँ छैन । परियोजना अन्तर्गत नेपालका विभिन्न निकायबाट झन्डै एक सय कर्मचारी तथा विज्ञहरु आईएईएका विभिन्न सेमिनार तथा तालिममा सहभागी भइसकेका छन् । वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नवीन देवकोटा भन्छन्, ‘आईएईएको नेपालको मुख्य चासो भनेको यहाँ पिस फर न्युक्लियरको नारासहित दक्ष जनशक्ति उत्पादन गर्ने र विभिन्न प्राविधिक सहयोग उपलब्ध गराउने नै हो ।’

आईएईएले खानी विभागलाई झन्डै ७५ हजार युरो पर्ने गामा रेज एनलाइजर र सेन्टिलेसन काउन्टरजस्ता उपकरण दिने भएको छ । यतिसम्म कि गत भदौ–असोजमा आईएईएका तीन जना युरेनियम विज्ञहर नेपाल आएर खानी विभागका कर्मचारीलाई विशेष तालिमसमेत दिएका थिए । त्यही क्रममा जीन रेनी ब्लेज र खानी विभागको टोलीले तीनभंगाले क्षेत्रको निरीक्षणसमेत गरेको थियो ।

विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च स्रोतका भनाइमा यी भ्रमणको उद्देश्य खासमा नेपालको युरेनियम भण्डारबारे विस्तृत रिपोर्ट लिने नै बुझिन्छ । दातृ निकाय सोझै युरेनियमसम्बन्धी अध्ययन भनेर आउँदैनन्, उनीहर नेपालको खानी अन्वेषणमा दक्ष जनशक्ति उत्पादन तथा प्राविधिक सहयोगका नाममा आउँछन् र आफ्ना विज्ञहरुलाई लिएर फिल्डमा जान्छन् । अनि, त्यहाँबाट ल्याएको नमुना परीक्षण गर्ने भनेर आफ्नै  देशमा लैजान्छन्

Continue Reading | comments

नेपाल विद्युत् प्राधिकरण रत्नपार्कमा आगोलागी

               जेष्ठ २१ । नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रमा रहेको स्टोरमा विहीबार दिउँसो आगोलागी हुँदा त्यसलाई नियन्त्रणमा लिन करिब दुई घन्टा लाग्यो ।

आगो नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरका वारुणयन्त्र प्रयोग गरियो भने सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन भए । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
Continue Reading | comments

भूकम्पपीडितलाई सरकारले २ लाख रुपैयाँसम्म किस्ताबन्दीमा अनुदान उपलब्ध गराउने भएको छ।

Wednesday, June 3, 2015

काठमाडौं, जेष्ठ २१ - सरकारले तोकेको मापदण्डअनुसार घर बनाउने भूकम्पपीडितलाई सरकारले २ लाख रुपैयाँसम्म किस्ताबन्दीमा अनुदान उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले संसदमा पेस गरेको संकल्प प्रस्तावअनुसार अनुदान दिने कार्यविधि बन्न थालेको हो।
‘सरकारले तोकेको मापदण्डमा घर बनाउनेलाई निर्माणको अवस्था हेरी किस्ताबन्दीमा २ लाख रुपैयाँसम्म अनुदान दिइनेछ,’ अर्थमन्त्री रामशरण महतले कान्तिपुरसित भने। वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनका कारण घर क्षतिग्रस्त भएकाहरूले यो सुविधा पाउनेछन्।
तत्कालको पुन:स्थापनाका लागि जस्ता किन्न १५ हजार दिने निर्णय भए पनि स्थायी बसोबास गर्न ठूलो रकम चाहिने हुँदा उक्त अनुदान दिने निर्णय भएको हो।
यसबारे विस्तृत कार्यविधि योजना आयोगले तयार पारिरहेको छ। आयोगका सदस्य प्रेम दंगालका अनुसार वर्षा लगत्तै कार्यविधि बनेर अनुदान दिने काम सुरु हुनेछ। ‘यसको सर्त भनेको सरकारले तोकेको मापदण्डअनुसार बन्नैपर्छ,’ उनले भने। घर बनाउँदा एकमुष्ट रूपमा नभई निर्माणको चरणमा तोकिए बमोजिमको किस्तामा अनुदान अनुदान दिइनेछ।
यसमा भूकम्प प्रतिरोधी क्षमतालाई मुख्य आधार मानिएको छ। बाटो, माटोको अवस्था लगायतलाई आधार बनाइने दंगालले बताए। यसबाहेक आयोगले बस्ती विस्तार र स्थानान्तरणको योजना पनि बनाइरहेको छ। ‘बस्ती सारिएको छ भने त्यहीँ सरकारले तोके अनुसारको घर बनाउनुपर्नेछ,’ दंगालले भने।
प्रारम्भिक अनुमानअनुसार करिब ५ लाख घरहरू क्षतिग्रस्त भएका छन्। यी सबैलाई दिइने अनुदानमा सरकारले करिब १ खर्ब रुपैयाँ खर्चिनुपर्नेछ। सरकारको निर्णय भइसकेकाले आगामी आर्थिक वर्षको बजेटमा उक्त अनुदानको रकम पनि समावेश गरिनेछ। ‘अन्यन्त्रको खर्च घटाएर भए पनि घर बनाउने अनुदानको रकम बजेटमा समावेश गरिनेछ,’ अर्थका एक अधिकारीले भने।
अहिले १५ हजारका दरले करिब साढे ७ अर्ब रुपैयाँ दिने निर्णय भइसकेको छ। यसका लागि भूकम्पपीडितको पहिचानपत्र बनाउने काम भइरहेको आयोगले जनाएको छ। सोही पहिचानपत्रको आधारमा घर बनाउने अनुदान पनि दिइनेछ।
तर एक ठाउँमा घर साविक भई अर्कोमा क्षति भएकाले भने यो अनुदान पाउने छैनन्। यो नियमलाई कडाइका साथ लागू गर्न सके केही कम रकमले पनि सुरक्षित आवास बनाउन सकिनेछ। ‘तर रकम दिने कुरामा हुने राजनीतिले दुरुपयोगको खतरा पनि त्यत्तिकै छ,’ अर्थ स्रोतले भन्यो। जस्ताका लागि दिइएको १५ हजार रुपैयाँको अनुदानलाई पछि दिइने २ लाखमा समावेश गर्नुपर्ने राय अर्थको छ।
२ लाख रुपैयाँले अपुग भए सरकारले घोषणा गरेको सहुलियतपूर्ण ऋण लिएर पनि घर बनाउन सकिनेछ। राष्ट्र बैंकका अनुसार काठमाडौंभित्र २५ लाख रुपैयाँसम्म र बाहिर १५ लाख रुपैयाँसम्म प्रतिघर यस्तो ऋण पाइने भएको हो। बिनाब्याज पुनर्कर्जामार्फत रकम पाउने भएपछि बैंकले पनि २ प्रतिशत ब्याजमै ऋण दिन सक्ने भएका हुन्। यसमा पनि सबैतिरको घर क्षतिग्रस्त भएर बसोबास उठेको हुनुपर्ने सर्त राखिएको छ।
यसबाहेक भूकम्पयता सरकारले राहतका लागि करिब १२ अर्ब रुपैयाँ वितरण गर्ने निर्णय गरिसकेको छ। जसमा भूकम्पलगत्तै ३ र ५ हजार दिने निर्णय भएको थियो।
प्रतिमृतक किरिया खर्चबापत ४० हजार रुपैयाँ दिन सुरु भइसकेको छ। यससँगै मृतक परिवारलाई १ लाख रुपैयाँ नगद अनुदानको घोषणा पनि सरकारले गरेको छ। घर मर्मत सम्भारका लागि २५ हजार दिने निर्णय पनि भएको छ।
Continue Reading | comments

४० वर्ष झोला बोकेर एक वर्षअघि मात्र एमाले त्यागेका वीरबहादुर लामा

२१ जेठ –  नेकपा एमालेका लागि ४० वर्ष झोला बोकेर एक वर्षअघि मात्र एमाले त्यागेका वीरबहादुर लामाले पार्टी छोड्नु पर्दा अत्यन्त दुःख लागेको बताए । पुराना घरका अभिभावकले आफ्नो कुरा गम्भीरतापूर्वक सुनिदिए आफैँ रगतपसिना सिञ्चेर बनाएको घर फर्कन कुनै गाह्रो नभएको उनी बताउँछन् । चार दशकसम्म रगतपसिना बगाएको पार्टीमा आफू जस्तो ‘सोझो’लाई टिक्नै नदिएकाले बाहिरिएको बताए ।

आफ्नो पूरा जीवन नै बिताएको घरबाट निस्कँदा दुःख लागेको बताउँदै लामाले गृह जिल्ला मकवानपुरमा रहेका पार्टीका विभिन्न नेताका अलगअलग गुटले पनि पार्टी छाड्न बाध्य बनाएको गुनासो गरे । ‘म जिल्लाको पार्टीइन्चार्ज तर मलाई नै जिल्ला कमिटीको बैठकमा प्रवेश नदिने ?उनले थपे, ‘प्रमुख अतिथि आइसकेपछि मात्र सहभागी हुन नसकोस् भन्ने नियतले कार्यक्रममा खबर गर्ने तरिका साथीहरुले अपनाउदै लगे ।’

लामाले भने, ‘कोही केपीका, कोहीझलनाथका त कोही माधवका दास थिए । तिनीहरु सिंगो पार्टीका क्याडर थिएनन्, जसले हामी जस्तो साँचो रुपमा पार्टीको मात्र हित चाहने नेतालाई देखिसहेनन् र जबर्जस्त अन्त धकेलेर भिरबाटै लडाउन खोजे । ’

Continue Reading | comments

KABADDI || Superhit Full Nepali Movie || Dayahang Rai & Nischal Basnet || Full HD



Continue Reading | comments

इन्डियन ब्यापारीले बेलायत र मलेसियन भूकम्पीय राहत दातालाई ठगेको घटना भिडियो हेर्नुहोस



नेपालका भूकम्प पिडीतका लागि टेन्ट किन्न भारत गएका वेलायति र मलेशियन नागरीकलाई भारतिय व्यपारिले हेर्नुहोस् कसरि ठगे।$67 लिएर क्यानभासको टेन्ट भनि थोत्रो पाल्स्टीकको त्रिपाल दिएछन्।Mr. Philip Fluck from UK, Mr. Jordan and Susan from Malaysia were cheated by Indian tent company named Mahavir Tent India Pvt.Ltd. ( Owner - Mohit Jain) by replacing Canvas Tent with cheap quality Plastic tent.
Posted by Outsideनेपाल.com on Tuesday, 2 June 2015
Continue Reading | comments

क्यानाडामा २१ प्रकारका नेपाली कामदार जान सक्ने संकेत देखिएको छ

  नेपालले क्यानडालाई विभिन्न २१ वटा क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति पठाउन सक्ने जानकारी गराएको छ । क्यानडाले कामदार लिने संकेत गरेपछि नेपालले आफ्ना मुलुकमा भएका दक्ष कामदार पठाउने सूची उपलब्ध गराएको हो । क्यानडालाई दिइएको सूचीमा धेरैजसो प्राविधिक क्षेत्रमा काम गर्ने जनशक्ति छन् ।
भूकम्पप्रभावित जनतालाई सहयोग गर्न नेपाल आएकी क्यानडाकी श्रममन्त्री केल्ली लेइचसमक्ष श्रम तथा रोजगार मन्त्रालयले यस्तो सूची उपलब्ध गराएको हो ।

नेपालले क्यानडाको आवश्यकताअनुसार उपलब्ध गराउन सक्ने जनशक्तिमा दन्त चिकित्सक, मेडिकल ल्याब प्राविधिक, शिक्षक, नर्स, कृषि विज्ञ, अनमी, अकाउन्टेन्ट, इन्जिनियर, सूचना प्रविधिसम्बन्धी विज्ञ, प्लम्बर, इलेक्ट्रिसियन,मेकानिक, सुरक्षा गार्ड, कृषि विज्ञ, रसायनशास्त्री, तालिमप्राप्त मजदुर,जीवविज्ञान सम्बन्धी जनशत्तिः छन् । नेपालले आकर्षक पारिश्रमि
क तथा सेवा सुविधा दिएमा प्राविधिक तथा दक्ष जनशक्ति पठाउन सक्ने बताएपछि त्यहाँकी श्रममन्त्री लेइचले नेपालबाट कामदार लैजान विशेष पहल गर्ने आश्वासन दिएकी छन् ।

Continue Reading | comments

Skypeबाट नेपालभित्र नेपाल तेलीकम र Ncell को मोबइल साथै बिदेसमा पनि कल गर्न सकिने

  स्काइपबाट अब नेपाल टेलिकम र एनसेलको मोबाइलमा निःशूल्क फोन गर्न सकिने भएको छ।  
कल गर्दा कुनै पैसा नलाग्ने स्काइपले जनाएको छ ।  
नेपालभरी मात्र होइन तपाईँले स्काइपबाट विदेश फोन गर्दा पैसा समेत लाग्दैन्।

तर, फोन गर्नेको मोबाइलमा भने इन्टरनेट हुनु आवश्यक छ। फोन रिसिभ गर्नेको मोबाइलमा इन्टरनेट नभएपनि हुन्छ। त्यसका लागि तपाईँले स्काइपको फोन डायल गर्ने स्थानमा गएर सिधै कल गर्न सक्नुहुनेछ।

Continue Reading | comments

१२ कक्षाको परीक्षा आज बाट सुरु

Tuesday, June 2, 2015

जेस्ठ २०। भूकम्पका कारण पछि सरेको कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ।

परीक्षा बिहान ७ बजेदेखि सुरु भएको हो। उच्च माध्यामिक शिक्षा परिषद्ले भूकम्पबाट अति प्रभावित बाहेक ६८ जिल्लामा परीक्षा सुरु भएको जनाएको छ। परीक्षामा झण्डै साढे तीन लाख विद्यार्थी सहभागी भएका छन्। परीक्षा जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ। भूकम्प अतिप्रभावित सात जिल्ला गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा भने पछि परीक्षा मिति तोकिने जनाइएको छ।

परीक्षार्थीको स्वास्थ्यमा कुनै समस्या भएमा भक्तपुर, काठमाडौं र ललितपुरका लागि डाक्टर सहितको एम्बुलेन्स सेवा तयारी अवस्थामा राखिएको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले बताए। कक्षा ११ को परीक्षा भने आउँदो असार १ गतेदेखि १२ गतेसम्म हुँदैछ। कक्षाको परीक्षा आ
ज बाट सुरु
Continue Reading | comments

खतरानक भेडा जुदाई sheep fight Video

Continue Reading | comments

सरकारले अस्थायी बास निर्माणका लागि १५ हजार रुपैयाँ एक साताभित्र उपलब्ध गराउदै छ

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले भूकम्पबाट घरबारविहीन बनेका नागरिकलाई अस्थायी बास निर्माणका लागि १५ हजार रुपैयाँ एक साताभित्र उपलब्ध गराइसक्ने बताएका छन्।
नेपाली कांग्रेसले गठन गरेको उपसभापति रामचन्द्र पौडेल नेतृत्वको समन्वय समितिसँग गौतमले अस्थायी घर निर्माणका लागि एक साताभित्र सबै गाउँमा रकम पुग्ने बताएका हुन्।
भेटमा सहभागी कांग्रेस सभासद रामहरि खतिवडाका अनुसार एमाले वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री गौतमले भूकम्पका कारण बस्नै नहुने गरी घर भत्केका सबैलाई तत्काल रकम उपलब्ध गराउन निर्देशन दिइसकेको बताएका थिए।
मन्त्रिपरिषद बैठकले भूकम्पपीडित परिवारलाई तत्काल अस्थायी घर निर्माणका लागि १५ हजार दिने निर्णय गरेको हो। भूकम्पबाट भत्केका घरलाई बस्न हुने र नहुने गरी दुई भागमा वर्गीकरण गरेको जानकारी दिँदै गौतमले बस्न नहुनेले रकम पाउने बताए।
कांग्रेस उपसभापति पौडेलले सरकारले दिने भनिएको रकम अझै गाउँ नगएको भन्दै गृहमन्त्रीको ध्यान खिचेका थिए। उनले राहत वितरणमा एमालेकरण भएको भक्तपुरसहितका जिल्लाबाट गुनासो आएको जनाउँदै पार्टी नभएर प्रभाव र क्षतिका आधारमा राहत बाँड्न पनि आग्रह गरेका थिए।
जवाफमा गृहमन्त्री गौतमले लोकप्रियताका लागि उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरमा जथाभावी राहत वितरण गरेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीलाई रोक्न निर्देशन दिएको स्पष्ट पारेका थिए।
उपप्रधानमन्त्री गौतमले भूकम्पका कारण घर गुमाएका नागरिकमध्ये १ लाखलाई भुटानी शरणार्थी र माओवादी पूर्वलडाकुको शिविरमा पुनःस्थापना गर्ने तयारीमा सरकार जुटेको जानकारी गराएका थिए। भूकम्पपछि बर्खाको समयमा आउन सक्ने बाढीपहिरो लगायतका प्रकोपलाई ध्यानमा राखेर सरकारले पाँच लाख त्रिपाल सञ्चित गरेको सुनाएका थिए। उनले बाढीपहिरोको उच्च जोखिम रहेको सुनाउँदै जोखिममा रहेका नदीकिनाराका बस्तीलाई पनि सुरक्षित स्थानमा सार्ने तयारी पनि भइरहेको बताए।
देशका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका विभिन्न व्यक्तिले नेपालका भूकम्पपीडितलाई सहयोगका लागि रकम संकलन गरेको खबर आइरहेको भन्दै कांग्रेस नेतृत्व टोलीले सबै विवरण सार्वजनीक गर्न आग्रह गरेको छ।

Continue Reading | comments

चर्चित माता सबिता आचार्य संगको कुराकानी भिडिओ सहित हेर्नुहोला


Continue Reading | comments

स्वास्थ्यको लागि पानी दिनमा कति र कुन बेला पिउनु राम्रो मानिन्छ।

 मानिसको लागि पानी शरीरको सबैभन्दा बढि आवश्यक पर्ने तत्व हो । सबै प्रकारका बिरामी हुँदा धेरै पानी सल्लाह–सुझाव चिकित्सकले दिन्छन् । बिहान उठ्ने बित्तिकै पानी पिउनु स्वास्थ्यको लागि निकै राम्रो मानिन्छ । तर, खाना खाँदा खाँदै बीचमा भने पानी नपिउनु एकदम राम्रो मानिन्छ । यस्ता धेरै मान्यता छन् पानीको विषयमा । 
पानी पिउँदा ध्यान दिनुपर्ने ६ कुराको विषयमा चर्चा गरिएको छ ।   खाना खाँदै गर्दा पानी नपिउनुस् खाना खाइरहेको समयमा पानी पिउने बानी छ भने आजैदेखि छोड्नुस् । यसले खान पचाउने ग्यास्ट्रिक जुसलाई हल्का बनाइदिन्छ र पाचन प्रणालीमा समस्या आउँछ । खाना खाएको कम्तिमा १० मिनेटपछि मात्र पानी पिउनुस् । 
  अधिकतम पानी पिउनुस् दैनिक रुपमा प्रर्याप्त पानी पिउनुस् । पानी पिउँदा शरीरका सबै गतिविधि सामान्य रुपले सञ्चालित हुन्छन् । स्वास्थ्य पनि सामान्य रहन्छ ।   जवान हुन्छ त्वचा पानी पिउँदा हाम्रो त्वचा जवान रहन्छ । यसले हाम्रो अनुहारमा समेत चमक ल्याउँछ । यद्यपी त्वचाको चमक खानपान र वंशजका आधारमा पनि निर्धारण हुन्छ ।   बजन घटाउन पानी पानीले मोटोपन पनि कम गर्न सघाउँछ ।
 पानी पिउँदा शरीरमा बोसो, क्यालोरी वा कोलेस्ट्रोल केही पनि थपिँदैन । पानीले प्राकृतिक रुपमा भोक मार्ने काम पनि गर्छ ।   विकारबाट मुक्ति विभिन्न प्रकारका विकार जुन खानाको माध्यमबाट हाम्रो शरीरमा जान्छन् । त्यसलाई सफा गर्न पनि प्रर्याप्त पानी पिउनु जरुरी छ । विभिन्न रसायनिक प्रतिक्रियाबाट पैदा हुने रसायन कम गर्न पानी उत्तम उपाय हो । 

  अन्य काममा पानी पानी त्यसै पनि पिउन सकिन्छ भने अन्य तरिकाले पनि पिउन सकिन्छ । जस्तै ग्रीन टी, सुप, नारियल पानी या शर्बत । कोक फेन्टा होइन पानी पिउनुस् । पानीले शरीरमा भएको अधिक नूनलाई पनि पिसावको माध्यमबाट बाहिर निकाल्छ ।

Continue Reading | comments

सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटना

सिन्धुपाल्चोक ,जेष्ठ १९ । सिन्धुपाल्चोक को बलेफीनजिक यमुनाडाँडा गाउँ विकास समिति वडा नम्बर–८ को शिलापर्वत जंगलमा उद्धारका लागि गएको माउन्टेन एअरको ‘९ एन एजेपी’ हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।उद्धार र राहतका लागि गएर काठमाडौं आउँदै गर्दा दिउँसो २बजेर ३७ मिनेटपछि हेलिकप्टरको विमानस्थलसँग सम्बन्ध टुटेको बताइएको छ । दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा क्याप्टेन सुवेक श्रेष्ठ र १ जना विदेशी नागरिक रहेका छन् भने अन्य दुईको पहिचान हुन सकेको छैन । मृतकको शव काठमाडौं लगिएको छ  स्थानीयबासीले आगो बल्दै हेलिकोप्टर झरेको देखेको बताएका छन् ।

Continue Reading | comments

लामखुट्टे भगाउन निम्न तरिका अपनाउनु होला

–    निम र नरिवलको तेल मिसाएर शरीरमा दल्नुपर्छ, यसको गन्धले लामखुट्टे भाग्छ।
–    नीलगिरि र कागतीको तेल मिसाएर शरीरमा लगाउँदा पनि लामखुट्टेको टोकाइबाट जोगिन सकिन्छ।
–    कोठाको झ्याल-ढोका बन्द गरेर कपुर जलाउनुपर्छ। २० मिनेटपछि सबै लामखुट्टे हराउँछन्।
–    तुलसीको पात झ्यालमा राख्दा पनि लामखुट्टेबाट छुट्कारा पाइन्छ।
–    थोरै लसुन कुच्याएर पानीमा उमाली स्प्रे बोतलमा राखेर कोठामा स्प्रे गर्नुपर्छ। यसले लामखुट्टेको आतंक बन्द हुन्छ।
–    पुदिनाको पातलाई झ्यालमा राख्दा वा शरीरमा दल्दा पनि लामखुट्टेले दुःख दिँदैन।


Continue Reading | comments

हस्येकलाकर सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमेरे (सुन्तली) भुकम्प सम्बन्धि कुराकानी






Continue Reading | comments

सरकारले भूकम्पको बेला हराएको कागजातहरु जस्ताको तेस्तै दिने भएको छ

Sunday, May 31, 2015

 जेठ १६ – भूकम्पका कारण तपाईंका महत्वपूर्ण कागजात हराएको छ ? यदि छ भने चिन्ता नलिनुहोस् । सरकारले हराएका विभिन्न किसिमका कागजात जस्ताको त्यस्तै  दिने भएको छ । घर भत्किँदा नागरिकता, पासपोर्ट, शैक्षिक प्रमाणपत्र, जग्गा धनीपूर्जा लगायतका कागजात हराएमा सरकारले सम्बन्धित कार्यालयबाट दिने तयारी गरेको छ ।
गृह मन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगालका अनुसार कागजपत्र हराएका व्यक्तिले सम्बन्धित कार्यालयमा निवेदन दिएपछि कार्यालयले आफ्नो रेकर्डका आधारमा कागजपत्र दिनेछ । यदि कार्यालयको रेकर्डमा पनि नभेटिए अरु उपायबाट भने पनि पीडितलाई प्रमाणपत्र दिइने भएकाले नआत्तिन सरकारले आग्रह गरेको छ ।
भूकम्प, बाढी पहिरो, आगलागी जस्ता प्रकोप आउँदा पहिले आफ्नो ज्यानको सुरक्षा गर्नुपर्छ । धनसम्पत्ति र महत्वपूर्ण कागजात जोगाउने ध्यान पुग्दैन । दराजको कुन कुनामा थन्क्याएर राखिएका यस्ता कागजात सितिमिति भेट्न पनि मुस्किल पर्छ । आपद परेर भाग्ने बेलामा केही गरी सम्झियो भने पनि निकाल्न निकै कठिन हुन्छ ।
गएको वैशाख १२, १३ र २९ गते गएका भूकम्पका कारण विशेष गरी १४ जिल्लाका अधिकांश घर भत्किएका छन् । घर भत्किँदा कुन किसिमका कति कागजपत्र नष्ट भयो भन्ने यकिन विवरण सरकारसँग नभए पनि पीडितको मागका आधारमा कागजात दिने बताउनुहुन्छ, महाशाखा प्रमुख रामेश्वर दंगाल ।

नागरिकता

प्रशासनिक कामका लागि नागरिकता पहिलो शर्त हो । नेपालको संविधान अनुसार १६ वर्ष पूरा गरेको व्यक्तिले सजिलै नागरिकता पाउँछ । नागरिकता गृह मन्त्रालय अन्तरगतको जिल्ला प्रशासन कार्यालयले वितरण गर्छ । यसपटको भूकम्पमा अरु कागजातको तुलनामा नागरिकता नै धेरै हराएका छन् ।
नागरिकता हराउने व्यक्तिले भएसम्म पुरानोको फोटोकपी सहित गाविस वा वडा सचिवको सिफारिस सहित जिल्ला प्रशासनमा निवेदन दिनु पर्छ । प्रशासनले आफ्नो रेकर्डका आधारमा प्रतिलिपि नागरिकता प्रदान गर्छ ।

शैक्षिक प्रमाणपत्र

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारे भूकम्पका कारण एसएलसीको पत्रमाणपत्र हराएको भए एकदिनमै पाउने बताउनुहुन्छ । त्यसका लागि विद्यार्थीले क्षेत्रीय शिक्षा निर्देशनालयमा तोकिएको दस्तुरसँगै निवेदन दिनुपर्ने हुन्छ । निवेदनमा विद्यार्थीले आफ्नो सिम्बोल नम्बर र विद्यालयको नाम अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
हराएको एसएलसीको प्रमाणपत्र परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट पनि लिन सकिन्छ । तर त्यहाँबाट लिँदा दोब्बर दस्तुर तिर्नुपर्ने हुन्छ । विद्यार्थीले आफ्नो सिम्बोल नम्बर पत्ता लगाउन नसके विद्यालयको कोड नम्बर, नाम उल्लेख गरेर निवेदन दिए त्यसका आधारमा पनि खोज्न सकिने परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारे बताउनुहुन्छ । प्लस टु को प्रमाणपत्र लिन पनि एसएलसीको जस्तै गरी परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा निवेदन दिनुपर्छ ।
त्रिभुवन विश्वविद्यालयमा भने हराएको शैक्षिक प्रमाणपत्र पाउनका लागि भूकम्पबाट हराएको भन्ने प्रहरी रिपोर्ट बनाउनु पर्नेछ । त्रिविका परीक्षा नियन्त्रक केशवप्रसाद बास्तोलाका अनुसार प्रहरी रिपोर्टका साथ निवेदन दिएमा विद्यार्थीले प्रमाणपत्र पाउनेछन् । तर ‘ओरिजिनल’ प्रमाणपत्रका लागि भने पत्रिकामा समेत सार्वजनिक सूचना निकाल्नु पर्ने उहाँको भनाई छ ।

पासपोर्ट

विदेश जानका लागि पासपोर्ट नभई नहुने कागजात हो । जिल्ला प्रशासनको सहयोगमा परराष्ट्र मन्त्रालयले पासपोर्ट दिने गर्छ । भूकम्पका कारण हराएका व्यक्तिले पासपोर्ट लिनका लागि नयाँ लिए जस्तै गरी फर्म र दस्तुर बुझाउनु पर्छ ।
तर त्यसका लागि पत्रिकामा ३५ दिन अगाडि नै सार्वजनिक सूचना अनिवार्य रुपमा निकाल्नु पर्ने बताउनुहुन्छ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल । निवेदनका आधारमा परराष्ट्र मन्त्रालयले सामान्य अवस्थामा जस्तै नयाँ नम्बरसहितको पासपोर्ट उपलब्ध गराउँछ ।

जग्गा धनी पूर्जा

भूकम्पका करण घरमा राखिएको जग्गा धनी प्रमाणपत्र हराउन आम नागरिकका लागि अर्को चिन्ताको विषय हो । यस्ता व्यक्तिले आफ्नो गाविस वा नगरपालिकाबाट घर भत्केको सिफारिस लिनुपर्छ । भक्तपुर मालपोतका प्रमुख मुक्तिप्रसाद आचार्यका अनुसार  सिफारिससहित नागरिकता, दुईप्रति फोटोका साथ निवेदन दिएमा सजिलै लालपूर्जा पाउन सकिन्छ ।
। 
Continue Reading | comments

लमजुङलाई केन्द्रबिन्दु बनाएर ४.२ रेकटलर इस्केलको भुकम्प

जेष्ठ १७आज दिउँसो १ बजेर ५४ मिनेटमा लम्जुङ केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन आएको छ ।गत वैशाख १२ गतेको भूकम्प पछि पराकम्पन आउनेक्रम अझै रोकिएको छैन । शनिबार राति १० बजेर १३ मिनेटमा नुवाकोट केन्द्रविन्दु भएर आएको ४ दशमलव ५ रेक्टर स्केलको पराकम्पनको
धक्का काठमाडौमा पनि महसुस भएको थियो ।
पराकम्पनको धक्काले निकै हल्लाएपछि स्थानीयहरु राति बाहिर निस्केका थिए । भूकम्पविदहरुले पराकम्पन आउने क्रम केही समय रहने भन्दै मानव निर्मित संरचनाबाट जोगिन सुझाएका छन् । 
Continue Reading | comments

Racing

SOUQ.com

watch and calendar

Template Updates

Picture

Powered by Blogger.

Slider

Sample Text

Text Widget

Archive

Blog Archive

Contact Us

Name

Email *

Message *

Páginas

Popular Posts

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger