Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.

पहिरोले कालिगण्डकी नदी पुरै थुनियो, २६ घर पुरिए

Saturday, May 23, 2015



म्याग्दी, १० जेष्ठ - म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले कालिगण्डकी नदी मध्यरातीदेखि थुनिएको छ।

राम्चे-९ काफलडाँडाँ नजिकैको चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती-२ स्थित बैंसेरीमा कालिगण्डकी नदी थुनिएको हो। राती एक बजे ठुलो चट्टानी पहाड खसेर कालिगण्डकी पूर्णरुपमा थुनिएको प्रहरी नायब उपरीक्षक हिरा गिरीले जानकारी दिए। रातको समयमा निरन्तर पहिरो खसिरहेको थियो। बैसरी र फेदीका २६ घर पुरै पुरिएका छन्।

त्यहाँका सर्वसाधारण यसअघि नै सुरक्षित स्थानमा गएकाले कुनै मावनीय क्षति भएको छैन। ‘कालीगण्डकी नदी ९० प्रतिशत थुनिएको छ, सुरक्षित स्थानमा रहन हामीले सबैलाई आग्रह गरेका छौँ, प्रनाउ गिरिले भने।

मध्यरातीदेखि कालिगण्डकी थुनिएपछि बाँध फुटेर बाढी आउन सक्ने खतरा बढेपछि बेनीबजार, गलेश्वरबजार, पर्वतको बगरफाँट, पर्वत बेनी लगायतका स्थानमा सर्वसाधारणले रातिदेखि नै बजार छाडेका छन्। प्रहरीले माइकिङ गर्दै बजार छाडेर उपल्लो भेगमा गएर बस्न बेनीबजारमा आह्वान गर्दै सर्वसाधारणलाई सचेत गराएको छ। अहिले बेनीबजारका सर्वसाधारण बस्ती छाडेर अर्थुङ्गे आसपासको क्षेत्रमा पुगेर बसेका छन्।

कालिगण्डकी थुनिएपछि बैसरी माथिका बेगखोला, तिप्ल्याङ, महभीर, भिरकाटे, पोखरेबगर, भुरुङतातोपानी, दाना लगायतका स्थानमा डुवानको खतरा रहको छ। घुमाउनेताल, गलेश्वर, बेनी लगायत पर्वत, बाग्लुङ र स्याङ्जाको कालिगण्डकी टटिय क्षेत्रका बस्तीमा जोखीम बढेको छ।

शुक्रबार राती पहिरो खसेपछि भगवती–२ बैंसेरी र राम्चे ९ फेदीका बस्तीलाई सुरक्षित स्थानमा सारिएको थियो। बस्ती सारेको कारण भिषण पहिरो खसेको स्थानमा मानविय क्षति हुन नपाएको स्थानिय राम केसीले जानकारी दिए।

राती ठुलो आवाज आउने गरी पहिरो खसेर कालिगण्डकी नदी थुनिएपछि त्यसवरपरका सर्वसाधारणमा भागदौड मच्छिएको केसीले जानकारी दिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक विमल उपाध्यायको नेतृत्वमा प्रहरी र नेपाली सेनाको टोली पुगिसकेको छ।

<a

Continue Reading | comments

nuwakot relief package jay tamang

The remote villages of the Nuwakot such as Salme, Bhalche, Kahule, Tikure consisting Tamang community people living mostly in those villages in which the government side the relief were taken but the relief materials were given to them in very less quantity as complaint by the local people of that place. The Tamang families which consists of more than 6 members to which the government only provided from 2 kg to 10 kg of rice per family. After the relief became less to them they are involved in collecting the relief locally. When the food materials became lacked in Nuwakot, Jay Tamang residing currently in America with permanent house in Nuwakot arrived in that place with relief materials to distribute among the victims by collecting with the friends and other people in America. Around 1000 families houses are there in Bhalche village of Nuwakot to whom through the name of his associ
Continue Reading | comments

काठमाडौंमा हावाहुरी सँगै वर्षा

                             हुरीका कारण पशुपति क्षेत्रमा लडेको रुखले किचिएको ट्याक्सी । 
काठमाडौ, जेष्ठ ९ – काठमाडौंमा साँझ ५ बजेदेखि ठूलो हावाहुरीसँगै पानी परेको छ । हावाहुरीले यहाँको जनजीवन प्रभावित बनाएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं आसपासमा हावाहुरीसँगै वर्षा भएको जनाएको छ । महाशाखाका अनुुसार मौसममा भएको क्षणिक बद्ली केही घण्टामा सामान्य अवस्थामा फर्किने छ ।
मौसमविद् शान्ति कँडेलले केही घण्टा अगाडि धादिङको आकाशमा बनेको बादल हावाहुरीसँगै उपत्यका छिरेको बताइन् । ‘मौसममा आएको सामान्य बद्ली हो,’ उनले भनिन्–‘स्थानीय वायुको प्रभावले आएको बद्ली २/३ घण्टामा हट्ने छ । उनले पूर्वदेखि पश्चिम पहाडी क्षेत्रमा मौसममा आशिंक बदली देखिएको बताइन् ।

ठूलो हावाहुरीले भूकम्पपीडितलाई बढी प्रभावित बनाएको छ । उनीहरुले आश्रय लिएर बसेको टुँडिखेल लगायत क्षेत्रको पाल र टेन्ट उडाएको छ ।
watch video
Continue Reading | comments

धादिङ र नुवाकोटको सीमालाई केन्द्र बिन्दु बनाएर परकम्पन

Friday, May 22, 2015

गत वैशाख १२ गते गएको भूकम्प पछि आउने परकम्पन अझै रोकिएको छैन। यद्यपी परकम्पन आउनेक्रम विस्तारै पातलिदै गएको छ।


शुक्रबार दिउँसो २ बजेर ४५ मिनेटमा धादिङ र नुवाकोटको सीमालाई केन्द्र बिन्दु बनाएर ४.२ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि हिजो तीन पटक परकम्प गएको थियो।
यसैबीच सरकारले यसअघि नै नचर्किएका घरमा बस्न आग्रह गर्दै सामान्य जनजीवनमा फर्किन आग्रह गरिसकेको छ। भूकम्प मापन केन्द्रले पनि परकम्पनको क्रम बिस्तारै पातलिँदै गएको भन्दै कसैको भ्रामक हल्लाका पछि नलाग्न आग्रह गरेको छ।
वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण अहिलेसम्म ८,६२४ जनाले ज्यान गुमाइसकेका छन् भने २१,७७७  घाइते भएका छन्।
Continue Reading | comments

क्षतिग्रस्त संरचनाको पुननिर्माणमा जापानले सहयोग गर्ने

काठमाडौं, जेठ ८ – जापानले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
जापानी राजदूत मासाही ओगावाले शुक्रबार सभामुख सुवासचन्द्र नेम्वाङलाई भेटी क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणका लागि जापानले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
जापानी राजदूत ओगावाले सरकारको पुननिर्माण कोषमा गर्ने सहयोग रकमका बारेमा भने केही उल्लेख गर्नुभएन । भूकम्पका कारण ५ लाख निजी घर र ९ सय ७८ वटा सरकारी भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
जापानी राजदूत ओगावाले भूकम्पपछिको पुननिर्माणमा जापानसँग राम्रो अनुभव रहेको भन्दै नेपालमा क्षतिग्रस्त संरचनाको पुननिर्माणमा पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको सभामुख नेम्वाङले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
सरकारले क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि दई खर्ब रुपैयाँको कोष स्थापना गरेकामा कोषमा अहिलेसम्म कुनै दातृ निकायले पनि सहयोग गरेका छैनन् । सरकारले कोषमा दातृ निकायबाट १ खर्ब ८० अर्ब रुपैयाँ सहयोगको अपेक्षा गरेको छ ।
Continue Reading | comments

amazing so many fish never seen before.

Thursday, May 21, 2015




HOLY CARP! I've never seen so many at one time..
Posted by Mojo TV on Saturday, 14 March 2015
Continue Reading | comments

बिदुर नगरपालिका ८ रैसिंग बजारमा यसरि जिउदो घाइते भेटे।




उद्दार गर्ने क्रममा बिदुर नगरपालिका ८ रैसिंग बजारमा यसरि जिउदो घाइते भेटे पछि हेर्नुहोस् ।
Posted by Outsideनेपाल.com on Thursday, 21 May 2015
Continue Reading | comments

Exclusive Singati Reporting (Programme)

Continue Reading | comments

राष्ट्र बैंकले २%मा आवासीय कर्जा ऋण ।

काठमाडौं, जेष्ठ ७ । नेपाल राष्ट्र बैंकले गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण आवासीय घर क्षतिग्रस्त भएका भूकम्प प्रभावित घर–परिवारलार्ई घर पुनःर्निमाणका लागि प्रवाह गरिने पुर्नकर्जासम्बन्धी कार्यविधि लागू गरेको छ ।

आवासीय कर्जामा नेपाल राष्ट्र बैंकले उपलव्ध गराउने पुर्नकर्जा प्रयोजनका लागि कार्यविधि लागू गरिएको हो । पुर्नकर्जाकोअधिकतम् सीमा काठमाडौैं  उपत्यकामाप्रति घरपरिवार २५ लाख र उपत्यकाबाहेकका प्रभावित जिल्लामा १५ लाखसम्मको ऋण सुविधाको आवासीय घर पुनःर्निर्माण प्रयोजनका लागि मात्र हुने केन्द्रीय बैंकले जनाएको छ ।

यो सुविधा ऋणी तथा निजको परिवारका सदस्यहरुसँग बस्न योग्य आवासीय घर नभएको अवस्थामा मात्र उपलव्ध गराइने छ । बैंक तथा  वित्तीय संस्थाले आवासीय घर पुनःर्निर्माण प्रयोजनका लागि प्रदान गर्ने  ऋणमा अधिकतम् २ प्रतिशत सम्म मात्र ब्याजदर लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

सो प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले शून्य व्याजदरमा पुर्नकर्जा सुविधा उपलव्ध गराउने छ । बैंक वा वित्तीय संस्थाले कर्जामा ब्याजदर परिवर्तन गर्न पाउने छैनन् ।

यस्तो कर्जामा व्याज बाहेक अन्य कुनै पनि प्रकारको शुल्क लिन नपाइने राष्ट्र बैंकले जनाएको छ । यस्तो कर्जाको अवधि न्यूनतम ५ वर्ष र अधिकतम् १० बर्षसम्मको हुनेछ
। 
Continue Reading | comments

Nepal earthquake 2015 nuwakot

Continue Reading | comments

Kathmandu 22 dhara dying fish.

Wednesday, May 20, 2015


Continue Reading | comments

दोलखाको उत्तरी क्षेत्रमा भुकम्पपछि राती ७ बजेसम्म बचाउ बचाउ भन्ने आवाज आएको थियो हामी जान सकेनौ खोला ठुलो थियो,स्थानीय भन्छन सिंगटीदेखि झोरुङ सम्म सयौँ मानिस पुरिएको छन् तर उद्दार गर्न कोहि आएका छैनन्



दोलखाको उत्तरी क्षेत्रमा भुकम्पपछि राती ७ बजेसम्म बचाउ बचाउ भन्ने आवाज आएको थियो हामी जान सकेनौ खोला ठुलो थियो,स्थानीय भन्छन सिंगटीदेखि झोरुङ सम्म सयौँ मानिस पुरिएको छन् तर उद्दार गर्न कोहि आएका छैनन्।
Posted by Outsideनेपाल.com on Wednesday, 20 May 2015
Continue Reading | comments

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स

-डा. भारत रावत

मुटुको रोग लागेको हो होइन भन्ने पत्ता लगाउन विभिन्न प्रकारका जटिल जाँच गराउनुपर्छ भनेर बिरामीलाई निक्कै चिन्तित बनाएको हुन्छ । आत्तिनु पर्दैन, यो रोगको सजिलोसंग निदान गर्ने तरिका पनि छन् । एउटा नाप्ने फित्ता महत्वपूर्ण साधन हुन सक्छ । अमेरिकी मुटु संघको बैठकमा हालै प्रस्तुत भएको एक प्रतिवेदनमा ठुलो कम्मर  हुनु हृदयाघातको वा मुटुको रोगलाई छिटो निम्त्याउनु हो भनी जोड दिइएको छ ।
मुटु रोग विशेषज्ञहरु धेरै देशमा मृत्युको अग्रणी कारण बनेको मुटुको रोग लाग्ने सम्भावना बुझ्नका लागि कोलेस्टेरोलको स्तर, रक्तचाप, मोटोपन, अरु जाँचहरु नियमित रुपमा गराइरहन्छन् । मुटुको रोगबाट मृत्यु हुनाको प्रमुख कारण धूमपान र उच्च रक्तचाप हो भने त्यसपछि मोटोपन पनि हो । शरीरमा जम्मा भएको बोसो र हृदय रोग लाग्ने एउटा महत्वपूर्ण संकेत हो भनी तथ्यांकहरुले देखाएका छन् । बोसो बीचमा रहेको  स्याउको आकारको पेट पिँधमा फैलिएको आरुको आकारको पेटभन्दा खतरनाक हुनछ ।
फ्रान्समा सन् १९६७ देखि १९८४ सम्म हृदयाघात वा मुटुसंबन्धी रोगबाट मृत्यु हुने सात हजार प्रहरीमा यो रोगको अध्ययन गरिएको थियो । उक्त अध्ययनमा कम्मरको गोलाई र शरीरको उचाइको अनुपातमा तौल कति रहेछ भन्ने पनि अभिलेख गरिएको थियो । शरीरको उचाईको अनुपातमा तौलको सूची (बिएमआई) कुनै व्यक्ति धेरै मोटो वा असाध्यै मोटो छ कि छैन भनी जान्न प्रयोग रिने सूची हो । यसअध्ययनले पेटको घनत्व बढी भएकालाई मुटुसंबन्धी रोग लागेको र चाँडो मृत्यु भएको तथ्य देखाएको थियो । यसबाट के प्रष्ट हुन्छ भने बढी तौल भएपनि कम्मरको गोलाई कम भएका मानिसलाई अकस्मात मृत्यु हुने डर कम हुन्छ । पुरुषका लागि ३७ इन्च गोलाई अन्तिम सीमा हो भने महिलाका ३३ इन्च हो । यसभन्दा बढी भए हृदयाघात हुने जोखिम बढ्छ ।
४५ वर्ष र सोभन्दा माथिका अमेरिकन वयस्क मानिसमा उनीहरुको कम्मर तथा गर्धनको गोलाई, तौलको मापन र पाखुरा तथा तिघ्राको छालाको बाक्लोपनबारे एक अनौठो खालको अध्ययन गरिएको थियो । यस अध्ययनले पनि जसको शरीरको बीचमा बोसो जमेको हुन्छ उसलाई विशेष प्रकारको मुटुको रोगबढी लाग्ने कुरा पक्का हो भने देखायो । यो रोगलाइ चिकित्साशस्त्रमा  ‘लेफ्ट भेन्ट्रिकुलर डायस्टोलिक डिस्फङसन’ भनिन्छ । यो मुटु ठीक तरिकाले र राम्रोसंग चलेको छ/छैन भनी मापन गर्ने विधि हो ।
पाँच वर्षको अन्तरालमा मृत्यु भएका मान्छेका शवको शारीरिक बनोटको विश्लेषण गर्दा यस अध्ययनले कमजोर डायस्टोलिक फङसन र ठुलो कम्मर भएकालाई मृत्युको खतरा बढी हुन्छ भन्ने पत्ता लगाएको थियो र तौल, उचाई र शरीरको पिण्डको सूची लिनुको साटो अब कम्मर र गर्धनको गोलाईको नाप लिनु बेस हुन्छ भन्ने निचोड निकालेको थियो । केही वर्षपहिले तेस्रो अध्ययन पूरा भएको थियो । यसलाई ‘इन्टर हार्ट स्टडी’ नाम दिइएको थियो । यस अध्ययनलाई हृदयाघात हुने जोखिमका कारण के के हुन् भन्ने पत्ता लगाउन अहिलेसम्म भएको सबैभन्दा ठुलो अनुसन्धनात्मक योजनाका रुपमा लिइएको छ । यो अध्ययन नेपाललगायत ५२ मुलुकमा गरिएको थियो । नेपालमा यसलाई चाहिने तथ्यांक त्रिवि शिक्षण अस्पताल र नर्भिक अस्पतालबाट लिइएको थियो । यस क्रममा शरीरको समग्र तौल अथवा बिएमआई को जाँच गर्नुभन्दा कम्मर र नितम्बको अनुपात लिनु जरुरी छ भन्ने स्पष्ट भएको थियो ।
कम्मर  र नितम्बको अनुपात कसरी नाप्ने ?
कम्मरको नाप लिँदा नाइटोदेखि गोलाई नाप्नुपर्छ ।
नितम्बको नाप लिँदा आफ्नो नितम्बको सबैभन्दा बढी फैलिएको भाग नाप्नुपर्छ ।
अनुपात कति हुनुपर्छ त ? पुरुषको ०.९ भन्दा कम र महिलाको ०.८ भन्दा कम ।
यदि यो अनुपात बढी छ भने आफ्नो तौल नियन्त्रण गर्न सुरु गरिहाल्नुपर्छ ।
तौलको व्यवस्थापन


स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई (सेन्टिमिटर) मा १०० घटाउने । त्यसपछि आउने प्रतिफल नै आफ्नो वाञ्छित तौल हुन्छ । यो भनेको यदि आफ्नो उचाई १७० सेन्टिमिटर छ भने त्यसमा १०० घटाइदिनुहोस्, बाँकी ७० केजी तपाईंको हुनुपर्ने तौल हो । उदाहरणका लागि यदि कसैको उचाई १६७ सेमि छ र उसको तौल ८८ केजी छ भने उसको हुनुपर्ने तौल बढीमा ६७ केजीमात्र हो । यसको मतलब उसको २१ केजी तौल बढी छ र उसले त्यो २१ केजी बढी तौल घटाउने लक्ष्य लिइहाल्नुपर्छ । तौल व्यवस्थापन भनेको खाने र अरु बानीको व्यवस्थापन हो, जसले तौल घटाएर केही रोग लाग्ने जोखिम घटाउँछ । साधारणतयाः मुटुका मांसपेशी र यसको कार्यक्षमता ३० वर्षको उमेरपछि कम हँुदैं जान्छ । यस्तो घट्ने क्रम कम  गर्नका लागि शारीरिक गतिविधि बढाउँदैं लैजानुपर्छ । हामीलाई के कुरा थाहा छैन भने उमेर बढ्दै गएपछि हामी कति निष्क्रिय हुन्छौं । उमेर, सम्पत्ति र पेशागत कुरा बढ्दै गएपछि शारीरिक रुपमा हामी कार्यालय तथा घरको दैनिक क्रियाकलापमा निष्क्रिय हुँदैं जान्छौं । त्यसैले हामीले क्यालोरी नष्ट गर्न उपयुक्त कोशिस गर्नुपर्छ । यसका लागि हाम्रो दैनिक जीवन व्यायामसहितको क्रियाशिल हुनुपर्छ । नियमित व्यायामले रगतको कोलेस्टेरोल, ट्राइग्लिसराइड्स, मधुमेह तथा रोगका अन्य कारण तत्वहरु घटाउँछ ।
प्रत्येक दिन शारीरिक तवरमा सक्रिय वा क्रियाशिल रहने लक्ष्य राख्नुहोस् । तौल बढी वा ज्यादै मोटोपन भए पनि तपाईं स्वस्थ रहनसक्नुहुन्छ । २५ हजारभन्दा बढी स्वयम्सेवक र अनुसन्धानकर्ताले एउटा अध्ययनबाट के पत्ता लगाए भने शारीरिक तौलभन्दा तन्दुरुस्ती मृत्युको सशक्त भविष्यवाणीकर्ता हो । बढी तौल भएको तर शारीरिक रुपमा ठीक नभएको मानिसभन्दा बढी तौल भएपनि शारीरिक रुपमा तन्दुरुस्त मानिसमा मृत्युको खतरा कम हुन्छ । युवाहरुले प्रत्येकदिनजस्तो  ४० देखि ५० मिनेट व्यायाम गर्नुपर्छ । नियमित खाना खानु स्वास्थ्यवद्र्धक खानाको महत्वपूर्ण भाग हो । दिनभरिमा कम्तीमा ५ पटक थोरै थोरै खाना खानुपर्छ र खान कहिल्यै पनि छाड्नुहुँदैंन । खाना छाड्नेले त्यसपछिको खाना खाँदा धेरै खाने सम्भावना बढी हुन्छ । जहिले जहाँ पायो त्यहाँ खाएको भन्दा योजनाबद्ध तरिकाले समय समयमा खाएको खाना बढी सन्तुलित हुन्छ ।
(डा. रावत नर्भिक अस्पतालमा कार्यरत छन् । उनले कार्डियोलोजीमा डिएम गरेका छन् ।
Continue Reading | comments

Tuesday, May 19, 2015


Continue Reading | comments

Jerryy

Continue Reading | comments

Nepali Full Movie "Mission Love in Sikkim"

Continue Reading | comments

काठमाडौंले सानो भूकम्प थेग्यो, तर… विज्ञ भन्छन्- हामी भाग्यमानी रहेछौं-

५ जेठ, काठमाडौं । उपत्यकामा ठूलो भूकम्प गयो भने लाखभन्दा बढी मानिसले ज्यान गुमाउन सक्छन् र हजारौं घरहरु भत्किन्छन् भन्ने विज्ञको दाबी थियो । तर, त्यो दाबी यसपालिको भूइँचालोमा काठमाडौंको हकमा पुष्टि भएन ।

भूकम्पीय जोखिमका हिसाबले काठमाडौं शहर विश्वमा अगाडि छ । यहाँका भौतिक संरचनाहरु भूकम्प प्रतिरोधात्मक छैनन् । हाम्रो सौभाग्य, वैशाख १२ मा ७.८ रेक्टर स्केलको भूकम्प जाँदा जति क्षतिको आँकलन गरिएको थियो, त्यति भएन ।

Earth Quake effect map

यद्यपि वैशाख १२ र २९ गतेको भूकम्पले काठमाडौंमा मात्रै १२ सय बढीको मृत्यु भएको छ । झण्डै ३७ हजार घर ध्वस्त भए भने ५० हजार बढी घरमा क्षति भएको छ । भक्तपुर र ललितपुरलाई जोड्दा झण्डै १७ सय बढीको मृत्यु भएको छ भने ७२ हजार घर ध्वस्त भएका छन् । झण्डै ६५ हजार घरमा आंशिक क्षति पुगेको सरकारी तथ्यांक छ । यो पनि कम क्षति होइन ।

तर, धेरै जोखिमयुक्त भनिएको असन, इन्द्रचोकका घरहरु सुरक्षित देखिएका छन् ।  उसोभए के यो भूकम्प सानो थियो त ? वा विज्ञहरुले गरेको आंकलन गलत थियो ?

विज्ञ भन्छन्- सोचेको भन्दा सानो आयो

इन्जिनियर जितेन्द्र बोथरा भन्छन्- ‘सबैले ठूलो थियो भन्छन् तर, हामीले हेर्दा सानो थियो । हामीले सोचेको भन्दा एकदम सानो । यो भूकम्प ठूलो, नजिक र लामो भएको भए परिदृश्य अर्कै हुने थियो, यो कुरामा हामी भाग्यमानी हौं ।’

Ramesh-Guragainभूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) उप कार्यकारी निर्देशक रमेश गुरागाईं पनि यो भूकम्प विज्ञहरुले अनुमान गरेभन्दा सानो भएको बताए ।

गुरागाईंले भने- ‘जत्रो भइँचालोलाई लक्षित गरेर हामीले प्लानिङमा, डिजाइनिङमा प्रयोग गरेका छौं, त्योभन्दा यो भूइँचालोको गति धेरै सानो थियो, त्यसको एक तिहाइ मात्रै थियो अहिलेको भुइँचालोको सिक्वेन्स ।’

गुरागार्इं अनुसार बैशाख १२ को भूकम्पको ‘एक्सलरेसन प्वाइन्ट’ १८ अथवा २ देखिन्छ । एनसेटको कोर्डले हेरेको भने प्वाइन्ट १८ जी, प्वाइन्ट ४२ जी वा त्यस्तैखालको थियो । उनी भन्छन्- ‘१९९० को भन्दा यो भूकम्प धेरै सानो हो । अहिले धेरैजसो एरियामा ७ र ८ इन्टेनसिटी मापन गरिएको छ । १९९० मा ९ र १० छ ।’

मानिसहरुले ७.८ रेक्टर स्केल भन्नासाथ ठूलो भूकम्प भन्ने गरेका छन् । तर, म्याग्नेच्युड अथवा रेक्टर स्केल र इन्टेनसिटीमा फरक छ ।

विज्ञका अनुसार बत्तीको १०० वाट भनेको म्याग्नेच्युड भनेजस्तै हो भने उज्यालो इन्टेनसिटी हो । उज्यालोपना फरक फरक ठाउँमा फरक फरक हुन्छ । ‘सबैभन्दा मुख्य कुरा त्यसको दुरीमा भरपर्छ । योसँगै यसको जिओटेक्निकल अवस्थामा पनि भरपर्छ’ गुरागाईंले भने ।

विज्ञहरुले अहिलेसम्म गरेको अध्ययन र अनुमान ९ वा १० लाई नै मानेर गरेका थिए । कामाडौंमा सबैतिर कम्तिमा ९ मानेर गरेको हो । तर, अहिले ७ मात्र भएकाले साह्रै कमजोर घरहरु नै भत्किएका हुन् विज्ञको तर्क छ ।

‘अहिले जति घरहरु भत्किए ती साह्रै कमजोर वा बनाउँदा धेरै कमजोरी भएका घरहरु नै भत्किएका छन्’ उनले भने-‘यत्रो भुईँचालोमा पनि यति क्षति हुन्छ भने ठूलोमा के होला भनेर हेर्नुपर्ने हुन्छ ।’

भूकम्प थेग्ने घर सुरक्षित रहेनन्

इन्जिनियर विन्दु श्रेष्ठका अनुसार असनजस्तो क्षेत्रमा जति क्षति होला भन्ने अनुमान गरिएको थियो, त्यस्तो भएन । असन क्षेत्रमा भत्किएका घरहरु निर्माण अवधिका हिसाबले हेर्दा ९० सालको भूकम्पमा पनि नभत्किएका घरहरु अहिले भत्किएका छन् ।

तर, श्रेष्ठका अनुसार असनले यो भूकम्प थेग्यो र अब ती घरहरु सुरक्षित छन् भन्ने होइन । ‘७.८ रेक्टर स्केल थेगेका छन् तर, पराकम्पनका कारण घरका भुँडी निस्किएका छन्, जसलाई टेका लगाएर राखिएको छ’ उनले भनिन् ।

धरापजस्तै भएर बसेका घरहरु केही मर्मत गरेर बस्न सकिने छन् भने केही भत्काउनैपर्ने अवस्थाका छन् । अब वर्षाको समयमा वा जुनसुकै समयमा पनि भत्किन सक्छ । उनले भनिन्-यदि यसलाई तत्काल व्यवस्थापन नगर्ने हो भने भूकम्पबाट त बचियो, त्यसका कारण कति मानिसले ज्यान गुमाउनु पर्ने हुनसक्छ ।’

श्रेष्ठका अनुसार बाटो सुरक्षित नभएका कारणले आफ्नो घर सुरिक्षत हुँदाहुँदै पनि मानिसहरु बाहिरै बस्नुपरेको छ ।
प्राविधिकहरुका अनुसार आरसीसी स्ट्रक्चरको ५० वर्ष भएपछि भत्काउने वा पुनर्निर्माण गर्नुपर्ने हुन्छ । अन्तराष्ट्रिय अभ्यास पनि छ । तर, हामी कहाँ छैन ।

भूकम्प आउँछ कि आउँदै भन्ने प्रश्नै छैन

Rajesh-Dhakalस्ट्रक्चरल इन्जिनियरिङमा टोक्यो युनिभर्सिटीबाट पीएचडी गरेका डा. राजेश ढकालले विज्ञहहरुले अहिले पनि काठमाडौंमा अरु ठूला धक्काहरु जाने परिदृश्यहरु देखिएको बताएको जानकारी दिए ।

उनले भने- ‘योभन्दा ठूलो नै चाहिँदैन, काठमाडौं नजिक भूकम्प गएर त्यसको प्रत्यक्ष असर कुन हिसाबले हुन्छ भन्ने आधारमा धक्का ठूलो-सानो हुन सक्छ ।’

भूकम्प भनेको प्रकृति भएको भन्दै उनले कृत्रिम चिजहरुलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले भने-‘प्रकृतिलाई विज्ञानले त जितेकै छैन, प्रकृतिले के गर्छ भन्नेलाई छाडेर कृत्रिम चिजलाई नियन्त्रण गर्नुपर्छ । कृत्रिम चिज भनेको भवन, पुल, रोडहरु हुन् ।’

भूकम्प जहिले पनि आउन सक्ने भन्दै उनले कसरी सुरक्षित रहने भन्नेमा ध्यान दिनुपर्ने बताए । उनले अघि भने-‘यहाँ अर्को भूकम्प आउँछ कि आउँदै भन्ने प्रश्नै छैन । कहिले आउने भन्ने मात्र हो, त्यो आएको खण्डमा कसरी सुरक्षित रहने भनेर तयारी गर्ने हो ।’

Continue Reading | comments

गगन थापाले बनाइदिए नुवाकोटमा ४८ ओटा टहरा

नुवाकोट, जेष्ठ ५ । वैशाख १२ गतेको महाभूकम्पले नेपालको धेरै जिल्ला तहसनहस बनाएको छ । मानिस भूकम्पले दिएको पीडालाई भुल्दै आफ्नो दैनिकीतर्फ फर्कन थालेका छन् ।

हजारौंको ज्यान लिएको भूकम्पबाट देशभर पाँच लाखभन्दा बढी घर स्वाहा भएका छन् । आफन्तजनदेखि घरबार गुमाएर पीडामा परेका देशवासीको उद्धार र राहत वितरणसँगै भत्केको घरहरु बनाउन अहिले स्वयंसेवी युवाहरु गाउँ–गाउँ पुग्न थालेका छन् ।

विभिन्न राजनीतिक दलका साथै अरु युवा पनि गाउँ गाउँमा पुगेर अस्थायी टहरा निर्माणमा सघाउन थालेका छन् ।

यसैक्रममा नेपाली कांग्रेसका युवा नेता गगन थापाले नुवाकोटको कुमरीमा ४८ अस्थायी घर–टहरा बनाएर यस अभियानको थालनी गरेका छन् ।

विभिन्न कलेजमा इन्जिनियरिङ पढ्दै गरेका युवाको टोली लिएर कुमरी पुगेका उनले घर निर्माणका लागि चाहिने जस्तापाता, बाँस र अरु सामग्री जुटाएर टहरा बनाएका थिए ।

कुमरीमा दुई दिन बसेर थालेको यस अभियान अरु क्षेत्रमा पति निरन्तर गर्ने उनले बताएका छन् ।

नेता थापाले नजिकिँदो वर्षातलाई ध्यान दिइ यस्ता अस्थायी घर निर्माण अभियानमा स्वयंसेवीहरुलाई गाउँ खटाउँदा कालिगढ, प्राविधिक इन्जिनियर र श्रमदान गर्ने युवाको एक साथ संयोजन गर्नुपर्ने उल्लेख गरे 
Continue Reading | comments

Miss Nepal 2014 shristi shrestha .'Kabhi Jo Badal Barse Unplugged' VIDEO Song | DJ Chetas ft. Arijit Singh...

Continue Reading | comments

शाह बंशीय राजाहरूले प्रयोग गरेको श्रीपेजको मूल्य कति हो?

मूल्य तय हुन नसक्दा नारायणहिटी दरबार संग्रहालयले बिमा गर्न सकेन

पूर्व राजाहरूले गद्धी आरोहणका समयमा पहिरिने श्रीपेचको मूल्य कति होला? देशमा राजतन्त्रको अन्त्य भएसँगै बन्द कोठामा सिमित शाह बंशीय राजाहरूले लगाएका श्रीपेचको मूल्य कति हो तय भएको छैन।
मूल्य तय हुन नसक्दा श्रीपेचको बिमा गर्ने काममा अवरोध आएको छ।
नारायणहिटी दरबार संग्राहलयले हालै श्रीपेचको बिमा गर्न प्रक्रिया अगाडि बढायो।
प्रिमियम तोक्न बिमा गर्न खोजिएको सामानको मूल्य तय हुनुपर्छ। ‘मूल्य तय हुन नसक्दा बिमा प्रक्रिया बिचमै रोक्नुपर्‍यो।
तीन वर्षअघि दरबार संग्रहालयका तत्कालिन पूर्व प्रमुख लेखबहादुर कार्कीले बिमाको प्रक्रिया सुरू गरेका थिए।
‘बिमा कम्पनीले यसको मूल्य तय गर्न भनेपछि यसलाई हामीले बहुमूल्य भएको बतायौं। तर, कति हो भन्न सकेनौ,’ दरबार संग्रहालयका प्रमुख ढुंगानाले भने।
‘यसमा समावेश गरिएका बस्तुहरूको मूल्य निकाल्न सकिएला तर त्यसले श्रीपेचको मूल्य प्रतिनिधित्व गर्न सक्दैन,’ ढुंगानाले भने।
राष्ट्रिय बिमा कम्पनी लिमिटेड कुनै पनि वस्तुको मूल्य तय नभई त्यसको बिमा गर्न नसकिने बताउँछ। ‘मूल्य तय नभएको बस्तुको  बिमा गर्न सकिँदैन, त्यसैले श्रीपेचको मूल्य सोध्यौ उँहाहरूले बहुमुल्य भन्नुभयो तर, ठ्याकै तोक्न सक्नुभएन।’
नारायणहिटी दरबार संग्रहालयमा अहिले पूर्व राजाहरुले प्रयोग गर्ने बिभिन्न सामानहरू सार्वजनिक गरिएका छन्। तर श्रीपेच भने हालसम्म सार्वजनिक गरिएको छैन।
२०६५ साल जेठ २९ गते पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्ने बेलामा श्रीपेच तत्कालिन गृहमन्त्री कृष्ण सिटौलाको जिम्मा लगाएका थिए। हाल भने यो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, नारायणहिटी दरबार संग्रहालयका प्रमुख र नारायणहिटी बाहिनीका कर्णेलको संरक्षणमा बन्द कोठमा रहेको छ।
आर्थिक वर्ष २०६८/०६९ मा क्याविनेटको निर्णयलेनै यसलाई दरबार संग्रहालयको प्रदर्शनी कक्षमा राख्ने निर्णय गरेको थियो। प्रदर्शनिमा राख्ने भनेसँगै यसको जोखिम बढेकाले तत्कालिन समयमा बिमा प्रक्रिया अघि बढाएको संग्रहालयका प्रमुख ढुंगानाले जानकारी दिए।
उनले भने,‘अब बिमा पनि गर्न नसकिए पछि श्रीपेच प्रदर्शनीमा राख्ने कुरा पनि हाललाई रोकियो।’
श्रीपेचमा के के मूल्यवान बस्तु छन्?
सुन, मोति, हिरा, पन्ना, चाँदी जस्ता बहुमूल्य धातुले बनेको सो श्रीपेचमा संसारबाटै लोप हुन लागेको हुमायो चराको प्वाख राखिएको छ।
हुमायो चरा संसारबाटै लोप हुन लागेकाले श्रिपेचको पुनःनिर्माण असम्भव रहेको ढुंगानाको दाबी छ। ‘बिमा गर्ने भनेको क्षति पछि त्यसलाई पुनःनिर्माणको लागि हो, हुमायो संसारबाटै लोप हुने चरणमा छ जसका कारण यसको प्वाँख अब पाउन सकिँदैन। त्यसैले श्रीपेच फेरि बनाउन असम्भब छ।’
पुन बनाउन नसकिने भएकोले श्रीपेचको बिमा गर्न समेत आवश्यक नभएको तर्क उठेको ढुंगानाले बताए।
यसलाई सुरक्षित राख्नको लागि मात्रै ध्यान पुर्‍याउनु पर्ने उनको भनाई छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, नारायणहिटी दरबार संग्रहालयका प्रमुख र नारायणहिटी बाहिनीका कर्णेलले अन्य मानिसहरुलाई समेत साक्षी राखेर अहिले वर्षको एक पटक बन्द कोठामा रहेको श्रीपेच निरीक्षण गर्ने गरिन्छ। साथै सोही समयमा यसको सरसफाई समेत गर्ने गरिन्छ।
यो श्रीपेच कुन राजाको पालामा निर्माण भएको हो र यसको डिजाइन कसले गरेको भन्ने भन्ने बारेमा कुनै कागजात नरहेको ढुंगानाको भनाई छ। ‘यो श्रीपेच त्रिभुवनको पालामा निर्माण भएको अनुमान लगाउन सक्छौ। तर, त्यसपछि प्रत्येक नयाँ राजाले यसमा आफू राजा बनेपछि यसमा बहुमूल्य धातु थप्दै गएका थिए।’
राजा पृथ्वीनारायण शाह आफैंले बनाउन लगाएको नुवाकोटमा रहेको उनको शालिकमा श्रीपेच लगाइएको छैन। नेपालमा कुन बेलादेखि यसको सुरूवात भयो भन्ने बारेृमा समेत इतिहासविदहरू एकमत देखिदैनन्।
श्रीपेच लगाउने रोमन संस्कृति कहिले नेपाल भित्रियो भन्ने बारेमा पनि यकिन छैन।
Continue Reading | comments

भूकम्प पीडित आफ्ना कामदारका परिवारलाई राहत दिन दुबईको एक कम्पनि गाउँ गाउ...

Continue Reading | comments

भूकम्पपछि ३४ राष्ट्रबाट सहयोग

Monday, May 18, 2015

काठमाडौं-बारपाक, गोरखालाई केन्द्रविन्दु बनाएर गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि खाद्यान्न र गैरखाद्यान्न सहयोग गर्ने राष्ट्रको संख्या आइतबारसम्म ३४ पुगेको छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी पुण्यप्रसाद ढकालका अनुसारसबैभन्दा बढी भारतले खाद्यन्न र गैरखाद्यान्न उपलब्ध गराएको छ । सार्क सदस्यराष्ट्र अफगानिस्तानले भने अझैसम्म कुनै खाद्य र गैरखाद्य सहयोग उपलब्ध गराएको छैन । 
‘भूकम्पपछि भारतबाट सबैभन्दा बढी खाद्य तथा गैरखाद्यसहयोग भित्रिएको छ,’ ढकालले नागरिकसँग भने, ‘अन्य राष्ट्रले पनि सकेको खाद्य र गैरखाद्य सहयोग गरिरहेका छन् ।’
उनका अनुसार भारतबाट आएका खाद्यर गैरखाद्यसामग्री स्थलमार्गमार्फत आएका हुन् भने अन्य ३३ राष्ट्रको सहयोग भने हवाईमार्ग हुँदैभित्रिएको हो ।
नेपालका भूकम्पपीडितका लागि हालसम्म ३४ राष्ट्रले आइतबारसम्म ३ हजार २ सय ९५ क्विन्टल चामल, ५ सय ७२ क्विन्टल चिनी, १ सय ५३ क्विन्टल नुन, २ हजार ९१ क्विन्टल चिउरा सहयोग गरेका छन । १४ हजार ८ सय ८ कार्टन चाउचाउ, ३५ हजार ५ सय ११ कार्टन बिस्कुट, ६ हजार ४ सय ५४ कार्टन ड्राइफुड र १ लाख ६ हजार २ सय ८८ कार्टन पानी पनि ती राष्ट्रबाट प्राप्त भएका छन् ।
यसैगरी, गैरखाद्यान्नतर्फ २३ हजार २ सय ९६ थान टेन्ट, २ लाख ३१ हजार ७ सय २५ थान त्रिपाल, २ लाख २५ हजार ६ सय १५ थान कम्बल र १४ हनार १ सय २६ थान मेट्रेस सहयोग प्राप्त भएको छ ।
भारतले ३ हजार ८८ क्विन्टल चामल, ५ सय ७२ क्विन्टल चिनी, १ सय ५३ क्विन्टल नुन, २ हजार ९१ क्विन्टल चिउरा, १४ हजार ४ सय ६५ कार्टन चाउचाउ, ३५ हजार ११ कार्टन बिस्कुट, ६ हजार ४ सय ४४ कार्टन ड्राइफुड र १ लाख ३ हजार ५ सय ८१ कार्टन मिनरल वाटर नेपाललाई सहयोग गरेको छ ।
खोज र उद्धारमा पनि सबैभन्दा ठूलो सहयोग गरेको छिमेकी मुलुक भारतले गैरखाद्यान्नतर्फ पनि सबैभन्दा बढी सहयोग गरेको छ । भारतले १३ हजार २७ थान टेन्ट, २ लाख १८ हजार ८ सय ५५ थान त्रिपाल, १ लाख ८५ हजार ६ सय ५० कम्बल र ११ हजार ९ सय ५ थान मेट्रेस सहयोग गरिसकेको छ ।
यसैगरी, खाद्यान्नतर्फ १ हजार १ सय ६० कार्टन पानी दिएको उत्तरी छिमेकी चीनले ६ हजार ७८ थान टेन्ट, ४ हजार १ सय ३८ थान त्रिपाल, ३ सय ३० थान कम्बल नेपाल पठाएको छ । विद्युतका लागि जेनेटर मेसिन सहयोग गर्ने दुई राष्ट्रमध्ये एक चीनले ३ सय ९७ थान र जापानले ९ थान त्रिपालउपलब्ध गराएका छन् ।
सार्कका ८ राष्ट्रमध्ये नेपालमै आएर १० करोड नगद सहयोग गर्ने भुटानले ७ सय ५० कार्टन पानी पनि सहयोग गरेको थियो। नगद सहयोग गर्ने एक मात्र सार्क राष्ट्र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे सान्त्वना दिन नेपाल आएका थिए । नेपाल आउने विदेशी सरकार प्रमुख भुटानका मात्रै हुन् ।
सार्क सदस्य राष्ट्रम्यान्मारले १ सय ७० कार्टन चाउचाउ र१ हजार थान अन्य सामग्री र बंगलादेशले ५ सय कार्टन बिस्कुटसहित १० कार्टन ड्राइफुड, ४ सय ४५ थान टेन्ट, ९० थान त्रिपाल र ८ सय ५ थान मेट्रेस र अन्य ४० थान सामग्री नेपाल पठाएका थिए ।
यस्तै, पाकिस्तानले १ हजार ७ सय ७५ थान टेन्ट, ३ हजार ६ सय ५० थान त्रिपाल र ३ सय ३० थान मेट्रेस तथा श्रीलंकाले २ सय ७३ कार्टन चाउचाउ, ३ सय ८७ कार्टन पानी र अन्य ३४ थान सामग्री नेपाल पठाएकाछन् ।गैरखाद्यान्नका हकमा श्रीलंकाले ८ थान टेन्ट, १० थान त्रिपाल, ४ थान कम्बलसहित१ सय ४४ थान मेट्रेस र अन्य १ सय ८५ थान सामग्री नेपाललाई सहयोग गरेको छ ।
जापानले ९ सय १६ थान टेन्ट, २ हजार ५ सय कम्बल,अन्य २० थान सामग्री सहित ९ वटा जेनेटर मेसिन पठाएको थियो भने अजरबैजानबाट१९ कार्टन पानीसहित ८४ थान त्रिपाल, ४ सय २७ थान कम्बल र १ सय २२ थान अन्य सामग्री आइपुगेकाछन् ।
इन्डोनेसियाबाट १ सय ३९ टेन्ट, ६ सय १७ थान त्रिपाल, ६ हजार ६ सय ९४ थान कम्बल र १ हजार १ सय ५१ थान मेटे«स र अन्य १ सय ३० थान सामग्री आएका छन्  ।३ हजार ३ सय २० कम्बल पठाएको सिंगापुरले अन्य १६ थान सामग्री पनि सहयोग पठाएको छ ।
२ सय ७ क्विन्टल चामल, २७ कार्टन पानी, अन्य ३४ थान सामग्री खाद्यान्न सहयोग गरेको थाइल्यान्डले ८७ थान टेन्ट, ४ हजार २ सय ८१ थान त्रिपाल, ४ हजार १२ थान कम्बल र ४० थान मेट्रेस सहयोग गरिसकेको छ ।यस्तै, दक्षिण कोरियाले ६ सय ३१ थान टेन्ट र २४ हजार कम्बल सहयोग गरेको सरकारी तथ्यांकमा उल्लेख छ ।
नेपालको लाखांै श्रमशक्ति खर्च हुने खाडी राष्ट्रमध्ये ओमनर बहराइनबाट मात्र खाद्यान्न र गैरखाद्यान्न सामग्री नेपालका भूकम्पपीडितका लागि उपलब्ध भएको छ  । ओमनले९८ थान टेन्ट, १ सय ३५ थान कम्बल, १ सय ५५ थान मेट्रेस र बहराइनले ३७ क्विन्टल चामल, अन्य ६ सय ७९ थानसहित १ सय ६० वटा कम्बल र ६ सय ६४ थान गैरखाद्यान्न सामग्री नेपाल पठाइएको थियो ।
अफ्रिकी मुलुकमध्ये अल्जेरियाबाट मात्रै नेपाललाई सहयोग आएको छ । अल्जेरियाले ९२ थान टेन्ट, २ हजार ८ सय ८२ कम्बलसहित २ हजार ८० थान अन्य सामग्री पठाएको हो । अमेरिकी महादेशबाट क्यानडाले मात्र २ सय १५ थान गैरखाद्यान्न सामग्री पठाएको सरकारी तथ्यांकमा उल्लेख छ ।
युरोपका स्विट्जरल्यान्ड, रुस, पोल्यान्ड, जर्मनी र नेदरल्यान्डबाट खाद्यान्न र गैरखाद्यन्न सहयोग आएको सरकारी तथ्यांकले देखाएको छ ।
रुसबाट १ हजार ७ सय ९५ कार्टनपानीसहित ६ सय ३५ थान खाद्यान्नका सामग्री नेपाल आएको छ भने अन्य पोल्यान्डबाट ५१ थान, नेदरल्यान्डबाट २८ थान, जर्मनीबाट ४७ थान र स्विट्जरल्यान्डबाट ३ सय ५१ थान गैरखाद्य सामग्री सहयोग स्वरूप प्राप्त भएको छ ।
विदेशी संस्थामध्ये मर्सिकपले ३१ थान र सिपाले ५५ थान गैरखाद्य सामग्री पठाएको गृह मन्त्रालयले जनाएको छ । उद्धार र खोजका लागि आफ्ना सैनिकलाई नेपाल ल्याए पनि अमेरिका, बेलायत जस्ता शक्तिशाली राष्ट्रले भने नेपाललाई कुनै पनि प्रकारको खाद्य तथा गैरखाद्य सहयोग गरेका छैनन् ।
- See more at: http://nagariknews.com/politics/story/38183.html#sthash.pBUmskC7.dpuf
Continue Reading | comments

भुकम्प के हो ? कसरी जान्छ ? विज्ञानले भेटाएका रहस्यहरु

करिब ४ अरब ५७ करोड बर्ष पहिले बिभिन्न ग्यास र अन्य पदार्थका ठोस कणहरु बोकेको नेबुला नामक बिशाल बादल अगाडि बढ्दै गर्दा आफैले आफ्नो तौल धान्न नसकी बिचमा भित्रतर्फ भासिएर गुरुत्वाकर्षणको कारणले भुमरी परी त्यही भुमरीमा घुमिरहँदा बल्ने ग्यासहरू जति एक ठाउँमा जम्मा हुँदैहुँदै एउटा बिशाल आगोको डल्लो बनेको थियो ।  त्यही डल्लो  पछि सूर्यमा परिणत भएको, अनि त्यही डल्लो बन्ने क्रममा अन्य गह्रौं तथा ठोस पदार्थहरु अझै टाढा उछिट्टिएर, तिनीहरु पनि गुरुत्त्वाकर्षणको अर्को घेरामा घुम्दैघुम्दै पृथ्वी लगायतका ग्रहहरु बनेको थियो भन्ने किम्बदन्ती रहिएको छ । यो कुरामा सबै बैज्ञानिकहरु लगभग सहमत छन् । पृथ्वी पनि सुरुमा बिभिन्न धातुलगायतका पदार्थहरु पग्लेर बनेको हजारौं डिग्री तातो भकभकी उम्लिरहेको अर्धतरल बस्तुको नरम डल्लो थियो । यो तरल पदार्थ अझै उम्लिरहँदा गह्रुङ्गा पदार्थको झोल बीचमा पर्दै गयो र अलि हल्का ढुंगा जस्ता पदार्थहरु उक्त डल्लाको बाहिरी सतहमा रहे । करोडौं वर्षको अन्तरालमा बिभिन्न माध्यमले तापक्रम कम हुँदै गयो ।  यसै क्रममा जीवानुकूल वातावरण निर्माण भइ पृथ्वी यस अवस्थामा आइपुगेको विज्ञानको भनाइ छ । अध्ययनका क्रममा पृथ्वीको सतहलाई विभिन्न तहमा वर्गीकरण गरिएको पाइन्छ । पृथ्वीको ५,१०० देखि ६,३७८ किलोमिटरसम्म गहिराइको सतहलाई केन्द्रको भित्री भाग २,९०० देखि ५,१०० किलोमिटरसम्मको गहिराइको सतहलाई केन्द्रको बाहिरी भाग, १०० देखि २,१०० किलोमिटर गहिराइको सतहलाई म्यान्टल अनि म्यान्टलको भित्री सतहलाई एस्थेनोस्फेयर र बाहिरी सतहलाई लिथोस्फेयर भनिन्छ ।  हामीहरु बसोबास गर्ने पाप्रो अथवा धरातल ० देखि १०० किलोमिटरसम्मको  सतह हो ।

भुकम्प विज्ञानका केही प्राविधिक शब्दहरु

भूकम्प विज्ञानको भाषामा टेक्टोनिक प्लेटहरुको सीमामा हुने छिद्रलाई फल्ट लाइन भनिन्छ ।  पृथ्वीको लिथोस्फेयरमा रहेको भूकम्प सुरु हुने बिन्दुलाई फेकस र त्यही फोकसको सिधा माथि पर्ने जमिनलाई इपिसेन्टर भनिन्छ ।  भूकम्प इन्टेन्सिटी, म्याग्निच्युड, सिस्मिक मुभमेन्ट, मुभमेन्ट म्याग्निच्युड आदि बिधि अपनाएर नाप्न सकिन्छ । तथापि आजकाल म्याग्निच्युड बिधि नै बढी प्रचलनमा छ । भुकम्प नाप्ने यन्त्रलाई सिस्मोमिटर  भनिन्छ । यसले पृथ्वीको सतह कति जोडले हल्लेको छ भन्ने मापन गर्दछ । भूकम्पको नाप्ने एकाइलाई रिचर स्केल भनिन्छ । जसले लगरिदमिक इकाइमा मापन गर्दछ । त्यसको अर्थ ६ रिचर स्केलको  भुकम्प ५ रिचर स्केलका भन्दा १० गुणा शक्तिशाली हुन्छ । लामो समयको अन्तरालमा हजारौं बैज्ञानिकको लगनशील अनुसन्धान, मानव निर्मित बिभिन्न मापन यन्त्र, र जी.पी.एस. लगायतका तरिकाको माध्यमले आज हामीले पृथ्वीको बनोट, प्लेटको बनोट, यिनीहरु चल्ने तरिका, भूकम्प आउने कारण, र आउने ठाउँ थाहा पाउन सक्छौं । तर पनि कुन स्तरको भूकम्प, कहाँ र कहिले आउँछ भन्न सक्ने अवस्था भने अझै पनि निर्माण हुन सकेको छैन । तसर्थ हाललाई इतिहासको सबभन्दा विनासकारी भूकम्प आफ्नै ठाउँमा छिटै आउँदै गरेको अनुमान गरी त्यही अनुरुपका सम्भाव्य सुरक्षाका उपायहरु अबलम्बन गर्नु नै मानव मष्तिस्कको सबभन्दा विकसित सोंच ठहर्नेछ ।

भुकम्प जाने प्रक्रिया

पृथ्वीको बाहिरी तह सेलाएको भएता पनि अहिलेसम्म भित्री केन्द्रभागमा सूर्यको सतह जत्तिकै तातो, फलाम लगायतका धातुहरुको, एसिया महादेश जत्रै ठूलो तर चापले गर्दा ठोस बनेको, पदार्थको थुप्रो छ । उक्त केन्द्रमाथि म्यान्टल भनिने हजारौं किलोमिटर बाक्लो तर ३ प्रकारका सतह भएको अर्को चट्टानी सतह छ । म्यान्टलको पनि भित्री केन्द्रसँग जोडिएको तल्लो सतह ठोस रुपमा छ । यसैले छोपेको कारण एकतर्फ केन्द्र भागको तापक्रम अझै अत्यधिक तातै छ भने अर्कोतर्फ म्यान्टलमा रेडियो एक्टिभ युरोनियम पनि मिसिएकोले यही म्यान्टलकै  एस्थेनोस्फेयर  भनिने अलि माथिल्लो सतह तापले पग्लेर तरल अवस्थामा छ । यो तरल अवस्थामा रहेको एस्थेनोस्फेयर भन्दा माथि ठोसरुपमा रहेका १५ वटा बिशाल र अन्य थप्रै ससाना चाक्ला भएको लिथोस्फेयर  भन्ने सतह छ । यी मुख्य प्लेटहरु उत्तर अमेरिकी प्लेट, प्रशान्त प्लेट, दक्षिण अमेरिकी प्लेट, क्यारेवियन प्लेट, युरेरियन प्लेटफिलिपिनी प्लेट, अरेवियन प्लेट, भारतीय प्लेट, अष्टेलियन प्लेट, अफ्रिकन प्लेट, स्कटिया प्लेट, एन्टार्कटिक प्लेट, कोकोस प्लेट, नारुज्का प्लेट आदि हुन् । यी प्लेटहरु एस्थेनोस्फेयरको त्यही तरल अवस्थामा रहेको पदार्थमाथि तैरिरहेका छन् । कतिपय चक्लाहरु पृथ्वीको बाहिरी सतहसम्म आई हाम्रा महादेश्हरुलाई छुट्टयाएका छन् भने कतिपय समुद्र वा महासागर भित्रै रहेका छन् । महादेश छुट्याउने चक्लाहरु ३५ देखि ७० किलोमिटर बाक्ला छन् भने समुद्रभित्र भएका चाक्लाहरु करिब ७ देखि १० किलोमिटर बाक्ला छन् । यी चाक्लाहरु पग्लेको पदार्थमाथि तैरिरहेकै अवस्थामा बिस्तारै तर लगातार यताउता चलिरहेका हुन्छन् ।  यिनीहरुको बीचमा छिद्रहरू पनि छन् अनि एउटाले अर्कोको बिरुद्धमा शक्ति प्रदर्शन अथवा एकआपसमा लडाई गरे सरह एउटा चाक्लाले अर्कोलाई ठेलिरहेको पनि छ । यस लडाइँमा चाक्लाहरु तलमाथि हुन्छन् । कहिले एउटा चाक्लाको अलिकति भाग अर्को चाक्लाको मुनि पर्छ अनि फेरि बाहिर निस्कन कोशिश गर्छ भने कहिले एउटामा अर्को भासिन्छ, अनि कहिले केही क्षणको लागी अलि टाढा भाग्छ, फेरि फर्किन्छ, ठोकिन्छ, चोइटिन्छ । एवम् रीतले ठेलाठेल गर्दाका हरेक गतिबिधिमा चक्लाहरुको बीचमा शक्ति पैदा हुन्छ । उक्त शक्ति कुनै न कुनै रुपले, कतै न कतै गई रित्तिनै पर्ने हुनाले रित्तिने प्रक्रिया मध्येको एउटा प्रक्रिया भूकम्प हो ।

कस्तो भुकम्प कति खतरनाक

लडाइको क्रममा पैदा हुने यस्तो शक्तिलाई भूकम्पीय विज्ञानमा स्ट्रेस भनिन्छ । यो एक प्रकारको छाल वा तरङ्गको रुपमा पृथ्वीका अन्य सतहमा जान्छ । यस्ता छालहरुलाई सिस्मिक वेभ भनिन्छ । चाक्लाहरुको बीचमा त्यति धेरै शक्ति जम्मा हुन नपाउँदै शक्ति निस्किहाल्यो भने त्यसको असर एकदमै कम हुन्छ, तर शक्ति धेरै नै जम्मा भएपछि मात्र निस्क्यो भने जम्मा भएको शक्ति अनुसारको प्रभाव पर्दछ । हुन त यस्तो शक्ति निस्किनुको परिणाम भूकम्प मात्र नभएर ज्वालामुखी निस्कनु, नयाँनयाँ पहाड बन्नु, समुद्रमा गहिरा खाडल पर्नु, नयाँनयाँ टापु देखिनु, जमिन पानीमा डुब्नु, भूभागहरु घट्नु, छुटिनु, बढ्नु आदि जे पनि हुन सक्छ । तर, अहिलेलाई कम प्रभाव पर्नु भनेको सानो र बढी प्रभाव पर्नु भनेको ठूलो भूकम्प आउनु हो भन्ने बुझ्न सकिन्छ । भूकम्पको रुपमा स्ट्रेस रित्तिंदा प्राइमरी, सेकेण्डरी र सर्फेस गरी ३ प्रकारका छालहरु उत्पन्न हुँदै रित्तिन्छ । प्राइमरी वेभहरु एकदम छिटा हुन्छन र ठोस तथा तरल दुवै प्रकारका पदार्थमा बहन सक्छन । अनि पदार्थ हुँदै बहँदा यिनीहरुमा उक्त पदार्थलाई विस्तार अथवा सङकुचन गर्न सक्ने क्षमता हुन्छ । प्राइमरी वेभहरुलाई पछ्याउँदै सेकेण्डरी र  वेभहरु बहन्छन । यिनीहरु तरल पदार्थमा बहन सक्दैनन तर यिनीहरुमा चट्टानी सतहको हरेक दिशामा बहने र फुटाल्ने शक्ति भएका कारण पृथ्वीको माथिल्लो चट्टानी सतहमा बस्ने हामीहरुको लागि बढी खतरनाक हुन्छन् । अझ माथिल्लो सतहमा आइपुगेपछि यिनीहरु झनै शक्तिशाली बन्न सक्छन् । सर्फेस वेभहरु जमिनको बाहिरी सतह नजिक आएपछि उत्पन्न हुन्छन । यी लभ र रेलाई  वेभ गरी दुई प्रकारका हुन्छन् ।  लभ वेभहरु  तेर्सो रुपमा बहन्छन् भने रेलाई भने ठाडो र तेर्सो दुवै रुपमा बहन्छन् ।

भुकम्पको जोखिम बढी हुने क्षेत्रहरु

एकदमै तल अथवा साना स्केलका थुप्रै भूकम्पहरु त हामीले थाहै नपाउने किसिमको हुन्छ । तथापि हाम्रा यन्त्रले थाहा पाउन सक्ने पनि वर्षमा करिब ५ लाख जति भूकम्प जान्छन् । जसमध्ये करिब १ लाख जति त हामीले प्रत्यक्ष अनुभव नै गर्न सक्छौं । पाकिस्तान, इरान, इटाली, ग्रिस, टर्की, पोर्चुगाल, पेरु, ग्वाटेमाला, अलास्का आदि साना भूकम्पहरु गैरहने ठाउँहरु हुन् । भूकम्पको सबभन्दा डर भएका देशहरु क्रमशः जापान, इन्डोनेशिया, अमेरिका, न्युजिल्याण्ड, फिजी, टोङगा, चिली, पपुवा न्यू गिनी, मेक्सिको, सोलोमन आइसल्याण्ड हुन् । यी प्राय क्षेत्र ४० हजार किलोमिटर लामो घोंडाको टाप आकारको प्रशान्त महासागरीय चाक्लासँग जोडिएकोले यही बीचमा बढी भूकम्प आउँछ । हिमालय क्षेत्रको सीमानामा भारतीय, युरेशियन  र अरेबियन प्लेट जोडिएकाले त्यहाँ बिशाल भूकम्प आउन सक्ने सम्भावना बढी रहन्छ ।  पृथ्वीबाट कोइला तेल निकाल्ने, पृथ्वीमा ठूलाठूला पानीका बाँध बाँध्ने जस्ता कार्यले पनि भूकम्पीय जोखिम बढाउँछ । अस्ट्रेलियामा गएका कतिपय भूकम्पहरुले अत्यधिक कोइला निकालेका कारण, र २००८ मा चीनको सिचुआन प्रान्तमा गएको भूकम्प पानीको बिशाल बाँध बाँधेको कारण गएको मानिन्छ ।

Continue Reading | comments

कक्षा ११ र १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

कक्षा ११ र १२ अर्थात प्लस टूका विद्यार्थीको अन्यौल समाधान गर्दै उच्च मावि शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालयले नयाँ परीक्षा तालिका सार्वजनिक गरेको छ । परिषदको सोमबारको बैठकले देशका ६८ जिल्लामा परीक्षा सञ्चालन गर्न सकिने निष्कर्ष निकाल्दै परीक्षा तालिका सार्वजनिक गरेको हो ।
भुकम्पबाट अति प्रभावित जिल्लामा भने परीक्षा स्थगित नै राखिएको परिषदले जनाएको छ ।
नयाँ परीक्षा तालिका अनुसार स्थगित १२ को जेठ २० देखि र ११ कक्षाको परीक्षा असार १ गते देखि शुरु हुने छ ।
hsebभूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, गोरखा, धादिङ, नुवाकोट, काभ्रे, दोलखा र रामेछापमा भने पछि परीक्षा सञ्चालन गर्ने परिषदले जनाएको छ ।
Continue Reading | comments

२ तला भन्दा माथि घर बनाउन सरकारले तत्काललाई रोक लगायो

भूकम्पका कारण ठूला-ठूला घर भत्केपछि सरकारले तत्कालका लागि २ तलाभन्दा माथि घर बनाउन रोक लगाएको छ। स्थानीय विकास मन्त्रालयले सोमबार सबै नगरपालिका र जिल्ला विकास समितिलाई परिपत्र जारी गर्दै २ तलाभन्दा माथि घर बनाउन  रोक लगाएको हो।
असार मसान्तसम्मका लागि रोक लगाइएको र त्यसबेलासम्म भवन निमार्णको स्वीकृति पनि नदिइने मन्त्रालयले जनाएको छ। भूकम्पअघि निवेदन दिएर नक्सा पास भइसकेकालाई पनि काममा रोक्न उसले परिपत्र गरेको हो।
भूकम्प प्रतिरोधात्मक र वातावरणमैत्री घर बनाउन भने २ तलासम्मको अनुमति दिइने मन्त्रालयले जनाएको छ। साथै मन्त्रालयले मापदण्ड मिचेर बनाइएका र जोखिम युक्त पर्खाल यथासक्य चाडो भत्काउन पनि मातहतका निकायलाई निर्दैशन दिएको छ।
आगामी वर्षदेखि जग्गा प्लटिङ गर्दा ओपेन स्पेस राख्नुपर्ने प्रावधान पनि मन्त्रालयले अघि सारेको छ। मापदण्ड विपरित नक्सापास गर्ने कर्मचारीलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ। भत्केका र असुरक्षित घर साउनपछि भत्काउने र माटो परीक्षणपछि कत्ति तलाको घर बनाउन दिने भन्ने विषयमा अनुमति त्यत्ति बेला नै दिइने मन्त्रालयले जनाएको छ।
Continue Reading | comments

पाँचसय बढीको मृत्यु, सयौं बेपत्ता,कहालिलाग्दो रसुवा.

रसुवा, जेष्ठ ३ । महाभूकम्पको कारण अस्तव्यस्थ बनेको रसुवा जिल्लामा पनि उद्धार र राहतको कार्य अहिले पनि जारी छ । उद्धारको लागि नेपाली सुरक्षाकर्मीको साथै चीनियां सुरक्षाकर्मी समेत खटिएका छन् । महाभूकम्पमा परी रसुवामा ५ सय ७५ जनाको मृत्यु भएको छ । ५ सय ६० जनाको शव परिवारलाई बुझाई सकिएको स्थानीय प्रशासनले जनाएको छ । 
Continue Reading | comments

Nepal earthquake death toll reach high.

Sunday, May 17, 2015

The number of people killed in Nepal by two major earthquakes has surpassed 8,500, making the disaster the deadliest to hit the Himalayan country on record, as rescuers on Sunday searched for dozens of people still missing in remote villages.
A 7.8-magnitude earthquake hit Nepal on April 25, killing thousands and demolishing more than half a million homes, most of them in rural areas cut off from emergency medical care.
A second major quake struck on Tuesday 76 kilometers (47 miles) east of the capital Kathmandu, just as Nepalis were beginning to recover from the previous earthquake.
The death toll from the two quakes now stands at 8,583, the home ministry said on Sunday.
The previous deadliest earthquake to strike the country - in 1934 - killed at least 8,519 in Nepal, as well as thousands more in neighboring India.
In Dolakha district east of Kathmandu, which was hit hardest by the second quake, dozens of landslides have blocked access to remote villages.
In Singati village, devastated by a landslide, dozens are still missing and rescue workers are yet to remove debris from all of the village to recover bodies, district officials said.

Prime Minister Sushil Koirala told reporters on Sunday 58 foreigners had died in the two earthquakes. Koirala said 112 foreigners were still unaccounted for, although many of those could be backpackers who choose not to register with authorities when they leave the country.
Continue Reading | comments

People killed by earthquake 22015 Nuwakoat Nepal.

भूकम्पबाट नुवाकोटमा १ हजार ३० जनाको मृत्यु
- कुन गाविसमा कति ?
त्रिशूली (नुवाकोट) वैशाख ।
विनाशकारी भूकम्पमा परी नुवाकोटमा मृत्यु
हुनेको सङ्ख्या एक हजार ३० पुगेको छ ।
आजसम्म जिल्ला प्रहरी कार्यालयले दिएको
जानकारीअनुसार १२ बजे वैशाखमा आएको
भूकम्पको कारण एक हजार २९ र मङ्गलबार आएको
भूकम्पको कारण एक गरी एक हजार ३० को ज्यान
गएको हो ।
भूकम्पमा परी २२८ पुरुष, ३७० महिला, १४६ बालक,
१४० बालिका, ६८ नाबालक र ७८
नाबालिकाको ज्यान गएको हो ।
जिल्लाको गाविसअनुसार मृतकको विवरण
निम्नानुसार रहेको छ ।
भूकम्पले सबैभन्दा बढी घ्याङ्फेदी गाविसमा
असर गरेको छ । घ्याङ्फेदीमा जिल्लामै
सबैभन्दा बढी ८१ को ज्यान गएको छ ।
शिखरबेसीमा ६८, विदुर नपामा ६५, काहुलेमा
५२, गाउँखर्कमा ५१ र भाल्चेमा ४१ को ज्यान
गएको छ । बेतिनीमा ३५, गेर्खुमा ३३, लच्याङमा
चार, हल्देकालिकामा १९, बागेश्वरीमा पाँच,
सिक्रेमा आठ, समुन्द्रादेवीमा पाँच,
महाकालीमा सात, सुनखानीमा पाँच,
भद्रुटारमा पाँच, खरानीटारमा चार, रालुकमा
१५ जना र नर्जामण्डपमा १३ को ज्यान गएको छ

यस्तै, पञ्चकन्यामा एक, उर्लेनीमा आठ,
कविलासमा ६, समुन्द्रटारमा २२,
बालकुमारीमा ६, राउतबेसीमा ११,
देउरालीमा १५, बुङताङमा १२, मदानपुरमा १५,
बेलकोटमा पाँच, ककनीमा १०, चतुरालेमा नौ,
चाउथेमा नौ, फिकुरीमा १६, मनकामनामा ३२,
तुप्चे २८, तलाखुमा १३, छापमा आठ, लिखुमा २१ र
तारुकामा चारजनाको ज्यान गएको छ ।
यस्तै, बुधसिङमा सात, गोस्र्याङमा ६,
दाङसिङमा तीन, बर्सुन्चेमा तीन, साल्मेमा २०,
किम्ताङमा आठ, दुईपिपलमा १५, रातमाटेमा
१२, सामरीमा ३८, कल्याणपुरमा ३४, जिलिङमा
एक, खड्गभञ्ज्याङमा १३, चारघरेमा पाँच,
खानीगाउमा नौ, सूर्यमतीमा ६, चौघडामा
१२, गणेशस्थानमा ६, ओखरपौवमा पाँच,
कुमरीमा ११, सुन्दरादेवीमा २३, थप्रेकमा पाँच,
थानापतिमा तीन र थानसिङमा १८ को
ज्यान गएको छ । रासस
Continue Reading | comments

videos of Eartquake Nepal 2015


Continue Reading | comments

Earthquake picture of 2015 rocked,cracked and ruined Nuwakot Tupche sole bazar and Conjunction bridge between rasuwa and nuwakot.




Continue Reading | comments

Racing

SOUQ.com

watch and calendar

Template Updates

Picture

Powered by Blogger.

Slider

Sample Text

Text Widget

Archive

Blog Archive

Contact Us

Name

Email *

Message *

Páginas

Popular Posts

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger