Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.

बौद्ध धर्मको पवित्र ग्रन्थ 'दोमाङ' नेपाली भाषामा अनुवाद हुदैं

Wednesday, July 22, 2015

बौद्ध धर्मको पवित्र ग्रन्थ 'दोमाङ' अब नेपालीमा पढ्न पाइने भएको छ । यसअघि सम्बोटा लिपिमा उपलब्ध हुदैं आएको दोमाङ त्रियान धर्म संघले नेपाली भाषामा ल्याउन लागेको हो ।


झन्डै १२ सय पृष्ठको दोमाङ अनुवादको कार्य सुरु भइसकेको त्रियानका प्रमुख तथा अनुवादक खेन्पो वागिन्द्रशीलले बताए । उनका अनुसार एक वर्षअघिबाट अनुवाद कार्य थालिएको हो । 'हामीले दोमाङ अनुवाद गर्न एउटा टिम नै बनाएका छौं, झन्डै एकवर्ष भइसक्यो अनुवाद थालेको,' खेन्पो वागिन्द्रशीलले भने, 'तीन खण्ड रहेको किताबको दुई खण्ड अनुवाद सकिसकेको छ ।'

अब आउने दोमाङमा सम्बोटा, फोनाटिक(तिब्बती उच्चरण तर नेपाली अक्षर) र नेपाली भाषासहितको आउने खेन्पोले सुनाए । दोमाङ भगवान बुद्धले रचना गरेको त्रिपिटकको सारंश भएको र हरेक बौद्धमार्गी नेपालीका लागि उपयोगी हुने भएकोले नेपाली भाषामा अनुवाद गर्नु अति आवश्यक देखिएकोले यो कार्ययोजना अघि बढाएको खेन्पोले बताए ।

दोमाङ पाठ गर्दा सम्पूर्ण बुद्धवचन पाठ गरे सरह हुने भएकोले पनि यो सम्पूर्ण बौद्धमार्गीले जान्नुपर्ने उनको धारणा छ । अहिलेसम्म तिब्बतीयन भाषामा रहेको र दोमाङ कमैले मात्र बुझ्ने भएकोले यसको सार जान्न नेपाली भाषामा हुनु अति आवश्यक रहेको खेन्पोको भनाई छ ।

केही बौद्ध ग्रन्थसमेत नेपालीमा अनुवाद गरिसकेका छन् खेन्पोले । त्यसैगरी देशविदेशमा बुद्ध वचन र दर्शनलाई सरल नेपाली भाषामा प्रवचन दिदैं आएका उनी हिन्दु परिवारबाट बौद्धमार्गी बनेका खेन्पो हुन् । उनको वास्तविक नाम नन्दप्रसाद तिमाल्सिना हो । ११ वर्षदेखि बौद्ध धर्मप्रति झुकाव राख्न सुरु गरेका उनी नेपालमा सर्वसाधारण बौद्धमार्गीका लागि बौद्धधर्मसम्बन्धी अध्ययन सामग्रीको अभाव भएको बताउँछन् ।

त्यसैले उनको अध्यक्षतामा एक वर्षअघि देखि नै दोमाङको अनुवाद थालिएको हो । दोमाङ अनुवादका निर्देशक आचार्य झाम्पा लोसाल हुन् भने सहायक निर्देशक गुहेश्वरीराज मानन्धर । तीनजनाले अनुवादको जिम्मा लिएका छन् भने समितिको संयोजकमा ध्रुबबहादुर गुरुङ, सचिव भोजराज लामिछाने र कोषाध्यक्षमा विष्णु थकाली छन् । समितिका संरक्षक शरण नायक श्री शाक्या ट्रिजिन रिन्पोछे हुन् । त्यसैगरी अनुवादक समितिमा लामा कमल भण्डारी, पुष्पमुनि बज्राचार्य पनि छन् । विदेशमा रहेका नेपालीले पनि अनुवादका लागि सहयोग गरिरहेका छन् । त्यसरी सघाउनेमा अमेरिकाबाट बुद्ध मानन्धर, डा अनिता मानन्धर, डा किशोर शेरचन, आङछिरिङ शेर्पा, बेलायतबाट अन्तिम गुरुङ, नरेश गुरुङ, अस्ट्रेलियाबाट निमा ग्याल्चेन शेर्पा छन् । त्यसैगरी तेजप्रसाद गौचन, कान्ति लामा, तुलसिंह गूरुङ पनि यस समितिमा छन् ।

दोमाङ अनुवादमा लागिपरेका छन् गुहेश्वरीराज मानन्धर पनि । पेसाले सिभिल इन्जिनियर मानन्धर ८२ वर्ष पुगे । उनी अनुवादमा पूरा समय दिएर लागेका छन् । भन्छन्, 'म रिटाएर मान्छे, पूरा समय यही अनुवादमा लागेको छु ।' तिब्बतियन भाषामा अरु ग्रन्थहरु पनि अनुवाद गरिसकेका उनी २०४० बाट नै अनुवादा कार्यमा लागेका थिए ।

आफुहरु स्वयंसेवी रुपमा लागिपरेको बताउँदै मानन्धरले दोमाङ नेपाली भाषामा ल्याउन टोलीले अथक प्रयास गरिरहेको बताए । उनले भने, 'प्रायः धेरैजसो हिमाली बुद्धिस्टले बुद्धले भनेको कोर कुरा बुझेकै छैनन्, यसका लागि दोमाङ नेपालीमा आउन जरुरी देखेर हामी लागेका हौं, यसमा हाम्रो समुह भोलन्टियरली लागेको छ ।'

अब एक वर्षभित्रै अनुवाद गरिएको दोमाङ सार्वजनिक गर्ने तयारीमा लागेको छ त्रियान । यसका लागि आउँदो वैशाख पूर्णिमा उपयुक्त हुने खेन्पो वागिन्द्रशीलले बताए । उनले भने, 'हामीले अनुवादित दोमाङ साकादावा पूर्णिमाका दिन टुँडिखेलमा भव्य समारोहबीच सार्वजनिक गरिने योजना गरेका छौं ।'

के छ त दोमाङभित्र ?

खेन्पो वागिन्द्रशील भन्छन्, 'हरेक बौद्धमार्गीले आफ्नो र जगतको भलो होस भनेर हरेक वर्ष दोमाङ पाठ गर्दछन् । यसले लाभ पनि मिल्दछ । चन्द्रपत्रोअनुसार लोसार मनाउनेहरुका लागि यो अति उपयोगी पुस्तक पनि हो । भविष्यमा आउने नराम्रा घटनाबाट बचाउने सुत्रहरु यसभित्र छन् ।' यो भित्र तीन खण्ड छन्, सुत्र, तन्त्र र विविधा छन् । यसको सुरुमै मञ्जुश्रीनामा छ । यसमा आयु कसरी लम्ब्याउने, ब्ल्याक म्याजिकलाई कसरी रोक्ने भन्ने विषय पनि छ । यो सबै विषयलाई ऐतिहासिक व्यक्ति लामा तारानाथले संकलन गरेका हुन् ।

हिमाली बौद्धमार्गीका लागि यो उपयोगी हुने उनको भनाई छ । उनका अनुसार दोमाङ बुद्धवचनको सारंश हो । दोमाङभित्र कसरी जीवनयापन गर्ने भन्ने तरिकाहरु सिकाइएको छ । त्यसैगरी मन्त्रहरु पनि भएको उनले बताए । ती मन्त्रहरु पढ्नका लागि भने विशेष अभिषेक प्राप्तले पढेमात्र फल प्राप्त हुने बताइन्छ । हिमाली बौद्धमार्गीको घरमा दोमाङ राखेको पाइन्छ । यो सबैले राखेको पाइएपनि यसभित्र के छन् भनेर धेरैले थाहा नपाएको कारण यसलाई अनुवाद गर्न लागिएको त्रियानले जनाएको छ ।

सहयोगको खाँचो

प्रसिद्ध र पवित्र ग्रन्थ नेपालीमा अनुवाद गर्नका लागि खर्चको कमी भएको उनले सुनाए । यस अनुवाद अभियानमा अनुवादकहरुले स्वयंसेवी रुपमा अनुवाद गर्दा एकहजार प्रतिका लागिसमेत ५० लाख रुपैयाँ खर्च लाग्ने उनको अनुमान गरिएको छ । 'अहिले हामीले झन्डै ७० प्रतिशत अनुवाद सकाइसकेका छौ, सबैभन्दा धेरै खर्च कागजमा लाग्ने देखियो, ५० लाख नभइ यो काम सकिन्छ जस्तो लागेन,' खेन्पो वागिन्द्रशीलले भने । यसैले यो अभियानको लागि सहयोगको खाँचो रहेको उनले बताए ।

समितिको कोषमा अहिले ९ लाख जम्मा भइसकेको कोषाध्यक्ष विष्णु थकालीले बताइन् । व्यक्तिगत सहयोग आउने क्रम जारी रहेको उनले सुनाइन् । कोषाध्यक्ष थकालीले भनिन्, 'अहिले हामीलाई व्यक्तिगत सहयोग मात्र आएको छ, स्वदेशविदेशका बौद्धमार्गी महानुभावले सहयोग गर्ने क्रम जारी छ ।'

आफुहरुले काम थालेपछि मात्र सहयोग अभियान थाल्ने नीति लिएका कारण अब सबैसामु सहयोगका लागि अनुरोध गर्ने उनले सुनाइन् । १० हजार रुपैयाँ सहयोग गर्ने सहयोगीलाई एक सेट दोमाङ उपलब्ध गराइने र सहयोगीको नाम पुस्तकमा प्रकाशन गर्ने समितिले जनाएको छ । त्यसैगरी ५० हजार सहयोग गर्नेलाई पुस्तक लोकार्पणका दिन रिन्पोछेबाट विशेष अभिषेक तथा सम्मान गरिने समितिले जनाएको छ ।
Continue Reading | comments

Racing

SOUQ.com

watch and calendar

Template Updates

Picture

Powered by Blogger.

Slider

Sample Text

Text Widget

Archive

Contact Us

Name

Email *

Message *

Páginas

Popular Posts

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger