Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.

रुपिया १० हजारमा मलेसिया र खाडीका ६ राष्ट्र जान पाउने

Saturday, June 13, 2015

   

        जेष्ठ २९ , सरकारले रोजगारदाता कम्पनीले आउने–जाने हवाई टिकट, प्रवेशाज्ञावापत लाग्ने खर्च ब्यहोर्ने मात्र होइन, कामदारको तलबबाट कुनै अन्य खर्च नकटाउने शर्तमा मात्रै यी देशमा वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउने भएको हो । 
     श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र खाडीका ६ राष्ट्र कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (दुबई), ओमन, कुबेतका लागि निःशुल्क टिकट र प्रवेशाज्ञाको निर्णय गर्दै यससम्बन्धी प्रस्ताव कानुन मन्त्रालयमा पठाएको जानकारी दिएको हो ।
       मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले उक्त प्रस्ताव कानुन मन्त्रालयबाट छिटै नै स्वीकृत भएर आउने र नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको पाँच दिनपछि सो व्यवस्था लागू हुने जानकारी दिए ।
        उनले निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्थाले नेपाली कामदारको गन्तव्य मुलुकमा माग कम नहुने बरु झन बढ्ने दाबी गरे । यो व्यवस्थाले कामदारले पनि दुःख नपाउने र माग पनि बढ्ने भएकाले व्यवसायीहरुले पालना गर्ने मन्त्री गुरुङको विश्वास छ ।
        नेपालीहरु सबैभन्दा धेरै झन्डै २७ लाख बराबर यिनै मुलुकमा काम गर्दै आएका छन् । त्यसैले यी मुलुकबाट यो व्यवस्था सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
     यो व्यवस्था आवश्यकतानुसार अन्य गन्तब्य मुलुकहरुमा पनि लागू गर्दै जाने सरकारको तयारी छ । यस्तै, कामदारले अब यी मुलुकमा जान १० हजार रुपैयाँभन्दा बढी तिर्नुनपर्ने भएको छ । रोजगारदाताले इजाजतपत्रवाला संस्थालाई कामदार आपूर्ति गरेबापत प्रवद्र्धन खर्च/सेवा शुल्क उपलब्ध नगराएको वा नगराउने शर्त रहेको अवस्थामा मात्र १० हजारसम्म सेवा शुल्क लिन पाउनेलगायतका व्यवस्था पनि सरकारले गरेको हो ।
        सरकारले मलेसिया र खाडीका ६ ओटा मुलुकमा टिकट र भिसा शुल्क नलाग्ने गरी मात्र नेपाली कामदार पठाउन दिने भएको छ ।















Continue Reading | comments

संसारमा यस्ता डरलाग्दा स्थानहरु जहाँ ज्यानसम्म पनि जानसक्छन dangerous places

संसारमा यस्ता डरलाग्दा स्थानहरु छन जहाँ गयो कि ज्यान गयो ।  यी ठाउँमा गएका मानिसहरु फर्केर कहिल्यै आएनन ।


एस्बेसटस माइन Asbestos mine क्यानडा क्यानेडामा रहेको एस्बेसटस खनिज क्षेत्र निकै डरलाग्दो ठाउ मानिन्छ। यहाँ सिलिकन पाइनन्छ तर यहाँ उतपन्न हुने गन्ध मानिसलाइ गम्भीर विरामी बनाउँछ। सिलिकन फाइबरले फोक्सको क्यान्सर , छालाको क्यान्सर जस्ता डरलाग्दा रोग निम्त्याउँछ। हाल यो क्षेत्रमा उत्खनन गर्न प्रतिन्ध लगाइएको छ।


इजु आइल्याण्ड izu island , जापान इजु आइल्याण्ड ज्वालमुखीबाट बनेको टापुहरुको एउटा समुह हो। यहाँ पहिले भने मानव वस्ती बसेको थियो।ज्वालामूखीका कारणपुरे टापुमा सल्भरको गन्धले भरिएको छ। सन १९५३ देखि २००० कस बीचमा यहाँ सल्फर ग्यासको स्तर खतरनाक तरिकाले बढ्यो। मानिसहरु यहाँबाट अन्तै सारिए।

 रामरी आइल्याण्ड Ramree island ,म्यानमार म्यान्मारको रामरी आइल्याण्डमा संसारकै सवै भन्दा डरलाग्दा गोही पाइन्छन्। दलदलले भरिएको टापुमा असाध्यै घातक र विषालु गोही र बिच्छीको बिगबिगी छ। दोस्रो विश्वयुद्धका बेला यहाँ ६ दिन युद्ध चलेको थियो। कयौं घाइते सैनिकहरु गोहीको भोजन बनेका थिए। कयौं सैनिकहरु दलदल फसेर परेका थिए। करिब १ हजार जापानी सैनिक यो टापुमा युद्धाका दौरान छिरेका थिए जसमध्य २० जान मात्रै बाँचेका थिए।


         एनविक पोइजन गार्डेनAnvik poison garden , बेलायत बेलायतको विषालु बगैचामा भएका जडुबुटीले तपाईको ज्यानै लिन सक्छन्। यो बगैचाम विषालु बोट बिरुवा उमार्ने सरकारले लाइसेन्स नै दिएको छ । १४ एकड क्षेत्रमा फैलिएको यो बगैचमा १०० प्रजातीका त्यस्ता बोट विरुवा छन् जसले ज्यान लिन सक्दछन्




















Continue Reading | comments

गर्मी मौसमा खाने खानेकुराहरु

Friday, June 12, 2015

      अहिले गर्मीको समय छ । तापक्रम बढेर नयाँ नयाँ किर्तिमान कायम गर्दैछ । गर्मी जति बढेपनि कामकाजी मानिसहरुले गर्मीको बेवास्ता गरेरै काम गर्नुपर्ने हुन्छ । यस्तोमा सरीरमा पानीको कमी हुने अर्थात् डिहाइड्रेसन हुने लगायतका विभिन्न खाले संक्रमण तथा स्वास्थ्य समस्या देखिन सक्छन् । डिहाइड्रेसनको खतरा गर्मी याममा निकै बढि हुने भएकाले आफ्नो खानपिनको आदतमा विशेष ध्यान दिन र जिउको रोगप्रतिरोधी क्षमता बढाइराख्न विशेषज्ञहरुले सल्लाह दिने गरेका छन् ।
      पोषण विज्ञहरुका अनुसार गर्मीमा मानव शरीरबाट अत्यधिक पसिना निस्कने कारण इलेक्ट्रोलाइट असन्तुलित बन्दछ । त्यसकारण नियमित खानाको अलावा फलफूल तथा सागसब्जी र प्रसस्त सलाद लिनु जरुरी हुन्छ । गर्मी याममा सरीरमा पानीको पर्याप्त आपूर्तिका लागि प्रसस्त पानीको मात्रा हुने सागसब्जी तथा तरकारीहरु जस्तै फर्सी, करेला, लौका, पालुंगो, हरियो सिमीको भोजन गर्नुपर्छ ।
      कामकाजी मानिसहरुका लागि रोगप्रतिरोधी क्षमता उच्च राख्नु अत्यन्त जरुरी हुन्छ । सोही कारण गर्मी याममा खाजाको रुपमा पनि दुध, फलफुल, जुस, टुसा उमारेको गेडागुडी लगायतका परिकार समावेश हुनु आवश्यक हुन्छ । त्यसका साथै बिहानको खानामा दालभात समावेश गर्नु राम्रो हुन्छ ।
     बेलुकीको खानामा फाइबरयुक्त सागसब्जी, बन्दा तथा काउली र रोटीको सेवन गर्नु स्वस्थकर हुने र जिउले पचाउन सजिलो हुने बताइन्छ ।
     गर्मी याममा डिहाइड्रेसनबाट बच्नका लागि ग्रीन टी अर्थात् कोल्ड कफीको सेवन निकै लाभदायी हुन्छ । गर्मीको समयमा सरीको पाचन प्रणालीमा समेत समस्या आउने भएकाले हल्का खाना खानुपर्छ नत्र अपच हुने जोखिम हुन्छ । लामो समयको अन्तरालमा धेरै खानेकुरा खानुभन्दा छिटो छिटो तर थोरै थोरै खानेकुरा खाएमा पचाउन सजिलो हुन्छ ।
     त्यस्तै तरभुजा, खरभुजा, कांक्रो, लिची, स्याउ जस्ता मौसमी फलफुल खानुपर्छ, जसले सरीरमा पानीको पर्याप्त आपूर्ति गर्नुका साथै रोग प्रतिरोधी क्षमता पनि बढाउँछ । बजारमा पाइने चिसो पेय पदार्थको साटो दही, उखुको रस, नरिवल पानी तथा लस्सी पिउनु आवश्यक हुन्छ ।
    अपच भएको अर्थात् पेटमा गडबडी भएको महसुस हुने बित्तिकै कागती पानी वा पुदिना पानी पिउनुपर्छ । पानी पर्याप्त मात्रामा पिउनुपर्छ, कम्तिमा पनि दिनको ३-४ लिटर ।
    तेलमा तारेका, भुटेका खानेकुराहरु नखानु नै राम्रो हुन्छ । खानेकुरा पकाएर लामो समयसम्म नराख्नुहोस्, छिटै खानुहोस् । बासी खानेकुरा खाँदा रोगको संक्रमण हुने जोखिम हुन्छ ।
     गर्मीमा चिया तथा तातो कफीले पनि फाइदा गर्दैन । बढि चिल्लो तथा नुनयुक्त ड्राइफुड्स तथा जंक फुडहरुको सेवन नगर्नु राम्रो हुन्छ । जाँडरक्सी तथा धुम्रपानको सेवन गर्मीयाममा अझ बढि हानिकारक मानिन्छ । -एजेन्सी

Continue Reading | comments

Dubai City




#Dubai city has marvelously evolved in terms of finesse in architecture and envious landscape. Video courtesy: Aerial Filmworks/ YouTube
Posted by Khaleej Times on Monday, 6 April 2015
Continue Reading | comments

आफ्नो इच्छाले जन्माउनुहोस् छोरा र छोरी

अहिलेको एक्काइसौँ शताब्दिमा पनि छोरा र छोरीमाथिको भेदभाव विद्यमान रहेको छ । छोरा भए एउटा सन्तान भए पुग्छ भन्नेहरु छोरी जन्मेमा वंश धान्ने छोरा त चाहिन्छ नै भन्न पछि पर्दैैनन् ।
धेरै छोरीहरु जन्मेको घरमा एउटा छोरा जन्माउनै पर्छ भनेर महिलामाथि दबाब दिने गरिन्छ ।
जसले महिलालाई निकै तनावमा पारेको हुन्छ ।यस्तै कुराहरुलाई मध्यनजर गर्दै चीनका वैज्ञानिकहरुले एउटा यस्तो तालिकाको निर्माण गरेका छन् जसले थुप्रै मानिसहरुलाई आफूले चाहेको अनुरुप छोरा–छोरी जन्माउन सहयोग गर्नेछन् ।
क्त तालिकालाई उपयोग गर्नेहरु यो शत प्रतिशत सत्य भएको दाबी गर्दछन् तर विशेषज्ञहरु यसलाई ९९ प्रतिशत सत्य भएको बताउँछन् ।
चार्टको माथिल्लो पंक्तिमा महिलाको उमेर दिइएको छ र अर्कोतर्फ जुन महिनामा गर्भधारण भएको छ त्यो महिना देखाइएको छ ।
यहाँ ‘X’  भनेको छोरालाई अंकित गरिएको छ भने ‘O’ को प्रयोग छोरीको लागि गरिएको छ । यदि तपाईंलाई पनि आफूले चाहेको
अनुरुप छोरा वा छोरी जन्माउन मन लागेको छ भने तल दिइएको चार्टलाई प्रयोग गर्नुहोस्
Continue Reading | comments

कोरियनसंग विवाह गरेर आउने नेपाली चेलीहरु बास्तबिकता

Thursday, June 11, 2015



कोरियन नागरिकसंग विवाह गरेर आउने नेपाली चेलीहरुको यकिन तथ्यांक नेपाली दुतावाससँग छैन । १२ सयभन्दा बढी नेपाली चेलीहरु कोरियन नागरिकसँग विवाह गरेर कोरिया आएको अनुमान गरिन्छ । पछिल्लो चरणमा इपिएस प्रणालीमार्फत् कोरिया आउनेको संख्या बढेसँगै विवाह गरेर कोरिया आउनेको संख्या घटेको छ । उसो त भिसा नवीकरणमा न्याय मन्त्रालयको कडाइ गरेपछि म्यारिज भिसा लिनेहरुको संख्या घटेको भन्ने तथ्यांक पनि बाहिर आएको छ ।
सरसर्ती हेर्दा दुई थरी मनस्थिति बोकेर कोरियन नागरिकसंग विहे गर्नेहरु देखिए । शर्मिला गुरुङ ( नाम परिवर्तन) ले आफूभन्दा दोब्बर उमेरको कोरियन ना
गरिकसँग बिहे गरेर कोरिया आईन् । उनी कोरिया आउनुको उद्देश्य एउटै थियो, मनग्गे पैसा कमाउने र सुखी जीवन जिउने । विवाह केवल नाटक मात्र हो भन्ने सोचाई राखेर विवाह गरिन् । उता म्यारिज ब्युरोको दलालले पनि पैसाको प्रलोभनमा कोरिया छिर्नको निम्ति मात्र विवाहको नाटक रच्ने हो । कोरिया पुगेपछि आफ्नो–आफ्नो बाटो लाग्ने हो भनेर बताई दियो तर कोरिया आईपुगेपछि वास्तविकता अर्कै भइदियो । कोरियन लोग्नेले पनि पैसा खर्च गरेर दुलही ल्याएको हुन्छ । उसले पनि पैसा खर्च गरेर ल्याए पछि दुलहीकी रुपमा बसोस बन्ने चाहन्छ तर नेपाली चेलीले पनि उल्टै म्यारिज ब्युरोको दलाललाई पैसा तिरेर आएको हुन्छिन् । उनीलाई पनि पैसा कमाएर त्यो पैसा फिर्ता गर्ने जिम्मेवारी हुन्छ । त्यसैले गर्दा पछि आन्तरिक कलह बढ्न जान्छ ।
त्यसमा पनि विदेशी बुहारी, कोरियनहरुसँग भाषा, संस्कृति, रिती रिवाज मिल्दैन । त्यसपछि उनीहरु घरेलु हिंसाको चपेटामा पर्छन् । शर्मिलाको मुद्दामा त्यहि लागु भयो । एक बच्चाकी आमा बनिसकेकी उनलाई महिनाभरि कम्पनिमा काम गरेको तलब सबै लोग्नेले नै राखीदिने गरेको र बेला–बेलामा कुटपिट गर्ने र गाली गजौल गरेको दुखेसो पोखिन् ।
एक दशकअघि कोरियन नागरिकसंग विवाह गरेर आएकी बाला राईको आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘जसले चिने–जानेको कोरियन नागरिकसँग विहे गरेर आएका छन्, ति नेपाली चेलीहरुको स्थिति धेरै जसोको राम्रो नै छ । कतिपयले भने आफ्नै कारणले दुस्ख पाएका छन् ।’ कतिपय कोरियन पनि खराब छन् । हरेक ठाउँमा मान्छे असल मात्र पनि हुँदैनन र खराब मात्र पनि हुदैनन् । एकदुई जना खराब भए भन्दैमा सबै खराब छन भन्न नमिल्ने उनी बताउँछिन् । ‘हो, कोरियनहरु अलि रिसाहा स्वभावका हुन्छन्, तर आफू राम्रो गरिबसे उनीहरुले पनि राम्रो गर्छन्,’ उनी भन्छिन् ।
कोरियनसँग विवाह गरेर आएका केही नेपाली केटीहरु आफ्नै कारणले दुःख पाएका सुनाउँदै फेरि थपिन्, ‘कतिपय युवतीहरु कोरिया छिर्नको लागि मात्र विवाह गरेका हुन्छन् । आधुनिक जीवनशैली, गगनचुम्बी सोचाई र पैसाको मोहमा परेर नेपाली युवती कोरियाप्रति मोहित भइ म्यारिज ब्युरोलाई रकम तिरेर विवाह भिसामा कोरिया आएका हुन्छन् ।’ कोरिया आएर पैसा कमाउने, मोजमस्तीको जिन्दगी जिउने सपना बोकेका युवतीहरु कोरिया आएपछि भाग्न खोज्ने, आफ्नै स्वदेशी पुरुषसँंग सम्बन्ध बढाउने प्रयासमा लाग्ने गरेको उनले बताइन् । त्यसपछि श्रीमानले थाहा पाएर कुटने गाली गर्ने गरेको घटना देख्न र सुन्नमा आउने गरेको सुनाइन् ।
nepali korean
’महिला लागि महिला’ संस्थाकी संस्थापक अध्यक्ष कोपिला राईको अनुभव पनि बाला राईको भनाईसंग मेल खान्छ । उनीले पनि कोरियन नागरिकसंग विहे गरेर आउन चाहनेलाई विकसित र धनी देशका मान्छेहरु भन्दैमा सबै धनी र असल नहुने हुँदा विवाह गर्नुभन्दा पहिले कोरियन भाषा, संस्कृति, रहन सहनको बारेमा राम्ररी बुझेर र म कोरिया पैसा कमाउन होइन, विवाह गरेर जादैछु भने मनस्थिति बनाएर आएमा खासै समस्या नपर्ने सुझाए ।
यसबारे दुतावासमा बुझ्न खोज्दा एक कर्मचारीले पहिले जस्तो कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु घरेलु हिँसा र अत्याचारमा परेका घटना घटेको बताउँदै बरु अहिले कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु बालबच्चा छोडेर स्वदेशी केटाहरुसंग भागेर लिभिङ टुगेदरमा बस्नेको संख्या बढेको बताए । यसैगरी नेपाली चेली समाज कोरिया’ की अध्यक्ष मञ्जु गुरुङका अनुसार कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु मध्ये दुःख पाउनेको संख्याभन्दा सुखद दाम्पत्य जीवन जिउनेको संख्या बदि भएको बताईन ।
यसर्थ, मिडियामा आए जस्तो कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु सबैको स्थिति नाजुक छैन । जसले कोरियन भाषा पदेर कोरियाको सस्कृति रहन सहन बुझेर आफूले विवाह गर्ने केटाको बारेमा राम्ररी बुझेर साच्चिकै विवाह गरेर कोरिया आएकाहरुले सुखद दाम्पत्य जीवन यापन गरेको देखिन्छ । जसले आफुभन्दा दोब्बर, तेब्बर उमेरको कोरियन नागरिकसंग विवाह गरेर पैसा कमाउने, मोज मस्तीको जीवन जिउने अभिलाषाले कोरिया आएका छन्, उनीहरुले घरेलु हिँसा र अत्याचारमा परेर दुःख पाएको देखिन्छ ।
अहिले इपिएसबाट कोरिया आएका मजदुरहरुलाई समस्या पर्दा सम्पर्क राख्नको लागि खोलिएका माईग्रेन्ट सेन्टरहरुमा भाषा अनुवाद र परामर्शको लागि काम गर्ने अधिकांश कर्मचारी कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु कार्यरत छन् ।
 
Continue Reading | comments

कोपा अमेरिका २०१५ र समय तालिका Copa America 2015


काठमाडौं, जेष्ठ २८ । अमेरिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका शुक्रबार बिहानदेखि चिलीमा सुरु हुँदैछ ।प्रतियोगितामा दक्षिण अमेरिकाका १० र आमन्त्रित दुई गरी १२ राष्ट्र सहभागी छन् । प्रतियोगितामा सहभागी राष्ट्रहरुलाई तीन समूहमा विभाजन गरिएको छ ।प्रतियोगिताको समूह ‘ए’मा आयोजक चिलीसहित मेक्सिको, इक्वेडर र बोलिभिया छन् । यस्तै, समूह ‘बी’मा अर्जेन्टिना, साविक विजेता उरुग्वे, पाराग्वे र जमैका छन् भने समूह ‘सी’मा ब्राजिल, कोलम्बिया, पेरु र भेनेजुएला छन् ।विश्व फुटबलका पावर हाउसहरु ब्राजिल, अर्जेन्टिना, उरुग्वे आदी राष्ट्रहरुको जमघट हुने कोपा अमेरिकालाई विश्वकप र युरोकपपछि सबैभन्दा बढी रुचाइने र हेरिने प्रतियोगिताको रुपमा लिइन्छ ।वर्तमान विश्व फुटबलका उत्कृष्ट खेलाडीहरु लियोनल मेसी, लुइस सुवारेज, नेइमार, अलेक्सिस सान्चेज, जेम्स रोड्रिग्वेज एकअर्काविरुद्ध मैदानमा उत्रने भएकाले पनि फुटबल समर्थकका लागि कोपा अमेरिकाको यो संस्करण बहुप्रतिक्षित बनेको छ ।प्रतियोगिताको यो संस्करणमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना, ब्राजिल र साविक विजेता उरुग्वेलाई मुख्य दाबेदारको रुपमा हेरिएको छ ।तर, पछिल्लो विश्वकपमा गतिलो प्रदशन गरेको कोलोम्बिया, मेक्सिको र आयोजक चिली पनि प्रतियोगितामा सुखद नतिजा निकाल्न सक्षम छन् । अहिलेसम्म उरुग्वेले सर्वाधिक १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।यस्तै, अर्जेन्टिनाले १४ पटक उपाधि कब्जा गर्दा ब्राजिल ८ पटक विजेता बनेको छ । पाराग्वे र पेरुले समान २–२ पटक उपाधि जित्दा कोलम्बिया र बोलिभिया १–१ पटक च्याम्पियन बनेका छन् ।प्रतियोगिताको उद्घाटन खेलमा  त्यहाको समय(2015 -06 -11 ) 20 :30 UTC -3.(+8hour45minute )नेपाली समयअनुसार १२ गते शुक्रबार बिहान सवा ५ बजे आयोजक राष्ट्र चिलिले इक्वेडरको सामना गदैछ । प्रतियोगिता आगामी जुलाई ४ सम्म सन्चालन हुनेछ
copa america offical  link
Copa America 2015 Complete Matches Schedule in Nepal Standard Time
#noDateTime(IST)MatchesScoresWinners
112-06-201505:15amChile vs Ecuadorn/a2—0
213-06-201505:15amMexico vs Bolivian/a0—0 
314-06-201512:45amUruguay vs Jamaican/a
414-06-201503:15amArgentina vs Paraguayn/a
515-06-201512:45amColombia vs Venezuelan/a
615-06-201503:15amBrazil vs Perun/a
716-06-201502:45amEcuador vs Bolivian/a
816-06-201505:15amChile vs Mexicon/a
917-06-201502:45amParaguay vs Jamaican/a
1017-06-201505:15amArgentina vs Uruguayn/a
1118-06-201505:45amBrazil vs Colombian/a
1219-06-201505:15amPeru vs Venezuelan/a
1320-06-201502:45amMexico vs Ecuadorn/a
1420-06-201505:15amChile vs Bolivian/a
1521-06-201512:45amUruguay vs Paraguayn/a
1621-06-201503:15amArgentina vs Jamaican/a
1722-06-201512:45amColombia vs Perun/a
1822-06-201503:15amBrazil vs Venezuelan/a
 Copa America 2015 Quarter Final Matches Schedule and Results In Nepal Standard Time
#noDateTime(IST)MatchesScoresWinners
1925-06-201505:15am— vs —n/a
2026-06-201505:15am— vs —n/a
2127-06-201505:15am— vs —n/a
2228-06-201503:15am— vs —n/a

Copa America 2015 Semi Final Matches Schedule and Results In  Standard Time
#noDateTime(IST)MatchesScoresWinners
2330-06-201505:15am— vs —n/a
2401-07-201505:15am— vs —n/a

Copa America 2015 Final Matches Results (Losers and Finals)
#noDateTime(IST)MatchesScoresWinners
2504-07-201505:15amCopa 2015 Losers finaln/a
2605-07-201501:45amCopa America 2015 Finaln/a

Continue Reading | comments

ताप्लेजुङ पहिरोमा मर्नेको संख्या ५३ पुग्यो Taplejung landslide with video










ताप्लेजुङमा पहिरो गए पछिको भिडियो
Posted by ताप्लेजुङ.कम on Thursday, 11 June 2015
Continue Reading | comments

Qatar कतारको कम्पनीले भुकम्प पिडित कामदारहरुको घरघरमा गइ सहयोग

जेठ २७ , चितवन । कतारको एल एबल कम्पनीमा कार्यरत भूकम्पपीडित नेपालीहरुका परिवारलाई भेट्न कम्पनीका प्रतिनिधिहरु गाउँगाउँ पुगेका छन् ।
गत बैशाखमा गएको विनाशकारी भूकम्पमा आफ्ना कामदारले भोग्नु परेको क्षतिको अनुगमन गरी सहयोग गर्ने उद्देेश्य अनुरुप उक्त कम्पनीले आफ्ना प्रतिनिधिहरुलाई नेपाल पठाएको हो । गत जेठ २१ गते उक्त कम्पनीका प्रतिनिधीहरु नेपाल आएका थिए ।
सोही कम्पनीमा सबै कामदारहरुको सामाजिक संस्था एरोसले आफ्नो कम्पनीमा कार्यरत भूकम्पपीडित नेपालीहरुलाई घर निर्माणका लागी सहयोग गर्ने भएको हो ।
चितवनमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा एसोसका कन्भेनर तथा सहयोग अभियानका संयोजक भारतीय नागरिक मिजियास ईकेले नेपालको पुनर्निर्माणमा सक्दो सहयोग गर्ने चाहनाअनुरुप नेपाल आएको बताए ।
कम्पनीका प्रतिनिध मिजियासले भूकम्पले पीडित बनेका आफ्ना कम्पनीका कार्यरत कामदारको परिवारको विचल्ली देखेर दुखित भएको बताए । उनले कामदारको परिवारको घर पुर्ननिर्माणमा लाग्ने बताए ।
उनले कामदारको घर पुर्ननिर्माणका लागी ३० लाख बराबरको सहयोग जुटिसकेको उल्लेख गरे । अहिलेसम्म योजना गरिएको रकम थोरै भएको उल्लेख गर्दै उनले कतार फर्किएपछि यो रकम बढाएर सबैको घर निर्माण सहयोगका लागी पहल गर्ने बताए ।
एरोस अन्तरगतका कामदारहरुले भूकम्पपीडित कामदारहरुको सहयोगका लागी १० लाख रुपैया संकलन गरिसकेका थिए भने त्यो रकमको दोब्बर २० लाख एल एबल कम्पनीको तर्फबाट संकलन भईसकेको बताइएको छ ।
सोही कम्पनीमा कार्यरत तथा नेपाल पत्रकार महासंघ कतार शाखाका कोषाध्यक्ष घनश्याम पराजुलीसमेत कम्
पनीको प्रतिनिधिको रुपमा ५ दिनका लागि नेपाल आएका थिए ।
नेपालका भूकम्प प्रभावित जिल्लाहरु धादिङ्, गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, चितवन लगायतका जिल्लाहरुका कामदारहरु उक्त कम्पनीमा कार्यरत रहेको कार्यक्रममा जानकारी दिए ।
अनलाइन खबरबाट
Continue Reading | comments

taplejung landslide ताप्लेजुङमा भिषण पहिरो भिडिओ सहित हेर्नुहोस

           
जेष्ठ २८, ताप्लेजुङमा बुधबार साँझदेखि परेको अविरल वर्षासँगै विभिन्न गाउँमा गएको पहिरोले पुरिएर २१ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ३६ जना वेपत्ता भएका छन् ।  पहिरोमा ज्यान गुमाउने यी हुन् पहिरोमा परी ज्यान गुमाउनेमध्ये २१ जनाको शव भेटिएको छ । मृतकहरुमा खोक्लिङ-७ का १३ वर्षीय सबिन मादेन, खोक्लिङ-५ का १८ वर्षीया मनकुमारी लामघाते, सोही स्थानका १२ वर्षीय बसन्त रसाईली, लिङतेप-३ की ३१ वर्षीया मनमाया लिम्बु र लिङ्तेप-७ का ४२ वर्षीय भिमबहादुर केदेम लिम्बु रहेका छन् ।  त्यसैगरी सोही स्थान कि ३ वर्षीया चमेली केदेम लिम्बू, लिङतेप-५ का उमेर नखुलेका सन्तमान लिम्बू, लिवाङ-३ का उमेर नखुलेका भक्तजन लिम्बू, लिवाङ-३ की उमेर नखुलेकी मनमाया लिम्बू, लिवाङ-३ की उमेर नखुलेकी पञ्चमाया लिम्बू र लिवाङ-३ का उमेर नखुलेका शैलेन्द्र लिम्बू रहेका छन् । पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसार लिवाङ-३ की उमेर नखुलेकी चितमाया लिम्बू, लिवाङ-३ बस्ने लक्ष्मीमाया लिम्बू, सान्थाक्रा-३ का ७२ वर्षीय अमरध्वज लिम्बू, सोही स्थान बस्ने १० वर्षीय बिरुन चोङवाङ रहेका छन् । त्यसैगरी थुकिम्बा-४ का १० वर्षीय बिरु लिम्बू, सान्थाक्रा-३ का ७५ वर्षीय फेर्नेमा कान्छा, थिङलाबु-६ की उमेर नखुलेकी मनकुमारी लिम्बू, सोही स्थान बस्ने ७५ वर्षीय रिन्जी शेर्पा, २७ वर्षीया रनु लिम्बु र ७ वर्षीया सिता लिम्बु रहेका छन्। पहिरोमा परी घाइते भएकाहरु पहिरोमा परेर खोक्लिङ-७ बस्ने ९ वर्षीय पुजन आङसाङ्बो, सोही स्थान बस्ने २२ वर्षीय बलबहादुर कामी, लिङतेप-७ बस्ने ४२ वर्षीया टंकमाया लिम्बू, लिबाङ-५ बस्ने ३० वर्षीय मदन लिम्बू र सोही गाविस-३ बस्ने १९ वर्षीय रोहित लिम्बू रहेका छन् । त्यसैगरी लिवाङ-१ बस्ने ३० वर्षीया सुकमाया थाम्सोहाङ, सोही गाविस-५ बस्ने ६५ वर्षीय रुद्र लिम्बू, र वडा १ बस्ने ८ वर्षीय अर्जुन लिम्बू गम्भीर घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम ल्याइएको छ ।
Continue Reading | comments

copper vessel तामाको भाँडामा राखिएको पानी पीउनु स्वास्थको लागि फाइदा

१. आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ । 
 
२. तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन । त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ ।
 
३. तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा (ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड) मानिन्छ । यसमा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न सक्छ । यस्तै, पानीजन्य रोग डाइरिया, कमलपित्तजस्ता रोग रोक्न पनि उपयोगी मानिन्छ ।
 
४. थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ ।
 
. तामामा मष्तिष्कलाई उत्तेजित गर्ने गुण हुन्छ । यो गुणको उपस्थितिमा मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ ।

६. जोर्नी दुख्ने समस्या छ भने तामाको भाँडामा राखिएको पानी नियमित पिउनाले फाइदा हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ ।
 
७. यदि छाला स्वस्थ र सुन्दर बनाउन चाहनुहुन्छ भने रातभर तामाको भाँडामा राखिएको पानी बिहान पिउनुहोस् । तामाले शरीरमा नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत गर्छ । नियमित रुपमा यस्तोपानी पिउनाले छाला स्वस्थ र चम्किलो हुन्छ ।
 
८. एसिडिटी, कब्जियतजस्ता पेटका समस्या भएका मानिसका लागि तामाको भाँडामा राखिएको पानी अमृतसमान हुन्छ । आयुर्वेदका अनुसार यदि शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न चाहने हो भने तामाको भाँडामा कम्तीमा ८ घण्टा राखिएको पानी पिउनुहोस् । यसबाट पेट फुल्ने समस्या र पाचनप्रणालीका समस्या हट्छन् ।
 
९. तामाको भाँडामा राखिएको पानी पिउनाले चाउरी पर्ने प्रक्रियालाई पनि ढिलो गराइदिन्छ । यसले नयाँ र स्वस्थ छालाको कोशिकाको उत्पादनमा पनि मद्दत गर्छ ।
 
१०. यसले रगतको विकार र कमी हुने समस्या हट्छ । पोषक तत्वलाई शोषेर रक्तवाहिनी नलीहरुमा यसलाई नियन्त्रित गर्छ ।
Continue Reading | comments

नेपालमा ५. रेक्टर इस्केलको भूकम्पको धक्का

काठमाडौँ, २८ बैशाख । नेपालमा बिहीबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहीबार राति ९ बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक जिल्लालाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, यो भूकम्पको परकम्पन मात्र हो । नेपालमा ५. रेक्टर इस्केलको भूकम्पको धक्का
राजधानीमा भूकम्पको कडा नै धक्का महसुस गरिएको थियो । भूकम्प गएपछि उपत्यकाबासी घरबाहिर निस्केका छन् ।
-
Continue Reading | comments

Jackie Chan ज्याकी चैन भुकम्प पीडितहरुलाई राहत लिएर काठमाडौँ

Tuesday, June 9, 2015


       जेठ २६ , मंगलबार नेपाल आएका हलिउडका सुपरस्टार ज्याकी चैन ललितपुरको जावलाखेल पुगेका छन् । जावलाखेलको खेल मैदानमा पुगेर उनले त्यहाँ टेन्टमा बसेका भुकम्प पीडितहरुलाई राहत वितरण गरेका थिए उनलाई रेडक्रसले नेपाल ल्याएको हो । मंगलबार ११ बजेर ५० मिनेटमा नेपाल आएका ज्याकी विमानस्थलबाट सोझै सोल्टी होटल पुगेका थिए । यसपछि उनी त्यहाँ केही समय आराम गरेर जावलाखेल पुगेका थिए ।
    
(9)प्रहरीको कडा सुरक्षाका विच उनले राहत वितरण गरेका हुन् । उनले राहतमा कुन-कुन सामाग्री वितरण गरेको नखुलाइएपनि वितरण गरिएको बाकसभित्र मानिसलाई आवश्यक पर्ने विभिन्न खालका सामाग्री भएको जानकारी दिइएको छ । लिएर काठमाडौँ
              उनी केही घन्टाका लागि नेपाल आएका हुन् । उनी आजै र्फकने कार्यक्रम छ ।  उनी करिब २० मिनेट जावलाखेल मैदानमा बसेका थिए । उनले संचारमाध्यमसँग कुनै प्रतिक्रिया भने दिएनन् ।
 त्यहाँ पुगेर उनले भुकम्प पीडितलाई राहत वितरण गरे । रेडक्रसको चिन्ह अंकित ज्याकेट लगाएका चैन हातमा गुलाब लिएर भुकम्प पीडितकोमा पुगेका थिए । उनले राहतका सामाग्रीसँगै गुलाबको फूल पनि दिए ।

Continue Reading | comments

प्रचण्ड रास्ट्रपति ,के.पी.प्रधानमन्त्री,सम्भिधान सुशील सरकारबाट जारी को सहमति

लामो समयदेखिको राजनीतिक गतिरोधको अन्त्य गर्दै संविधानका विवादित मुद्दामा प्रमुख चार दलबीच १६ बुँदे सहमति कसरी सम्भव भयो भन्ने यतिखेरब व्यापक चासो बढेको छ । सोमवार राती सार्वजनिक गरिएका १६ बुँदे सहमति वाहेक अरु के के सहमति शीर्ष नेताहरुका बीच भए भन्ने चासो पनि त्यतिकै छ । चार दलको सहमतिलाई मिलाउन लागि लागेका उच्च स्रोतका अनुसार यो सहसमतिको पछाडि खासगरी तीन प्रमुख दलका बीचमा शक्ति बाँडफाँडको दह्रो सहमति भएको छ ।
                  १६ बुँदामा सैद्धान्तिक सहमतिको लिखित ड्राफ्ट तयार गर्नु अघि नेताहरुले प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका महत्वपूर्ण शक्तिशाली पदहरुमा सहमति गरेका थिए । शीर्ष नेताहरुबीच सोमबार बिहान प्रदेशको संख्यामा सैद्धान्तिक सहमति भएपछि दिउसो बसेर शक्ति बाँडफाँडका बारेमा छलफल गरेका थिए । सोही छलफलबाट शक्ति बाँडफाँडको टुङ्गो लागेको हो
                स्रोतका अनुसार अब बन्ने भावी सरकारको नेतृत्व नेकपा एमालेलाई दिने सहमति भएको छ । जसअनुसार अब छिट्टै बन्ने सरकारको नेतृत्व केपी ओलीले गर्नेछन् । त्यस्तै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति बनाउने सहमति पनि भएको छ । त्यसका लागि अहिले तत्काल संविधान जारी गर्ने र संविधान जारी गर्ने जस सुशिल कोइरालालाई दिने सहमति पनि दलहरुले गरेका छन् । सुशिल कोइरालाको सरकारले संविधान जारी गरेलगत्तै त्यो सरकार विघटन हुने र अर्को सरकार गठन गर्ने उनीहरुबीच सहमति भएको छ । एक महिनाभित्र संविधान जारी गर्ने सहमति पनि दलहरुबीच भएको छ ।
बैशाख १२ गते नेपालमा आएको महाविनासकारी भुकम्प एक हिसाबले यो सहमतिको कारक पनि बनेको छ । देशमा भुकम्पीय विपतीका बेला सरकारले कुनै प्रभावकारी भूमिका खेल्न नसकेपछि आम जनतामा नकारात्मक प्रभाव परेको थियो । विपत्तको सामना गर्न देशको कार्यकारी नेतृत्व व्यक्तिगत रुपमा पनि बलियो चाहिदो रहेछ भन्ने विश्लेषण भुकम्पका बीच धेरै भयो । भुकम्प गएको समय वरिपरि एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीका बीच कोइराला सरकारलाई विस्थापित गर्नेबारे गोप्य वार्ता भइरहेको थियो । आम जनतामा सरकारप्रति बढेको निराशा र आक्रोशको मौका छोपेर यी दुई नेताले राष्टिय सरकार गठनको बहस थाले । केही आलोचना भए पनि कोइराला सरकार फाल्नेमा धेरैको मौन सहमति देखा परेपछि उनीहरु हौसिएर सरकार गठनमै लागेका थिए । एमाओवादी अध्यक्ष प्रचण्डले खुलेरै केपीलाई प्रधानमन्त्री बनाउन लविङ समेत गरे । तर, हिसाब किताब गर्दा सरकार धन्न धन्न बहुमतको मात्र बन्ने स्थिति देखा पर्यो । त्यसका लागि केही समय उनीहरु कोइरालालाई विस्थापित गरेर त्यसको ठाउँमा केपी आउने र त्यो सरकारलाई कांग्रेसको पनि समर्थन कसरी लिन सकिन्छ भन्नेमा लागे । त्यो अभ्यासमा अलि केही समस्या देखियो । सोही क्रममा कोइरालालाई पनि केही न केही जस दिलाएर सरकार छोडाउने र सरकार बदल्ने योजनामा उनीहरु अगाडि बढेका हुन । त्यही योजना अनुरुप कोइराला सरकारबाट जसोतसो केही मिलाउन बाँकी भएको संविधान जारी गराउनतिर प्रचण्ड र ओली लागेको स्रोतका दावी छ । यसमा केही वैदेशिक शक्तिकेन्द्रको समेत हात रहेको स्रोतका दावी छ ।
           सहमति अनुसार अब असारभित्र संविधान जारी गर्ने र त्यसपछि सुशिल कोइरालाले पद छाड्नेछन् । त्यसपछिको सरकारको नेतृत्व केपी ओलीले गर्नेछन् । सरकार गठनपछि राष्ट्रपतिको निर्वाचन हुनेछ । जसमा एमाओवादी अध्यक्ष प्रचण्ड अहिलेदेखि नै तयारी गरिरहेको स्रोतको भनाई छ ।

Continue Reading | comments

Bribe घुस सहित इन्जिनियर पक्राउ

जेस्ठ २६, १ लाख २० हजार घुससहित डिभिजन सडक कार्यालय नुवाकोटका इन्जिनियर पक्राउ परेका छन्।
७ लाख ६४ हजारमा ठेक्का पाएको र सडक मर्मतको कामसमेत सम्पन्न भएपछि डिभिजन सडक कार्यलयबाट रकम भुक्तानीको लागि ठेकेदारसँग कार्यालयका इन्जिनियर लालसिंह ऐरी घुस मागेको भन्ने सुचनाको आधारमा इन्जिनियर ऐरीलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
Continue Reading | comments

Dubai job दुबईमा आकर्सक जागिर कसैलाई चाहिएमा हेर्नुहोला

    सुरक्षा गार्ड सम्बन्धि राम्रो ज्ञान,CVIT"Cash and Valuables in transit" means the physical transfer of banknotes, coins and items of value from one location to another. The locations include cash centers and bank branches, ATM points, large retailers and other premises holding large amounts of cash.  को बारेमा थह भएको बेक्तीले र कम्तिमा १२ कक्ष पढेकोले आबेदन दिन सक्नेछन। सम्पूर्ण जानकारीको लागि तल हेर्नुहोला।

Continue Reading | comments

Saudi Arabia घर बिदाबाट समयमा नफर्के ३ वर्ष सम्म प्रतिबन्ध

काठमाडौ/साउदी अरब सरकारले घर बिदामा गएका आप्रवासी कामदारहरू भिसामा उल्लिखित समयावधिमै नफर्के तीन वर्षसम्म आउन नपाउने नियम लागु गरेको छ ।

साउदी सरकारको जवाजतले सार्वजनिक गरेको सो नियमअनुसार कार्यरत कम्पनीबाट घर बिदामा गएका आप्रवासी कामदारहरूले भिसामा तोकिएकै समयभित्र फर्कनुपर्नेछ। आप्रवासी कामदारमा आधारित साउदी अरबका विकास निर्माण र व्यापार व्यवसायमा श्रमिकहरूको कमी हुन नदिन तथा श्रम बजारलाई स्थायित्व दिन भन्दै गत बुधबारबाट सरकारले सो नियम लागु गरेको जवाजतका मोहम्मद विन अब्दुल अजिज अल सादले बताएका छन्।

यहाँका कम्पनीहरूले आप्रवासी कामदारहरूलाई सामान्यतया आकस्मिक २१ र हरेक २ वर्षमा ६० दिनको बिदा दिने गरेका छन्। बिदाका लागि उनीहरूले पुनः प्रवेश अनुमतिसहितको भिसा जारी गर्दा अधिकतम ६ महिनाको समयावधि दिने गरेका छन्।

कम्पनीहरूले कामदारका लागि विशेष गरेर चाँडै फर्किऊन् भनेर बिदाको अवधिभन्दा केही दिन बढी मात्रै भएको भिसा जारी गर्ने गर्दछन्। यो नयाँ नियमअनुसार कामदारले कुनै कारणवश भिसाको अवधिभन्दा बढी बस्नु परे आफ्नो रोजगार गुमाउनुका साथै साउदी अरबमा ३ वर्षसम्म आउन पाउँदैनन्।

यसअघि भिसा अवधि सकिए पनि अकमा ९आवास अनुमति० को म्याद रहेसम्म पुनः भिसा जारी गरेर कामदारहरू आफ्नो काममा फर्कन पाउने व्यवस्था थियो। नयाँ नियमले आप्रवासी कामदारहरूलाई सम्झौता अवधिसम्म एउटै कम्पनीमा काम गर्न बाध्य बनाएको छ।

त्यसैगरी सम्झौता अवधि सकिएपछि पनि सम्झौता भंग नगरी बिदामा गएका बखत कम्पनी परिवर्तन गरेर समेत तीन वर्षसम्म साउदी अरबमा आउन पाउने छैनन्। साउदी अरबको कुल जनसंख्या ३ करोड ८ लाख मध्ये ३३ प्रतिशत आप्रवासी कामदारको रहेको छ। उनीहरू निजी तथा सार्वजनिक क्षेत्रमा कार्यरत छन्। पछिल्लो तथ्यांकअनुसार साउदी अरब नेपालीहरूको वैदेशिक रोजगारका लागि दोस्रो गन्तव्य मुलुक हो। साउदी अरबमा लगभग ६ लाख नेपाली आप्रवासी कामदारका रूपमा रहेका छन्।

Continue Reading | comments

Menthol पुदिनाको सेवनले अनेकौ लाभ

Monday, June 8, 2015

       पुदिना हामी धेरैले देखेका छौं । नदेख्नेले पनि पिपरमेन्ट, चकलेट, चेविङ गम आदिको माध्यमले खाइरहेका छौं । यसको औषधीमा महत्व पनि धेरै छ भन्ने कमैलाई थाहा होला । विश्वका करोडौं मानिस प्रभावित भइरहेको आईबी
    आईबीएस विश्वका १५ देखि २० प्रतिशत जनसंख्यालाई सताउने रोग हो । पेट दुखिरहने, पेट कटकटी खाने, कब्जियत हुने त कहिले झाडापखाला हुने फरक-फरक लक्षण देखाइरहने रोग हो यो । यसको निदान एवं उपचार पद्धति अहिलेसम्म एलोप्याथी र आयुर्वेदिक दुबैमा फेला परेको छैन । यसलाई व्यवस्थापन गर्न सकिने रोगमात्र भनिएको छ । अर्थात्, खानपान र मानसिक तन्दुरुस्तीबाट यसको जटिलताबाट जोगिने भनी स्वास्थ्यकर्मीहरुले सिफारिस गर्छन् । पानीको दह, इनार वा खेतबारीतिर बग्रेल्ती उमि्रने सानो वनस्पति हो पुदिना । आयुर्वेदमा यसको प्रयोग वर्षौंदेखि गरिँदै आएको छ । अहिले चकलेट, चेविङ गम, चुरोट, आइसक्रिम, केक आदिमा पनि पुदिनाको प्रयोग बढ्दो छ ।
     पुदिनामा हुने मेन्थोल तेलले आईबीएसजस्तो जटिल रोगमा प्रभावकारी भूमिका निर्वाह गर्दछ । मेन्थोलले आन्द्रा तथा मांसपेशी बलियो तथा लचिलो बनाउँछ । आन्द्राको सञ्चालनमा अवरोध आउँदा आईबीएसले सताउने गर्दछ ।
एस रोगमा पुदिनाको सेवनले निकै लाभ पुर्‍याउने बिभिन्न अध्ययनले देखाएको छ । पुदिनाको तेल पाचन प्रणालीको लागि निकै उपयोगी सावित भएको छ । आयुर्वेदमा संग्रहणी, ग्रहणी आदि नामले चिनिने आईबीएस अर्थात् इरेटल बाउल सिन्ड्रममा पुदिनाको सेवन लाभदायक मानिन्छ ।
Continue Reading | comments

भुकम्प पीडितका लागि विदेशबाट पठाइएका समान नेपाल एयारर्पोर्टको कार्गो ओफिसमा चोरी nepal cargo office


     भुकम्प पीडितका लागि विदेशबाट पठाइएका समान नेपाल एयारर्पोर्टको कार्गो ओफिसमा चोरी भएको तथा अबेबस्थित तरिकाले राखिएको भेटियो पुरा विवरण हेर्नलाई भिडियो हेर्नुहोस। -





















राहतका लागी विदेशबाट आएका समान विमान स्थलबाटै चोरी..
Posted by Lumbini Khabar Site on Monday, 8 June 2015
Continue Reading | comments

glass bridge china सिशाको ठुलो आकासे पुल

      जेठ २५, चीनमा अब आकाशमा हिँड्न सकिने भएको छ । पारदर्शी शिशाबाट बनाइएको एउटा शिशाको पुलमा हिँड्दा मानिसलार्इ आकाशमै रहेको महसुस हुने बताइएको छ । 
डेलीमेलका अनुसार पूर्वी चीनको के सिनियुझाई नेशनल जिओपार्कमा पारदर्शी शिशबाट निर्मित दुर्इ पहाडबीचको यो शिशाको पुल नेपाली झोलुङ्गे पुलकै शैलीमा बनाइएको छ ।
पारदर्शी शिशाले बनेको यो पुलमा थरीथरीका संगीतसमेत सुनाउने व्यवस्था गरिएको छ । यसै महिनाबाट यो पुल सञ्चालमा आइसकेको छ। शिशाले बनेको १९ फिट फराकिलो यो पुलमा एक पटकमा ८ सय जना मानिस थेग्न सक्ने बताइएको छ ।
अग्लो र हेर्दे डरलाग्दा दुर्इ पहाडबीच जमीनबाट एक हजार चार सय १० फिटमाथिको यो पुल बनाउन शिशामात्रै प्रयोग गरिएको छ । पारदर्शी भएकाले त्यहाँमाथिबाट हिँड्नेलार्इ आफू आकाशमा हिँडेको अनुभूति हुन्छ । शिशाको दोहोरो दोहोरो तहको प्रयोग गरि बनाइएको यो पुल ५९९ फिट लामो रहेको छ ।
यो पुलमा हिँड्दा हिँड्दै संगीतको नयाँ धुन बनाउन सक्ने सुविधा पनि छ । तर यसको विशेषता भनेको निरन्तर बजिरहने संगीतको धुन हो । चीनमा यस्ता अन्य पुल पनि रहेका छन् । चीनले बनाएको शिशाको यो पुल विश्वकै लामो र अग्लो हो ।
पुल पारदर्शी भएकाले यहाँ हिँड्ने धेरै मानिसहरु डराउने गरेका छन् । डराएकै कारण मानिसहरु बीचबाट निहिँडी रेलिङ समाउने गरेका छन्  डरकै कारण मानिसहरु यो पुलमा बिस्तारी हिँड्ने गरेका छन् । यो पुलमा हिँड्दा अधिकांश मानिस डराउँछन् ।
यो पुल कुनै सुरक्षा व्यवस्था नराखी २१ जना मानिसले यो पुल तयार पारेका हुन् । यो पुल बनाउनका लागि ती मदुरलार्इ प्रतिव्यक्ति दिनको ४०० युआन ज्याला दिइएको थियो ।


Continue Reading | comments

बंगलादेश बाट आएको ५७ हजार थान ब्लांकेट कता गयो ?


काठमाडौँ, २५ जेष्ठ - बंगलादेशले भूकम्पपीडितको नाममा पठाएको करिब ५७ हजार थान ब्लांकेट हराएका छन्। 

वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि बंगलादेशले हवाई र सडक मार्गबाट ५९ हजार २ सय ७२ थान ब्लांकेट पठाएको थियो। विदेशबाट आउने राहत सामग्रीको तथ्यांक राख्ने तथा वितरण गर्ने जिम्मेवारी पाएको गृहमन्त्रालयले बंगलादेशबाट २ हजार ४ सय ७८ थान ब्लांकेट मात्र प्राप्त भएको देखाएको छ। अरू ब्लांकेट कहाँ छन् तथा कहाँ गए भन्नेमा गृह मौन रहेको  खबर छ।

बंगलादेशको काठमाडौंस्थित दूतावासका अनुसार ५९ हजार २ सय ७२ थान नै ब्लांकेट तीन साताअघि नेपाल भित्रिएका हुन्। केही ब्लांकेट बंगलादेशी सेनाको हवाईजहाजमार्फत सिधै र केही ट्रकबाट सडकमार्ग हुँदै काठमाडौं ल्याइएको थियो। सडकमार्ग हुँदै ल्याइएका ब्लैंकेट बंगलाबन्ध, फूलबारी, पानीट्यांकी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल भित्रिएको दूतावासले जनाएको छ।

हामीले दुई साताअघि नै ब्लांकेट नेपाल सरकारलाई बुझाएका हौं, दूतावास स्रोतले भन्यो। बंगलादेश सरकार, त्यहाँका विभिन्न संघसंस्था तथा बैंकको सक्रियतामा संकलन गरी ती ब्लांकेट नेपाल ल्याइएको थियो। हवाई मार्ग हुँदै ल्याइएका ब्लांकेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले बुझेर गृहलाई जिम्मा दिएको थियो। सेनाले अन्य देशबाट आएका केही ब्लांकेट राखी भूकम्प प्रभावित क्षेत्रमा वितरण गर्दै आएको भए पनि बंगलादेशबाट हवाई मार्ग हुँदै आएका सबै ब्लांकेट गृहलाई बुझाएको थियो।

बंगलादेशबाट हवाई मार्ग हुँदै आएका २५ हजार ५८ थान ब्लांकेट हामीले गृहलाई बुझाइसकेका छौं। बंगलादेशबाट आएको एक थान ब्लांकेट पनि सेनाले लिएको छैन, एक उच्च सैनिक स्रोतले भन्यो। बाँकी ३४ हजार २ सय १४ थान ब्लांकेट सडक मार्ग हुँदै आएको सेनाले जनाएको छ। तर, गृहले भने बंगलादेशबाट २ हजार ४ सय ७८ थान मात्र ब्लांकेट नेपाल भित्रिएको दाबी गरेको छ।

Continue Reading | comments

​अनपढ युवकले बनाए मोटरसाइकल जस्तै गुड्ने साईकल (भिडियो सहित )

Sunday, June 7, 2015






जनकपुर , जेठ २४ – महोत्तरीका एक युवकले मोटरसाइकल जस्तै गुड्ने साइकल बनाएका छन् । महोत्तरी महदैया ५ तपनपुरका २३ वर्षका अशोककुमार सहनीले यस्तो साइकल बनाउनुभएको हो । खेतमा सिँचाई गर्ने सानो मोटरको इन्जिन प्रयोग गरेर बताइएको साइकल मोटरसाइकल जस्तै गुड्ने गर्दछ र इन्जिन मट्टीतेलबाट चल्ने गर्छ । साइकल लिएर आफ्नो घरबाट १५ किलोमिटर टाढाको जनकपुर पुगेका सहनीले एक घण्टामा एक लिटर मट्टीतेल खपत हुने गरेको उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार साइकलले प्रति घण्टा ४० किलोमिटर दूरी पार गर्छ । सहनीले योे साईकल चार दिनको प्रयास पछि गएको जेठ १७ गते पूर्ण रुपमा तयार पारेर चढ्न थालेको बताउनुभयो । पूर्ण रुपमा अनपढ सहनीले दुई वर्ष अघिदेखि यस्तो साइकल बनाउने सोचमा रहेको बताउनुभयो । पछिल्लो समय हाउस वाइरिंग र ज्याला मजदुरी गरी जोडेको रुपैयाँबाट साइकल, सिँचाई गर्ने पुरानो मोटर र अरु फलामका सामग्रीबाट बनाउन सफल भएको सहनी बताउनुहुन्छ । साइकलको सिस्टम मोटरसाईकल जस्तै देखिएपनि दुवैको तुलनात्मक रुपमा धेरै नै भिन्नता छ । साइकलमा मोटरसाइकल जस्तै साइलेन्सर, सेल्फ, क्लच र अगाडिको लाइट सबै छन् । कलात्मक साइकल बनाउनका लागि जम्मा १३ हजार रुपैयाँ लागेको सहनीले बताउनुभयो । उहाँले भिन्न खालको साइकल बनाएपछि छिमेकी पनि दंग छन् । सहनी बाटोमा साइकल गुडाउँदा हेर्नेहरुको लर्को लाग्ने गरेको छ ।
Continue Reading | comments

Nepali Movie Andaaj "अन्दाज" | Rekha Thapa "रेखा थापा" | Jiwan Luitel "जीवन लुईटेल" HD


Continue Reading | comments

Shooking road,Safrubesi to Dhunce Rasuwa after Earthquake 2015


Continue Reading | comments

Nepali Song |Jau Bhanera | Aakash Tamang |2013 |HD 720 P


Continue Reading | comments

Nepal Electricity Authority नेपाल विद्युत प्राधिकरणमा १६९९ पद जागिर खुल्यो

काठमाडौं। सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि एक हजार छ सय ९९ जनाका लागि जागिरको आवेदन माग गरेको छ। प्राधिकरणले आइतवार सार्वजनिक सुचना जारी गर्दै तीनदेखि १० तहसम्मका लागि जागिरको आवेदन खुला गरेको हो।

प्राधिकरणले खुला गरेको पदहरुमा एक महिनाभित्र आवेदन दिइसक्नु पर्ने हुन्छ। प्राधिकरणले तीहार लगत्तै लिखित र मौखिम परीक्षा सञ्चालन गरेर पदपुर्ति गर्ने छ।

प्राधिकरणको जागिरमा आठ पास गरेकादेखि स्नातकोत्तर उत्तिर्णसम्मले आवेदन दिन सक्ने छन्। खुला प्रतियोगितामार्फत पदपुर्ति गरिने भन्दै प्राधिकरणले क्षेत्रगत हिसावले नै आवेदन माग गरेको हो।

प्राधिकरणका अनुसार, प्रशासन समूह अन्तर्गत मिटर रिडिङ सुपरभाइजर पाँच तहका लागि ९५ जना नियुक्त गर्ने छ। यो पदका लागि प्रविणता प्रमाणपत्र तह वा प्लस टु उत्तिर्ण हुनु पर्छ।

प्रशासन समूह अन्तर्गतको लेखपाल पाँच तहमा ६६ जनालाई नियुक्ती दिइने छ। वाणिज्य शास्त्र वा व्यापार प्रशासनमा प्रविणता प्रमाणपत्र तह वा प्लस टु उत्तिर्णले यो पदका लागि आवेदन दिन सक्छन्।

यसैगरी प्राविधिक सेवाको इलेक्ट्रिकल सुपरभाइजर पाँच तहमा २३३ जनालाई नियुक्त गरिने छ। यसका लागि इलेक्ट्रिकल इन्जिनियरिङमा प्रविणता प्रमाणपत्र वा डिप्लोमा उत्तिर्ण हुनु पर्छ।

प्राविधिक सेवामा मेकानिकल सुपरभाइजर पाँच तहका लागि पाँच जनालाई नियुक्त दिइने प्राधिकरणले जनाएको छ। यसका लागि मेकानिकल इन्जियनियरिङमा प्रविणता प्रमाणपत्र वा डिप्लोमा उत्तिर्ण हुनु पर्छ।

प्राधिकरणले प्रविधिक सेवामा सिभिल सुपरभाइजर पाँच तहका लागि १२ जनालाई नियुक्ती दिने छ। सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाणपत्र वा डिप्लोमा उत्तिर्णले यो पदका लागि आवेदन दिन सक्छन्।

यसैगरी सिनियर हेवी इक्विपमेन्ट अप्रेटर तह पाँचका लागि पाँच जनालाई नियुक्त दिने सुचना सार्वजनिक गरेको छ। यसका लागि एसएलसी पास गरी भारी उपकरणको चालक अनुमतिपत्र पाएको हुनु पर्छ।

प्रशासन समूह अन्तर्गत सिनियर मिटर रिडर  तह चारका लागि ४७० जनालाई नियुक्ती दिने प्राधिकरणको तयारी छ। यो पदका लागि प्रविणता प्रमाणपत्र वा डिप्लोमा अनिवार्य गरिएको छ।

यसैगरी प्रशासन अन्तर्गत  सहायक लेखापाल तह चारका लागि १६५ वटा पदमा आवेदन माग गरिएको छ। यो पदका लागि वाणिज्य शास्त्र वा व्यापार प्रशासनमा प्रविणता प्रमाणपत्र तह वा प्लस टु उत्तिर्ण हुनु पर्छ ।

फोरमेन इलेक्ट्रिकल तह चारका लागि ३६१ जनाबाट आवेदन माग गरिएको छ। यसका लागि इलेक्ट्रिकल विषयमा एसएलसी पास अनिवार्य छ। साथै फोरमेन सिभिल तह चारका लागि दुई जनालाई नियुक्त दिइने छ। यसका लागि सिभिल बिषयमा प्राविधिक एसएलसी पास गर्नु पर्छ।

फोरमेन ड्राइभर तह चारका लागि आठ जनाको जागिर खुलेको छ। १० कक्षा पास गरी भारी सवारी साधनको चालक अनुमति पत्र भएकाले यसका लागि आवेदन दिन सक्छन्। प्रशासन अन्तर्गत मिटर रिडर तह तीनमा ४२ जनालाई जागिर खोलिएको छ। यसका लागि एसएलसी पास उत्तिर्ण हुनु पर्छ।

यसैगरी प्राधिकरणले इलेक्ट्रिसियन तह तीनका लागि १४३ जनाबाट आवेदन माग गरेको छ। इलेक्ट्रिसियन बिषयमा १० कक्षा उत्तिर्ण गरेकाले यो पदका लागि आवेदन दिनसक्छन्। ड्राइभर तह तीनका लागि आठ कक्ष उत्तिर्ण भइ हलुका सवारी साधनको अनुमति पत्र भएको हुनु पर्छ। यो पदका लागि १० जनालाई नियुक्त गरिने छ।

प्रबन्धक प्राविधिक इलेक्ट्रिकल तह १० का लागि एक जनालाई नियुक्त गरिने छ। यो पदमा आवेदन दिनका लागि इलेक्ट्रिकल वा इलेक्ट्रोनिक्स इन्जिनियरिङ बिषयमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धि क्षेत्रमा अधिकृतस्तरको पदमा आठ बर्षको अनुभव भएको हुनु पर्छ।

उप प्रबन्धक प्राविधिक इलेक्ट्रिकल्स तह नौंका लागि एक जनालाई नियुक्त गरिने छ। इलेक्ट्रिकल वा इलेक्ट्रोनिक्स इन्जिनियरिङ बिषयमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धि क्षेत्रमा अधिकृतस्तरको पदमा छ बर्षको अनुभव भएकाले यो पदका लागि आवेदन दिन सक्ने छन्। सहायक निर्देशक प्रशासन लेखा तह आठका लागि पनि एक जना माग गरिएको छ। बाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धित क्षेत्रमा अधिृकतस्तरको पदमा चार बर्षको कार्यअनुभव भएकाले आवेदन दिन सक्ने छन्।

चार्टर्ड एकाउन्टेन्ट प्रशासन लेखा तह आठका लागि एक जना माग गरिएको छ। यसका लागि सिए, एसिसिए वा सिपिए उत्तिर्ण हुनु पर्छ। सहायक प्रबन्धक प्राविधिक इलेक्ट्रिकल तह आठका लागि पनि एक जना माग गरिएको छ। इलेक्ट्रिकल इन्जिनियरिङ बिषयमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धि क्षेत्रमा अधिकृतस्तरको पदमा चार बर्षको अनुभव भएकाले आवेदन दिन सक्छन्।

सहायक प्रबन्धक प्राविधिक सिभिल तह आठका लागि दुई जना माग गरिएको छ भने यसका लागि सिभिल इन्जिनियरिङ बिषयमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धि क्षेत्रमा अधिकृतस्तरको पदमा चार बर्षको अनुभव अनिवार्य छ। प्राधिकरणले प्रशासकीय अधिकृत तह सातका लागि तीन जना माग गरेको छ। यसका लागि स्नातकोत्तर तह उत्तिर्ण हुनु पर्छ।

यसैगरी लेखा अधिकृत, तह सातका लागि चार जना माग गरिएको छ। बाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तरले आवेदन दिन सक्छन्। कानुन अधिकृत सात तहका लागि एक जना माग गरिएको छ। यसका लागि कानुनमा स्नातक भइ अधिवक्ताको प्रमाणपत्र प्राप्त वा कानुनमा स्नातकोत्तर उत्तिर्ण अनिवार्य गरिएको छ।

समाजशास्त्री तह सातमा पनि एक जना माग गरिएको छ। यसका लागि समाजशास्त्र वा मानवशास्त्रमा स्नातकोत्तर हुनु पर्छ। इन्जिनियर इलेक्ट्रिकल तह सातमा ४७ जना माग गरिएको छ। यसका लागि इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक हुनु पर्छ।

इन्जिनियर मेकानिकल तह सातमा पाँच जना माग गरिएको छ भने यसका लागि मेकानिकल इन्जिनियरिङमा स्नातक अनिवार्य गरिएको छ। साथै इन्जिनियर सिभिल तह सातमा १३ जना माग गरिएको छ। यसमा आवेदन दिन सिभिल इन्जिनियरिङमा स्नातक अनिवार्य छ।

कम्प्युटर इन्जिनियर तह सातका लागि दुई जना कम्प्युटर इन्जिनियरिङमा स्नातक माग गरिएको छ। सर्वे अधिकृत तह सातका लागि एक जना माग गरिएको छ। यसका लागि सर्वे इन्जिनियरिङ बिषयमा स्नातक उत्तिर्ण वा भूगोल बिषयमा स्नातकोत्तर उत्तिर्ण गरी सिनियर सर्वेयर कोर्ष पुरा गरेको वा बिएससी गणित बिषयमा उत्तिर्ण गरी सिनियर सर्वेयर कोर्ष पुरा गरेको हुनु पर्छ।

कुन कुन ठाउँमा खुल्यो?
प्राधिकरणले विराटनगर, हेटौडा, जनकपुर, काठमाडौं, पोखरा, वुटवल, नेपालगञ्ज, अत्तेरियालगायतका स्थानमा जागिर खोलेको हो। जागिरको आवेदन फारम जुन स्थानका लागि खोलिएको त्यहीको प्राधिकरणको क्षेत्रीय कार्यालयमा बुझाउनु पर्छ।

जागिरको आवेदन विहान ११ बजेदेखि बेलुका चार बजेसम्म मात्र बुझाउन पाइन्छ। जागिरका लागि उमेर १८ बर्ष पुरा भइ ३५ बर्ष ननाघेको हुनु पर्छ। महिलाको हकमा भने ४० बर्षसम्म छुट दिइएको छ।

परीक्षा दस्तुर कति?
तह पाँच– ६२५, तह चार– ५२५, तह तीन– ४२५ रुपैयाँ लाग्ने छ। समावेशीमा पनि आवेदन दिने हो भने प्रत्येक समूहमा अतिरित्त दुई सय रुपैयाँ बढी तिर्नु पर्छ।

तह १०– १५५०, तह नौं– १२५०, तह आठ– १०५० र तह सात– ९५० रुपैयाँ लाग्ने छ। समावेशीमा पनि आवेदन दिने हो भने प्रत्येक समूहमा अतिरित्त तीन सय रुपैयाँ बढी तिर्नु पर्छ।

जागिरको पाठ्यक्रमका लागि यहाँ क्लिक गर्नुस्

Continue Reading | comments

Bogus Beggar- Makes Money Pretending To Be Hurt-अपांग को नाटक गरि भिख माग्दै जो कार चढछन्










Continue Reading | comments

Bhukampa Song Bhuichalo Le Dhalayo Dharahara by Jiwan Dahal & Tarapati Subedi HD


Continue Reading | comments

Racing

SOUQ.com

watch and calendar

Template Updates

Picture

Powered by Blogger.

Slider

Sample Text

Text Widget

Archive

Blog Archive

Contact Us

Name

Email *

Message *

Páginas

Popular Posts

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger