भारतमा गर्मीले ४ सय ३० भन्दा बढीको मृत्यु, तापक्रम ५० डिग्रीसम्म पुग्यो
भारतको हैदराबादमा आइतबार छाता ओढेर जाँदै बालकहरु । तस्बिर : एपी/रासस
प्रचण्ड गर्मी र लुको सबभन्दा बढी असर तेलंगाना र आन्ध्रप्रदेसमा भएको छ । त्यहाँ शनिबारदेखि अहिलेसम्म १ सय ४० भन्दा बढीको ज्यान गएको छ । समाचार एजेन्सी पीटीआईको अनुसार दुई दिनको अवधिमा तेलंगानामा ५८ र आन्ध्र प्रदेसमा ८७ को ज्यान गइसकेको छ । यो संख्या अझ बढ्ने सम्भावना छ ।
मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र लूको खतरा भएका कामकाजी छन् । लू र पानीको कमीले उनीहरुको ज्यान गएको हो । उत्तरप्रदेसको इलाहाबादमा ४८ र दिल्लीमा ४४ ड्रि्री सेल्सियससम्म तापक्रम पुगेको छ । पश्चिम बंगालको पर्ूर्वी क्षेत्रमा गर्मीले कम्तीमा १० को मृत्यु भएको छ । कोलकात्तामा लूले दुई चालकको मृत्युपछि एयर कन्डिसन नभएको ट्याक्सीहरुलाई दिनको बेला सडकबाट ५ किमी टाढा बस्न भनिएको छ ।
स्थानीय नागरिकलाई घरमा बस्न र बढी पानी पिउने सल्लाह दिइँदैछ । आउँदो केही दिनसम्म गर्मीबाट छुट्कारा पाउँने संभावना कमै भएकोले मौसमविदहरुले भनेका छन् । तातो हावाको कारण अत्यन्त प्रभावित सहर तेलंगाना राज्यमा मारिएकाको तथ्यांक अझै संकलन भइरहेको हुनाले अधिकारीहरुले हताहती बढ्न सक्ने बताएका छन् ।
मौसमविदहरुले पनि यो अवस्था अझै केही दिन रहनसक्ने भन्दै खतराको चेतावनीसमेत दिएका छन । केही दिनअघिबाट सुरु भएको तातो हावाको अवस्था पछिल्ला केही दिनयता आएर भने दक्षिणी क्षेत्रहरु तेलंगाना र छिमेकमा पर्ने आन्ध्र प्रदेशमा सर्दै गएको छ ।
पछिल्ला दिनहरुमा तेलंगाना र आन्ध्रमा तापक्रम अनायास बढ्न थालेको छ । यसका कारण सर्वसाधारणमा निकै ठूलो असर पर्ने भन्दै बिजुली आपूर्तीमा कुनै कठिनाइ उत्पन्न नगर्न सरकारलाई आग्रह गरिएको छ । आन्ध्र प्रदेशमा मजदुर एवं कामदारहरुलाई धेरै लामो समयसम्म दिउँसोको घाममा काम नगर्न आग्रह गरिएको छ ।
उक्त प्रदेशमा मात्रै २ सय ४६ जनाको ज्यान गएको छ । ती सबैको उक्त क्षेत्रमा चलिरहेको तातो हावाका कारण ज्यान गएको पुष्टि स्वास्थ्य अधिकारीहरुले गरेका छन् । मारिनेमा मजदुहरु पनि छन् । उनीहरु लामो समयसम्म दिउँसोको कडा घाममा काम गरेकोले प्रभावित भएका हुन् । स्वास्थ्य अधिकारीहरुले दिउँसोको घाममा सकेसम्म यात्रा नगर्न, छाता ओढेर हिंड्न, पानी प्रशस्त मात्रामा पिउन र चिसो खाद्य पदार्थहरुको सेवन गर्न सुझाव दिएका छन् ।
प्रकाशित मिति: २०७२ जेष्ठ ११ ०८:५८
पहिरोले कालीगण्डकी नदी थुनिएर बनेको ताल ‘फुट्यो’ २०७२ जेठ १० गते १८:४२
Sunday, May 24, 2015
१० जेठ, काठमाडौं । म्याग्दीको राम्चेमा झरेको पहिरोले कालीगण्डकी नदीमा बनेको ताल फुटेको छ ।
प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले अनलाइनखबरलाई बताए अनुुसार सुरुमा ओभर फ्लो भएर कालीगण्डकी नदी बग्न सुरु भएको थियो । ‘सुरुमा ओभर फ्लो भएको थियो । झण्डै डेढ घन्टापछि ताल फुट्यो र नदीमा ठूलो पानी आयो’ उनले भने ।
उनका अनुसार ताल फुटेपछि बेनी बजारसम्म नदीको छाल पुगेको छ । बेनी बजार पुरै खाली गरिएको छ । त्यहाँ अहिले सेना, प्रहरी र सशस्त्र प्रहरी मात्र छन् । स्थानीयबासीलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रमुख जिल्ला अधिकारी केसीका अनुुसार अहिलेसम्म बेनी बजारमा कुनै क्षति भने भएको छैन । पानीको सहत पनि केही कम भएको छ ।
म्याग्दीको राम्चे गाविस ९ मा पहिरो खस्दा मध्यरातदेखि कालीगण्डकी नदी थुनिएको थियो । जसका कारण २ किलोमिटर लम्बई र एक समय मिटर गहिरो ताल बनेको थियो ।
नदी थुनिएर ताल बनेपछि बेनी बजारसहितका क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ भने ८ जिल्लाका नदी किनारमा सतर्कता अपनाइएको थियो ।
रोकिएन पराकम्पन,बैशाख १२ आइतबार मात्रै चार पराकम्पन
काठमाडौं–गत बैशाख १२ गते विमानशकारी भूकम्पपछि पराकम्पन जाने क्रम रोकिएकोे छैन। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दिउँसो एक बजेसम्म चार पराकम्पन गएका छन्।
केन्द्रका अनुसार आइताबार दिउँसो १२ बजेर ५५ मिनेटमा दोलखा केन्द्रविन्दु भएको ४.४ रेक्टरस्केलको भूकम्प गएको छ। यसैगरी आइतबार नै ११ बजेर ४६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ४.२ रेक्टरस्कलेको भूकम्प गएको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार १० बजेर ३८ मिनेटमा दोलखा केन्द्रविन्दु भएको ४.४ रेक्टरस्केलको भूकम्प गएको थियो।यसैगरी आइतबार नै विहान ७ बजेर ६मिनेटमा दोलखालाई नै केन्द्र बनाएर ४.२ रोक्टरस्कलेको भूकम्प गएको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार आइताबार दिउँसो १२ बजेर ५५ मिनेटमा दोलखा केन्द्रविन्दु भएको ४.४ रेक्टरस्केलको भूकम्प गएको छ। यसैगरी आइतबार नै ११ बजेर ४६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ४.२ रेक्टरस्कलेको भूकम्प गएको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार १० बजेर ३८ मिनेटमा दोलखा केन्द्रविन्दु भएको ४.४ रेक्टरस्केलको भूकम्प गएको थियो।यसैगरी आइतबार नै विहान ७ बजेर ६मिनेटमा दोलखालाई नै केन्द्र बनाएर ४.२ रोक्टरस्कलेको भूकम्प गएको केन्द्रले जनाएको छ।
ग्यास्ट्रिक के हो ? यसबाट बंच्ने उपाय के होला ?
जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस…तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई कामलाग्न सक्छ
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ।
आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो।
ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ /जीर्ण गरेर दुई समूहमा बाँडिएको छ। तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ। यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधी (एस्पि्रन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधी, विषसेवन, मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, जाँड-रक्सी, कोकिनजस्ता मादकपदार्थ पर्दछ। आमाशयमा एच. पाइलोरिक लगायत अन्य ब्याक्ट्रेरिया, भाइरस, कृमि वा फंगसको संक्रमणले पनि हुने गर्छ।
जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ। जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ।
अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन्। लामो समयसम्म जँाड-रक्सी, चिया, कफी,कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ। ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ। यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ।
जटिलताहरूः
– यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ। यसैगरी भिटामिन बी-१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।
उपचारः
– ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौं। दीर्घ/जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो।
हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग-सब्जी, सलाद-फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ। त्यसैगरी फ्लेवेनाइडयुक्तपदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं। पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्या उन पाउँदैन।
व्यायाम तथा प्राकृतिक उपचारः
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन्।
२) बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ।
३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ।
४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो-हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ।
विश्राम व्यवस्थापनः
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो। तसर्थ, तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो।
२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ। सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ । ३) सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं।
सावधानीहरुः
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस गरौं।
२) दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्शमा मात्र लिने गरौं।
३) माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं
४) ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं।
५) कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं।
६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं।
डा. हेमराज कोइराला
पहिरोले कालिगण्डकी नदी पुरै थुनियो, २६ घर पुरिए
Saturday, May 23, 2015
म्याग्दी, १० जेष्ठ - म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले कालिगण्डकी नदी मध्यरातीदेखि थुनिएको छ। राम्चे-९ काफलडाँडाँ नजिकैको चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती-२ स्थित बैंसेरीमा कालिगण्डकी नदी थुनिएको हो। राती एक बजे ठुलो चट्टानी पहाड खसेर कालिगण्डकी पूर्णरुपमा थुनिएको प्रहरी नायब उपरीक्षक हिरा गिरीले जानकारी दिए। रातको समयमा निरन्तर पहिरो खसिरहेको थियो। बैसरी र फेदीका २६ घर पुरै पुरिएका छन्। त्यहाँका सर्वसाधारण यसअघि नै सुरक्षित स्थानमा गएकाले कुनै मावनीय क्षति भएको छैन। ‘कालीगण्डकी नदी ९० प्रतिशत थुनिएको छ, सुरक्षित स्थानमा रहन हामीले सबैलाई आग्रह गरेका छौँ, प्रनाउ गिरिले भने। मध्यरातीदेखि कालिगण्डकी थुनिएपछि बाँध फुटेर बाढी आउन सक्ने खतरा बढेपछि बेनीबजार, गलेश्वरबजार, पर्वतको बगरफाँट, पर्वत बेनी लगायतका स्थानमा सर्वसाधारणले रातिदेखि नै बजार छाडेका छन्। प्रहरीले माइकिङ गर्दै बजार छाडेर उपल्लो भेगमा गएर बस्न बेनीबजारमा आह्वान गर्दै सर्वसाधारणलाई सचेत गराएको छ। अहिले बेनीबजारका सर्वसाधारण बस्ती छाडेर अर्थुङ्गे आसपासको क्षेत्रमा पुगेर बसेका छन्। कालिगण्डकी थुनिएपछि बैसरी माथिका बेगखोला, तिप्ल्याङ, महभीर, भिरकाटे, पोखरेबगर, भुरुङतातोपानी, दाना लगायतका स्थानमा डुवानको खतरा रहको छ। घुमाउनेताल, गलेश्वर, बेनी लगायत पर्वत, बाग्लुङ र स्याङ्जाको कालिगण्डकी टटिय क्षेत्रका बस्तीमा जोखीम बढेको छ। शुक्रबार राती पहिरो खसेपछि भगवती–२ बैंसेरी र राम्चे ९ फेदीका बस्तीलाई सुरक्षित स्थानमा सारिएको थियो। बस्ती सारेको कारण भिषण पहिरो खसेको स्थानमा मानविय क्षति हुन नपाएको स्थानिय राम केसीले जानकारी दिए। राती ठुलो आवाज आउने गरी पहिरो खसेर कालिगण्डकी नदी थुनिएपछि त्यसवरपरका सर्वसाधारणमा भागदौड मच्छिएको केसीले जानकारी दिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक विमल उपाध्यायको नेतृत्वमा प्रहरी र नेपाली सेनाको टोली पुगिसकेको छ। | |
nuwakot relief package jay tamang
The remote villages of the Nuwakot such as Salme, Bhalche, Kahule, Tikure consisting Tamang community people living mostly in those villages in which the government side the relief were taken but the relief materials were given to them in very less quantity as complaint by the local people of that place. The Tamang families which consists of more than 6 members to which the government only provided from 2 kg to 10 kg of rice per family. After the relief became less to them they are involved in collecting the relief locally. When the food materials became lacked in Nuwakot, Jay Tamang residing currently in America with permanent house in Nuwakot arrived in that place with relief materials to distribute among the victims by collecting with the friends and other people in America. Around 1000 families houses are there in Bhalche village of Nuwakot to whom through the name of his associ
काठमाडौंमा हावाहुरी सँगै वर्षा
काठमाडौ, जेष्ठ ९ – काठमाडौंमा साँझ ५ बजेदेखि ठूलो हावाहुरीसँगै पानी परेको छ । हावाहुरीले यहाँको जनजीवन प्रभावित बनाएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं आसपासमा हावाहुरीसँगै वर्षा भएको जनाएको छ । महाशाखाका अनुुसार मौसममा भएको क्षणिक बद्ली केही घण्टामा सामान्य अवस्थामा फर्किने छ ।
मौसमविद् शान्ति कँडेलले केही घण्टा अगाडि धादिङको आकाशमा बनेको बादल हावाहुरीसँगै उपत्यका छिरेको बताइन् । ‘मौसममा आएको सामान्य बद्ली हो,’ उनले भनिन्–‘स्थानीय वायुको प्रभावले आएको बद्ली २/३ घण्टामा हट्ने छ । उनले पूर्वदेखि पश्चिम पहाडी क्षेत्रमा मौसममा आशिंक बदली देखिएको बताइन् ।
ठूलो हावाहुरीले भूकम्पपीडितलाई बढी प्रभावित बनाएको छ । उनीहरुले आश्रय लिएर बसेको टुँडिखेल लगायत क्षेत्रको पाल र टेन्ट उडाएको छ ।
watch video मौसमविद् शान्ति कँडेलले केही घण्टा अगाडि धादिङको आकाशमा बनेको बादल हावाहुरीसँगै उपत्यका छिरेको बताइन् । ‘मौसममा आएको सामान्य बद्ली हो,’ उनले भनिन्–‘स्थानीय वायुको प्रभावले आएको बद्ली २/३ घण्टामा हट्ने छ । उनले पूर्वदेखि पश्चिम पहाडी क्षेत्रमा मौसममा आशिंक बदली देखिएको बताइन् ।
ठूलो हावाहुरीले भूकम्पपीडितलाई बढी प्रभावित बनाएको छ । उनीहरुले आश्रय लिएर बसेको टुँडिखेल लगायत क्षेत्रको पाल र टेन्ट उडाएको छ ।
धादिङ र नुवाकोटको सीमालाई केन्द्र बिन्दु बनाएर परकम्पन
Friday, May 22, 2015
गत वैशाख १२ गते गएको भूकम्प पछि आउने परकम्पन अझै रोकिएको छैन। यद्यपी परकम्पन आउनेक्रम विस्तारै पातलिदै गएको छ।
शुक्रबार दिउँसो २ बजेर ४५ मिनेटमा धादिङ र नुवाकोटको सीमालाई केन्द्र बिन्दु बनाएर ४.२ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि हिजो तीन पटक परकम्प गएको थियो।
यसैबीच सरकारले यसअघि नै नचर्किएका घरमा बस्न आग्रह गर्दै सामान्य जनजीवनमा फर्किन आग्रह गरिसकेको छ। भूकम्प मापन केन्द्रले पनि परकम्पनको क्रम बिस्तारै पातलिँदै गएको भन्दै कसैको भ्रामक हल्लाका पछि नलाग्न आग्रह गरेको छ।
वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण अहिलेसम्म ८,६२४ जनाले ज्यान गुमाइसकेका छन् भने २१,७७७ घाइते भएका छन्।
शुक्रबार दिउँसो २ बजेर ४५ मिनेटमा धादिङ र नुवाकोटको सीमालाई केन्द्र बिन्दु बनाएर ४.२ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि हिजो तीन पटक परकम्प गएको थियो।
यसैबीच सरकारले यसअघि नै नचर्किएका घरमा बस्न आग्रह गर्दै सामान्य जनजीवनमा फर्किन आग्रह गरिसकेको छ। भूकम्प मापन केन्द्रले पनि परकम्पनको क्रम बिस्तारै पातलिँदै गएको भन्दै कसैको भ्रामक हल्लाका पछि नलाग्न आग्रह गरेको छ।
वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण अहिलेसम्म ८,६२४ जनाले ज्यान गुमाइसकेका छन् भने २१,७७७ घाइते भएका छन्।
क्षतिग्रस्त संरचनाको पुननिर्माणमा जापानले सहयोग गर्ने
काठमाडौं, जेठ ८ – जापानले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
जापानी राजदूत मासाही ओगावाले शुक्रबार सभामुख सुवासचन्द्र नेम्वाङलाई भेटी क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणका लागि जापानले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
जापानी राजदूत ओगावाले सरकारको पुननिर्माण कोषमा गर्ने सहयोग रकमका बारेमा भने केही उल्लेख गर्नुभएन । भूकम्पका कारण ५ लाख निजी घर र ९ सय ७८ वटा सरकारी भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
जापानी राजदूत ओगावाले भूकम्पपछिको पुननिर्माणमा जापानसँग राम्रो अनुभव रहेको भन्दै नेपालमा क्षतिग्रस्त संरचनाको पुननिर्माणमा पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको सभामुख नेम्वाङले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
सरकारले क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि दई खर्ब रुपैयाँको कोष स्थापना गरेकामा कोषमा अहिलेसम्म कुनै दातृ निकायले पनि सहयोग गरेका छैनन् । सरकारले कोषमा दातृ निकायबाट १ खर्ब ८० अर्ब रुपैयाँ सहयोगको अपेक्षा गरेको छ ।
बिदुर नगरपालिका ८ रैसिंग बजारमा यसरि जिउदो घाइते भेटे।
उद्दार गर्ने क्रममा बिदुर नगरपालिका ८ रैसिंग बजारमा यसरि जिउदो घाइते भेटे पछि हेर्नुहोस् ।
Posted by Outsideनेपाल.com on Thursday, 21 May 2015
राष्ट्र बैंकले २%मा आवासीय कर्जा ऋण ।
काठमाडौं, जेष्ठ ७ । नेपाल राष्ट्र बैंकले गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण आवासीय घर क्षतिग्रस्त भएका भूकम्प प्रभावित घर–परिवारलार्ई घर पुनःर्निमाणका लागि प्रवाह गरिने पुर्नकर्जासम्बन्धी कार्यविधि लागू गरेको छ ।
आवासीय कर्जामा नेपाल राष्ट्र बैंकले उपलव्ध गराउने पुर्नकर्जा प्रयोजनका लागि कार्यविधि लागू गरिएको हो । पुर्नकर्जाकोअधिकतम् सीमा काठमाडौैं उपत्यकामाप्रति घरपरिवार २५ लाख र उपत्यकाबाहेकका प्रभावित जिल्लामा १५ लाखसम्मको ऋण सुविधाको आवासीय घर पुनःर्निर्माण प्रयोजनका लागि मात्र हुने केन्द्रीय बैंकले जनाएको छ ।
यो सुविधा ऋणी तथा निजको परिवारका सदस्यहरुसँग बस्न योग्य आवासीय घर नभएको अवस्थामा मात्र उपलव्ध गराइने छ । बैंक तथा वित्तीय संस्थाले आवासीय घर पुनःर्निर्माण प्रयोजनका लागि प्रदान गर्ने ऋणमा अधिकतम् २ प्रतिशत सम्म मात्र ब्याजदर लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
सो प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले शून्य व्याजदरमा पुर्नकर्जा सुविधा उपलव्ध गराउने छ । बैंक वा वित्तीय संस्थाले कर्जामा ब्याजदर परिवर्तन गर्न पाउने छैनन् ।
यस्तो कर्जामा व्याज बाहेक अन्य कुनै पनि प्रकारको शुल्क लिन नपाइने राष्ट्र बैंकले जनाएको छ । यस्तो कर्जाको अवधि न्यूनतम ५ वर्ष र अधिकतम् १० बर्षसम्मको हुनेछ
।
आवासीय कर्जामा नेपाल राष्ट्र बैंकले उपलव्ध गराउने पुर्नकर्जा प्रयोजनका लागि कार्यविधि लागू गरिएको हो । पुर्नकर्जाकोअधिकतम् सीमा काठमाडौैं उपत्यकामाप्रति घरपरिवार २५ लाख र उपत्यकाबाहेकका प्रभावित जिल्लामा १५ लाखसम्मको ऋण सुविधाको आवासीय घर पुनःर्निर्माण प्रयोजनका लागि मात्र हुने केन्द्रीय बैंकले जनाएको छ ।
यो सुविधा ऋणी तथा निजको परिवारका सदस्यहरुसँग बस्न योग्य आवासीय घर नभएको अवस्थामा मात्र उपलव्ध गराइने छ । बैंक तथा वित्तीय संस्थाले आवासीय घर पुनःर्निर्माण प्रयोजनका लागि प्रदान गर्ने ऋणमा अधिकतम् २ प्रतिशत सम्म मात्र ब्याजदर लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
सो प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले शून्य व्याजदरमा पुर्नकर्जा सुविधा उपलव्ध गराउने छ । बैंक वा वित्तीय संस्थाले कर्जामा ब्याजदर परिवर्तन गर्न पाउने छैनन् ।
यस्तो कर्जामा व्याज बाहेक अन्य कुनै पनि प्रकारको शुल्क लिन नपाइने राष्ट्र बैंकले जनाएको छ । यस्तो कर्जाको अवधि न्यूनतम ५ वर्ष र अधिकतम् १० बर्षसम्मको हुनेछ
।
दोलखाको उत्तरी क्षेत्रमा भुकम्पपछि राती ७ बजेसम्म बचाउ बचाउ भन्ने आवाज आएको थियो हामी जान सकेनौ खोला ठुलो थियो,स्थानीय भन्छन सिंगटीदेखि झोरुङ सम्म सयौँ मानिस पुरिएको छन् तर उद्दार गर्न कोहि आएका छैनन्
दोलखाको उत्तरी क्षेत्रमा भुकम्पपछि राती ७ बजेसम्म बचाउ बचाउ भन्ने आवाज आएको थियो हामी जान सकेनौ खोला ठुलो थियो,स्थानीय भन्छन सिंगटीदेखि झोरुङ सम्म सयौँ मानिस पुरिएको छन् तर उद्दार गर्न कोहि आएका छैनन्।
Posted by Outsideनेपाल.com on Wednesday, 20 May 2015
Subscribe to:
Posts (Atom)


















