बाह्र तामाङ राजाहरु
Tuesday, August 18, 2015
"तामाङहरु को राज्य र ताम्सालिङको इतिहास""~~
बाह्र तामाङ राजाहरु “ग्याल्बो चुईनी” को वृत्तहरु
"फराप तामाङ रुम्बा - गोर्खा राज्यको विस्तार हुनुपुर्व वि. स. १८१८ सम्म तामाङ राज्यहरुको अस्तित्व रहेको थियो | “ग्याल्बो चुईनी” अर्थात बाह्रा तामाङ राजाहरुको एउटै वृत थियो जहा तामाङ राजाहरुले राज्य गर्दथे | जसलाई तामाङ राज्य अथवा “ताम्सालिङ” भनिन्थ्यो |
धेरै विद्वानहरुले काठमाण्डौ उपत्यकाको पहिलो बासिन्दा तामाङ हुन् र उपत्यकामा पछी प्रवेश गरेका समुदायहरुसंग पराजित भएपश्चात तामाङहरुले काठमाण्डौ उपत्यको काठ र वरिपरिको पर्वतीय क्षेत्रमा बसोबास गर्न थालेका हुन् (वंसिटार्ट, १९०९ : १४१, कारण, १९६० : ६६) | काठमाण्डौ उपत्यकाको बुढानिल्कण्ठको दक्षिण-पूर्वतिर बानियापाखा र पन्डित गाउको बीचमा रहेको धोबीखोलामा लेलीनग्रन्थ पुरातत्व विभागका प्रागैतिहासिक पुरातात्वविद डा. एनातोली याकोब्लेभ शेटेन्कोबाट भएको उत्खननले मंगोलियाका गोवी नमुनाका ढुंगेउपकरण काठमाण्डौमा फेला परेबाट पाषयुगीन मंगोलियनहरु तिब्बत र हिमालयपार गरी नेपाल आइपुगेको र इसापूर्व ३०,००० वर्षभन्दा पहिलेदेखि नै मंगोलहरु काठमाण्डौ उपत्यकामा आवाद भएको अनुमान गरिएको छ | यसबाट काठमाण्डौमा सबैभन्दा पहिले मंगोल मुलका मानिसहरुले बसोबास गरेका थिए र ती मानिसहरु तामाङ नै थिए भन्ने बलियो प्रमाण दिन्छ (शर्मा, सं, २०३९ : ३५९-४६४) |
नेपालका आदिवासी शंकारहित रुपमा मंगोलहरु थिए (वंसिटार्ट, १९९१) | अहिले पनि काठमाण्डौको तीन शहर र तिनको उपशहरहरुको चारढोकादेखि बाहिर चारैतिर तामाङ जातिको घनावस्ती शुरुहुन्छ | सन् १८४७ मा हडसनले उपत्यकाको र त्यसको वरिपरी नेवार र मुर्मी (तामाङ) बसोबास गर्दछन भनेका छन् (१९७२ : ३०) | सन् १८८०-१८९५ तिर वंसिटार्ट लेख्दछन “नेपाल उपत्यकामा घना आवादी छ र त्यहा करिव ३००,००० मानिसहरु होलान” भन्ने अनुमान गर्न सकिन्छ र तिनीहरुमध्ये अधिकांस नेवार र तामाङ छन् (१९९१ : ६) | कर्कपैट्रीकले “नेपालमा नेवार जातिले राज्य गर्नुभन्दा पहिले भोटे जातिले राज्य गरेका थिए | नेवारहरुले तिनीहरुलाई काठमाण्डौ उपत्यकाबाट हटाएका थिए, जसलाई काठ भोटिया भनिन्थ्यो जो आजसम्म संरक्षित छन् र हाल कच्छाडको पहाड तर मुख्यरुपमा कुतिपट्टीको पर्वतीय भू-भागमा आवाद छन्” भनेका छन् (१८११ : १४८) |
ह्यामिल्टनले हिन्दुकृत मुर्मी (तामाङ) नै काठ भोटिया हुन्” भनेका हुन् र त्यो समुदाय नेवारभित्र समाहित छ भनेका छन् (१९९० : ५९) | लिच्छवीकालको अभिलेखमा चावहिल उत्तर-पूर्वको भू-भागलाई भोटबिस्ट भनिन्थ्यो | यसै क्षेत्रमा मानदेवको पालामा बौद्ध स्तुपा बनेको भनिन्छ र त्यो तामाङ वंशावालीअनुसार योन्जन, घिसिङ, वल र ढोग्चन थरका तामाङ पुर्खाहरुले निर्माण गरेका थिए (तामाङ सं. २०५१ : ४२) | काठमाण्डौका नेवारहरु अझै पनि बनेपालाई भोट भन्दछन | तामाङ भाषाको वोद अपभ्रंश भै वोदी, बनेपा र भोट बनेको हो | म्याकडोनाल्डले “तामाङहरु मुख्यरुपमा पूर्वमा दुधकोशी र पश्चिममा बुढीगण्डकी बिचको माथिल्लो आधाभाग २०० मिटरदेखि २७०० सय मिटरको उचाईमा बसोबास गर्दछन” भनेका छन् (१९८३ : १२९) | यस क्षेत्रमा तामाङहरुको सैयौको संख्यामा किपट (सामुहिक भुमि) पाइएको छ हेर्नुहोस – लामा (१९६९), वंसिटार्ट (१९०६), मोरिस (१९३३), फुरर हेमेन्ड़ोर्फ (१९५६) र रेग्मी (१९७८) |
मुलत: यसै क्षेत्रलाई तामाङहरुले तामाङ स्वायत्त प्रदेश हुनुपर्दछ भनेका हुन | यस क्षेत्रमा गोर्खा साम्रज्याको स्थापना नहुन्जेलसम्म पनि कुनै न कुनै रुपमा तामाङहरुको स्वाशासित राज्य (मुख्खेली) हरु थिए | गोर्खाको बार्पाकमा घलेराज्य, पूर्वपट्टी गण्डी (बुढीगण्डकी) को पुर्व किनार धादिङको सेमजोङको डाप्साङमा वाईबा थरका तामाङ राजाको राज्य थियो, जसलाई सम्भवतया गोर्खाको राजा राम शाहले पुर्वतर्फ बढ्ने क्रममा हराएका थिए | धादिङ कै सेर्तुङ, झार्लाङ र बसेरमा तामाङराज्यहरु थिए | तामाङहरु राजालाई “ग्ले” भन्दछन यहि अपभ्रंश भै “घले” बनेको हो | रसुवाको गोल्जुङमा राजा नरभूपाल शाहको पालासम्म घले तामाङराज्य थियो | पृथ्वीनारायण शाहले जितेपछि आन्तरिक नेतृत्व त्यहिको ज्योमोलाई दिई बाहिरी नेतृत्व गोर्खाले लिएको थियो (तामाङ, सन् २००५) |
नुवाकोटको ककनीमा तामाङको रुम्बा थरको राज्य थियो | मल्लहरुले नै ककनीराज्यलाई उखेलेका थिए | गोपालराज वंशावलीले नेवार र तामाङहरुबीचको तनावमाथि निकै हदसम्म पारेको देखिन्छ | ह्यामिल्टन र हजासनका लेखहरुले यो छनक दिन छोडेको छैन | रामेछापको दोरम्बा, ताल्जुमा घिसिङ थरका तामाङ राजाको राज्य थियो | यसलाई गोर्खाली सैनिकले अन्तिम पटक सन् १७६२ भादैमा कब्जा गरेका थिए (थापा, २०३९ : ७०-७१) | काभ्रेको तिमालमा बल तामाङको स्वायत्त राज्य थियो | यसलाई पृथ्वीनारायण शाहका भाई दलजीत शाह र रामकृष्ण कुवरको नेतृत्वमा आएको गोर्खाली फौजले वि. सं. १८१९ असोज २ गते कब्जा गरेको थियो (आचार्य. सं. २०६१ : २०४) | सो आक्रमणमा तामाङराज्यको रक्षार्थ रेन्जेन दोर्जे राजासहित ३०० तामाङ युवायुवतीहरुको हत्या भएको थियो | यो नै तामाङको अन्तिम सत्ता थियो | मकवानपुरको बेतनी, खैराङ र टिस्टुङमा पनि तामाङराज्यहरु थिए | यस्ता सत्ताहरु र किपट माथि आधारित थिए | सन् १९१५ मा प्रकाशित मेजर सी. जे. मेरिसद्वारा लिखित “द गोर्खाज एन एन्थालोजी” मा बल, मोक्तान, स्याङ्बो र योन्जनहरुको २९ वटा किपटहरुको सुची उल्लेख थियो | महेश चन्द्र रेग्मीले लैण्ड टेन्यूर एण्ड ट्याक्सेसन सिस्टममा थमौती र खोसिएको थुप्रै किपटहरुका बारेमा जानकारी दिएका छन् | यो बास्तवमा प्राथमिक किसिमको सामुदायिक राज्यहरु थिए जसलाई “ग्रामिण गणतन्त्र” भन्न सकिन्छ भने “ग्याल्बो चुईनी” अर्थात बाह्रा तामाङ राजाहरुको एउटै वृत थियो जहा तामाङ राजाहरुले राज्य गर्दथे | जसलाई तामाङ राज्य अथवा “ताम्सालिङ” भनिन्थ्यो | तामाङराज्यको अस्तित्व कहा र कहिलेसम्म थियो भन्ने तल दिएको चार्टले अझ पुष्टि पर्नेछ | त्यसैले इतिहासमा कहिल्यै तामाङको राज्य थिएन र ताम्सालिङ भन्ने नै थिएन भन्नेहरुका लागि यो भन्दा केहि बताउनु पर्ला ?
नेपालमा जन्मिएका बालक दलाई लामाद्धारा दीक्षित, निङमा बौद्ध परम्पराको प्रमुख बने
Sunday, July 26, 2015
काठमाडौं, श्रावण १० - तिब्बती आध्यात्मिक गुरु दलाई लामाले आफ्ना दिवंगत गुरु ट्रल्सिक रिम्पोछेको अवतारको रुपमा अनुमोदन गरेका नेपालमा जन्मिएका बालक ङवाङ तेन्जिन चोकीलाई तिब्बेतियन निङमा बौद्ध परम्पराअनुसार दीक्षित गरेका छन् ।
भगवान गौतमबुद्धले पहिलो पटक धर्मदेशना गरेको दिन धर्मचक्र प्रवर्तन दिवसको अवसरमा बालक तेन्जिनलाई गुरु दलाई लामाले भारतको धर्मशालामा दीक्षित गरेका हुन् ।
दलाई लामाले बालकको कपाल खौरेर गोप्य कालचक्रतन्त्र विधिबाट दीक्षित गराइएको स्रोतले जनाएको छ । धर्मशालामा लामागुरुहरुबाट त्रिरत्नलगायतका बौद्ध पाठ गरेका थिए ।
सन् २०१३ जुलाई २५ मा नेपालमा जन्मिएका बालक ङवाङ अब तिब्बतको सबैभन्दा पुरानो निङमा बौद्ध परम्पराको प्रमुख बनेका छन् । निग्मा बौद्ध परम्पराका प्रमुख गुरु टुलसिक रिम्पोछेको ४ वर्षअघि नेपालको सोलुखुम्बुमा दिवंगत भएकोमा उनको पुनर्जन्मको रुपमा बालक ङवाङलाई मान्यता दिइएको हो ।
काठमाडौंका बाबु छोइलिङ टुल्कु ङवाल र आमा पाइलुङ छेवाङ डोल्माको कोखबाट जन्मिएका बालक ङवाङ दलाई लामाका धर्मगुरु र निग्मा बौद्ध परम्पराका प्रमुख गुरुको रुपमा रहनेछन् ।
बालक ङवाङ पछि सोलुखुम्बुको सबैभन्दा ठूलो थुप्तेन छोइलिङ गुम्बामा बस्ने जनाइएको छ । श्रावण ८ इमेज खबरमा प्रकासित भएको थियो

बौद्ध धर्मको पवित्र ग्रन्थ 'दोमाङ' नेपाली भाषामा अनुवाद हुदैं
Wednesday, July 22, 2015
बौद्ध धर्मको पवित्र ग्रन्थ 'दोमाङ' अब नेपालीमा पढ्न पाइने भएको छ । यसअघि सम्बोटा लिपिमा उपलब्ध हुदैं आएको दोमाङ त्रियान धर्म संघले नेपाली भाषामा ल्याउन लागेको हो ।
झन्डै १२ सय पृष्ठको दोमाङ अनुवादको कार्य सुरु भइसकेको त्रियानका प्रमुख तथा अनुवादक खेन्पो वागिन्द्रशीलले बताए । उनका अनुसार एक वर्षअघिबाट अनुवाद कार्य थालिएको हो । 'हामीले दोमाङ अनुवाद गर्न एउटा टिम नै बनाएका छौं, झन्डै एकवर्ष भइसक्यो अनुवाद थालेको,' खेन्पो वागिन्द्रशीलले भने, 'तीन खण्ड रहेको किताबको दुई खण्ड अनुवाद सकिसकेको छ ।'
अब आउने दोमाङमा सम्बोटा, फोनाटिक(तिब्बती उच्चरण तर नेपाली अक्षर) र नेपाली भाषासहितको आउने खेन्पोले सुनाए । दोमाङ भगवान बुद्धले रचना गरेको त्रिपिटकको सारंश भएको र हरेक बौद्धमार्गी नेपालीका लागि उपयोगी हुने भएकोले नेपाली भाषामा अनुवाद गर्नु अति आवश्यक देखिएकोले यो कार्ययोजना अघि बढाएको खेन्पोले बताए ।

दोमाङ पाठ गर्दा सम्पूर्ण बुद्धवचन पाठ गरे सरह हुने भएकोले पनि यो सम्पूर्ण बौद्धमार्गीले जान्नुपर्ने उनको धारणा छ । अहिलेसम्म तिब्बतीयन भाषामा रहेको र दोमाङ कमैले मात्र बुझ्ने भएकोले यसको सार जान्न नेपाली भाषामा हुनु अति आवश्यक रहेको खेन्पोको भनाई छ ।
केही बौद्ध ग्रन्थसमेत नेपालीमा अनुवाद गरिसकेका छन् खेन्पोले । त्यसैगरी देशविदेशमा बुद्ध वचन र दर्शनलाई सरल नेपाली भाषामा प्रवचन दिदैं आएका उनी हिन्दु परिवारबाट बौद्धमार्गी बनेका खेन्पो हुन् । उनको वास्तविक नाम नन्दप्रसाद तिमाल्सिना हो । ११ वर्षदेखि बौद्ध धर्मप्रति झुकाव राख्न सुरु गरेका उनी नेपालमा सर्वसाधारण बौद्धमार्गीका लागि बौद्धधर्मसम्बन्धी अध्ययन सामग्रीको अभाव भएको बताउँछन् ।
त्यसैले उनको अध्यक्षतामा एक वर्षअघि देखि नै दोमाङको अनुवाद थालिएको हो । दोमाङ अनुवादका निर्देशक आचार्य झाम्पा लोसाल हुन् भने सहायक निर्देशक गुहेश्वरीराज मानन्धर । तीनजनाले अनुवादको जिम्मा लिएका छन् भने समितिको संयोजकमा ध्रुबबहादुर गुरुङ, सचिव भोजराज लामिछाने र कोषाध्यक्षमा विष्णु थकाली छन् । समितिका संरक्षक शरण नायक श्री शाक्या ट्रिजिन रिन्पोछे हुन् । त्यसैगरी अनुवादक समितिमा लामा कमल भण्डारी, पुष्पमुनि बज्राचार्य पनि छन् । विदेशमा रहेका नेपालीले पनि अनुवादका लागि सहयोग गरिरहेका छन् । त्यसरी सघाउनेमा अमेरिकाबाट बुद्ध मानन्धर, डा अनिता मानन्धर, डा किशोर शेरचन, आङछिरिङ शेर्पा, बेलायतबाट अन्तिम गुरुङ, नरेश गुरुङ, अस्ट्रेलियाबाट निमा ग्याल्चेन शेर्पा छन् । त्यसैगरी तेजप्रसाद गौचन, कान्ति लामा, तुलसिंह गूरुङ पनि यस समितिमा छन् ।
दोमाङ अनुवादमा लागिपरेका छन् गुहेश्वरीराज मानन्धर पनि । पेसाले सिभिल इन्जिनियर मानन्धर ८२ वर्ष पुगे । उनी अनुवादमा पूरा समय दिएर लागेका छन् । भन्छन्, 'म रिटाएर मान्छे, पूरा समय यही अनुवादमा लागेको छु ।' तिब्बतियन भाषामा अरु ग्रन्थहरु पनि अनुवाद गरिसकेका उनी २०४० बाट नै अनुवादा कार्यमा लागेका थिए ।
आफुहरु स्वयंसेवी रुपमा लागिपरेको बताउँदै मानन्धरले दोमाङ नेपाली भाषामा ल्याउन टोलीले अथक प्रयास गरिरहेको बताए । उनले भने, 'प्रायः धेरैजसो हिमाली बुद्धिस्टले बुद्धले भनेको कोर कुरा बुझेकै छैनन्, यसका लागि दोमाङ नेपालीमा आउन जरुरी देखेर हामी लागेका हौं, यसमा हाम्रो समुह भोलन्टियरली लागेको छ ।'
अब एक वर्षभित्रै अनुवाद गरिएको दोमाङ सार्वजनिक गर्ने तयारीमा लागेको छ त्रियान । यसका लागि आउँदो वैशाख पूर्णिमा उपयुक्त हुने खेन्पो वागिन्द्रशीलले बताए । उनले भने, 'हामीले अनुवादित दोमाङ साकादावा पूर्णिमाका दिन टुँडिखेलमा भव्य समारोहबीच सार्वजनिक गरिने योजना गरेका छौं ।'
के छ त दोमाङभित्र ?
खेन्पो वागिन्द्रशील भन्छन्, 'हरेक बौद्धमार्गीले आफ्नो र जगतको भलो होस भनेर हरेक वर्ष दोमाङ पाठ गर्दछन् । यसले लाभ पनि मिल्दछ । चन्द्रपत्रोअनुसार लोसार मनाउनेहरुका लागि यो अति उपयोगी पुस्तक पनि हो । भविष्यमा आउने नराम्रा घटनाबाट बचाउने सुत्रहरु यसभित्र छन् ।' यो भित्र तीन खण्ड छन्, सुत्र, तन्त्र र विविधा छन् । यसको सुरुमै मञ्जुश्रीनामा छ । यसमा आयु कसरी लम्ब्याउने, ब्ल्याक म्याजिकलाई कसरी रोक्ने भन्ने विषय पनि छ । यो सबै विषयलाई ऐतिहासिक व्यक्ति लामा तारानाथले संकलन गरेका हुन् ।
हिमाली बौद्धमार्गीका लागि यो उपयोगी हुने उनको भनाई छ । उनका अनुसार दोमाङ बुद्धवचनको सारंश हो । दोमाङभित्र कसरी जीवनयापन गर्ने भन्ने तरिकाहरु सिकाइएको छ । त्यसैगरी मन्त्रहरु पनि भएको उनले बताए । ती मन्त्रहरु पढ्नका लागि भने विशेष अभिषेक प्राप्तले पढेमात्र फल प्राप्त हुने बताइन्छ । हिमाली बौद्धमार्गीको घरमा दोमाङ राखेको पाइन्छ । यो सबैले राखेको पाइएपनि यसभित्र के छन् भनेर धेरैले थाहा नपाएको कारण यसलाई अनुवाद गर्न लागिएको त्रियानले जनाएको छ ।
सहयोगको खाँचो
प्रसिद्ध र पवित्र ग्रन्थ नेपालीमा अनुवाद गर्नका लागि खर्चको कमी भएको उनले सुनाए । यस अनुवाद अभियानमा अनुवादकहरुले स्वयंसेवी रुपमा अनुवाद गर्दा एकहजार प्रतिका लागिसमेत ५० लाख रुपैयाँ खर्च लाग्ने उनको अनुमान गरिएको छ । 'अहिले हामीले झन्डै ७० प्रतिशत अनुवाद सकाइसकेका छौ, सबैभन्दा धेरै खर्च कागजमा लाग्ने देखियो, ५० लाख नभइ यो काम सकिन्छ जस्तो लागेन,' खेन्पो वागिन्द्रशीलले भने । यसैले यो अभियानको लागि सहयोगको खाँचो रहेको उनले बताए ।
समितिको कोषमा अहिले ९ लाख जम्मा भइसकेको कोषाध्यक्ष विष्णु थकालीले बताइन् । व्यक्तिगत सहयोग आउने क्रम जारी रहेको उनले सुनाइन् । कोषाध्यक्ष थकालीले भनिन्, 'अहिले हामीलाई व्यक्तिगत सहयोग मात्र आएको छ, स्वदेशविदेशका बौद्धमार्गी महानुभावले सहयोग गर्ने क्रम जारी छ ।'
आफुहरुले काम थालेपछि मात्र सहयोग अभियान थाल्ने नीति लिएका कारण अब सबैसामु सहयोगका लागि अनुरोध गर्ने उनले सुनाइन् । १० हजार रुपैयाँ सहयोग गर्ने सहयोगीलाई एक सेट दोमाङ उपलब्ध गराइने र सहयोगीको नाम पुस्तकमा प्रकाशन गर्ने समितिले जनाएको छ । त्यसैगरी ५० हजार सहयोग गर्नेलाई पुस्तक लोकार्पणका दिन रिन्पोछेबाट विशेष अभिषेक तथा सम्मान गरिने समितिले जनाएको छ ।

रुपिया १० हजारमा मलेसिया र खाडीका ६ राष्ट्र जान पाउने
Saturday, June 13, 2015
जेष्ठ २९ , सरकारले रोजगारदाता कम्पनीले आउने–जाने हवाई टिकट, प्रवेशाज्ञावापत लाग्ने खर्च ब्यहोर्ने मात्र होइन, कामदारको तलबबाट कुनै अन्य खर्च नकटाउने शर्तमा मात्रै यी देशमा वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउने भएको हो ।
श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र खाडीका ६ राष्ट्र कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (दुबई), ओमन, कुबेतका लागि निःशुल्क टिकट र प्रवेशाज्ञाको निर्णय गर्दै यससम्बन्धी प्रस्ताव कानुन मन्त्रालयमा पठाएको जानकारी दिएको हो ।
मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले उक्त प्रस्ताव कानुन मन्त्रालयबाट छिटै नै स्वीकृत भएर आउने र नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको पाँच दिनपछि सो व्यवस्था लागू हुने जानकारी दिए ।
उनले निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्थाले नेपाली कामदारको गन्तव्य मुलुकमा माग कम नहुने बरु झन बढ्ने दाबी गरे । यो व्यवस्थाले कामदारले पनि दुःख नपाउने र माग पनि बढ्ने भएकाले व्यवसायीहरुले पालना गर्ने मन्त्री गुरुङको विश्वास छ ।
नेपालीहरु सबैभन्दा धेरै झन्डै २७ लाख बराबर यिनै मुलुकमा काम गर्दै आएका छन् । त्यसैले यी मुलुकबाट यो व्यवस्था सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
यो व्यवस्था आवश्यकतानुसार अन्य गन्तब्य मुलुकहरुमा पनि लागू गर्दै जाने सरकारको तयारी छ । यस्तै, कामदारले अब यी मुलुकमा जान १० हजार रुपैयाँभन्दा बढी तिर्नुनपर्ने भएको छ । रोजगारदाताले इजाजतपत्रवाला संस्थालाई कामदार आपूर्ति गरेबापत प्रवद्र्धन खर्च/सेवा शुल्क उपलब्ध नगराएको वा नगराउने शर्त रहेको अवस्थामा मात्र १० हजारसम्म सेवा शुल्क लिन पाउनेलगायतका व्यवस्था पनि सरकारले गरेको हो ।
सरकारले मलेसिया र खाडीका ६ ओटा मुलुकमा टिकट र भिसा शुल्क नलाग्ने गरी मात्र नेपाली कामदार पठाउन दिने भएको छ ।
संसारमा यस्ता डरलाग्दा स्थानहरु जहाँ ज्यानसम्म पनि जानसक्छन dangerous places
संसारमा यस्ता डरलाग्दा स्थानहरु छन जहाँ गयो कि ज्यान गयो । यी ठाउँमा गएका मानिसहरु फर्केर कहिल्यै आएनन ।
एस्बेसटस माइन Asbestos mine क्यानडा क्यानेडामा रहेको एस्बेसटस खनिज क्षेत्र निकै डरलाग्दो ठाउ मानिन्छ। यहाँ सिलिकन पाइनन्छ तर यहाँ उतपन्न हुने गन्ध मानिसलाइ गम्भीर विरामी बनाउँछ। सिलिकन फाइबरले फोक्सको क्यान्सर , छालाको क्यान्सर जस्ता डरलाग्दा रोग निम्त्याउँछ। हाल यो क्षेत्रमा उत्खनन गर्न प्रतिन्ध लगाइएको छ।
इजु आइल्याण्ड izu island , जापान इजु आइल्याण्ड ज्वालमुखीबाट बनेको टापुहरुको एउटा समुह हो। यहाँ पहिले भने मानव वस्ती बसेको थियो।ज्वालामूखीका कारणपुरे टापुमा सल्भरको गन्धले भरिएको छ। सन १९५३ देखि २००० कस बीचमा यहाँ सल्फर ग्यासको स्तर खतरनाक तरिकाले बढ्यो। मानिसहरु यहाँबाट अन्तै सारिए।
रामरी आइल्याण्ड Ramree island ,म्यानमार म्यान्मारको रामरी आइल्याण्डमा संसारकै सवै भन्दा डरलाग्दा गोही पाइन्छन्। दलदलले भरिएको टापुमा असाध्यै घातक र विषालु गोही र बिच्छीको बिगबिगी छ। दोस्रो विश्वयुद्धका बेला यहाँ ६ दिन युद्ध चलेको थियो। कयौं घाइते सैनिकहरु गोहीको भोजन बनेका थिए। कयौं सैनिकहरु दलदल फसेर परेका थिए। करिब १ हजार जापानी सैनिक यो टापुमा युद्धाका दौरान छिरेका थिए जसमध्य २० जान मात्रै बाँचेका थिए।
एनविक पोइजन गार्डेनAnvik poison garden , बेलायत बेलायतको विषालु बगैचामा भएका जडुबुटीले तपाईको ज्यानै लिन सक्छन्। यो बगैचाम विषालु बोट बिरुवा उमार्ने सरकारले लाइसेन्स नै दिएको छ । १४ एकड क्षेत्रमा फैलिएको यो बगैचमा १०० प्रजातीका त्यस्ता बोट विरुवा छन् जसले ज्यान लिन सक्दछन्

एस्बेसटस माइन Asbestos mine क्यानडा क्यानेडामा रहेको एस्बेसटस खनिज क्षेत्र निकै डरलाग्दो ठाउ मानिन्छ। यहाँ सिलिकन पाइनन्छ तर यहाँ उतपन्न हुने गन्ध मानिसलाइ गम्भीर विरामी बनाउँछ। सिलिकन फाइबरले फोक्सको क्यान्सर , छालाको क्यान्सर जस्ता डरलाग्दा रोग निम्त्याउँछ। हाल यो क्षेत्रमा उत्खनन गर्न प्रतिन्ध लगाइएको छ।
इजु आइल्याण्ड izu island , जापान इजु आइल्याण्ड ज्वालमुखीबाट बनेको टापुहरुको एउटा समुह हो। यहाँ पहिले भने मानव वस्ती बसेको थियो।ज्वालामूखीका कारणपुरे टापुमा सल्भरको गन्धले भरिएको छ। सन १९५३ देखि २००० कस बीचमा यहाँ सल्फर ग्यासको स्तर खतरनाक तरिकाले बढ्यो। मानिसहरु यहाँबाट अन्तै सारिए।रामरी आइल्याण्ड Ramree island ,म्यानमार म्यान्मारको रामरी आइल्याण्डमा संसारकै सवै भन्दा डरलाग्दा गोही पाइन्छन्। दलदलले भरिएको टापुमा असाध्यै घातक र विषालु गोही र बिच्छीको बिगबिगी छ। दोस्रो विश्वयुद्धका बेला यहाँ ६ दिन युद्ध चलेको थियो। कयौं घाइते सैनिकहरु गोहीको भोजन बनेका थिए। कयौं सैनिकहरु दलदल फसेर परेका थिए। करिब १ हजार जापानी सैनिक यो टापुमा युद्धाका दौरान छिरेका थिए जसमध्य २० जान मात्रै बाँचेका थिए।
एनविक पोइजन गार्डेनAnvik poison garden , बेलायत बेलायतको विषालु बगैचामा भएका जडुबुटीले तपाईको ज्यानै लिन सक्छन्। यो बगैचाम विषालु बोट बिरुवा उमार्ने सरकारले लाइसेन्स नै दिएको छ । १४ एकड क्षेत्रमा फैलिएको यो बगैचमा १०० प्रजातीका त्यस्ता बोट विरुवा छन् जसले ज्यान लिन सक्दछन्

गर्मी मौसमा खाने खानेकुराहरु
Friday, June 12, 2015
अहिले गर्मीको समय छ । तापक्रम बढेर नयाँ नयाँ किर्तिमान कायम गर्दैछ । गर्मी जति बढेपनि कामकाजी मानिसहरुले गर्मीको बेवास्ता गरेरै काम गर्नुपर्ने हुन्छ । यस्तोमा सरीरमा पानीको कमी हुने अर्थात् डिहाइड्रेसन हुने लगायतका विभिन्न खाले संक्रमण तथा स्वास्थ्य समस्या देखिन सक्छन् । डिहाइड्रेसनको खतरा गर्मी याममा निकै बढि हुने भएकाले आफ्नो खानपिनको आदतमा विशेष ध्यान दिन र जिउको रोगप्रतिरोधी क्षमता बढाइराख्न विशेषज्ञहरुले सल्लाह दिने गरेका छन् ।
पोषण विज्ञहरुका अनुसार गर्मीमा मानव शरीरबाट अत्यधिक पसिना निस्कने कारण इलेक्ट्रोलाइट असन्तुलित बन्दछ । त्यसकारण नियमित खानाको अलावा फलफूल तथा सागसब्जी र प्रसस्त सलाद लिनु जरुरी हुन्छ । गर्मी याममा सरीरमा पानीको पर्याप्त आपूर्तिका लागि प्रसस्त पानीको मात्रा हुने सागसब्जी तथा तरकारीहरु जस्तै फर्सी, करेला, लौका, पालुंगो, हरियो सिमीको भोजन गर्नुपर्छ ।
कामकाजी मानिसहरुका लागि रोगप्रतिरोधी क्षमता उच्च राख्नु अत्यन्त जरुरी हुन्छ । सोही कारण गर्मी याममा खाजाको रुपमा पनि दुध, फलफुल, जुस, टुसा उमारेको गेडागुडी लगायतका परिकार समावेश हुनु आवश्यक हुन्छ । त्यसका साथै बिहानको खानामा दालभात समावेश गर्नु राम्रो हुन्छ ।
बेलुकीको खानामा फाइबरयुक्त सागसब्जी, बन्दा तथा काउली र रोटीको सेवन गर्नु स्वस्थकर हुने र जिउले पचाउन सजिलो हुने बताइन्छ ।
गर्मी याममा डिहाइड्रेसनबाट बच्नका लागि ग्रीन टी अर्थात् कोल्ड कफीको सेवन निकै लाभदायी हुन्छ । गर्मीको समयमा सरीको पाचन प्रणालीमा समेत समस्या आउने भएकाले हल्का खाना खानुपर्छ नत्र अपच हुने जोखिम हुन्छ । लामो समयको अन्तरालमा धेरै खानेकुरा खानुभन्दा छिटो छिटो तर थोरै थोरै खानेकुरा खाएमा पचाउन सजिलो हुन्छ ।
त्यस्तै तरभुजा, खरभुजा, कांक्रो, लिची, स्याउ जस्ता मौसमी फलफुल खानुपर्छ, जसले सरीरमा पानीको पर्याप्त आपूर्ति गर्नुका साथै रोग प्रतिरोधी क्षमता पनि बढाउँछ । बजारमा पाइने चिसो पेय पदार्थको साटो दही, उखुको रस, नरिवल पानी तथा लस्सी पिउनु आवश्यक हुन्छ ।
अपच भएको अर्थात् पेटमा गडबडी भएको महसुस हुने बित्तिकै कागती पानी वा पुदिना पानी पिउनुपर्छ । पानी पर्याप्त मात्रामा पिउनुपर्छ, कम्तिमा पनि दिनको ३-४ लिटर ।
तेलमा तारेका, भुटेका खानेकुराहरु नखानु नै राम्रो हुन्छ । खानेकुरा पकाएर लामो समयसम्म नराख्नुहोस्, छिटै खानुहोस् । बासी खानेकुरा खाँदा रोगको संक्रमण हुने जोखिम हुन्छ ।
गर्मीमा चिया तथा तातो कफीले पनि फाइदा गर्दैन । बढि चिल्लो तथा नुनयुक्त ड्राइफुड्स तथा जंक फुडहरुको सेवन नगर्नु राम्रो हुन्छ । जाँडरक्सी तथा धुम्रपानको सेवन गर्मीयाममा अझ बढि हानिकारक मानिन्छ । -एजेन्सी

Dubai City
#Dubai city has marvelously evolved in terms of finesse in architecture and envious landscape. Video courtesy: Aerial Filmworks/ YouTube
Posted by Khaleej Times on Monday, 6 April 2015
आफ्नो इच्छाले जन्माउनुहोस् छोरा र छोरी
अहिलेको एक्काइसौँ शताब्दिमा पनि छोरा र छोरीमाथिको भेदभाव विद्यमान रहेको छ । छोरा भए एउटा सन्तान भए पुग्छ भन्नेहरु छोरी जन्मेमा वंश धान्ने छोरा त चाहिन्छ नै भन्न पछि पर्दैैनन् ।
धेरै छोरीहरु जन्मेको घरमा एउटा छोरा जन्माउनै पर्छ भनेर महिलामाथि दबाब दिने गरिन्छ ।
जसले महिलालाई निकै तनावमा पारेको हुन्छ ।यस्तै कुराहरुलाई मध्यनजर गर्दै चीनका वैज्ञानिकहरुले एउटा यस्तो तालिकाको निर्माण गरेका छन् जसले थुप्रै मानिसहरुलाई आफूले चाहेको अनुरुप छोरा–छोरी जन्माउन सहयोग गर्नेछन् ।
क्त तालिकालाई उपयोग गर्नेहरु यो शत प्रतिशत सत्य भएको दाबी गर्दछन् तर विशेषज्ञहरु यसलाई ९९ प्रतिशत सत्य भएको बताउँछन् ।
चार्टको माथिल्लो पंक्तिमा महिलाको उमेर दिइएको छ र अर्कोतर्फ जुन महिनामा गर्भधारण भएको छ त्यो महिना देखाइएको छ ।
यहाँ ‘X’ भनेको छोरालाई अंकित गरिएको छ भने ‘O’ को प्रयोग छोरीको लागि गरिएको छ । यदि तपाईंलाई पनि आफूले चाहेको
अनुरुप छोरा वा छोरी जन्माउन मन लागेको छ भने तल दिइएको चार्टलाई प्रयोग गर्नुहोस्

कोरियनसंग विवाह गरेर आउने नेपाली चेलीहरु बास्तबिकता
Thursday, June 11, 2015
कोरियन नागरिकसंग विवाह गरेर आउने नेपाली चेलीहरुको यकिन तथ्यांक नेपाली दुतावाससँग छैन । १२ सयभन्दा बढी नेपाली चेलीहरु कोरियन नागरिकसँग विवाह गरेर कोरिया आएको अनुमान गरिन्छ । पछिल्लो चरणमा इपिएस प्रणालीमार्फत् कोरिया आउनेको संख्या बढेसँगै विवाह गरेर कोरिया आउनेको संख्या घटेको छ । उसो त भिसा नवीकरणमा न्याय मन्त्रालयको कडाइ गरेपछि म्यारिज भिसा लिनेहरुको संख्या घटेको भन्ने तथ्यांक पनि बाहिर आएको छ ।
सरसर्ती हेर्दा दुई थरी मनस्थिति बोकेर कोरियन नागरिकसंग विहे गर्नेहरु देखिए । शर्मिला गुरुङ ( नाम परिवर्तन) ले आफूभन्दा दोब्बर उमेरको कोरियन ना
गरिकसँग बिहे गरेर कोरिया आईन् । उनी कोरिया आउनुको उद्देश्य एउटै थियो, मनग्गे पैसा कमाउने र सुखी जीवन जिउने । विवाह केवल नाटक मात्र हो भन्ने सोचाई राखेर विवाह गरिन् । उता म्यारिज ब्युरोको दलालले पनि पैसाको प्रलोभनमा कोरिया छिर्नको निम्ति मात्र विवाहको नाटक रच्ने हो । कोरिया पुगेपछि आफ्नो–आफ्नो बाटो लाग्ने हो भनेर बताई दियो तर कोरिया आईपुगेपछि वास्तविकता अर्कै भइदियो । कोरियन लोग्नेले पनि पैसा खर्च गरेर दुलही ल्याएको हुन्छ । उसले पनि पैसा खर्च गरेर ल्याए पछि दुलहीकी रुपमा बसोस बन्ने चाहन्छ तर नेपाली चेलीले पनि उल्टै म्यारिज ब्युरोको दलाललाई पैसा तिरेर आएको हुन्छिन् । उनीलाई पनि पैसा कमाएर त्यो पैसा फिर्ता गर्ने जिम्मेवारी हुन्छ । त्यसैले गर्दा पछि आन्तरिक कलह बढ्न जान्छ ।त्यसमा पनि विदेशी बुहारी, कोरियनहरुसँग भाषा, संस्कृति, रिती रिवाज मिल्दैन । त्यसपछि उनीहरु घरेलु हिंसाको चपेटामा पर्छन् । शर्मिलाको मुद्दामा त्यहि लागु भयो । एक बच्चाकी आमा बनिसकेकी उनलाई महिनाभरि कम्पनिमा काम गरेको तलब सबै लोग्नेले नै राखीदिने गरेको र बेला–बेलामा कुटपिट गर्ने र गाली गजौल गरेको दुखेसो पोखिन् ।
एक दशकअघि कोरियन नागरिकसंग विवाह गरेर आएकी बाला राईको आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘जसले चिने–जानेको कोरियन नागरिकसँग विहे गरेर आएका छन्, ति नेपाली चेलीहरुको स्थिति धेरै जसोको राम्रो नै छ । कतिपयले भने आफ्नै कारणले दुस्ख पाएका छन् ।’ कतिपय कोरियन पनि खराब छन् । हरेक ठाउँमा मान्छे असल मात्र पनि हुँदैनन र खराब मात्र पनि हुदैनन् । एकदुई जना खराब भए भन्दैमा सबै खराब छन भन्न नमिल्ने उनी बताउँछिन् । ‘हो, कोरियनहरु अलि रिसाहा स्वभावका हुन्छन्, तर आफू राम्रो गरिबसे उनीहरुले पनि राम्रो गर्छन्,’ उनी भन्छिन् ।
कोरियनसँग विवाह गरेर आएका केही नेपाली केटीहरु आफ्नै कारणले दुःख पाएका सुनाउँदै फेरि थपिन्, ‘कतिपय युवतीहरु कोरिया छिर्नको लागि मात्र विवाह गरेका हुन्छन् । आधुनिक जीवनशैली, गगनचुम्बी सोचाई र पैसाको मोहमा परेर नेपाली युवती कोरियाप्रति मोहित भइ म्यारिज ब्युरोलाई रकम तिरेर विवाह भिसामा कोरिया आएका हुन्छन् ।’ कोरिया आएर पैसा कमाउने, मोजमस्तीको जिन्दगी जिउने सपना बोकेका युवतीहरु कोरिया आएपछि भाग्न खोज्ने, आफ्नै स्वदेशी पुरुषसँंग सम्बन्ध बढाउने प्रयासमा लाग्ने गरेको उनले बताइन् । त्यसपछि श्रीमानले थाहा पाएर कुटने गाली गर्ने गरेको घटना देख्न र सुन्नमा आउने गरेको सुनाइन् ।
nepali korean
’महिला लागि महिला’ संस्थाकी संस्थापक अध्यक्ष कोपिला राईको अनुभव पनि बाला राईको भनाईसंग मेल खान्छ । उनीले पनि कोरियन नागरिकसंग विहे गरेर आउन चाहनेलाई विकसित र धनी देशका मान्छेहरु भन्दैमा सबै धनी र असल नहुने हुँदा विवाह गर्नुभन्दा पहिले कोरियन भाषा, संस्कृति, रहन सहनको बारेमा राम्ररी बुझेर र म कोरिया पैसा कमाउन होइन, विवाह गरेर जादैछु भने मनस्थिति बनाएर आएमा खासै समस्या नपर्ने सुझाए ।
यसबारे दुतावासमा बुझ्न खोज्दा एक कर्मचारीले पहिले जस्तो कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु घरेलु हिँसा र अत्याचारमा परेका घटना घटेको बताउँदै बरु अहिले कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु बालबच्चा छोडेर स्वदेशी केटाहरुसंग भागेर लिभिङ टुगेदरमा बस्नेको संख्या बढेको बताए । यसैगरी नेपाली चेली समाज कोरिया’ की अध्यक्ष मञ्जु गुरुङका अनुसार कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु मध्ये दुःख पाउनेको संख्याभन्दा सुखद दाम्पत्य जीवन जिउनेको संख्या बदि भएको बताईन ।
यसर्थ, मिडियामा आए जस्तो कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु सबैको स्थिति नाजुक छैन । जसले कोरियन भाषा पदेर कोरियाको सस्कृति रहन सहन बुझेर आफूले विवाह गर्ने केटाको बारेमा राम्ररी बुझेर साच्चिकै विवाह गरेर कोरिया आएकाहरुले सुखद दाम्पत्य जीवन यापन गरेको देखिन्छ । जसले आफुभन्दा दोब्बर, तेब्बर उमेरको कोरियन नागरिकसंग विवाह गरेर पैसा कमाउने, मोज मस्तीको जीवन जिउने अभिलाषाले कोरिया आएका छन्, उनीहरुले घरेलु हिँसा र अत्याचारमा परेर दुःख पाएको देखिन्छ ।
अहिले इपिएसबाट कोरिया आएका मजदुरहरुलाई समस्या पर्दा सम्पर्क राख्नको लागि खोलिएका माईग्रेन्ट सेन्टरहरुमा भाषा अनुवाद र परामर्शको लागि काम गर्ने अधिकांश कर्मचारी कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु कार्यरत छन् ।
कोपा अमेरिका २०१५ र समय तालिका Copa America 2015
काठमाडौं, जेष्ठ २८ । अमेरिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका शुक्रबार बिहानदेखि चिलीमा सुरु हुँदैछ ।प्रतियोगितामा दक्षिण अमेरिकाका १० र आमन्त्रित दुई गरी १२ राष्ट्र सहभागी छन् । प्रतियोगितामा सहभागी राष्ट्रहरुलाई तीन समूहमा विभाजन गरिएको छ ।प्रतियोगिताको समूह ‘ए’मा आयोजक चिलीसहित मेक्सिको, इक्वेडर र बोलिभिया छन् । यस्तै, समूह ‘बी’मा अर्जेन्टिना, साविक विजेता उरुग्वे, पाराग्वे र जमैका छन् भने समूह ‘सी’मा ब्राजिल, कोलम्बिया, पेरु र भेनेजुएला छन् ।विश्व फुटबलका पावर हाउसहरु ब्राजिल, अर्जेन्टिना, उरुग्वे आदी राष्ट्रहरुको जमघट हुने कोपा अमेरिकालाई विश्वकप र युरोकपपछि सबैभन्दा बढी रुचाइने र हेरिने प्रतियोगिताको रुपमा लिइन्छ ।वर्तमान विश्व फुटबलका उत्कृष्ट खेलाडीहरु लियोनल मेसी, लुइस सुवारेज, नेइमार, अलेक्सिस सान्चेज, जेम्स रोड्रिग्वेज एकअर्काविरुद्ध मैदानमा उत्रने भएकाले पनि फुटबल समर्थकका लागि कोपा अमेरिकाको यो संस्करण बहुप्रतिक्षित बनेको छ ।प्रतियोगिताको यो संस्करणमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना, ब्राजिल र साविक विजेता उरुग्वेलाई मुख्य दाबेदारको रुपमा हेरिएको छ ।तर, पछिल्लो विश्वकपमा गतिलो प्रदशन गरेको कोलोम्बिया, मेक्सिको र आयोजक चिली पनि प्रतियोगितामा सुखद नतिजा निकाल्न सक्षम छन् । अहिलेसम्म उरुग्वेले सर्वाधिक १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।यस्तै, अर्जेन्टिनाले १४ पटक उपाधि कब्जा गर्दा ब्राजिल ८ पटक विजेता बनेको छ । पाराग्वे र पेरुले समान २–२ पटक उपाधि जित्दा कोलम्बिया र बोलिभिया १–१ पटक च्याम्पियन बनेका छन् ।प्रतियोगिताको उद्घाटन खेलमा त्यहाको समय(2015 -06 -11 ) 20 :30 UTC -3.(+8hour45minute )नेपाली समयअनुसार १२ गते शुक्रबार बिहान सवा ५ बजे आयोजक राष्ट्र चिलिले इक्वेडरको सामना गदैछ । प्रतियोगिता आगामी जुलाई ४ सम्म सन्चालन हुनेछ
copa america offical link
Copa America 2015 Complete Matches Schedule in Nepal Standard Time
| #no | Date | Time(IST) | Matches | Scores | Winners |
|---|---|---|---|---|---|
| 1 | 12-06-2015 | 05:15am | Chile vs Ecuador | n/a | 2—0 |
| 2 | 13-06-2015 | 05:15am | Mexico vs Bolivia | n/a | 0—0 |
| 3 | 14-06-2015 | 12:45am | Uruguay vs Jamaica | n/a | — |
| 4 | 14-06-2015 | 03:15am | Argentina vs Paraguay | n/a | — |
| 5 | 15-06-2015 | 12:45am | Colombia vs Venezuela | n/a | — |
| 6 | 15-06-2015 | 03:15am | Brazil vs Peru | n/a | — |
| 7 | 16-06-2015 | 02:45am | Ecuador vs Bolivia | n/a | — |
| 8 | 16-06-2015 | 05:15am | Chile vs Mexico | n/a | — |
| 9 | 17-06-2015 | 02:45am | Paraguay vs Jamaica | n/a | — |
| 10 | 17-06-2015 | 05:15am | Argentina vs Uruguay | n/a | — |
| 11 | 18-06-2015 | 05:45am | Brazil vs Colombia | n/a | — |
| 12 | 19-06-2015 | 05:15am | Peru vs Venezuela | n/a | — |
| 13 | 20-06-2015 | 02:45am | Mexico vs Ecuador | n/a | — |
| 14 | 20-06-2015 | 05:15am | Chile vs Bolivia | n/a | — |
| 15 | 21-06-2015 | 12:45am | Uruguay vs Paraguay | n/a | — |
| 16 | 21-06-2015 | 03:15am | Argentina vs Jamaica | n/a | — |
| 17 | 22-06-2015 | 12:45am | Colombia vs Peru | n/a | — |
| 18 | 22-06-2015 | 03:15am | Brazil vs Venezuela | n/a | — |
| #no | Date | Time(IST) | Matches | Scores | Winners |
|---|---|---|---|---|---|
| 19 | 25-06-2015 | 05:15am | — vs — | n/a | — |
| 20 | 26-06-2015 | 05:15am | — vs — | n/a | — |
| 21 | 27-06-2015 | 05:15am | — vs — | n/a | — |
| 22 | 28-06-2015 | 03:15am | — vs — | n/a | — |
Copa America 2015 Semi Final Matches Schedule and Results In Standard Time
| #no | Date | Time(IST) | Matches | Scores | Winners |
|---|---|---|---|---|---|
| 23 | 30-06-2015 | 05:15am | — vs — | n/a | — |
| 24 | 01-07-2015 | 05:15am | — vs — | n/a | — |
Copa America 2015 Final Matches Results (Losers and Finals)
| #no | Date | Time(IST) | Matches | Scores | Winners |
|---|---|---|---|---|---|
| 25 | 04-07-2015 | 05:15am | Copa 2015 Losers final | n/a | — |
| 26 | 05-07-2015 | 01:45am | Copa America 2015 Final | n/a | — |
Qatar कतारको कम्पनीले भुकम्प पिडित कामदारहरुको घरघरमा गइ सहयोग
जेठ २७ , चितवन । कतारको एल एबल कम्पनीमा कार्यरत भूकम्पपीडित नेपालीहरुका परिवारलाई भेट्न कम्पनीका प्रतिनिधिहरु गाउँगाउँ पुगेका छन् ।गत बैशाखमा गएको विनाशकारी भूकम्पमा आफ्ना कामदारले भोग्नु परेको क्षतिको अनुगमन गरी सहयोग गर्ने उद्देेश्य अनुरुप उक्त कम्पनीले आफ्ना प्रतिनिधिहरुलाई नेपाल पठाएको हो । गत जेठ २१ गते उक्त कम्पनीका प्रतिनिधीहरु नेपाल आएका थिए ।
सोही कम्पनीमा सबै कामदारहरुको सामाजिक संस्था एरोसले आफ्नो कम्पनीमा कार्यरत भूकम्पपीडित नेपालीहरुलाई घर निर्माणका लागी सहयोग गर्ने भएको हो ।
चितवनमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा एसोसका कन्भेनर तथा सहयोग अभियानका संयोजक भारतीय नागरिक मिजियास ईकेले नेपालको पुनर्निर्माणमा सक्दो सहयोग गर्ने चाहनाअनुरुप नेपाल आएको बताए ।
कम्पनीका प्रतिनिध मिजियासले भूकम्पले पीडित बनेका आफ्ना कम्पनीका कार्यरत कामदारको परिवारको विचल्ली देखेर दुखित भएको बताए । उनले कामदारको परिवारको घर पुर्ननिर्माणमा लाग्ने बताए ।
उनले कामदारको घर पुर्ननिर्माणका लागी ३० लाख बराबरको सहयोग जुटिसकेको उल्लेख गरे । अहिलेसम्म योजना गरिएको रकम थोरै भएको उल्लेख गर्दै उनले कतार फर्किएपछि यो रकम बढाएर सबैको घर निर्माण सहयोगका लागी पहल गर्ने बताए ।
एरोस अन्तरगतका कामदारहरुले भूकम्पपीडित कामदारहरुको सहयोगका लागी १० लाख रुपैया संकलन गरिसकेका थिए भने त्यो रकमको दोब्बर २० लाख एल एबल कम्पनीको तर्फबाट संकलन भईसकेको बताइएको छ ।
सोही कम्पनीमा कार्यरत तथा नेपाल पत्रकार महासंघ कतार शाखाका कोषाध्यक्ष घनश्याम पराजुलीसमेत कम्
पनीको प्रतिनिधिको रुपमा ५ दिनका लागि नेपाल आएका थिए ।नेपालका भूकम्प प्रभावित जिल्लाहरु धादिङ्, गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, चितवन लगायतका जिल्लाहरुका कामदारहरु उक्त कम्पनीमा कार्यरत रहेको कार्यक्रममा जानकारी दिए ।
अनलाइन खबरबाट
अनलाइन खबरबाट
taplejung landslide ताप्लेजुङमा भिषण पहिरो भिडिओ सहित हेर्नुहोस
जेष्ठ २८, ताप्लेजुङमा बुधबार साँझदेखि परेको अविरल वर्षासँगै विभिन्न गाउँमा गएको पहिरोले पुरिएर २१ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ३६ जना वेपत्ता भएका छन् । पहिरोमा ज्यान गुमाउने यी हुन् पहिरोमा परी ज्यान गुमाउनेमध्ये २१ जनाको शव भेटिएको छ । मृतकहरुमा खोक्लिङ-७ का १३ वर्षीय सबिन मादेन, खोक्लिङ-५ का १८ वर्षीया मनकुमारी लामघाते, सोही स्थानका १२ वर्षीय बसन्त रसाईली, लिङतेप-३ की ३१ वर्षीया मनमाया लिम्बु र लिङ्तेप-७ का ४२ वर्षीय भिमबहादुर केदेम लिम्बु रहेका छन् । त्यसैगरी सोही स्थान कि ३ वर्षीया चमेली केदेम लिम्बू, लिङतेप-५ का उमेर नखुलेका सन्तमान लिम्बू, लिवाङ-३ का उमेर नखुलेका भक्तजन लिम्बू, लिवाङ-३ की उमेर नखुलेकी मनमाया लिम्बू, लिवाङ-३ की उमेर नखुलेकी पञ्चमाया लिम्बू र लिवाङ-३ का उमेर नखुलेका शैलेन्द्र लिम्बू रहेका छन् । पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसार लिवाङ-३ की उमेर नखुलेकी चितमाया लिम्बू, लिवाङ-३ बस्ने लक्ष्मीमाया लिम्बू, सान्थाक्रा-३ का ७२ वर्षीय अमरध्वज लिम्बू, सोही स्थान बस्ने १० वर्षीय बिरुन चोङवाङ रहेका छन् । त्यसैगरी थुकिम्बा-४ का १० वर्षीय बिरु लिम्बू, सान्थाक्रा-३ का ७५ वर्षीय फेर्नेमा कान्छा, थिङलाबु-६ की उमेर नखुलेकी मनकुमारी लिम्बू, सोही स्थान बस्ने ७५ वर्षीय रिन्जी शेर्पा, २७ वर्षीया रनु लिम्बु र ७ वर्षीया सिता लिम्बु रहेका छन्। पहिरोमा परी घाइते भएकाहरु पहिरोमा परेर खोक्लिङ-७ बस्ने ९ वर्षीय पुजन आङसाङ्बो, सोही स्थान बस्ने २२ वर्षीय बलबहादुर कामी, लिङतेप-७ बस्ने ४२ वर्षीया टंकमाया लिम्बू, लिबाङ-५ बस्ने ३० वर्षीय मदन लिम्बू र सोही गाविस-३ बस्ने १९ वर्षीय रोहित लिम्बू रहेका छन् । त्यसैगरी लिवाङ-१ बस्ने ३० वर्षीया सुकमाया थाम्सोहाङ, सोही गाविस-५ बस्ने ६५ वर्षीय रुद्र लिम्बू, र वडा १ बस्ने ८ वर्षीय अर्जुन लिम्बू गम्भीर घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम ल्याइएको छ ।
copper vessel तामाको भाँडामा राखिएको पानी पीउनु स्वास्थको लागि फाइदा
१. आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ ।
२. तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन । त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ ।
३. तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा (ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड) मानिन्छ । यसमा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न सक्छ । यस्तै, पानीजन्य रोग डाइरिया, कमलपित्तजस्ता रोग रोक्न पनि उपयोगी मानिन्छ ।
४. थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ ।
. तामामा मष्तिष्कलाई उत्तेजित गर्ने गुण हुन्छ । यो गुणको उपस्थितिमा मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ ।
६. जोर्नी दुख्ने समस्या छ भने तामाको भाँडामा राखिएको पानी नियमित पिउनाले फाइदा हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ ।
७. यदि छाला स्वस्थ र सुन्दर बनाउन चाहनुहुन्छ भने रातभर तामाको भाँडामा राखिएको पानी बिहान पिउनुहोस् । तामाले शरीरमा नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत गर्छ । नियमित रुपमा यस्तोपानी पिउनाले छाला स्वस्थ र चम्किलो हुन्छ ।
८. एसिडिटी, कब्जियतजस्ता पेटका समस्या भएका मानिसका लागि तामाको भाँडामा राखिएको पानी अमृतसमान हुन्छ । आयुर्वेदका अनुसार यदि शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न चाहने हो भने तामाको भाँडामा कम्तीमा ८ घण्टा राखिएको पानी पिउनुहोस् । यसबाट पेट फुल्ने समस्या र पाचनप्रणालीका समस्या हट्छन् ।
९. तामाको भाँडामा राखिएको पानी पिउनाले चाउरी पर्ने प्रक्रियालाई पनि ढिलो गराइदिन्छ । यसले नयाँ र स्वस्थ छालाको कोशिकाको उत्पादनमा पनि मद्दत गर्छ ।
नेपालमा ५. रेक्टर इस्केलको भूकम्पको धक्का
काठमाडौँ, २८ बैशाख । नेपालमा बिहीबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहीबार राति ९ बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक जिल्लालाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, यो भूकम्पको परकम्पन मात्र हो । नेपालमा ५. रेक्टर इस्केलको भूकम्पको धक्का
राजधानीमा भूकम्पको कडा नै धक्का महसुस गरिएको थियो । भूकम्प गएपछि उपत्यकाबासी घरबाहिर निस्केका छन् ।
-

Jackie Chan ज्याकी चैन भुकम्प पीडितहरुलाई राहत लिएर काठमाडौँ
Tuesday, June 9, 2015
जेठ २६ , मंगलबार नेपाल आएका हलिउडका सुपरस्टार ज्याकी चैन ललितपुरको जावलाखेल पुगेका छन् । जावलाखेलको खेल मैदानमा पुगेर उनले त्यहाँ टेन्टमा बसेका भुकम्प पीडितहरुलाई राहत वितरण गरेका थिए उनलाई रेडक्रसले नेपाल ल्याएको हो । मंगलबार ११ बजेर ५० मिनेटमा नेपाल आएका ज्याकी विमानस्थलबाट सोझै सोल्टी होटल पुगेका थिए । यसपछि उनी त्यहाँ केही समय आराम गरेर जावलाखेल पुगेका थिए ।
(9)प्रहरीको कडा सुरक्षाका विच उनले राहत वितरण गरेका हुन् । उनले राहतमा कुन-कुन सामाग्री वितरण गरेको नखुलाइएपनि वितरण गरिएको बाकसभित्र मानिसलाई आवश्यक पर्ने विभिन्न खालका सामाग्री भएको जानकारी दिइएको छ । लिएर काठमाडौँ
उनी केही घन्टाका लागि नेपाल आएका हुन् । उनी आजै र्फकने कार्यक्रम छ । उनी करिब २० मिनेट जावलाखेल मैदानमा बसेका थिए । उनले संचारमाध्यमसँग कुनै प्रतिक्रिया भने दिएनन् ।
त्यहाँ पुगेर उनले भुकम्प पीडितलाई राहत वितरण गरे । रेडक्रसको चिन्ह अंकित ज्याकेट लगाएका चैन हातमा गुलाब लिएर भुकम्प पीडितकोमा पुगेका थिए । उनले राहतका सामाग्रीसँगै गुलाबको फूल पनि दिए ।

प्रचण्ड रास्ट्रपति ,के.पी.प्रधानमन्त्री,सम्भिधान सुशील सरकारबाट जारी को सहमति
लामो समयदेखिको राजनीतिक गतिरोधको अन्त्य गर्दै संविधानका विवादित मुद्दामा प्रमुख चार दलबीच १६ बुँदे सहमति कसरी सम्भव भयो भन्ने यतिखेरब व्यापक चासो बढेको छ । सोमवार राती सार्वजनिक गरिएका १६ बुँदे सहमति वाहेक अरु के के सहमति शीर्ष नेताहरुका बीच भए भन्ने चासो पनि त्यतिकै छ । चार दलको सहमतिलाई मिलाउन लागि लागेका उच्च स्रोतका अनुसार यो सहसमतिको पछाडि खासगरी तीन प्रमुख दलका बीचमा शक्ति बाँडफाँडको दह्रो सहमति भएको छ ।
१६ बुँदामा सैद्धान्तिक सहमतिको लिखित ड्राफ्ट तयार गर्नु अघि नेताहरुले प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका महत्वपूर्ण शक्तिशाली पदहरुमा सहमति गरेका थिए । शीर्ष नेताहरुबीच सोमबार बिहान प्रदेशको संख्यामा सैद्धान्तिक सहमति भएपछि दिउसो बसेर शक्ति बाँडफाँडका बारेमा छलफल गरेका थिए । सोही छलफलबाट शक्ति बाँडफाँडको टुङ्गो लागेको हो
स्रोतका अनुसार अब बन्ने भावी सरकारको नेतृत्व नेकपा एमालेलाई दिने सहमति भएको छ । जसअनुसार अब छिट्टै बन्ने सरकारको नेतृत्व केपी ओलीले गर्नेछन् । त्यस्तै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति बनाउने सहमति पनि भएको छ । त्यसका लागि अहिले तत्काल संविधान जारी गर्ने र संविधान जारी गर्ने जस सुशिल कोइरालालाई दिने सहमति पनि दलहरुले गरेका छन् । सुशिल कोइरालाको सरकारले संविधान जारी गरेलगत्तै त्यो सरकार विघटन हुने र अर्को सरकार गठन गर्ने उनीहरुबीच सहमति भएको छ । एक महिनाभित्र संविधान जारी गर्ने सहमति पनि दलहरुबीच भएको छ ।
बैशाख १२ गते नेपालमा आएको महाविनासकारी भुकम्प एक हिसाबले यो सहमतिको कारक पनि बनेको छ । देशमा भुकम्पीय विपतीका बेला सरकारले कुनै प्रभावकारी भूमिका खेल्न नसकेपछि आम जनतामा नकारात्मक प्रभाव परेको थियो । विपत्तको सामना गर्न देशको कार्यकारी नेतृत्व व्यक्तिगत रुपमा पनि बलियो चाहिदो रहेछ भन्ने विश्लेषण भुकम्पका बीच धेरै भयो । भुकम्प गएको समय वरिपरि एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीका बीच कोइराला सरकारलाई विस्थापित गर्नेबारे गोप्य वार्ता भइरहेको थियो । आम जनतामा सरकारप्रति बढेको निराशा र आक्रोशको मौका छोपेर यी दुई नेताले राष्टिय सरकार गठनको बहस थाले । केही आलोचना भए पनि कोइराला सरकार फाल्नेमा धेरैको मौन सहमति देखा परेपछि उनीहरु हौसिएर सरकार गठनमै लागेका थिए । एमाओवादी अध्यक्ष प्रचण्डले खुलेरै केपीलाई प्रधानमन्त्री बनाउन लविङ समेत गरे । तर, हिसाब किताब गर्दा सरकार धन्न धन्न बहुमतको मात्र बन्ने स्थिति देखा पर्यो । त्यसका लागि केही समय उनीहरु कोइरालालाई विस्थापित गरेर त्यसको ठाउँमा केपी आउने र त्यो सरकारलाई कांग्रेसको पनि समर्थन कसरी लिन सकिन्छ भन्नेमा लागे । त्यो अभ्यासमा अलि केही समस्या देखियो । सोही क्रममा कोइरालालाई पनि केही न केही जस दिलाएर सरकार छोडाउने र सरकार बदल्ने योजनामा उनीहरु अगाडि बढेका हुन । त्यही योजना अनुरुप कोइराला सरकारबाट जसोतसो केही मिलाउन बाँकी भएको संविधान जारी गराउनतिर प्रचण्ड र ओली लागेको स्रोतका दावी छ । यसमा केही वैदेशिक शक्तिकेन्द्रको समेत हात रहेको स्रोतका दावी छ ।
सहमति अनुसार अब असारभित्र संविधान जारी गर्ने र त्यसपछि सुशिल कोइरालाले पद छाड्नेछन् । त्यसपछिको सरकारको नेतृत्व केपी ओलीले गर्नेछन् । सरकार गठनपछि राष्ट्रपतिको निर्वाचन हुनेछ । जसमा एमाओवादी अध्यक्ष प्रचण्ड अहिलेदेखि नै तयारी गरिरहेको स्रोतको भनाई छ ।

Subscribe to:
Posts (Atom)